


आरके श्रीवास्तव,राैतहट,०८ गते कार्तिक रौतहट ।
रौतहटको माैलापुर नगरपालिकामा रहेकाे नेपाल विधुत प्राधिकरण माैलापुर वितरण केन्द्रमा बुधबार विश्वकर्मा मन्दिरको शिलान्यास गरिएको छ ।

माैलापुर वितरण केन्द्रका प्रमुख ई.दिनेश यादवले एक कार्यक्रमका बिच विधिवत् रूपमा शिलान्यास गर्नु भएको हाे । कर्मचारीहरूले आर्थिक सहयोग जुटाएर कार्यालय परिसर भित्र मन्दिर निर्माण गराउन लागेका हुन् । कार्यालय स्थापना भएपनि मन्दिर भने निर्माण हुन सकेको थिएन् ।

यादवले कार्यालय प्रमुखकाे जिम्मेवारी सम्हाले देखिनै मन्दिर निर्माण साेच राखेका थिए । त्यसै अनुरूप नै उनले पहल गरि सम्पूर्ण कर्मचारीहरूकाे सहयोगमा मन्दिर बनाउन लागेका हुन् । शिलान्यास पछि छिट्टै मन्दिर निर्माणकाे काम अगाडि बढाइने प्रमुख यादवले बताउनु भयाे । साे अवसरमा माैलापुर वितरण केन्द्रका कर्मचारीहरूकाे उपस्थिति रहेको थियाे ।



काठमाडौँ, ५ कात्तिक
बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँछन् । शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजा गरी आज महाअष्टमी पर्व मनाइन लागिएको हो । यस अवसरमा दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्त्व रहेको धर्मशास्त्रविदहरुको भनाइ छ । राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिने गरिएको हो । आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजा आजा गर्नेहरूको बिहानैदेखि भीड लाग्ने गर्दछ । यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने जनाइएको छ । आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा आजा गरिएको छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्र अस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मुला र नरिवलआदि बलि चढाई पूजा आजा गरेका छन् । राति बलिसहित कालरात्रि पूजा गरिँदै आजैका दिन राति कालरात्रिका रूपमा पशुबलिको विधि र पूजा आराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ । महाअष्टमीका दिन आज राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने तयारी भएको छ । कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो । रासस
सागर संगम ठाकुर रौतहट ,कार्तिक ४ गते
रौतहटको धरहरीमा छठ घाट सजावटकाे लागि वडा स्तरीय बैठक संम्पन भएको छ । शनिबार जिल्लाको देवाही गाेनाही नगरपालिका-९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा बसेको बैठकमा बिगतका वर्ष जस्तै यस वर्ष पनि छठ घाट सजावट गर्नकाे लागि भेला बाेलाईएकाे थियोे । विभिन्न राजनितिक दलका प्रतिनिधि,बुद्धिजीवी,समाजसेवी,भद्रभलादमी लगाएतका स्थानीय ब्यक्तिहरुकाे उपस्थितिमा बैठक सम्पन भएको वडा अध्यक्ष वीर बहादुर साहले जानकारी दिनु भयो ।बैठकबाट विभिन्न प्रस्तावमाथि छलफल गर्दा यस वर्षकाे छठमा गाउँका मुख्य सडकलाई सरसफाइ गरिने र छठ घाटमा डेकुरेशन सहितकाे आकर्षक टेन्ट पंण्डाल बनाई सांस्कृतिक कार्यक्रम (नाटक) काे आयाेजनना गरिने निर्णय भएको वडा अध्यक्ष साहले बताउनु भयो ।

