२०८३ बैशाख ३
२०८३ बैशाख ३

काठमाडौं, १७ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवद्र्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिएका हुन ।

कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकोमा खुसी व्यक्त गर्दै उहाँले विश्व विद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन ।

 

प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ । जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ ।”

 

देशको कृषि शिक्षा, अनुसन्धान प्रणाली तथा कृषि र वन विश्वविद्यालयका लागि पनि चुनौतीको विषय भएको बताउँदै प्रधानमन्त्रीले भने, “यस विश्वविद्यालयले देशको कृषि र वन विकासमा उत्कृष्ट भूमिका खेल्न सक्छ ।” भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र विस्तार प्रणालीमा सहयोगको माध्यमबाट प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको आफूले देख्न चाहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन ।

विश्वविद्यालयले देशैभरि सबै प्रदेशहरूमा आंगिक कलेजहरू स्थापना गर्ने लक्ष्यअनुरूप विभिन्न प्रदेशहरूमा ८ वटा कृषि संकाय र १ वटा वनविज्ञान संकाय अन्तर्रगतका कलेज र दुई वटा कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आएको प्रति खुसी व्यक्त गर्दै उनले  स्याङ्जा र गोरखाका स्वीकृत कलेजहरूमा समेत शैक्षिक कार्यक्रम सुरू गर्न सुझाव दिएका छन ।न्युजकारखाना

काठमाडौँ, १७ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।

 

कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं  ‘साधारणसभा’ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उत्पादन र उत्पादकत्व वृद्धिगरी कृषिको आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं राष्ट्रिय व्यापार घाटा कम गर्नका लागि विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन ।


प्रधानमन्त्री प्रचण्डले वनको वैज्ञानिक व्यवस्थापन गरी काष्ठ एवं गैरकाष्ठ वन पैदावारबाट समुदायको आर्थिक स्थिति र रोजगार प्रवद्र्धन गर्न विश्वविद्यालयले आवश्यक अनुसन्धानमा आधारित नीतिगत सुझाव दिनुपर्ने बताए ।

 

आर्थिक विकासमा कृषि, पशु र वन क्षेत्रको योगदान वृद्धि गर्न वातावरण अनुकूलित आधुनिकीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले ग्रामीण समुदायको आर्थिकस्तर उठाउन शिक्षण, अनुसन्धान र प्रसारका क्रियाकलापमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवाला संघसंस्था मिलेर अगाडि बढ्न विश्वविद्यालयलाई सुझाव दिएका छन ।

विश्वव्यापी रूपमा बढ्दै गइरहेको जलवायु परिवर्तन, खाद्य असुरक्षा, बेरोजगारीजस्ता प्रतिकूल अवस्थासँग जुध्न र किसानको आम्दानी वृद्धि गर्ने र रोजगारको सुनिश्चितता गर्ने कार्यमा लाग्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् ।

 

विश्वविद्यालयले अनुसरण गरिराखेका शिक्षण अनुसन्धान क्रियाकलापहरू, शिक्षण र अनुसन्धान क्रियाकलापमा गरिरहेका अन्तर्राष्ट्रियकरणका कार्यहरू, भौतिक पूर्वाधार र कलेजहरू विकासजस्ता कार्यलाई दिगो रूपमा सञ्चालन गर्न रचनात्मक अभियान सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन ।

 

नेपालमा कृषि, पशु चिकित्सा, मत्स्यविज्ञान, पशु विज्ञान र वनविज्ञान क्षेत्रलगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो मशसुस गरी विसं २०६७ मा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना गरिएको थियो ।न्युजकारखाना

काठमाडौं, १३ माघ ।

काठमाडौँ- प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ।

 

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर स्वस्थानी ब्रत र माघ स्नानको सुरु हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्‍ने सुनाउने परम्परा छ।

 

 

