२०८२ चैत्र २२
२०८२ चैत्र २२

रुपेन्द्र पटेल,रौतहट, १५ असोज ।

रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं ५ बडहरवामा बाढी तथा डुबानबाट पीडित भएका परिवारहरूको लागि तत्काल राहत वितरण गरिएको छ । ग्रामीण विकास केन्द्र नेपाल नामक गैरसरकारी संस्थाले अक्सफाम नेपालको आर्थिक सहयोगमा सञ्चालित आपतकालीन बाढी प्रतिकर्य २०८१ अन्तर्गत राहत वितरण गरेको हो । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी र डुबानले प्रभावित ५० घरपरिवारलाई प्रत्यक्ष रूपमा उनीहरूकै समुदाय ÷टोल बढहरवा पुगेर आकस्मिक खाद्यान्न सामाग्रीहरु, अस्थाई आवास (म्याट, त्रिपाल र डोरी, महिला सरसफाई सामाग्री, हाइजीन किट सेट लगबयत १५ किसिमका आवश्यक सामग्रीहरु प्रदान गरिएको छ । कार्यक्रम सहजकर्ता ज्योती फुयालका अनुसार, स्थानीय प्रशासन र प्रहरीको सहयोगमा वितरण गरिएको राहत सामग्री विशेषगरी हाल बिस्थापित साथै अति विपन्न तथा गरिब परिवारलाई प्राथमिकतामा राखिएको थियो । राहत वितरण कार्यक्रमका अध्यक्ष शम्भु सिंहले बाढीको कारणले घरबारविहीन भएका पीडितहरूलाई केही राहत मिलेको बताए। सिंहको आग्रहमा अक्सफाम नेपालले दिएको सहयोगबाट ग्रामीण विकास केन्द्र नेपालले यो सहयोग गरेको हो। सिंहले यसअघि पनि प्रारम्भिक अवस्थामा चिउरा, भुजा र दालबुट जस्ता आपतकालीन खाद्य सामग्री वितरण गरेका थिए । राहत वितरण कार्यक्रममा दुर्गा भगवती गाउँपालिका वडा नं ५ का वडाध्यक्ष धर्मनाथ चौधरी, अक्स्फाम नेपालका प्रतिनिधि विवेक कार्की, आरडी सी नेपालका कार्यकारी निर्देशक आशिष कुमार सिंह, तथा कार्यक्रम संयोजक चिरञ्जीवी महत्वको समेत सहभागिता रहेको थियो । हाल आकस्मिक राहत प्राप्त गरे पनि करिब २५० घरपरिवार अझै पनि सडकमा बस्न बाध्य छन् । बाढीले निम्त्याएको यस आपतमा दुर्गा भगवती गाउँपालिका वडा नं ५ का ४५ वर्षीय गान्धी शाह र वडा नं ७ का राजकरण मुखियाको ज्यान गइसकेको छ । साथै, सर्पको टोकाइका कारण २० जनाभन्दा बढी सर्वसाधारण स्वास्थ्य जोखिममा परेका छन् । स्थानीय प्रशासनले तत्काल थप राहत तथा उद्धारको आवश्यकता रहेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले सरकारले प्रभावित क्षेत्रलाई तत्काल प्रभावकारी सहयोग पु¥याउन अपिल गरिरहेका छन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज । 

राैतहटकाे कटहरियामा बाढी पिडितले राहत पाएका छन् । जनता सँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत भएको आउँदै गरेको बडा दशैकाे अवसरमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा साे राहत सामाग्री वितरण गरिएको छ ।

बर्षाको कारण बाढी प्रभावित रौतहटको कटहरीया नगरपालिकाको वडा नम्बर २ जमुनिया छेदी चाैक टोलका प्रभावित ६१ जना घरपरिवाहरुले राहत पाएका छन् ।

राहत स्वरूप १ वोरा चामल ,दाल,त्रिपाल पाएका छन् । यस्तै किसिमकाे सहयाेग पाउने आशमा अन्य बाढी पिडित रहेका छन् ।

नगर प्रमुख अजय प्रकाश जयसवालले साे सामाग्रीहरू राहत स्वरुप वितरण गरेका हुन् । साथै उनले किसानहरूको भएको बालीनाली क्षतिपूर्ति बारे सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइ उपलब्ध गराउने प्रतिबद्धत समेत जनाएका छन् ।

