२०८२ चैत्र २३
२०८२ चैत्र २३

काठमाडौं ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अब जनताले सडकबाटै यो सरकार र व्यवस्था फाल्ने बताएका छन् । तेस्रो जनआन्दोलनको उदघोष गरेका उनले जनता र मुलुक विरोधी तानाशाही सरकार र यो व्यवस्थाको विरोधमा उत्रिन आह्वान समेत गरे ।

 

आजपाको ललितपुर जिल्ला कमिटीद्धारा आज ललितपुरको बालकुमारी स्थित रोज पार्टी प्यालेसमा आयोजित जिल्ला भेला एवं दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै काम नलाग्ने यो सरकार र व्यवस्था फाल्नमा ढिलाई गरे मुलुकले ठुलो मुल्य चुकाउनुपर्ने बताए । वर्तमान सरकार असफल भईसकेकोले अब सड़कबाट सरकार बनाउनुको विकल्प नभएको समेत उनले बताए ।

 

सत्तारुढ सातदलीय गठबन्धनले हिजो सडकबाट अराजकता मचाउने र व्यवस्था तथा सरकारको विरोध गर्दै बिकल्प खोज्ने काम अस्वीकार्य रहेको बताउदै गर्दा त्यसको काउण्टरमा आजपा अध्यक्ष साहले जनताले अब सडकबाटै यो व्यवस्था र सरकार फाल्ने उदघोष गर्दै सडकबाटै सरकार गठन गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्ट र लुटेराहरुको सरकारको संज्ञा दिदै आजपा अध्यक्ष साहले भने, ‘यो सरकारले भ्रष्ट, लुटेरा, अपराधीलाई संरक्षण दिईरहेको छ । विरोध गर्ने विपक्षीलाई तर्साउने, पक्राउ गर्ने तर जघन्य अपराधका अपराधीलाई जोगाउने काम गरेको छ ।

 

त्यसैले यो व्यवस्था र सरकार हुँदासम्म मुलुक समृद्ध हुन सक्दैन् । स्थायित्व, समृद्धि र जनताको आवश्यक्ता एवं चाहना पुरा गर्नका लागि यो व्यवस्था र सरकार सडकबाटै जनताले फाल्न ढिलाई गर्नु भएन् ।’ विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काम वर्तमान सरकारले गरेको बताउँदै उनले यसको बिकल्प अब सडकबाटै जनताले खोजिरहेको बताए । ‘यो सरकार भ्रष्टाचारी र विचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होईन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो ।

 

त्यसैले निरास जनताले यसको बिकल्प खोजिरहेका छन्’ आजपा अध्यक्ष साहले भने । सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको ओली सरकारले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गरिरहेको उनले बताए । जनताको आवश्यक्ता र चाहना अनुसार सेवा प्रवाह गरेर जनतामा आशा जगाउने काम गर्नुको साटो सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काममै केन्द्रित भएको उनको आरोप छ ।

 

अहिले दशैं बितेको छ । दिपावली तथा छठ पर्वको तयारीमा आम नेपाली रहेको बताउँदै यस्तो चाडपर्वको बेलामा समेत सरकारकै संरक्षणमा कालोबजारी र महंगी अकाशिएको साहले बताए । नुन, तेल, तरकारी सहित हरेक बस्तुको भाउ बढेको, कालोबजारी भईरहेको भए पनि सरकार मुकदर्शक जस्तै तमासा देखिरहेको उनले बताए । ‘यो सरकार लुटधन्दामा लागेको छ । लुटेरा र भ्रष्टलाई जोगाउने, संरक्षण दिइरहेको सरकारले बिभिन्न बाहाना र नाममा कर माथि कर लिने गरेको छ । जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लेटेर विदेशमा थुपार्नेहरु शासक भएका छन् । तर नेपाल बनाउन चाहने आम जनता शासित छन् ।

 

के यसको बिकल्प दिनुपर्दैन ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे । उनले अगाडी थपे, ‘हामीभन्दा ठुलो देश भारत र चीनमा हरेक समानहरु सस्तो छ तर नेपालमा किन महंगो छ ? भारतमा एक लाखमा पाउने मोटरसाईकल नेपालमा किन ४ लाख ? लताकपडा, खाद्यन्न लगायतका सबै बस्तु भारत र चीनमा सस्तो हुने । तर हामी जस्तो सानो र थोरै जनसंख्या भएको देशमा सबै बस्तु महंगो हुने । उनीहरुभन्दा त सस्तो हाम्रोमा हुुनुपर्ने हाईन र, तर यहाँ सरकार त लुटेरा छ ।