प्रविधिको विकाससँगै हाल मोबाइल एपमा समेत स्वस्थानी पढ्न एवं सुन्‍न सकिने सुविधा आएको छ । यसरी डिजिटल माध्यममा स्वस्थानी आएपछि मानिसहरूले मोबाइलमा राखेर आफूले पायक पर्ने समयमा पढ्न र सुन्‍न सकिन्छ । यहाँ आज मोबाइलमै स्वस्थानी पढ्न सकिने कही मोबाइल एपको बारेमा जानकारी दिइन्छ । तल दिइएका एप आफ्नो मोबाइलमा डाउनलोड गरेर मोबाइलमै स्वस्थानी पढ्न सकिन्छ ।

 

श्री स्वस्थानी व्रत कथा

यस एपमा स्वस्थानीका प्रत्येक अध्यायलाई छुट्टा छुट्टै समावेश गरिएको छ । पहिला सुरु हुने पुष्पाञ्जली तथा अन्त्यको आरतीलाई छुट्टा छुट्टै रूपमा पढ्न सकिन्छ । सन् २०१९ मा प्ले स्टोरमा अपलोड भएको यस एपलाई हालसम्म ५ हजार भन्दा धेरैले डाउनलोड गरेका छन् । ५ एमबी स्पेस रहेको हुँदा थोरै स्टोरमा तथा मोबाइलमा स्टोरेज कमी भएकाहरूलाई समेत यो एप निकै उपयोगी हुन पुग्नेछ । एन्ड्रोइड ४.३ भन्दा माथिको डिभाइसले सपोर्ट गर्ने हुँदा यसलाई पुरानो डिभाइसले समेत सपोर्ट गर्छ । यस एपलाई मोबाइलमा पढ्न सजिलो हुने गरि डिजाइन गरिएको छ। यसलाई आफ्नो मोबाइलमा डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

 

स्वस्थानी व्रत कथा नेपाली

स्वस्थानी व्रत कथा नेपाली एपमा पनि तपाईं श्री स्वस्थानी व्रतकथा पढ्न सक्नुहुन्छ । यसमा स्वस्थानीको अध्यायलाई फोटो खिचेर राखिएको छ । अध्याय अध्याय छुट्याएर राखेको यसको साइज भने ९ एमबीको रहेको छ । करिब १ हजार पटक डाउनलोड गरिएको यस एपमा २९ रिभ्यु दिइएको छ । ४.१ भन्दा माथिका एन्ड्रोइड प्रयोगकर्ताले यो एप सजिलै डाउनलोड गर्न सकिन्छ । यस एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

 

श्री स्वस्थानी व्रत कथा

स्वस्थानी व्रत कथा मोबाइलमा पढ्न अर्को एपमा यो पनि एक विकल्प हुन सक्छ । एन्ड्रोइड भर्सन ५ भन्दा माथी रहेको छ । यसको अन्य साइज अन्य दुईको तुलनामा भने निकै ठूलो रहेको हुँदा स्टोरेज कमी भएको मोबाइलमा भने समस्या हुन सक्छ । यसलाई १० हजार भन्दा धेरैले डाउनलोड गरेका छन् । ४.४ समग्र रिभ्यु आएको छ । यस एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।न्युजकारखाना

 

 

 राैतहट,माघ ११ गते ।

रौतहटका बोर्डिङग् स्कुलमा बालबालिकालाई पढाए भविष्य नै खराव हुने भन्दै यहाँका अभिभावकहरु आ–आफना बालिबालिकालाई राम्रो शिक्षाका लागि काठमाडौं, विरगंज, हेटौरा, भरतपुर, जनकपुर लगाएतका शहरमा पढाउन पठाउने गरेका छन् ।

रौतहटमा अग्रेंजी माध्यममा पढाउने राम्रो निजी विद्यालय नभएको भन्दै आफना बालबालिका तथा सन्ततीको उज्वल्ल भविष्य बनाउन भन्दै जिल्लाका अधिकांश अभिभावकहरुले आ–आफना छोरा छोरीलाई नजिकका स्कुलमा नपढाई जिल्ला भन्दा बाहिरका विद्यालयमा अध्याापन गराउन पठाउने होडबाजी नै चलेको छ ।

No description available.

