२०८३ बैशाख १३
२०८३ बैशाख १३

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वीरगंजमा भड्किएको सामाजिक सद्भाव कायम गर्न सरकार असफल रहेको टिप्पणी गरेका छन् ।

आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै वीरगंजमा सरकारले सामाजिक सद्भाव एवं अमनचैन कायम गर्न गम्भिर नदेखिएको भन्दै दुख व्यक्त गरेका छन् ।

विगत पाँच दिनदेखी वीरगंजमा साम्प्रदायिक तनाव एवं कफ्र्यूकोे सकसका बीच बाचिरहदा समेत सरकार किन कानमा तेल हालेर सुतेको होला भन्दै आजपा अध्यक्ष साहले प्रश्न गरेका छन् ।

‘वीरगंजवासी लगातार ५ दिनदेखि साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा बाचिरहदा सरकार किन कानमा तेल हालेर सुतेकोहोला ? वीरगंजबाट ३÷३ वटा संघिय मन्त्री रहेका ओली सरकारले वीरगंजको पिड़ादायी अवस्थाप्रति गम्भीर नदेखिनु दुःखद हो,’ आजपा अध्यक्ष साहले लेखेका छन् ।

देशको आर्थिक राजधानी एवं प्रमुख शहरको जनजिवन दिनदिनै विग्रदै गएको भए पनि सरकार मौन बस्नु लजास्पद रहेको टिप्पणी साहले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा वीरगंजबाट नेकपा (एमाले)का नेता राजकुमार गुप्ता संघीय मामिला मन्त्री, नेपाली कांग्रेसका नेता अजय चौरसिय कानून मन्त्री र जनता समाजवादी पार्टीका नेता प्रदिप यादव खानेपानी मन्त्री रहेका छन् ।

संघीय सरकारमा रहेका यि मन्त्री सहित स्वयम प्रधानमन्त्री समेत वीरगंज घटनाप्रति उदासिन हुनु दखद भएको बताउदै आजपा अध्यक्ष साहले वीरगंजमा सामाजिक सदभाव एवं अमनचैन कायम गर्न सरकारले विशेष पहलकदमी लिई घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन ध्यानाकर्षण गराएका छन् ।

‘वीरगंजमा सामाजिक सद्भाव एवं अमनचैन कायम गर्न नेपाल सरकारको बिशेष पहलकदमीको माग गर्दै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारवाही एवं पीडÞितलाई न्याय दिलाउन गम्भीर ध्यानाकर्षण गराउदछु,’ आजपा अध्यक्ष साहले भनेका छन् ।

हनुमान जयन्तीको अवसरमा वीरगंजमा निकालिएको शोभायात्रका क्रममा हिन्दु र मुस्लिम समुदायका बीचमा झड्प भई सामाजिक सदभाव विग्रेको हो । प्रशासनले आश्रुग्यास सहित कफ्र्यू समेत जारी गरेको थियो । तर अहिले पनि वीरगंजको सामाजिक सदभाव कायम भएको छैन् ।

पछिल्लो समय भएको हिजो भएको घटनामा दुई पत्रकार समेत घाईत भएका छन् । आजपा अध्यक्ष साहले उनीहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् । र यथासिघ्र वीरगंजको सामाजिक सद्भाव एवं अमनचैनका लागि सरकारले पहल गरोस् भन्ने माग समेत गरेका छन् ।