धरहरीकाे ईतिहासमा नै पहिलोपल्ट छठ घाटमा हुने सांस्कृतिक कार्यक्रम (नाटक)काे लागि मुख्य जिम्मेवारी गायक कलाकार एवं बुद्धिजीवी नेक महम्मद हुसैन र समाजिक कार्यमा निरन्तर सकृय रहने युवा पत्रकार सागर संगम ठाकुरलाई दिएको छ ।हिन्दुहरुकाे महान चाड पर्वको रुपमा मनाईने छठमा धरहरीकाे छठ घाटमा अहिलेसम्म कुनै पनि जनप्रतिनिधिहरुले त्यस्ता कार्यक्रम आयोजना गर्न नसकेको कार्यलाई वडा अध्यक्ष वीर बहादुर साहले गराउन अगाडि बढे पछि युवाहरु निकै उत्साहित भएका छन । धरहरीकाे ईतिहासमा फर्केर हेर्दा करिब १० वर्षको अन्तरालमा सांस्कृतिक कार्यक्रम हुन लागेको स्थानीयहरु बताउन्छ । वडा स्तरीय बैठकलाई सम्बाेधन गर्दै वडा अध्यक्ष साहले युवाहरूको प्रतिभालाई उजागर गर्न र समाजबाट लाेप हुन पुगेका आफ्ना सांस्कृतिकलाई बचाउन नाटकको आयाेजना गरिएको बताउनु भयाे । अध्यक्ष साहले वडाका युवाहरू र बालबालिका भित्र लुकेका प्रतिभालाई बाहिर ल्याउन सबैको सल्लाहमा नै याे कार्यक्रमको आयोजना गरिएको बताए । साहले यसपालिको छठलाई सभ्य र भब्य बनाई दिन सम्पुर्ण वडाबासीलाई अनुरोध गर्नु भयो । कार्यक्रममा वडा सदस्य खसबलाल दास,गौरी शंकर पंडित, संजाेगिया देवी, प्रमिला देवी एकीकृत समाजबादी पार्टीका वडा प्रत्यासी सुमित गुप्ता,माओवादीका शंकर साह,जसपाका युवा नेता नागेन्द्र यादव,स्थानीय नेता बिपत साह,हरिश्चन्द्र यादव,रामरुप पंडित,नरेश गाेसाई,बिकेश गुप्ता,बिवेक साह,श्यामनन्दन साह लगाएत विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरुकाे बिशेष उपस्थित रहेको थियो ।
संजय सहनी,राैतहट,कार्तिक ०३ गते
जनमत पार्टी रौतहटका नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसैदले पदभार ग्रहण गर्नु भएकाे छ । रौतहटको गौरमा बिहीवार आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री तथा जनमत पार्टीका केन्द्रिय महासचिव माननीय चन्दन सिंहले नेता जमसेदलाई बिधिबत रुपले पदभार ग्रहण गराउनु भएकाे हाे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिंहले नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदलाई सफल कार्यकालको शुभकामना दिनु भएकाे थियाे ।

मन्त्री सिंहले शेख जमसेद जस्तो मधेसबादि बिचार धारा बोकेका कुशल कमान्डरलाई पार्टीमा भित्र्याउन पाएकोमा खुसि ब्यक्त गरेका थिए। साथै मन्त्री सिंहले जिल्ला इन्चार्ज जमशेदलाई पार्टीको बिधि -बिधानमा अडिग रहि पार्टीको संगठन बिस्तार सहित जनताको सेवामा अहोरात्र खट्न निर्देशन दिनु भएकाे थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदले पार्टीको बिधानमा अनुसार संगठन बिस्तारमा लाग्ने र यस अभियानमा पार्टीको सम्पुर्ण शुभचिन्तकको सहयोग हुने बिश्वास ब्यक्त गरेका थिए। कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बिकास यादब सहित जिल्लाका नेता कार्यर्ताको बाक्लो उपस्थित रहेको थियो।
कार्तिक-२
रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको कार्यालयमा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा रासनरायण पटेल पु:न दोस्रो पटकपटकको लागि हाजिर हुनुभएको छ। बिहिबार सो नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले त्यहाँ निर्वाचित वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुको साथै कार्यालयका कर्मचारीहरूको उपस्थितिमा फुलमाला,खादा तथा टीका लगाएर स्वागत गर्दै पटेललाई कार्यालयमा हाजिर गराउनु भएको छ।