तर रौतहटको ग्रामिण क्षेत्रमा रहेको सुकदेव चोक स्थित हिमालयण पब्लीक बोर्डिङग् स्कुलमा काठमाडौं, विरगंज, हेटौरा, भरतपुर, जनकपुरको पढाई हुने गरेको कुरा गर्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यो कुरा यथार्त र साचो हो । आफनै गाउँ ठाउमा रहेको बोर्डिङग् स्कुलमा जति राम्रो पढाई हुने गरेको भएपनि यहाँको पढाईमाथी विश्वास नगरी बाहिरको स्कुलमा जति नराम्रो पढाइ भएपनि त्यही पढाउने मानसिकता अझै हटन सकेको छैन ।

No description available.

बाहिरको विद्यालयमा महंगो शुल्क तिरेर पढाउने अभिभावकहरु आफनै गाउँ ठाउँका नजिकका विद्यालयमा राम्रो पढाई हुने गरेको भएपनि आ–आफना छोरा छोरीलाई पढाउन मान्दैनन । आफनै गाउँ ठाउँका निजी विद्यालयमाथी विश्वास गर्न नसक्दा अभिभावकहरु बाहिरको स्कुलमा महंगो शुल्क तिरेर बालबालिकालाई पढाउन बाध्य छन् । रौतहटको यमुनामाई गाउँपालिका वडा नं. १ सुकदेव चोकमा रहेको हिमालयण पब्लीक बोर्डिङग् स्कुल ग्रामिण क्षेत्रमा भएपनि त्यहाँ अग्रेंजी माध्यममा रामा्रे पढाई हुने गरेको पाइएको छ ।

कक्षा १० सम्म पढाई हुने हिमालयण पब्लीक बोर्डिङग् स्कुलमा ३४ जना शिक्षक शिक्षिका अध्यापन गराउने गरेका छन् । सो विद्यालयमा कुल ९ सय जति विद्यार्थी अध्ययनरत रहेका छन् । जिल्लाको अन्य विद्यालय भन्दा हिमालयण पब्लीक बोर्डिङग् स्कुल सुकदेव चोकमा फरक किसिमले अध्यापन गराउने गरिएको प्रिन्सिपल हरेन्द्र यादवले बताएका छन् । विद्यार्थीलाई सान्त, मनोरम र भयरहित वातावरणमा अध्ययन अध्याापन गराउन विशेष छुट सहित सुविधा सम्पन्न प्रर्याप्त कक्षा कोठाको व्यवस्था गरिएको प्रिन्सिपल यादवले बताए ।

No description available.

विद्यार्थीलाई टयालेन्ट बनाउन तथा देशको कुनै कुनामा गएर ईंगलिस टु ईंगसिलमा बोल्न सक्ने खालको शिक्षा प्रदान गर्न दश र अनुभवि शिक्षक शिक्षिकाद्धारा अध्ययन अध्यापन गराउने गरिएको उनले बताए । आफना विद्यालयमा नाम एडमिसन गराएको केहि दिन भित्रमै बालबालिका ईंगलिस टु ईंगसिलमा कुरा गर्न सक्ने र लेख्न सक्ने उनले दावी गरे । ईंगलिस टु ईंगसिलमा कुरा गर्न सक्ने र लेख्न सक्ने खालको शिक्षा प्रदान गर्ने क्षमता भएका क्षमतावान शिक्षक शिक्षिकाहरुलाई राखेको दावी गर्दै उनले आफना विद्यालयमा अध्ययन गर्ने सबैजसो विद्यार्थीहरु ईंगलिस राम्ररी बोल्ने र लेख्ने गरेको बताए ।

