सर्लाही, १९ माघ ।
हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका-७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले प्र.०२-०२७ प ४२५६ नम्बर र बिआर ३० एसी८३१८ नम्बरका दुई वटा मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजेपश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा प्र.०२०२७ प ४२५६ नम्बरको मोटरसाइकल चालक संजयको साथबाट उक्त परिमाणको नक्कली नोट र बिआर ३० एसी८३१८ नम्बरको मोटरसाइकल चालक अम्रेन्द्रको साथबाट लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।
संजयको साथमा रहेका २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दर साइजको नक्कली नोट र बिचमा नोटको साइजमा काटेको सादा कागज र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने १ हजार दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको फेला परेको हो ।न्युजकारखाना
सिरहा, १९ माघ ।
सिरहाको लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई चिसो छल्न च्यातिएको कम्बल वितरण गरेको पाइएको छ। नगरपालिकाका प्रत्येक वडाका लागि ५० देखि ८० जना दलित, गरिव, विपन्न र ज्येष्ठ नागरिकलाई चिसो छल्न वितरण गरिएको कम्बल अधिकांश च्यातिएको पाइएको हो।

एक वर्षअघि खरिद गरि राखिएको कम्बल जाडो सकिन लागेपछि पालिकाले वितरण गरेको छ। पुस मसान्तमा ह्वातै चिसो बढेर जनजीवन प्रभावित बने पनि कम्बल जाडो कम हुँदै गएपछि वितरण गरिएको छ।
कुनै न कुनै वहानामा मिडियामा छाइरहने बानी परेका लहान नगरपालिका नगर प्रमुख महेश चौधरी यो पटक पातलो र च्यातिएको कम्बल लिएर दलित, गरिवको वस्तीमा पुगेका छन्। दलित गरिवहरूले राम्रो सामान प्रयोग गर्न हुँदैन भन्ने जनप्रतिनिधिहरूको मानसिकता कम्बल वितरणले देखाएको दलित अधिकारकर्मीहरू बताउँछन्।

लहान नगरपालिका-१७ बलानसेरकी ४५ वर्षीय फुलवा सदका अनुसार नगरपालिकाले वितरण गरिएको कम्बल साह्रै पातलो त्यसमा पनि अधिकाम्स कम्बल भ्वाङ परेका छन्। उनी भन्छीन्, ‘हामी दलितहरू कहिलेसम्म यसरी जनप्रतिनिधिबाट अपहेलित भएर बस्नु? यो कम्बल चिसो छल्न दिएकको हो कि खुट्टा पुछ्न ? च्यातिएको कम्बलले पनि चिसो छल्न सकिन्छ ? मेयर साव।’
जाडोबाटा गरिवलाई बचाउने भन्दा पनि ‘राहत’को नाममा कमिशन खाने जनप्रतिनिधी र कर्मचारीको मेलो भएको सोही वडाका ३५ वर्षीय लिलम सदा बताउँछिन्। उनी भन्छन्, ‘हामीलाई जाडो बाट बचाउने भन्दा पनि कमिशन कुम्ल्याउने मेलो देखियो। पतलो र च्यातिएको कम्बलले जाडो जान्छ?’

स्थानीय जनप्रतिनिधी र कर्मचारीले असहाय, गरिव, दलितको नाममा लुट नै मचाएको सदायले आरोप लगाएकी छिन्। जनप्रतिनिधीले एक सयमा खरिद गरिएको समानको पाँच सयदेखि हजार रुपैयाँ सम्मको विल बनाएर खाने गरेको उनको आरोप छ। उनी भन्छिन्, ‘एक त पातलो कम्बल त्यसमापनि च्यातिएको कम्बलले कतिदिन चिसो छल्ने ? यो भन्दा राम्रो त नदिए कै जाती हुन्थ्यो।’

वडा नम्बर १७ मा नगरप्रमुख महेश चौधरीकै हातबाट दलितग, गरिव, ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलासहित ८० जनालाई कम्बल वितरण गरेका थिए। वितरण गरिएका अधिकाम्स च्यातिएको कम्बल रहेको नाम नबताउने शर्तमा एकजना कर्मचारीले नै जानकारी दिए। उनले भने, ‘अहिले वितरण गरेको कम्बल गत आर्थिक वर्षको असार मसान्तमा मेयर चैधरीको ठाडो आदेशमा विपद व्यव्स्थापन अन्र्तगतको वजेटबाट हतार–हतारमा गोप्य सुचना जारीगरी खरिद गरिएको थियो। त्यसवेला करिव एक हजारका दरले खरिद गरिएको एकहजार थान कम्बल अहिले वितरण भईरहेको ती कर्मचारीले जानकारी दिए।