 

करमाथि कर लिन्छ, सेवा शुन्य छ । तर पनि हामी कहिलेसम्म चुप लागेर बस्ने ?’ आजपाका जिल्ला संयोजक इन्दल साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपाध्यक्ष बिल्टू यादव, महासचिव त्रिभुवन साह लगायतको बिशेष सहभागिता रहेको थियो ।

राजेश निर्माणी,राैतहट,०४ गते कार्तिक । 

रौतहट- खगेन्द्र सुनार नेतृत्वको दलित लाई खै?अभियानको लागि  रौतहट दलित युवाहरुको जिल्ला भेला सम्पन्न भएको  छ ।

सो अभियानमा सक्रिय युवा विवेक पासवानको अध्यक्षता, तथा दलित अगुवा मटुक पासवानको प्रमुख आतिथ्यतामा जिल्लाको सदरमुकाम गौर स्थित कर्मचारी मिलन केन्द्रको सभहलमा सो कार्यक्रम शनिबार सम्पन्न भएको हो।

भेलाले जिल्ला समन्वय समिति  गठन गर्न तथा विविध विषयहरुमा छलफल गर्नका लागि यहीँ कार्तिक १७ गते शनिबारका दिन कृषि ज्ञान केन्द्र शिवनगरको प्राङ्गणमा बसेर छलफल गर्ने निर्णय गरिएको छ।

उक्त भेलाको मुल उदेश्य दलित समुदायलाई एकत्रित गरि विभिन्न कालखण्डमा उत्पीडनमा परेका दलित समुदायको पक्षमा वकालत गर्नु र दलितको हकमा संविधानमा लेखिएको कुराहरु कार्यावन्यन गराउनका लागि दबाब मुलक कार्यक्रमहरु संचालन गर्नु हो।

भेलामा सहभागी दलित युवा तथा अगुवाहरुले आ-आफ्नो तर्क राखि दलित समुदायलाई एक जुट भएर अगाडि बढ्नका लागि निष्कर्ष निकाल्दै,यहीँ कार्तिक १७ गते शनिवारका दिन शिवनगरमा रौतहट भरिकै दलित युवा तथा दलित नेतृत्वकर्ताहरु को भेला बोलाएका छन् र सहभागी हुनका लागि दलित संग सरोकार राख्ने सबैमा आग्रह पनि गरेका छन्।

काठमाडौं
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले हार्मोनियम बिज्ञ विमल साहलाई सम्मानित गरेका छन् ।

वल्र्ड बुक अफ रेक्डर्स, लन्डनद्धारा हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित भएका साहलाई आजपा अध्यक्ष प्रभु साहले काठमाडौंमा सम्मानित गर्दै बधाई तथा शुभकामना दिएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ निवासी विमल हालै वल्र्ड बुक अफ रेक्डर्स लन्डनद्धारा सम्मानित भएका थिए । उनी नेपालमा हार्मोनियमको क्षेत्रमा विगत लामो समय देखी काम गर्दै आएका व्यक्ति हुन् ।

उनको आफ्नै विमल नामको हार्मोनियम ब्रान्ड समेत रहेको छ । मिहेनतले मान्छेलाई महान बनाउछ भने जस्तै एउटा सानो हार्मोनियमको मर्मत पसल खोलेका विमलले आज आफ्नै नामको ब्रान्ड चलाउनु खुशीको बिषय रहेको आजपा अध्यक्ष साहले बताउदै उनको निरन्तर प्रगतिको कामना समेत गरेका छन् ।

हार्मोनियम सफा गर्ने, पेच कस्ने कामबाट करिअर सुरु गरेका उनी हाल हार्माेनियममा डिजिटल ट्युनिङ गर्छन् । हार्माेनियम सुनेर सुर, बेसुर छुट्याउँने र सुर लगाउने कामसमेत गर्दै आएका छन् उनले । त्यसैले त उनलाई कतिपयले हार्माेनियमका चिकित्सक (डाक्टर) भन्छन् भने कतिले हार्मोनियमका ‘बादशाह’ भनेर चिन्छन् ।