कार्यालयमा हाजिर भएलगतै हाकिम पटेलले सर्वसाधारणले कार्यालयबाट पाउने सबै प्रकारका सेवा तथा सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गर्दै आफुले नियमानुसारका महसुस हुने गरी, सर्वसाधारण नागरिकलाई सेवा दिन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन्। अधिकृत पटेलले नगरपालिकालाई नमुना बनाउने काममा आफनो सहयोग सधैं रहने उल्लेख गर्दै उहाँले जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्मको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । पटेलले यसअघि वृन्दावन नगरपालिकामा भएको कमि कजोरीहरु लाई सुधारदै आफू पनि अगाडि बढ्ने र सबैलाई एक ढिका भएर अगाडि बढ्न आग्रह समेत गर्नु भयो। उहाँका अनुसार अब पालिकाको प्रशासनिक र आर्थिक लगायत अन्य कामकाज पनि अघि बढ्ने उहाँले बिश्वास व्यक्त गर्नुभयो। यति मात्र न भई नगरपालिकाको खाता संचालन भए लगत्तै रोकिएर बसेका कर्मचारीहरुको तलब,सामाजिक सुरक्षा भता र जनप्रतिनिधिहरुको सेवासुविधा लगायत अन्य बाँकी बक्यौता भुक्तानीको कामकाज पनि अगाडि बढाउने विश्वास दिदै, उहाँले, आफुले सो पालिकाको गरिमा बढाउने गरि काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो। साथै उहाँले सबै जनप्रतिनिधी,कर्मचारी, राजनीति कर्मी, नागरिक समाज र पत्रकार जगतको समेत साथ र सहयोग प्राप्त हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

वृन्दावन नगरपालिका विगत केही समय देखि कार्यालय प्रमुख विहिन रहेको कारणले नगरको सम्पूर्ण कामकाज अस्त व्यस्तमा परेको थियो।सो कुराको मध्य नजर गर्दै कार्यालयले मिति २०८० असोज १८ को पत्रबाट नगर कार्यपालिकाको निर्णय सहित लेखी पठाईएको पत्र बमोजिम सो कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी पटेलले जिम्मेवारी पाएको हो। पटेल नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह तर्फका अधिकृत स्तर छैटौं तहका सोही नगरपालिकामा कार्यरत कर्मचारी हुन उहाँले विगतका दिनमा पनि सो नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएर कामकाज गरिसकेका छन्।

उक्त कार्यक्रममा वडा नं १ वडा अध्यक्ष रामनाथ सहनी,वडा नं.६ का वडा अध्यक्ष मजहर मन्सुर,वडा नं.८ का वडा अध्यक्ष रबिन्द्र प्रसाद साह,वडा नं.९ का वडाअध्यक्ष प्रवेज आलमको साथै कार्यपालिका सदस्यहरु लालपरी देवी,पुनम पासवान,एतबरिया देवी,राजेश पासवान र रामबाबु साह लगायत विभिन्न कर्मचारी तथा भद्रभलादमी बुद्धिजीवीहरुक उपस्थिति समेत रहेको थियो।
राैतहट,०१ गते कार्तिक ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा हाकिम हाजिर गराउने विषयलाई लिएर स्थानियहरुले बिरोध जनाएका छन् । आज बुधबार बेलुका हाकिम सुरेन्द्र प्रधानलाई फतुवा विजयपुर नगरपालिकामा हाजिर हुन्न नदिने भन्दै टायर बालेर बिरोध जनाएकाे स्थानीय अबरारूल हकले जानकारी गराउनु भयो । राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्टको टोलीले फतुवा बिजयपुर नगरपालिकाको सबै वडा अध्यक्ष ,कार्यपालिका सदस्य लगायत जनप्रतिनिधिहरुसँग समन्वय गराउन खोज्दा पनि स्थानियहरुले अस्विकार गर्दै विजयपुर बजारकाे चौकमा टायर बालि स्थानीयहरूले बिरोध गरेका खबर छ ।
आरके श्रीवास्तव,रौतहट, ०१ कार्तिक ।
राैतहटकाे कटहरिया नगरपालिका द्वारा नेपालीहरूको महान चाडपर्व बडा दशै, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कटहरिया स्थित विवाह मण्डप भवनमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजन गरिएको थियोे । कार्यक्रममा बाेल्दै नगर प्रमुख अजय प्रकाश जयसवालले हिन्दूहरूको महान आस्थाको पर्व चलिरहेको बडा दशै र केही दिनपछि आउने तिहार, दिपावली र छठ पर्व शुभकामना व्यक्त गर्नु भएको थियोे ।

कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवाल र विशिष्ट अतिथी उप प्रमुख रिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत गाैरीशंकर कुमार सिंह रह्नु भएको थियोे । शुभकामना आदानप्रदान कार्यक्रममा वडा अध्यक्षहरू समिश बिक्रम शाह,सर्फलाल गुप्ता,जयराम साह,कार्यपालिका सदस्य मनाेज जयसवाल लगायत शिक्षक ,सुरक्षाकर्मि,कर्मचारी हरुको सहभागीता रहेको थियो ।