लालबकैया नदीमा आएकाे बाढीले कटहरिया वडा नम्बर १ झाैवा टाेली नजदिककाे बाँध फुटाएकाे थियाे ।

बाँध फुटेपछि कटहरिया वडा नम्बर १ काे केही भाग र ४ काे हर्षाहा टाेल बाढी बाट प्रभावित बनेका थिए ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज । 

जिल्ला विपद् व्यवस्थापन समिति राैतहटकाे बैठक सम्पन्न भएको छ । बाढीबाट प्रभावितहरूको उद्धार, क्षति तथा राहत बारे र बाँधलाई मर्मत तथा ठोस रुपमा निर्माण र स्तरोन्नति गर्ने लगायतका बिषयहरूमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिको अध्यक्षता बैठक बसेकाे थियोे ।

जिल्ला प्रशासन कार्यालयको सभाहल गौरमा साे बैठक बसेकाे थियोे । बैठक बाट बागमति बकैया नदी नियन्त्रण आयोजना को कार्यालय पर्बानिपुरमा रहेकोले तत्काल यी दुवै नदि दुख दिरहेको जिल्ला रौतहटको गौरमा सार्न पहल गर्ने,

बागमति बकैया दुबै नदिको बेड लेबल माथि आएकोले गहिरो गर्न र दुबै तिर बाधंको हाईट बढाई स्थाई समाधान गर्न जिल्लाको ४ वटै संघिय सांसद  ८ वटै  प्रदेस सांसद १८ वटै मेयरहरू राजनितीक दल नागरिक समाज पत्रकार समेतको उपस्थितिमा छलफल गरि कार्य अघि बढाउने,भत्केको बागमति बकैयाका बाधंहरूको अस्थाई मरम्मत तत्काल शुरू गर्ने,किसानहरूको बाली नाली,माछा पोखरी,ब्यपार ब्यबसाय को क्षति विवरण ३ दिन भित्र तयार गरि पेस गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरिएको जनाइएको छ ।

बैठकमा जिल्लाकाे तीन वटै सुरक्षा निकायका प्रमुख,१८ वटै पालिकाका नगरप्रमुख,प्रमुख प्रशासकीय अधिकृत लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियो ।

रौतहट । बिहीवारदेखिको अविरल बर्षासंगै रौतहटको पूर्विभेग स्थित बागमती पश्चिममा लालबकैया नदीमा आएको बाढीको सतह घट्दै जाँदा सदरमुकाम गौर बजार क्षेत्रमा पानीको दवाब बढ्दै गएको छ । गौरस्थित प्रायः सम्पूर्ण सरकारी कार्यालयहरु डुबानमा परेपछि आज बन्द हुने भएका छन् ।

बागमती नदी लाल बकैया र झाझ खोलाको पानी आज विहान ३ बजे देखी प्रवेश गरेसँगै गौर बजार क्षेत्रमा पानीको दवाब बढेको हो । अहिले गौर बजारको मूल बाटोमा चौतर्फी पानी पानी देखिएको छ । गौर भन्सार एरियाको बाटोमा ४ फिटसम्म पानी जमेको छ भने नेपाल विद्युत प्राधिकरण गौर शाखा जलमग्न भएको छ ।

विपी चोकको सडक छेउका घर बाहेकका एरिया बाढिको पानीले डुवानमा परेका छन् । गौर आँखा अस्पताल पुरेनवा, सिसवा, सिर्सिया, सपगढा लगायतका वडाहरुमा राति १२ बजेकै समय देखि बाढिको पानी पसेको थियो ।

नेपाल विद्युत प्राधिकरण गौरको ३३र ११ केभी  सब स्टेशनको केबल ड्रोनमा पानी भरेको कारण विधुत अवरुद्ध भएको  छ । नेपाल भारत सीमा क्षेत्र बैरगनिया जाने नाका क्रान्तिद्वार गेट जलमग्न भएको छ । राजदेवी नगरपालिका ६ , गढीमाई ३ , लगायत कयौं स्थानमा बागमती नदीको बाँध फुटेर बगेको पानी गौर बजार क्षेत्रमा बढ्दै गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंका अनुसार गौर भन्सार छेउ सशस्त्र प्रहरी प्रस्तावित गुल्म समेत जलमग्न भएको छ । भारतको सीतामढी निवासी ५५ बर्षीय भोजु लहेरी सनिवार साँझ यमुनामाई गाउँपालिका ५ बमनहर सडकखण्ड अन्तर्गत खोला तर्ने क्रममा बाढीमा फसेकोमा १२ घन्टापछि आज बिहान उद्धार गरिएको हो ।

