२०८२ चैत्र २२
२०८२ चैत्र २२

आरके श्रीवास्तव,रौतहट,३२ गते जेठ ।
रौतहटको कटहरियामा आज प्रथम नगर स्तरिय किशोरकिशोरी सम्मेलन २०८१ सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको विवाह मण्डप भवनमा स्थानिय स्तरमा किशोर किशोरी सम्मेलन गरिएको हो ।
यूएसआइडि र केयर नेपालको आर्थिक सहयोगमा र नेपाल यूवा संस्था संजालको सहजीकरण सो कार्यक्रम भएको संस्थाका फोकल पर्सन आनन्दी प्रसाद यादवले बताए । सो संस्थाले कटहरिया नगरपालिकामा दाइजो प्रथा न्यूनिकरण गर्न र समाजिक परिवर्तन गरि किशोरकिशोरीको प्रजन्न स्वास्थ्य सुुधार गर्ने लक्ष्यका काम गरिरहेको जनसेवा यूवा क्लवका अध्यक्ष रामअधार यादवले जनाएका छन् ।

स्थानिय स्तरमा किशोर किशोरी सम्मेलन अन्तर सिकाइ, नेटवर्किङ र किशोरकिशोरीका मुद्दाहरूको वकालत गर्ने उद्देश्यले आयोजन गरिएको थियो ।
स्थानिय स्तरमा किशोर किशोरी सम्मेलनमा बहस प्रतियोगिता, रोल प्ले (विभिन्न विषयवस्तुमा), प्रदर्शनीका लागि स्टल, च्याम्पियन्स बाट उत्कृष्ट अभ्यासहरू आदान–प्रदान गर्ने, युवा नेतृत्व जस्ता कार्यक्रमहरू आयोजना गरिएको थियो ।
सो कार्यक्रमको मुख्य उद्धेश्य किशोरकिशोरीहरूलाई एकअर्काबाट सिक्ने, सम्पर्क निर्माण गर्न र आफ्नो अधिकारको वकालत गर्ने रहेको थियो । जसले बहस र सांस्कृतिक कार्यक्रमहरू जस्ता गतिविधिहरू मार्फत युवाहरूलाई सशक्त बनाउँनु थियो ।
कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर यादवको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन जनसेवा कल्बका अध्यक्ष रामअधार यादवले गर्नुु भएको थियो ।

आरके श्रीवास्तव,रौतहट,३२ गते जेठ ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ३ बिति प्रष्टोकामा आज बर्थिङ सेन्टर आवास भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बिच नगर प्रमुख अजय प्रकाश जयसवाल र सो वडाका वडा अध्यक्ष श्यामाकान्त यादवले संयुक्त रुपमा शिलान्यास गर्नुु भएको हो ।
नगरस्तरीय योजना बाट १२ लाखको लागतमा बर्थिङ सेन्टर आवास भवनको निर्माणकार्य थालिएको वडा अध्यक्ष यादवले जानकारी गराएका हुन् । नगर प्रमुख जयसवालको सहयोगमा ३ कोठे भवन बन्न लागेको उनले बताए । सो भवनको निर्माण कार्य यसै चालुु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
निर्माण सुरु गरिएको बर्थिङ सेन्टर भवनको वाल सम्मको काम हुने वडा अध्यक्ष यादवले जानकारी दिए । उनले भने, “ यो दोस्रो भवन हो जसमा स्वास्थ्यकर्मीका लागि आवास निर्माण हुन्छ ।” मधेश प्रदेश सरकारको सहयोगमा अर्को बर्थिङ सेन्टर भवन निर्माण कार्य अन्तिम चरणमा छ ।