आरके श्रीवास्तव,गरुडा,०३ गते वैशाख ।
अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टीलाइ स्मार्ट तरिकाले पार्टीको गतिविधिलाइ अगाडी बढाइरहेको जिल्ला अध्यक्ष नन्दकिशोर राय यादवले बताएका छन् । पार्टीले उनलाइ जिल्लाको जिम्मेवारी दिएपछि पहिलोचोटी सञ्चारकर्मीहरु समक्ष बोल्दै उनले यस्तो बताएका हुन् । स्मार्ट जमानामा स्मार्ट तरिकाले नै म पार्टीलाइ अगाडी बढाउने सोचमा छु ।
जिल्लाको १६ वटा नगरपालिका र २ वटा गाउँपालिकामा जसपाको गतिविधि द्रुत गतिमा बढाइरहेको उनको भनाइ छ । संगठन निर्माणको कामहरु धमाधम भइरहेको छ । छिट्टै नै कार्यक्रम गरि सार्वजनिक गर्नेछौं । अहिलेको पार्टीहरुले गर्न नसकेको काम हामी गरेर देखाउन चाहन्छौं ।
बिधार्थीकाल देखिनै पार्टीमा लागेको कारण त्यसकै मूल्यांकन स्वरुप आफूलाइ जिल्लाको जिम्मेवारी दिइएको छ । त्यसलाइ भरपुर रुपमा जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । मधेश आन्दोलन देखि नै आफू पार्टीमा सक्रिय रहदै आएको बताए ।
पार्टी विभाजित भएपछि कुनै अब्बल र कुनै कमजोर हुन सक्छ । जसपा रौतहटमा बलियो पार्टीको रुपमा उभरेर आउने उनको भनाइ छ । आफनो नेतृत्वमा जसपा रौतहट बलियो बन्ने ठोकुवा गरेका छन् ।
उनले भने—पार्टीले जुन भरोसा जताएको छ त्यसमा आफू खरा उत्रने बताएका छन् । अन्त्यमा उनले बुढापाखाहरु मत्र नेतृत्व गर्न सक्छन् भन्ने दिन अब गए । हामी यूवाहरु नेतृत्व गर्न सक्षम छौं । यूवाहरुले देशको समृद्धि र विकासका लागि कम्मर कसेर लाग्नुपर्ने अहिलेको आवश्यकता हो ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०३ गते वैशाख ।
गुजरा नगरपालिका–५ मा विना सूचना उपभोक्ता समिति गठन गरिएको आरोपमा बिभिन्न दलका प्रतिनिधिले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । सो वडाका वडाध्यक्ष शेख जमालुदिनले समिति गठनमा मनोमानी गरेको भन्दै उनिहरुले तालाबन्दी गरेका हुन ।
प्रदेश सरकारबाट लक्ष्मीपुरदेखि घागी खोलासम्मको स्तरोन्नतिको लागी बिनियोजित ३५ लाखको बजेटमा कसैलाई जानकारी नदिई एकलौटी रूपमा उपभोक्ता समिति गठन गरिएको आरोप वडाध्यक्ष शेख जमालुदिनमाथि स्थानियले लगाएको छ ।
यस्तै सोहि वडामा रहेको हरिहरपुर स्वास्थ्य चौकीको भवन निर्माणको लागि आएको बजेटमा भने यसपटक विगतको गल्ती नदोहोर्याउने भन्दै सार्वजनिक भेला आयोजना गरिएको थियो ।
प्रदेश सरकारबाट सो भवन निर्माणको लागी २५ लाख रुपैयाँ बिनियोजित भएको छ । उक्त भवन निर्माणको लागी स्वास्थ्य चौकीको प्राङ्गणमै सर्वपक्षीय सहमतिमा उपभोक्ता समिति गठन गर्ने उद्देश्यले बैठक बसेपनि भेलामा सहमति जुट्न नसकेपछि विवाद चर्किएर झै झगडाको रुप लिएको थियो । विवादका क्रममा सेख कमरुदिन घाइते भएका थिए ।
नेपाली कांग्रेसका वाजिद अली, नेकपा एसका आलम बक्सिद, माओवादी केन्द्रका आस मोहम्मद मन्सुरी, जसपाका आरिफ मिया दर्जी लगायतका स्थानीय नेताहरूले वडाध्यक्षले निरन्तर रूपमा मनोमानी गर्दै आएको आरोप लगाउँदै आएका छन् ।


विवाद चुलिँदै गएपछि प्रहरी-प्रशासनको रोहवरमा वडाको कार्यालयमा तालाबन्दी गरिएको छ। करिव एक हप्ता देखी कार्यालय बन्द हुँदा सेवा लिन आएका नागरिक समस्यामा परेका छन् । नागरिकता सिफारिसका लागि पुगेका स्थानीय आविद हुसेनले भने, “वडामा काम नहुँदा हामी सर्वसाधारणले दुःख पाएका छौं।”
यस विषयमा वडा अध्यक्ष गम्भीर हुनुपर्ने सेवाग्राहीको भनाई छ ।
यता वडाध्यक्ष शेख जमालुदिनले आफुमाथी लागेको आरोपलाई खण्डन गर्दै भने, “समिति सहमतिमा बनाउने हो, तर तालाबन्दी गर्नु समाधान होइन।”
बिकासको काममा कोहि बाधक बन्न नहुने उनको तर्क छ ।
विवाद समाधानको लागि बुधबार गुजराका नगर प्रमुख सन्तलाल चौधरीको निवासमा बसेको सर्वपक्षीय बैठक पनि निष्कर्षविहीन बनेपछि समस्या झन पेचिलो बन्दै गएको छ ।