रामो अध्यापन गराउने गरेकै कारणले गर्दा टाढा टाढाबाट विद्यार्थीहरु आफना विद्यालयमा पढन आउने गरेको उनले बताए । जिल्लाको वृन्दावन, गरुडा, गढिमाई, माधवनारयण, यमुनामाई, दुर्गाभगवति, देवाही गोनाही, परोहा लगाएत पालिकाको गरी ६२ वटा गाउँका विद्यार्थीहरु अध्ययन गर्न आफना विद्यालयमा आउने गरेको उनले बताए । विद्यार्थीहरुर्ला पढन आउन जान सजिलो होस भन्ने उद्देश्यले गाउँ गाउँमा यातायातको सुविधा उपलब्ध गराएकोले विद्यार्थीहरुको संख्या वर्षेणी बढने क्रममा रहेको उनले बताए ।

बाहिरका विद्यार्थीहरुलाई बस्नका लागि होस्टलको समेत व्यवस्था गरेको बताउँदै उनले होस्टलमा रौतहटको गौर, चन्द्रनिगाहपुर लगाएत ठाउँ सहित बारा, पर्सा, सर्लाहीका विद्यार्थीहरु बसेर पढने गरेको उनले बताए । अन्य विद्यालय भन्दा विद्यार्थीबाट कम शुल्क लिने गरेको र कम शुल्कमा पनि सेवा सुविधा बढी उपलब्ध गराउने गरेको उनले सुनाए ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु काठमाडौं, विरगंज, हेटौरा लगाएत ठाउँमा गएर पढन नसक्ने अवस्था रहेको हुँदा त्यस्ता विद्यार्थीलाई मध्य नजर गर्दै काठमाडौं, विरगंज, हेटौरा लगाएत ठाउँको पढाई अब आफनै गाउँ ठाउँमा गराउने उद्देश्यले आफुले जिल्लाकै ग्रामिण क्षेत्रमा स्कुल सञ्चालन गरेको उनले बताए । बाहिर पढदा बढी पैसा खर्च हुने र आफना गाउँ ठाउँका विद्यालयमा पढदा निकै कम खर्च लाग्ने र पढाई पनि राम्रो हुने भएको हुँदा आ–आफना बालबालिकालाई हिमालयण पब्लीक बोर्डिङग् स्कुल सुकदेव चोकमा पढाउन उनले सुझाव दिए ।

विद्यार्थीले जसरी बुझछ र सिक्छ त्यसरी नै आफुहरुले बुझाउने तथा सिकाउने गरेको उनले बताए । विद्यालयमा प्रर्याप्त कक्षा कोठा र मैदानको व्यवस्था रहेको छ भने कार्यक्रम गर्न स्टेजको समेत व्यवस्था गरिएको छ । आफुले विद्यार्थीलाई गुणस्तरीय शिक्षा हासिल गराउन कुनै कसर बाँकी नराख्ने गरेको उनले बताए । उनले भने, राम्रो ज्ञान हासिल गर्नु छ भने डटेर अध्ययनको साधनामा लाग्नु पर्दछ ।

सानो–तिनो ज्ञान प्राप्तिले समाजलाई बदल्न असम्भव नै हुन्छ ।, उनि भन्छन राम्रो शिक्षा वा ज्ञान प्राप्त गर्न पढ्दै, लेख्दै गरी विषयलाई बुझ्ने प्रयत्न गर्दा त्यो शिक्षा दीर्घकालीन रहन्छ । भविष्यमा समाजको परिवर्तन र विकासमा उल्लेखनीय योगदान पुर्याउनु छ भने असल शिक्षा लिन अभिरूचि, लगाव र झुकाव हुनुपर्दछ । विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्र लगाम लगाउनुको साटो उनीहरुको ब्यवहार, सोचाई, स्वभाव र सृजनात्मकतामा सकारात्मक परिवर्तन ल्याइ जीवन उपयोगी नैतिक र व्यावसायिक शिक्षा दिनुनै गुणस्तरीय शिक्षा हो भन्ने कुरा भन्न सकिन्छ ।

तर, नेपालको परिप्रेक्षमा हेर्ने हो भने यहाँका अधिकांश विद्यालयहरुबाट दिइने शिक्षा गुणस्तरी छ भन्ने अवस्था छैन । असल शिक्षा एउटा प्रतिस्पर्धाको परीक्षा हो । यो जहीँ कहीँ नमिल्न सक्छ । त्यसैले आफ्नो क्षमतालाई बुझेर दक्ष ज्ञान हासिल गर्न लागि पर्नु पर्दछ । जुन आफ्नो जीवन र समाजको विकासका लागि प्रयोगमा आउन स