वडा अध्यक्ष यादवले भने,“निर्वाचित भएर आएपछि आम जनताको स्वास्थ्य प्रति गम्भिर रुपमा लिदै सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन गर्ने आफनो लक्ष्य अनुसार काम गरिरहेको बताए । स्वास्थ्यकर्मीदेखि आवश्यक ठाउँ र सामग्री राख्ने ठाउँको अभावको मध्यनजर गर्दै सुविधासम्पन्न बर्थिङ सेन्टरका लागि भवन निर्माण भएपछि सहज हुने बताए ।
प्रदेश सरकारको २५ लाखको आर्थिक सहयोगमा २ कोठे भवन निर्माण भइरहेको वडा सदस्य दिलिप साहले जानकारी दिए ।
स्थानीय जयलाल यादवले भने ,सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण भएपछि सहज हुनेछ । गाउँमै सुविधा सम्पन्न स्वास्थ्य सेवा पाउने भएपछि आफूहरु खुुशि भएको प्रतिक्रिया दिए । सो बर्थिङ सेन्टर भवन निर्माण भएपछि स्थानिय लाभान्वित हुने भएका छन् ।
शिलान्यास पछि बोल्दै नगर प्रमुख अजय प्रकाश जयसवालले स्वास्थ्य क्षेत्रलाइ विशेष प्राथमिकता दिएर आफूकाम गरिरहेको बताए । ग्रामीण भेगमा सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन हेतु भवनहरु निर्माण गराउन लागेको बताए । नगरपालिका बाट निर्माण भइरहेको भवनमा अपुुग बजेट भए आफू आउँदो वर्षमा बजेट थपेर काम सम्पन्न गराउने प्रतिबद्धता जनाए ।
सो भवन शिलान्यासको अवसरमा वडा नम्बर ३ का वडा सचिव नन्दलाल साह,स्वास्थ्य चौकीका इन्चार्ज रामजन्म कुशवाहा,वडा प्रत्यासी राजेश साह,किशोरी साह साह लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

३० बैशाख । रौतहट जिल्लाको चन्द्रनिगाहपुरबाट बन गस्ती टोलीले काठ लगिदै गरेको एउटा भारतीय नम्बरको स्कारपियो पक्राउ गरेको छ । पछिम बाट पुर्ब तिर काठको ३ वटा गोलिया लोड गरेर पुर्ब तिर आउदै गरेको अवस्थामा बन गस्ती टोलीले उक्त स्कारपियो नियन्त्रणमा लिएको हो। एच आर ६ सी ६२४८ नम्बरको सेतो स्कारपियोमा अबैध रुपमा तस्करीको काठ लोड गरी ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर रौतहटका सहायक बन अधिकृत अनिल कुमार महतोले जनाएको छ । जंगलबाट काठ चोरीमा टायर गाडा, साइकल, ट्रेक्टर पिक अप, भ्यान प्रयोग गर्दै आएपनि अहिले तस्करले नया साधनको रुपमा स्कारपियो प्रयोग गरेको हो । पुर्ब पछिम राजमार्गको बिभिन्न ठाउमा प्रहरीको गस्ती हुदा पनि काठ तस्करीमा न्युनिकरण हुन सकेको छैन। बनकै कर्मचारीको मिलोमतोमा काठ तस्करी हुदै आएको स्थानीयहरूको आरोप रहेको छ । स्कारपियो बारामद गरिए पनि चालक सहज रुपमा भाग्न सफल भएको छ । पक्राउ परेको काठ सहितको स्कारपियो गाडी कार्यवाहीको लागी डिभिजन बन कार्यालयमा राखिएको छ ।

रौतहट, ३० गते वैशाख । रौतहट प्रहरीले अवैध कुखुरा नष्ट गरेको छ । भन्सार छली गरी ल्याउदै गरेको कुखुरा बरामद गरि नष्ट गरिएको । बैसाख २९ गते राती ईलाका प्रहरी कार्यालय कोपवा पिपरीया बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा परोहा नगरपालिका वडा नम्बर ६ मिलन चौक स्थितमा भारतबाट अवैध रुपमा भंन्सार छली बोईलर कुखुरा साईकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखी लोड रहेको बोईलर कुखुरा फाली साईकल लिई फरार भएको प्रहरीले जनाएको छ । वेवारिसे अवस्थामा रहेको ब्रोईलर कुखुरा नियन्त्रणमा लिई नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहट, ३० वैशाख । रौतहट प्रहरी द्धारा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । गौर न.पा. वडा नम्बर ८ स्थितबाट अबैध घरेलु मदिरा नेपालबाट भारततर्फ लैजादै गरेको अबस्थामा २ सय लिटर फेला पारी जन प्रतिनिधी, बुद्धिजिवी र संचारकर्मीहरु को रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र नष्ट गरिएको जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।