आरके श्रीवास्तव,राैतहट,०३ गते वैशाख  ।

राैतहट प्रिमियर लिग (आरपिएल) मा बुधबार गुजरा राइडर्सले तेस्रो जित निकालेको छ । कटहरिया बाेल्टस विरूद्व उसले आफनाे जित निकालेको हाे ।

टस जितेर पहिले ब्याटिङ गरेको गुजरा राईडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रनकाे याेगफल तयार पार्न सफल भएको थियोे ।

जवाफी ब्याटिङमा उत्रेको कटहरिया बाेल्टसले १६ ओभर ४ मा अल आउट हुँदै ८२ रन मात्र बनाउन सक्याे । अन्ततोगत्वा गुजरा राइडर्सले ६२ रनकाे जित निकालेको छ ।

खेलमा राइडर्सका खेलाडी प्रदिप पासवान मैन अफ दि मैच घाेषित भएका थिए । उनले २२ रन बनाउँदै नट आउट रहँदै ४ विकेट समेत लिएका थिए ।

मंगलबार पनि प्रतियोगितामा बलियो मानिएको तराइ टाइगर गरुडा विरुद्धको खेलमा गुजरा राइडर्सले विजयी हासिल गरेको थियोे ।

टस जितेर पहिले बैटिङ्ग गर्दै गुजरा राइडर्सले २० ओभरमा ८ विकेटको क्षतीमा १ सय  २८ रन बनाएको थियो  । जवाफी बैटिङ्गमा उत्रेको तराइ टाइगर गरुडाको टिमले १९ ओभर ३ बल खेल्दै सम्पूर्ण विकेट गुमाइ मात्र १ सय २० रन बनाउन सकेको थियो ।

यसरी ८ रनले गुजरा राइडर्स विजयी भएको थियोे । खेलमा ४९ रन र २ विकेट लिएका विशाल पटेलले मैन अफ द मैच घोषित भएका छन् ।

जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी छन् । जसमा गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स रहेका छन् ।

काठमाडौं, वैशाख ३ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताउनु भएको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गर्नुभयो । उहाँले अस्तित्व नभए पनि आफूलाई पूर्वराजा भनेर ठाउँ ठाउँमा हिँड्ने गरेको बताउनु भयो । उहाँले फागुन ७ गते र नयाँ वर्षको अवसरमा पूर्व राजा शाहले दिनुभएको शुभकामनाप्रति असन्तुष्टि जनाउनु भयो । पूर्वराजा शाहलाई संसदीय व्यवस्था मान्ने तर बदमासी गर्न खोजिरहेको आरोप लगाउनु भयो ।

अध्यक्ष ठाकुरले भन्नुभयो, ‘‘अहिले पनि हामी संघर्षकै अवस्थामा छौँ । माइतीघर मण्डला कहिल्यै खालि हुँदैन । त्यहाँ सधैँ नै जुलुस प्रदर्शन भइरहेको हुन्छ । चैत्र १५ गतेको घटना त देखेका नै छौँ । जसले देखेको छ, सबै आफ्नो आफ्नो व्याख्या गरिरहेका छन् । इतिहासको सबै चिज जे छ, त्यो सही मात्रै हुँदैन । घटना सही हुन्छ, त्यहाँ दुई जना मारिए, जुलुस प्रदर्शन भयो यो सही हो । तर अरु कुरा आफ्नो आफ्नो मूल्यांकन छ । यो सबै मिलाएर इतिहास हुन्छ । राजावादी आफ्नो व्याख्या गरिरहेका छन्, अरु आफ्नो व्याख्या गरिरहेका छन् । राजा त गइसकेका हुन् । उनी छँदै थिएनन् । उनको अस्तित्व नै छैन । तर पनि उनी आफूलाई पूर्वराजा भनेर हिँडेका छन् । ठाउँमा ठाउँमा उपस्थित भएका छन् । अघि बढ फागुन ७ गतेको उनको वक्तव्य । त्यत्तिकै आपत्तिजनक वक्तव्य नयाँ वर्षको उपलक्ष्यमा दिइएको छ । संसदीय व्यवस्था उनले मानेका छन्, तर त्यो आफ्नो अधीनमा हुनुपर्छ भनेर लागेका छन् । उनको बदमासी यहाँ पनि स्पष्ट देखिन्छ ।’