यस अघि सनिवार वृन्दावन १ बलेरी खोर छेउ बागमती नदीमा सयभन्दा बढी महिला पुरुष तथा बालबालिका फसेका थिए।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सो मध्ये ३७ जनाको सकुशल उद्धार गरेको थियो ।न्युज कारखाना

आरके श्रीवास्तव,राैतहट,२६ गते भदौ । 

राैतहटकाे गुजरा नगरपालिका वडा नम्बर १ को श्री आधारभूत बिधालय मनहर्वामा चार/चार कोठाकाे दुई वटा  भवन उदघाटन भएको छ । नगर प्रमुख सन्तलाल चाैधरीले एक कार्यक्रमका बिच गत भदौ २४ गते उदघाटन गर्नु भएको हाे ।

गुजरा नगरपालिकाले शिक्षा क्षेत्रमा सराहनीय कार्य गर्दै गईरहेकाे छ । साे नगरपालिकाले सामुदायिक बिधालयहरूकाे भाैतिक संरचना सुधार गर्न कम्मर कसेर अगाडि बढिरहेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ४६ लाख र नगर स्तरीय याेजनाकाे ४६ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनकाे साेमबार एक कार्यक्रमका बीच नगर प्रमुख चाैधरीले उदघाटन गर्नु भएको शिक्षा शाखा प्रमुख शिव मंगल साहले जानकारी गराएका हुन् ।

    साे बिधालयमा आठ काेठाकाे भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकाेठाकाे अभावमा केही समाधान हुने भएको छ  । गुजरालाई शिक्षाको हब समेत बनाउन शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेकाे नगरप्रमुख चाैधरीले बताए ।

     साे अवसरमा गुजरा नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत बिनाेद जयसवाल,शिक्षा संयाेजक शिवमंगल शाह,प्रअ रामबिलास प्रसाद साह,विव्यस अध्यक्ष रामचन्द्र चाैधरी लगायत शिक्षक-शिक्षिका, छात्रछात्रा,स्थानीय भद्रभलादमी, बुद्धिजीवी,शिक्षाप्रेमीहरूकाे उपस्थिति रहेकाे थियाे ।

राैतहट,१२ गते साउन ।  नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताले रौतहटमा दुई अग्रज पत्रकारलाई शनिवार सम्मानित गरेका छन् । रौतहटदृष्टि साप्ताहिकको १७औँ वार्षिकोत्सवको अवसरमा सञ्जय साह मित्र र श्रीमन नारायण मिश्रलाई केन्द्रीय सदस्य गुप्ताले सम्मानित गरेका हुन् । No description available. रौतहटको पत्रकारितामा स्वच्छ छवि भएका दुई अग्रज पत्रकारलाई सम्मानित गर्न पाउँदा आफू स्वयं गौरवान्वित भएको केन्द्रीय सदस्य गुप्ताले बताएका छन् । No description available.गुप्ताले भने – देशमा सम्मानपूर्वक चिनिएका दुवै पत्रकारको योगदानको कदर आफ्नो हातबाट सम्मानपत्र हस्तान्तरण गर्न पाउँदा गौरवबोध भएको छ । मित्र बज्जिका र नेपाली भाषामा र मिश्र नेपाली भाषामा स्वतन्त्र पत्रकारिता गर्दै आएका छन् । सम्मानित दुवै प्रतिभा विगत तिन दशकदेखि पत्रकारितामा सक्रिय छन् । दुवै जनालाई जनही दुई हजार पाँच सय रुपैया नगद पनि प्रदान गरिएको छ । No description available. उक्त अवसरमा बोल्दै केन्द्रीय सदस्य गुप्ताले देशको समग्र आर्थिक क्षेत्र प्रभावित भएकोले पत्रकारिता पनि प्रभावित भएको हो । कठिन परिस्थितिमा आम नागरिकलाई सुसूचित गरिरहेका सञ्चारकर्मी र सञ्चार माध्यमलाई नेपाल सरकारले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने गुप्ताको भनाइ छ । No description available. रौतहटदृष्टि साप्ताहिकका प्रकाशक सम्पादक शैलेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रेस चौतरी नेपाल, रौतहटका अध्यक्ष आदर्श उपाध्याय, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, समाजवादी प्रेस संगठन नेपाल, रौतहट शाखाका दिनेश संगम, रेड टेलिभिजनका अध्यक्ष जयप्रकाश यादवलगायतले मन्तव्य व्यक्त गर्दै रौतहटको पत्रकारितामा रौतहटदृष्टि साप्ताहिकले पु¥याएको योगदानको प्रशंसा गरेका छन् ।