आरके श्रीवास्तव,

राैतहट,२९ गते वैशाख । कमेडिन अमरेन्द्र यादवकाे लागि प्रदेश सांसद कनिस पटेलले भाेट मांगेका छन् । रौतहटका चर्चित प्रख्यात कमेडियन कलाकार यादव कमेडि च्याम्पीयन सिजन–३ को टप ५ मा पुग्न सफल भएका छन् । उनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर २(ख) बाट निर्वाचित मधेस प्रदेश सभा सदस्य एवं नेकपा(एकीकृत समाजवादी ) मधेस प्रदेशका प्रमुख सचेतक समेत रहनु भएका पटेलले सामाजिक संजाल फेसबुक मार्फत दर्शकहरू सँग भाेट मागनु भएको छ । कान्तिपुर टेलिभिजनको शो कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्न कलाकार यादव विगत केहि महिनादेखी प्रतिस्पर्धा गर्दै आएका छन् । कान्तिपुरबाट प्रसारित कमेडि च्याम्पीयनमा केहि महिना अघि रौतहटमे रहेके बा त माधव माधव कहेके बा भनी एकाएक चर्चामा आएका कलाकार यादव कमेडि च्याम्पीयनको विजेता बन्न कडा मिहिनेत र संघर्ष गर्दै आएका छन् । रौतहटको कटहरिया नगरपालिकाको डुमरिया घर भएका युवा कलाकार अमरेन्द्र यादवले आफना अदभुत हास्यकला, प्रतिभाले कमेडि च्याम्पीयनमा टप १० बाट टप ५ मा पुग्न सफल भएका छन् । आफना हास्ने र हसाउने कला प्रस्तुत गर्दै निकै प्रतिस्पर्धाका बीच आफु ५ मा पुग्न सफल भएको र अब टप ४ मा पुग्ने लक्ष्य लिएर अगाडि बढेको उनले बताए । टप ५ मा टप १ मा पुगेपछि उनी कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्ने छन । कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्ने लक्ष्यका साथ आफु मैदानमा उत्रेको बताउँदै कलाकार यादवले सबैको साथ, सहयोग, माया, स्नेह र आर्शिवाद पाए अवश्य विजेता बन्ने बताउँदै आएका छन् । अमरेन्द्रलाई कमेडि च्याम्पीयन सिजन–३ को विजेता बनाउन प्रदेश सांसद खल्ती एपको माध्यमले भोटिंग गरी सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन्