अध्यक्ष ठाकुरले आफूहरु अझै पनि संघर्षमै रहेको जिकिर गर्नुभयो । सभार गाेरखापत्र

 

काठमाडौं,०३ गते वैशाख । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई धन्यवाद ब्यक्त गरेको छ ।

बुधबार मन्त्रालय पुगेर जेटियुसिसी टोलीले योगदानमा आधारित सरकारी करारका कर्मचारीलाई समाजिक सुरक्षा कोषमा आबद्ध गराउने नितिगत ब्यबस्था गराउन महत्त्वपूर्ण भुमिका निर्बाह गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीलाई मन्त्रालयमा भेटेर धन्यवाद ज्ञापन गरेका हुन ।

उक्त अबसरमा मन्त्री भण्डारीले राज्यस्तरबाट स्वदेश तथा बिदेशमा कार्यरत नेपाली श्रमिकको उचित सम्मान हुनु पर्ने पक्षमा दत्तचित्त भएर काम गरि रहेको बताए ।

जेटियुसिसीका अध्यक्ष जगत बहादुर सिम्खडाले नया वर्ष २०८२ साल बैशाख १ गते देखि राजपत्र प्रकाशित गरि देशभरी नै स्थानिय, प्रदेश र संघिय कार्यालयहरुमा करारमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा समेटिएको अबसरमा मन्त्रीद्वारा श्रमिकको पक्षमा नितिगत निर्णय गराउन अहम भुमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गर्न आएको बताए ।

उनले श्रममन्त्री भण्डारी पछिल्लो समय एकपछि अर्को स्वदेश तथा बिदेशमा कार्यरत श्रमिकको हितमा काम गरि रहेको अनुभूत भएको भन्दै खुसी ब्यक्त गरे । सभार न्यूज काराेबार

 

काठमाडौं ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा –एमाले)का इमानदार नेताकार्यकर्ताहरुले नेताहरुको कुकर्मलाई स्वीकार नगर्ने टिप्पणी गरेका छन् ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाट खतरा रहेको बताए ।

‘नेपाली कांग्रेस र नेकपा एमालेका इमानदार नेताकार्यकर्ताहरुले यि नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् । नेताहरुको लुट, भ्रष्टाचार तपाईकै पार्टीका नेताकार्यकर्तालाई बढी थाहा छ,’ आजपा अध्यक्ष साहले भने, ‘अत्याचार बिरुद्ध गठित पार्टी जहाँ मदन भण्डारी, विपी कोइरालाको बिचार प्रवाहित भईरहेको छ । त्यो पार्टीले नेताहरुको कुकर्मलाई कदापी स्वीकार्दैनन् ।’

सिंहदरवारबाट भ्रष्ट नेताहरुले कुर्सी खाली गरे मात्रै मुलुकले अहिलको संकटबाट निकास पाउने बताउदै उनले भने, ‘हामीले पटक पटक भनेका छौं, तपाईहरुले कुर्सी छोड्नु । सिंहदरबार खाली गर्नुस् । नेताहरु मालामाल भए, जनता लचार भए । यदी तपाईहरुले कुर्सी छोड्नु भएनन भने जनताले लतारेर निकाल्छन् । तपाईहरुको पार्टीमा हजारौं कार्यकर्ताहरु पनि छन्, जसले तपाईहरुको लुट, भ्रष्टाचार पनि हेरिरहेका छन् । उनीहरुले पनि तपाईलाई छोड्नेवाला छैनन् ।’