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।

निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।

न्यूज काखाना

राैतहट,२६ गते असार । मधेश प्रदेशमा चालू आर्थिक वर्षमा ५५.७५ प्रतिशत बजेट खर्च भई ४४.२५ प्रतिशत बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षको लागि मधेश प्रदेश सरकारले ल्याएको ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाको बजेटमध्ये सरकारले २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रणक कार्यालयले जनाएको छ । हरेक वर्ष मधेश प्रदेश सरकारले आधा बजेटको हाराहारीमा फ्रिज गर्दै आएको छ । चालु आर्थिक वर्षमा चालु र पुँजीगत दुवैतर्फ सरकारले खर्च नसकेको देखिएको छ । चालु आवको लागि चालु तर्फ १८ अर्ब ५३ करोड ८८ लाख रुपैया विनियोजन गरेकोमा ९ अर्ब २९ करोड ७० लाख रुपैया खर्च गरेको छ । यसै गरी पुँजीगत तर्फ सरकारले विनियोजन गरेको २५ अर्ब ५७ करोड ५७ लाख रुपैयामध्ये सरकारले १५ अर्ब २९ करोड ७५ लाख रुपैया मात्र खर्च गर्न सकेको छ । मधेश प्रदेश सरकारको खर्च प्रणाली निकै कमजोर भएको बजेट फ्रिज भएको अवस्थाले देखाएको टिप्पणी भइरहेको छ । गत वर्ष पनि मधेश प्रदेश सरकारको ४२.५८ प्रतिशत बजेट फ्रिज भएको थियो । यसै गरी आर्थिक वर्ष २०७८÷७९ मा आधा जति बजेट फ्रिज भएको थियो । उपभोक्ता समितिमार्फत ढलान र निर्माणमा बढी बजेट खर्च गर्ने गरेको आरोप मधेश प्रदेश सरकारमाथि लाग्ने गरेको छ । चालु आर्थिक वर्षमा सरकारको परिवर्तन तथा राजनीतिक अस्थिरताले बजेट फ्रिज बढी हुन पुगेको राजनीतिकर्मीहरुको भनाइ छ । केन्द्रमा जुनसुकै दलको सरकार बने पनि मधेश प्रदेशमा जसपा नेपालको मात्र सरकार रहने गरेकोमा पछिल्लोपटक जनमत पार्टीको नेतृत्वमा सरकार बनेको छ । जनमतकै नेतृत्वमा पनि गठबन्धनको फेरबदल र आपसी खिचातानीमा फसेको प्रदेश सरकारले आर्थिक वर्ष बित्न लाग्दा पनि अपेक्षाअनुसार खर्च गर्न सकेन ।

 रोशन पोखरेल

काठमाडौं । इमान्दारीपूर्वक भन्नुपर्दा नेपालले वास्तवमा सानदार क्रिकेट खेल्यौँ । नेपालका खेलाडीले यस्तो खेल देखाए कि जसको तपाईँले आशा नै गर्नुभएको थिएन होला । खेलको अन्तिम बलसम्म पनि हाम्रो मस्तिष्कमा परिणाम के हुन्छ भन्ने ढुकढुकी कायम थियो । अन्तमा हामी पराजित हुन पुग्यौं जुन हारमा पनि जित लुक्यो, खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गरेर धेरैको मन जितिरहेका छन् ।

१ रनको हारको पिडाले मन दु:खिरहेको छ तर दक्षिण अफ्रिका जस्तो अनुभवी, बलियो टेस्ट टीमलाई पराजयको ढोकासम्मै धकेल्ने नेपाली क्रिकेट खेलाडीको प्रयासको प्रशंसा गर्नुको साटो गाली गर्नु उचित हुन्छ भन्ने लाग्दैन । उनीहरु प्रशंसाका भागेदारी छन् । आजको हारसँगै अघिल्ला चरणमा पुग्ने सम्भावना समाप्त भएपनि उत्कृष्ट खेल पस्किएर सबैको मन जितिरहेका छन् ।