शम्भुजीत बाँस्कोटा, दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देललगायत नेपालमा चर्चित गायक गायिकाले विमलबाट हार्माेनियममा ट्युनिङ गराएका छन् ।

सङ्गीत प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेले समेत उनीसँग हार्मोनिङ ट्युनिङ गराउँदै आएका छन् । साथै, बलिउडतिर भने उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु र अनु मलिक लगायतको हार्माेनिम ट्युनिङ गरिदिएको अनुभव उनीसँग छ । उनले भोजपुरीका चर्चित गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका हार्मोनियमसमेत मर्मत गरिसकेको बताए ।

आरके श्रीवास्तव,रौतहट,०३ गते कार्तिक ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले बजेट ल्याएको छ । शनिबार फतुवा विजयपुर नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । बिजयपुर स्थित नगरपालिकाको सभाकक्षमा बजेट अधिवेशन बोलाईएको थियो ।


कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा प्रमुख अतिथिको रूपमा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव उर्फ जितेन्द्र
रह्नु भएको थियो । विशिष्ट अतिथिको रूपमा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादव रहनु भएको थियोे ।


नगरपालिकाले आठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ६० करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । विभिन्न कारणबस ढिलै भएपनि नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । धेरै उत्साहका साथ सम्पन्न भएको आठौं नगरसभा बाट फतुवा विजयपुर नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । कार्यवाहक नगरप्रमुख खातुनको आदेशाअनुसार रंजन खरेलले बजेट वक्तव्य पढेर सुनाउनु भएको थियो ।

नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४९ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो । नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०८१र८२ का लागि ६० करोड ७७ लाख ०७ सय ९८ रुपैयाँको बजेट पारित गरिएको लेखापाल कामेश्वर सहनीले जानकारी गराउनु भयो ।

यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको उनले बताए ।

सो नगरपालिकाको पुँजिगत तर्फ २६ करोड ४६ लाख ४६ हजार ७ सय १० रूपैयाँ र चालू तर्फ ३४ करोड ३० लाख ५४ हजार ८८ रूपैयाँ मात्र विनियोजन गरिएको छ ।
कार्यक्रम सञ्चालन सुधिर यादवले गर्नु भएको थियो । सो अवसरमा विधायक प्रत्यासी शेख सेराज,नेपाली काँग्रेसका यूवा नेता ज्ञानेन्द्र यादव,वडा नम्बर १ का वडा अध्यक्ष बिजय यादव,वडा नम्बर २ का वडा अध्यक्ष अनिरूद्व यादव,वडा नम्बर ३ का वडा अध्यक्ष रामईश्वर यादव,वडा नम्बर ४ का वडा अध्यक्ष सतिश कुमार यादव,वडा नम्बर ८ का वडा अध्यक्ष नितेश चौधरी,वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव सहित सबै वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, पत्रकार, सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,०३ गते कार्तिक ।
रौतहटमा अहिले जनता समाजवादी पार्टी नेपालले आफनो संगठन विस्तारको कामलाइ तिव्रता दिएको छ । जिल्लाको चर्चित बजार कटहरियामा आज जसपाको नगर कमिटि गठन गरिएको छ ।
जसपा नेपालले आधारभूत संगठन निर्माण कार्यक्रम अन्तर्गत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । शनिबार आयोजित विस्तारित बैठक, शुभकामना आदानप्रदान तथा नगर कमिटि गठन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य चुल्हाइ राय यादवले जानकारी गराएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरी रहनु भएको थियो । शनिवार भएको कार्यक्रममा रामसेवक राय यादवको अध्यक्षतामा ३१ सदसीय नगर कमिटि नगठ गरिएको हो ।


कार्यक्रममा वक्ताहरुले भेलालाई सम्बोधन गर्दे अव युवाहरुको समस्या र आवश्यकता जनता समाजवादीले पुरा गर्ने बताए । जनता समाजवादी पार्टीले सबै लाई एकतावद्ध बनाएर बढेको बताएका छन् ।
त्यस्तै उनीहरुले जनताको साझा चौतारीको रुपमा जसपा नेपालको रहेको भन्दै यसमा कोही छुट्न नहुने उल्लेख समेत गरेका छन् ।
सो अवसरमा जसपाका केन्द्रिय सदस्य एवम् गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरी,रामाअश्रेय चौधरी लगायत प्रदेश एवम् जिल्ला कार्य समितिका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको यियो ।