अहिले मुलुक गम्भिर संकटबाट गुज्रिरहेको बताउदै उनले नेताहरुले जतिछिटो सिंहदरबारबाट कुर्सी खाली गर्छन् त्यति छिटै नै मुलुकको संकट समाधान हुने बताए ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०२ गते वैशाख ।
किशोरीहरुलाई लक्षित गर्दै गौरमा १० दिने मानसिक स्वास्थ्य तथा रूपान्तरण तालिम सम्पन्न भएको छ l
SAFE Girls परियोजना अन्तर्गत रौतहट जिल्लाको गौरमा स्थित होटल सिया प्यालेसमा १० दिने मानसिक स्वास्थ्य तथा रुपान्तरण तालिम सफलतापूर्वक सम्पन्न भएको हो । उक्त तालिममा १८ देखि २४ वर्ष उमेर समूहका किशोरी तथा युवतीहरूको सहभागीता रहेको थियो l
सेफ गर्ल्स (SAFE Girls) परियोजनाको आयोजना तथा KOCIA , UNFPA र Good Neighbor’s International को सहयोग र आर.डी.सी नेपालको सहकार्यमा १० दिने मानसिक स्वास्थ्य तथा रुपान्तरण तालिम सम्पन्न भएको छ।
परियोजनाको कार्यक्षेत्र रौतहट र सर्लाही जिल्लाका विभिन्न पालिकाहरूमा फैलिएको छ। रौतहटमा गौर, यमुनामाई, देवाही गोनाही, राजपुर र परोहा नगरपालिका/गाउँपालिका रहेका छन् भने सर्लाहीमा हरिपुर्वा, बसबरिया र कौडेना नगरपालिका/गाउँपालिका रहेका छन्।
दुई समूहमा सञ्चालन गरिएको तालिममा प्रत्येक समूहमा २५ जना सहभागी थिए। तालिमको अवधि १० दिनको रह्यो जसमा २.५ दिन मानसिक स्वास्थ्य सम्बन्धी तालिम, आधा दिन PSEA (Protection from Sexual Exploitation and Abuse) तालिम र बाँकी ७ दिन रुपान्तरण तालिम सञ्चालन गरिएको थियो। रुपान्तरण तालिममा पहिलो देखि १0औँ मोड्युल सम्मको प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको उद्घाटन RDC नेपालका अध्यक्ष डा. पारस हुसैनको अध्यक्षतामा सम्पन्न भयो। उदघाटन सत्रमा रौतहटका प्रमुख जिल्ला अधिकारी श्री विनोद कुमार खड्का, UNFPA का प्रतिनिधि रोशन अधिकारी तथा Good Neighbor’s International का प्रतिनिधि शक्ति लामा उपस्थित भएका थिए l कार्यक्रम SAFE Girls परियोजनाको परियोजना संयोजक प्रिया चौरसियाले सञ्चालन गरेकी थिइन्। साथै, कार्यक्रममा परियोजनाको कार्यक्षेत्रभित्रका सबै पालिकाका लैंगिक फोकल पर्सनहरूको उपस्थिति रहेको थियो।

SAFE Girls परियोजनाको उद्देश्य किशोरी र युवतीहरूलाई जीवनोपयोगी सीप, मानसिक स्वास्थ्यको ज्ञान, लैंगिक हिंसाबाट सुरक्षा तथा हानिकारक अभ्यासहरू विरुद्ध सशक्त बनाउनु हो। यस परियोजनाले किशोरीहरूलाई आत्मविश्वासी, सुरक्षित र सम्मानित बनाउने परिकल्पना बोकेको छ।
मानसिक स्वास्थ्य तालिमबाट सहभागीहरूले आत्म-चिनारी, तनाव व्यवस्थापन, सहानुभूतिपूर्ण संप्रेषण, र मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्न सिकेका छन्। यस तालिममार्फत सहभागीहरू समुदायमा परिवर्तनकर्ता बन्ने तयारीमा छन्।
तालिमका प्रशिक्षकहरूमा मानसिक स्वास्थ्यका लागि चाँदनी घिमिरे र बिपिन थापा थिए भने रुपान्तरण तालिममा रुपा जोशी, पुष्पा कुमार पोखरेल, बिन्जु बराल र सशिष थापा रहेका थिए।
सेफ गर्ल्स परियोजना किशोरी तथा युवा महिलाहरूलाई जीवन उपयोगी सीप, मानसिक स्वास्थ्य, लैङ्गिक हिंसाविरुद्धको सचेतना र सशक्तिकरणमार्फत सुरक्षित, आत्मविश्वासी र सम्मानित जीवन निर्माणतर्फ प्रेरित गर्ने एक सशक्त पहल हो।
अब यी ५० मेंटर्सहरू (रुपान्तरण सहजकर्ता) आफ्नो समुदायमा ज्ञान फैलाउने, परिवर्तन ल्याउने र सुरक्षित तथा स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने दूतका रूपमा सक्रिय हुनेछन्।