राैतहट,२९ गते वैशाख । बज्जिका भाषा र साहित्यको अग्रणी पत्रिकाको रुपमा रहेको बज्जी साहित्यिक त्रैमासिक प्रकाशित भएको छ । पत्रिकाको तेरौँ अंक एक समारोहबीच बज्जिकासेवीहरुले सार्वजनिक गरेका हुन् । बज्जिका भाषा विकास परिषद नेपालका अध्यक्ष तथा बज्जिका अभियन्ता शिवचन्द्र साह, बज्जिका कविताका लागि स्थापित पहिलो तुलसी साहित्य पुरस्कारका संस्थापक तथा व्यवसायी धर्मनाथप्रसाद जयसवाल, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, अनिता–शिव प्रतिष्ठानका उपाध्यक्ष सतिश गुप्ताका साथै बज्जिका साहित्यकार सञ्जय साह मित्रले पत्रिकाको नयाँ अंकलाई सार्वजनिक गरेका हुन् । पत्रिकामा नेपाल, भारत, अमेरिका तथा दुबईमा रहेका बज्जिका साहित्यकारहरुको रचना संकलित छन् । पत्रिकामा विपिनबिहारी सिंह, बिन्दा साहनी, संजय महतो राज, किशोरी प्रसाद, राम विश्वास राय, किशुनदयाल श्रीकृष्ण, रेहान खान, रेखाकुमारी राय, सिद्धान्त चौधरी, पृथ्वीनारायण महतो, राजेन्द्र ठाकुर, श्याम चन्द्रांशु, संगीता सहनी, अभिजीत राम, प्रमोद गुप्ता, प्रीति यादव र अभिषेक पाण्डेका कविता तथा गीत प्रकाशित छन् । यसै गरी अजयकुमार झा र सञ्जय साह मित्रका खोजमूलक लेखरचना प्रकाशित रहेका छन् । यसै गरी ममता मृदुल, विवेक यादव, श्वेता अधिकारी, आशिक यादव, विक्रान्त शर्मा र रेणु गुप्ताका कथा, लघुकथा र लोककथा प्रकाशित पत्रिकामा पूर्व प्रमुख जिल्ला अधिकारी राम विलास रायको बज्जिका भाषासम्बन्धी अन्तरर्वाता पनि प्रकाशित छन् । नेपालमा बज्जिका भाषाको प्रदेशगत तथा जिल्लागत तथ्यांक प्रस्तुत गरिएको र बज्जिका भाषाको लेखनमा एक रुपता हुनुपर्ने सम्बन्धी विशेष आलेखका साथै नेपाली मातृभाषीहरुको रचनासमेतले यस अंकलाई विशेष बनाएको बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष यादवले बताएका छन् । बज्जिका भाषा र साहित्यको सम्बन्धमा गत केही महिनामा भएका मुख्य उपलब्धिहरुलाई पनि पत्रिकाले स्थान दिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भएर मलंगवामा नै कार्यालय रहेको पत्रिकाको प्रकाशक–सम्पादक रामचन्द्र महतो कुशवाहा हुन् ।

रौतहट,२९ गते वैशाख । गरुडा नगरपालिकाको आयोजनामा आज देखी उर्जाध्यान योग शिविर सुरु भएको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले जानकारी गराउनुु भएको हो । जिवन विज्ञान ध्यान योग प्रयोगशालाको सहकार्यमा सुरु योग शिविर हरेक बिहान ५ः०० बजे देखी ६ः३० बजे सम्म कलवार धर्मशालामा चल्नेछ । योगाभ्यास गर्दा मानिसको शारीरिक तथा मानसिक पक्ष बलियो हुने र स्वस्थ्य समाज निर्माणमा योगले सहयोगी भूमिका खेल्ने हुँदा निःशुल्क रुपमा योग शिविर आयोजना गरिएको हो । मानिसको विलासी तथा तनावपूर्ण जीवनशैलीमा अहिले योगको महत्व निकै देखिएको छ ।

रौतहट,२९ गते वैशाख । रौतहटको देवाहि गोनाही नगरपालिका वडा नं १ करुनियामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट आज देखि शुरु भएको छ । २०८१ जेठ १५ गते सम्म चल्ने यो टुर्नामेन्टमा प्रथम विजेतालाई नगद रु १३ हजार र एउटा एनड्रोइड मोबाइल प्रदान गरिने छ भने उप बिजेता टिम लाई पनि नगद रु ६००० हजार र किप्याड मोबाइल दिइनेछ । यो किर्केट टुर्नामेन्टमा रौतहटको २० वटा टिम प्रतिष्पर्धा गर्ने जिनुतुल इसलाम किर्केट कल्बका अध्यक्ष अबुलैस अंसारीले जनाइएको छ । टि–ट्वान्टी क्रिकेट उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हाशमीले मन्तब्य राख्दै युवालाई कुलतबाट बचाउन तथा पालिका स्तरमा क्रिकेटको टिम तयार गरी प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउने लक्ष्यका साथ टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०८१ को आयोजना गरिएको प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमीले जनाए । साथै मन्तब्यको क्रममा यस जिल्लाको खेलाडिहरुको स्तर वृद्धिका लागी म र मेरो पार्टी हर संभव तयार रहेको अध्यक्ष हाशमीले बताए । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं १ करुनीया मा आज देखि आयोजित टि–ट्वान्टी क्रिकेट टूर्नामेंट २०८१ को पहिलो दिनको उद्घाटन खेल जयनगर भर्सेस ईसलामपुर बिच भएको छ । उद्घाटन समारोहमा प्रमुख अतिथि प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी, विशिष्ट अतिथि देवाही गोनाही नगरपालिकाको मेयर प्रत्यासी तथा नेपाली काँग्रेस पार्टीका नेता सुरेश प्रसाद यादव, लगायतक खेलाडी र दर्सक को उपस्थितीमा टि–ट्वान्टी क्रिकेट टूर्नामेंट आज उद्घाटन गरियो।