ओमप्रकाश यादव,राैतहट,०२ गते कार्तिक । 

राैतहटकाे माधवनारायण नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गराउन नगर प्रमुख बैजनाथ प्रसाद यादवले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।

 

माधवनारायणलाई संकटग्रस्त क्षेत्र घोषणा गराउन मेयर बैजनाथ यादवले आज रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसंग भेटेका छन् र यस कार्यमा पहल कदमी लिन सिडिओ रेग्मीलाई आग्रह गरेका छन् ।

 

बाढीबाट माधव नारायण नगरपालिका समेत प्रभावित भएकोले माधवनारायणलाई पनि सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने मेयर बैजनाथ प्रसाद यादवको माग छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज । 

राैतहट ।  नेपाल सुन चांदी रत्नआभुषण व्यवसायी संघ राैतहटले संघका सचिव चन्दन सागर उपर भएको घटनाको सत्य तथ्य छानविन गरि दोषि उपर कार्यवाही गर्न माग गरेका छन । संघका जिल्ला अध्यक्ष उमेश प्रसाद साहले  प्रेस विज्ञप्ति जारी गरि सो माग गरेका हुन । संघका सचिव सागर  मंगलबार गरुडा बजारबाट घर समनपुर फर्किने क्रममा अज्ञात अपराधीक समुहद्वारा  ज्यान लिने उदेश्यले गरिएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष साह द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  

  सो घटनामा संलग्न अपराधीक समुहमा रहेका व्यक्तिको बारेमा सत्य तथ्य सार्वजनिक गर्न साथै दोषीलाई कानुनको  दायरमा ल्यान स्थानीय प्रशासनसंग अध्यक्ष साहले जाेडदार रुपमा माग गरेका छन ।

     सुरक्षा व्यवस्थामा सुघारका लागि अनुराेध गर्दै व्यापारीहरुकाे ज्यान धनकाे भरपर्दाे सुरक्षा व्यवस्था मिलाउन  माग समेत गरेका छन।

             सोही दिन देखि गम्भीर तथा अचेत अवस्थामा रहनु भएको सचिव सागरकाे शिघ्र स्वास्थ्य लाभकाे कामना जिल्ला  अध्यक्ष साहले विज्ञप्ति मार्फत गरेका हुन ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज । 

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश नभएको बताएका छन् ।

महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको चन्द्रपुर नगरपालिकाको बालचनपुरमा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले सांसदहरु जनता प्रति उत्तरदायी नभएको बताए ।

‘सांसदहरु दलको कारिन्दा भएका छन् । जनताबाट निर्वाचित भए पनि उनीहरु जनता प्रति उत्तरदायी भएन् । उनीहरु दलप्रति उत्तरदायी भए । जनताको आवश्यक्ता, चाहना के हो बुझेनन सांसदहरु’ आजपा अध्यक्ष एवं सांसद समेत रहेका साहले भने, ‘मुलुक र जनताको आवश्यक्ता के हो सांसदहरुले बुझने काम गरेरन वा बुझेर पनि बुझ पचाए जस्तो गरे, त्यसैले देशको विकास भएन् ।’

जनताको मतबाट निर्वाचित सांसदहरु जनताको आवश्यक्ता, चाहना बुझनुपर्ने उनले बताए । जनताको चाहना र आवश्यक्ता बुझेर दललाई सोही बाटोमा हिडाउनुपर्ने भए पनि उनीहरु दलकै कारिन्दाको रुपमा काम गरे । खासमा सांसदहरुले जनताको कुरा सुन्ने, बुझने, उनीहरुको आवश्यक्ता पुरा गर्ने काम गर्नुपर्ने आजपा अध्यक्ष साहको भनाई रहेको छ ।

अहिले बाढीपहिरो, डुबानले जनता राहतको पर्खाईमा रहेको बताउँदै उनले सांसदहरु उनीहरुको आवश्यक्ता नै बुझन नसकेको टिप्पणी उनले गरे । मुलुक र जनताको अवस्था गम्भिर संकटबाट गुज्रिरहेको बताउँदै साहले अहिले आर्थिक अवस्था कसरी हुन्छ माथि उठाउँदै मुलुकलाई समृद्ध बनाउँनुपर्ने दिशामा लाग्नुपर्ने सांसदहरु बाटो विराएको बताए ।