आरके श्रीवास्तव,राैतहट,०२ गते वैशाख  ।

रौतहट प्रिमियर लिग (आरपिएल) मा आज भएको खेलमा गुजरा राइडर्स टिमले विजयी हासिल गरेको छ । प्रतियोगितामा बलियो मानिएको तराइ टाइगर गरुडा विरुद्धको खेलमा गुजरा राइडर्सले विजयी हासिल गरेको छ ।

टस जितेर पहिले बैटिङ्ग गर्दै गुजरा राइडर्सले २० ओभरमा ८ विकेटको क्षतीमा १ सय  २८ रन बनाएको थियो  । जवाफी बैटिङ्गमा उत्रेको तराइ टाइगर गरुडाको टिमले १९ ओभर ३ बल खेल्दै सम्पूर्ण विकेट गुमाइ मात्र १ सय २० रन बनाउन सकेको थियो ।

यसरी ८ रनले गुजरा राइडर्स विजयी भएको छ । खेलमा ४९ रन र २ विकेट लिएका विशाल पटेलले मैन अफ द मैच घोषित भएका छन् ।

जारी लिगमा गुजरा राइडर्सले तीन खेल खेलेकाे छ । जेमा दुईमा जित र एकमा हार बेहाेरेकाे छ ।

जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी छन् । जसमा गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स रहेका छन् ।

आरके श्रीवास्तव,राैतहट,०२ गते वैशाख । 

राैतहट । राैतहटको फतवा विजयपुर नगरपालिका वडा नम्बर २ शितलपुरकाे छठ घाटसँगै हनुमान मन्दिरको आज एक कार्यक्रम गरी शिलान्यास गरीएको छ ।

साे वडाका वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयकाे प्रमुख अतिथ्यतामा हनुमान मन्दिरको शिलान्यास गरीएको हाे ।

आम जनता पार्टीका वडा कमिटि उपाध्यक्ष चन्दन प्रसाद यादवले वडा अध्यक्ष यादवकाे राेहबरमा शिलान्यास गर्नु भएको हाे । वडा स्तरीय याेजनाबाट मन्दिरको निर्माण गर्न जमर्को गरीएको वडा अध्यक्ष यादवले बताएका छन् ।

 

गाउँमा धेरै मानिसहरूले हनुमानजीकाे पूजा गर्ने गर्छन् वहाँहरूकै माग अनुसार मन्दिर निर्माण हुन लागेकाे उनकाे भनाइ छ । यसबाट हनुमान भक्तहरूलाई पुजापाठ गर्न सहज हुने बताए ।

 

मन्दिर र धार्मिक पर्यटकीय स्थलकाे रूपमा रहदै आएकाे आफ्नो वडामा यस्ता मन्दिर निर्माण हुनुले बाहिरी धार्मिक पर्यटन भित्र्याउन मदत पुग्ने उनले बताएका छन् ।

वर्षाैं पुरानाे महादेव मन्दिर पनि शितलपुरमा नै रहेको छ । यहाँ  सयौंको संख्यामा मानिसहरू पुजापाठ गर्न आउने गरेका छन् ।

मंगलबार शिलान्यास गरिएको साे मन्दिरकाे निर्माण कार्य यसै चालू आर्थिक वर्षमा सम्पन्न गरिने वडा अध्यक्ष यादवले बताएका छन् । वडाकाे विकास र समृद्धिका लागि आफू दिनरात लागि परेको उनकाे भनाइ छ । उनले आफनाे वडाकाे विकासका लागि कृषि बाटाेघाटाे निर्माण देखि लिएर धेरै कामहरू गरेका छन् ।

मन्दिर शिलान्यासकाे अवसरमा स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियोे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।