गौर, २९ गते बैशाख । रौतहट जिल्लाको राजदेवी नगरपालिका जिल्लाको १६ औ पालिकाको रुपमा पूर्ण खोप सुनिश्चिता नगरपालिका घोषणा भएको छ। रौतहट जिल्ला पूर्ण खोप सुनिशिचतता घोषणा गर्ने अभियान अन्तर्गत शनिवार पूर्ण खोपको सम्पूर्ण मापदण्ड पुरा गरेको राजदेवी नगरपालिकालाइ पूर्ण खोप सुनिशिचता नगर पालिका घोषणा गरिएको हो। जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष एवम् जिल्ला खोप समन्वय समितिका संयोजक राम अयोध्या यादवको प्रमुख आत्थ्यि तथा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवको सभापतित्वमा आयोजित कार्यक्रममा १६ महिना देखी ५९ महिना सम्मको बाल बालिकालाइ पाउनु पर्ने खोप सुनिशिचता भए पछि नगरपालिकालाइ पूर्ण खोप सुनिशिचता नगरपालिका घोषणा गरिएको छ। राजदेवी नगरपालिकालÞे आयोजना गरेको घोषणा कार्यक्रममा सम्बोधन गर्दै समन्वय समितिका अध्यक्ष यादवलÞे शिक्षा र स्वास्थ्य मानबको लागि नभई नहुने आधारभुत आवश्यकता रहेको बताए। शिक्षा नभए जीवन अधुरो र स्वास्थ्य राम्रो नभए जीवन सकिने भएकोले दुवै अपरिहार्य भएकोले शिक्षा र स्वास्थ्यको सुधार गर्न जोड दिए। खानपिन पौष्टिक आहार युक्त नभएको कारण बिभिन्न रोगको शिकार हुने भएकोलÞे स्वास्थ्य जीवनको लागि मसाहारी भोजन भन्दा साकाहारी भोजन गर्न उपयुक्त हुने सुझाव दिए। अध्यक्ष यादवलÞे जन्म लिने बच्चाको स्वास्थ्यको ख्याल गर्दै समयमा खोप लगाउन नबिर्सन अपिल गर्दै गाउ घरमा कुनै खोपको दिगोपनाको लागि खोपको निरन्तरता दिन स्वस्थ्यकर्मीलाइ निर्देशन समेत दिए। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत अनिल कर्णलÞे १३ वटा रोग बिरुद्धको लागि १३ खोप अनिवार्य रहेको बताए। १८ स्थानीय तह मध्ये १६ पालिका पूर्ण खोप पालिकाको रुपमा घोषणा भई सकेको हुदा अब जिल्ला नै छिटै पूर्ण खोप घोषणा हुने बताए। प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थलÞे नगरपालिकालाइ पूर्ण खोप सुनिशिचता घोषणा गर्ने अभियानमा दिन रात खटिने स्वास्थ्यकर्मी, महिला स्वयम सविकालाइ धन्यबाद ज्ञापन गर्दै आफ्नो जिम्मेवारीलाइ निरन्तरता दिदै अघि बढन आग्रह गरे। नगर प्रमुख भिखारी यादवलÞे पूर्ण खोप अभियानमा सक्रिय भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मी तथा महिला स्वयम सविकालाइ हाथिपाइले रोग बिरुद्धको आम औषधि सेवन अभियानलाइ सफल बनाउनलाइ आग्रह गरे। कार्यक्रममा वडा अध्यक्ष विजय शंकर यादव, महेन्द्र दास, बिश्वनाथ साह, सुरेश पंडित, सशास्त्र प्रहरी निरिक्षक सुभाष खत्रील लगायतलÞे आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।