काठमाडौं, २४ असोज ।

ललितबहादुर शाहीको परिवारले उनको नाममा पाँच लाखको अक्षयकोष स्थापना गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा माध्यामिक विद्यालयको मातहतमा रहने गरी पाँच लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो।

अक्षयकोषको संरक्षकमा स्वर्गीय ललितबहादुरकी पत्नी चन्द्रा राज्यलक्ष्मी शाही रहने छिन्। ललितबहादुरका छोरा अरुणबहादुर शाही, दीपक शाही र छोरी शान्ति राणा, हेमन्ती राणा, बसन्ती बस्नेतलगायतले अक्षयकोषका लागि रकम प्रदान गरेका हुन्।

मंगलबार काठमाडौंमा एक समारोहकाबीच विद्यालयका प्राधानाध्यापक तेजबहादुर सिंहलाई परिवारका सदस्यले अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरेका छन्।

अरुणबहादुर शाहीले बुवाको नामबाट अक्षयकोष राख्न पाउँदा निकै खुसी लागेको बताए। यस्तै दीपक शाहीले आफ्ना पिताले सिभिल इन्जिनियरका रूपमा सुदूरश्चिममा गरेको सेवाको स्मरण गर्दै यो सानो प्रयासले उनको योगदानको जिवन्ततामा इट्टा थप्ने विश्वास व्यक्त गरे। उनले आफ्नी आमाको इच्छा अनुसार अक्षयकोष स्थापना गरिएको जानकारी दिए।

ललितबहादुरको जन्म डडेलधुरामा भएको थियो। पछि उनी धनगढी-२ मा बसाइ सरेका थिए। त्यही वडामा शारदा स्कुल रहेकाले आफूहरूको पहिलो रोजाइ बनेको परिवारले जनाएको छ।

प्रधानाध्यापक सिंहले तीन जना छात्र र तीन जना छात्रालाई अक्षयकोषको व्याजबाट आउने रकमले प्रत्येक वर्ष छात्रवृतिका रूपमा प्रदान गरिने जानकारी दिए। गरिव र जेहन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिने उनले बताए।

विद्यालयमा अन्य व्यक्तिले पनि यस्ता खाले छात्रवृति स्थापना गरेको र विद्यालयले पारदर्शी रूपमा प्रत्येक वर्ष छात्रवृति प्रदान गर्दै आएको उनले बताएका छन्। हाल विद्यालयमा २३ लाख १२ हजार १ सय ११ रुपैयाँको अक्षयकोष पुगेको उनी बताउँछन्।

यसका साथै उनले आफू विद्यालयको गुणस्तर अभिवृद्धिमा समेत केन्द्रित रहेको जानकारी दिए। अहिले विद्यालयमा करिव दुई हजार विद्यार्थी रहेको र नतिजा पनि सन्तोषजनक रहेको उनको भनाइ छ।

काठमाडौं, २२ असोज ।

आज देखी काठमाडौंमा पिएचडी (बिद्याबारिधी) फेस्टिबल सुरु हुने भएको छ ।

 

आज असोज २२ देखी २३ गतेसम्म हुने पिएचडी फेस्टिबलको आयोजना त्रिभुवन विश्वबिद्यालयले गरेको हो ।

 

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिबलमा सयौं बिद्याबारिधी उपाधी प्राप्त डाक्टरहरुको उपस्थिति रहने जनाइएको छ ।

पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन । सो अवसरमा बिषय बिज्ञहरुले आ-आफनो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाइ अनुभव सुनाउने छन् ।

शिक्षाकाठमाडौं, ३ असोज ।
बिधालय शिक्षा बिधेयकको बिरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ ।

 

सो बिद्येयकको बिरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रन लागेका हुन ।

 

विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गर्नेछन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।