भन्नेहरूले भन्छन्, खुसी हुनलाई कारण होइन, बहाना चाहिन्छ । दु:ख र निराशा बढिरहेका बेला यस्ता केही खुसी हुने बहाना हामीलाई अहिले क्रिकेटले दिइरहेको छ ।

नेपोलियनले भनेका थिए, युद्ध जित्नलाई राम्रा हतियार होइन, भएका हतियारको राम्रो प्रयोग गर्न जान्नुपर्छ । यो भनाइ अहिले आएर हाम्रो देशका दु:खी जनताका लागि ठ्याक्कै सुहाउँदो भइदिएको छ, खुसी हुनलाई सुविधा होइन, बहाना चाहिएको छ ।

यस्तै एउटा भनाइ छ, गरिवसँग कुनै दिन धनी हुन्छु भन्ने आश हुन्छ, धनीसँग त त्यही पनि हुँदैन । बरु, मेरो धन सिद्धिन्छ कि भन्ने चिन्ता हुन्छ । अन्तिममा, यी सब केवल बहाना हुन्, मुख्य कुरा त मान्छेले खुसी प्राप्त गर्नु हो । तपाई मान्नुस् या नमानुस्, अहिले नेपाली क्रिकेटले त्यहि दिइरहेको छ ।

 

 

आरके श्रीवास्तव,राैतहट,३२ गते जेठ । 

कम भाेल्टेजकाे समस्या बाट जुझदै आएका राैतहटकाे गुजरा नगरपालिका वडा नम्बर ४ कनकपुरवासीले अब छिट्टै राहत पाउने भएका छन् । उक्त ठाउँमा नयाँ ट्रान्सर्फमर जडान हुने भएपछि साे समस्या अब हट्ने भएको छ ।  लाईन ट्रिप हुने, बारम्बार बति जाने र भाेलटेज कम रहने समस्या बाट पिडित रहदै आएका स्थानीयहरू अब उपरान्त साे झन्झट बाट मुक्ति पाउने भएका हुन् । नेपाली काँग्रेसका यूवा नेता साविर हुसेनकाे विशेष सक्रियताले कनकपुर बजारमा नयाँ ट्रान्सर्फमर जडान हुने भएको छ ।  स्थानीय सरकार आएको झण्डै ७ वर्ष हुनै लाग्दा कसैको यस प्रति चासाे थिएन् । वर्षाैदेखि जनताकाे सेवा सुविधा सँग जुडेकाे विधुत लाईनकाे समस्या हुँदा पनि स्थानीय सरकार बेखबर रहेको थियोे । तर यूवा नेता हुसेन जनताकाे समस्या समाधानका लागि लागिपरे अन्ततोगत्वा विधुत लाईनकाे समस्या हट्ने भएको हाे ।  केही दिन अघि यूवा नेता साविर हुसेनले ट्रान्सर्फमरकाे माग गर्दै नेपाल विधुत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख ईन्जिनियर धिरेन्द्र यादवलाई ज्ञापन पत्र बुझाएका थिए । कनकपुर बजारमा रहेको २ सय केभिको ट्रान्सर्फमरले लोड तान्न नसकिरहेको भन्दै नयाँ थप ट्रान्सर्फमर जडान गर्न माग सहित ज्ञापन पत्र बुझाईएको थियोे । वडाको  सिफारिस सहित स्थानीय जनताको नेतृत्व गर्दै यूवा नेता साविर हुसेन चन्द्रनिगाहपुर वितरण केन्द्रमा पुगदा वितरण केन्द्र प्रमुख यादवले माग भए अनुसारको काम पूरा गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए । साेही अनुसार बिहीबार यसकाे लागि नेविप्र चन्द्रपुरका कार्यालय प्रमुख यादव सहितको टाेलीले स्थलगत अनुगमन गरेको छ । साे अनुगमनको क्रममा वडा अध्यक्ष झमक प्रसाद चाैलागाई ,नेविप्रका कर्मचारी सहित स्थानीय भद्रभलादमी हरूकाे सहभागीता रहेको थियोे । अब साे ठाउँमा छिट्टै ट्रान्सर्फमर जडान हुने यूवा नेता हुसेनले जानकारी गराए ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।