दलका शीर्ष नेताहरुको हालीमुहाली गर्ने, जनताको कुरा सुन्नुपर्नेमा दलका नेताहरुको कुरा सुन्ने काम सांसदले गरिरहेकाले मुलुक समृद्धि नभएको उनले बताए । मुलुकको समस्या बुझने र सोही अनुसार कानून निर्माण देखी संसदमा भुमिका निर्वाह गर्नुको साटो सांसदहरु दलका नेताहरुको ‘जि हजुरी’ गर्नमा व्यस्त रहेको उनले बताए ।

‘बडादशैं, शुभ दिपावली तथा छठी माताले सांसदहरुलाई सदबुद्धि दिउन, जनताको पक्षमा बोल्ने शक्ति प्रदान गरुन, सरकारको गलत कामको विरोध गरुन र मुलुकको बारेमा आवाज उठाउने शक्ति प्रदान गरुन भन्ने म कामना गर्न चाहन्छु’ साहले भने ।

आफ्ना दलका नेताहरु भ्रष्टाचारमा लिप्त हुदाहुदै समेत सांसदहरुले विरोध नगर्नु, जनतको कुरा नसुन्नु, दलका नेताहरुको आदेश पालक नभई जनताको आदेशपालक सांसद हुनुपर्ने उनले बताए ।

कार्यक्रममा आजपाका महासचिब त्रिभुवन साह, नगरप्रमुख रीना कुमारी साह, आम महिला मोर्चाको अध्यक्ष कुमारी बबिता, आम मुस्लिम मोर्चाको अध्यक्ष लालबाबु मंसूरी, आजपाको स्थायी समिति सदस्य श्रीभगवान पटेल, रन्जु कुमारी साह, सरोज बछाड, बिगु पासवान लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१६ गते असाेज । 

राैतहट। पुर्व प्रधानमन्त्री एवम राैतहट एकका सासद माधव कुमार नेपालले वागमती र लाल बकैया नदिमा आएको वाढिले गरेको क्षेतिको निरिक्षण गरेका छन ।बुधबार दिउँसो ३ बजे गृह जिल्ला  आई पुगेका नेता नेपालले गत अशाेज १२ गते बागमति नदिमा आएको बाढिले बाध तोडी घर तथा खेली बालिमा पुर्याएको क्षेतिको निरिक्षण गरेका छन ।

पुर्ब प्रधानमन्त्री नेपालले सर्व प्रथम गढिमाई नगर पालिकाको वडा नम्बर ३ स्थित लक्ष्मिपुर पुगेका थिए । बांधमा पुगेको क्षेती अब आफुले गर्नु पर्ने भुमिकाको बारेमा घटना स्थलमै नगर प्रमुख श्याम यादवसंग सुझाब लिएका थिए ।  वाधमा भएको क्षेती तथा खेती बालि हेर्ने क्रममा पुर्व प्रधानमन्त्री नेपाल गढिमाई नगरपालिकाका वडा नम्बर ६ का सिंगारमण र ७का पकाहा धर्मपुर पुगि स्थानीयले भोगेका सम्स्या तथा  समाधानका उपाय बारे स्थानियसंग संवाद गरको नेकपा एसका नेता रेवन्त झाले बताए ।

 यसैगरी विहिबार विहान बागमति नदि किनाराको माघवनारायण नगरपालिका  र राजदेबी नगरपालिका तथा दुर्गा भगवति गाउपालिकामा भएको क्षेति तथा स्थानीय पिडितसंग भेटघाट गर्ने कार्यक्रम रहेको नेता झाले बताए ।

विहिबार नै पुर्व प्रधानमन्त्री  नेपाल लाल बकैया नदिको बाढिले पुर्याएका क्षेति तथा  राजपुर , परोहा , बाैथिमाई , माैलापुर ,देवाही गाेनाही र कटहरिया नगर पालिकाका स्थानीय वाढिपिडित जनतासंग भेटघाट गर्ने कार्यक्रम  रहेको उनले बताए ।

पुर्वप्रधानमन्त्री नेपालसंग नेकपा एसका केन्द्रीय सदस्य तथा पुर्व सासद सरला यादव, राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी यादव, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव , गढिमाई नपा १का वडा अध्यक्ष रामपुकार यादव, गढिमाई नपा ५ का वडा अध्यक्ष राजिव रंजन यादव, नेकपा एसका नेता बिरेन्द्र साह सहितका नेता , जनप्रतिनिधि, स्थानीय जनता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।