यस विषयमा लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहसँग पटक पटक फोन गरेपनि उनको फोन स्विच अफ रहेको थियो। १७ नम्बर वडाका वडा अध्यक्ष प्रथमलाल चौधरीसंग प्रतिकृयाका लागी सम्पर्क गर्दा उनीसँगपनि सम्पर्क हुन सकेन्।

लहान नगरपालिका जिन्सि शाखा प्रमुख भवानी चौधरीले गत आर्थिक वर्षमा १ देखि २४ वटै वडाको लागी करिव १ हजार थान कम्बल खरिद गरिएको जानकारी दिए। कम्बल कुन प्रकृयाबाट कुन र्फमले, कति दररेटमा खरिद गरिएको प्रश्नमा भनृ उनले आफू बाहिर रहेकाले तत्काल जानकारी गरान असमर्थ रहेको बताए। उनले भने, ‘म अहिले बाहिर छु, तपाई अफिस आउनुस्, सुचना मागँ गर्नुहोला हामी सूचना दिउला। अहिले फोनमा दिन नमिल्दैन।’

त्यही कुराहुँदै गर्दा उनले फोनमै पालिका तिरै आउनुस्न यतै बसेर मिलाउला भन्दै प्रलोभन समेत दिन खोजेका थिए।
स्थानीय जनप्रतिनिधी र कर्मचारीहरु लक्षित वर्गलाई राहत दिनुभन्दा पनि कमिसनबापत ठूलो रकम कसरी कमाउने भन्ने उद्देश्यले मात्र दैविक प्रकोपको नाममा रकम विनियोजन गर्ने र सामाग्री खरिद गरेर व्यापक अनियमितता गर्ने गरेको जानकारहरु बताउछन्।न्युज कारखाना
काठमाडौं, १९ माघ ।
प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ ।
एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुईदिन बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ । न्युजकारखाना
रौतहट,१९ माघ ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा नगरपालिकाकै उपप्रमुखसहितको टोलीले ताला लगाएको एक महिना पुगेको छ । गरुडा नगरपालिकाको मुख्य गेटमै ताला लागेको एक महिना भइसक्दासमेत ताला खुलाउने तर्फ सम्बन्धित् पक्षले पहल नगर्दा सर्वसाधारणहरु मारमा परेका छन्।
विगत एक महिनादेखि गरुडा नगरपालिकाका सर्वसाधारणले गरुडा नगरपालिकाको कार्यालयबाट दैनिक रुपमा पाउने सेवा पाउन सकेका छैनन् । गरुडा नगरपालिकाकी उपमेयर पुनमकुमारी चाैधरी र केही वडा अध्यक्षहरूले नगरपालिकाको मुख्य गेटमा एक महिना पहिला अर्थात् पुसको १८ गते तालाबन्दी गरेका थिए । उनीहरूले विभिन्न माग राखेर नगरपालिकाको गरुगरुडा,१९ माघ । कार्यालयमा तालाबन्दी गरेपछि सो नगरपालिकाबाट नगरवासीले पाउनुपर्ने सेवासुविधा पाउन सकेका छैनन् ।
गरुडा नगरपालिकाका नगरप्रमुख कण्ठमणिप्रसाद जयसवालले उपमेयर लगायतका केही वडाध्यक्षहरूले यतिबेला आएर बजेटमा भागबण्डा खोजेका कारण समस्या सिर्जना भएको बताए । गरुडा नगरपालिकामा लागेको तालाबन्दी खुलाउनका लागि पटकपटक जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षबीच सहमतिको प्रयास भएपनि अहिलेसम्म सहमति हुन नसक्दा नगरपालिकामा लागेको ताला नखुलेको हो । उपमेयर सहितका वडाध्यक्षहरूले यतिबेला आएर बजेटमा भागबण्डा खोज्दै तालाबन्दी गरेका कारण नगरवासीहरूले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपरेको नगर प्रमुख कण्ठमणि प्रसाद जयसवालको भनाइ छ ।
आफूले नगरपालिकाको कार्यपालिका बैठकमा बसेर उनीहरूका मागहरुलाई सम्बोधन गर्ने बताएको भए पनि सो कुरालाई वास्ता नगरी उपमेयरसहितका केही जनप्रतिनिधिले नगरपालिकाको मुख्य गेटमा ताला लगाएर बसेका कारण नगरवासी सेवासुविधाबाट बन्चित भएको नगर प्रमुख जयसवालको भनाइ रहेको छ ।
ताला खुलाउने विषयमा अब पनि सहमति नभए आफूले प्रहरी प्रशासन लगाएर भएपनि ताला खोलेर नगरपालिकाबाट सर्वसाधारणले पाउनुपर्ने सेवा सुविधा दिनका लागि आफू तयार भएको नगर प्रमुख जयस्वालको भनाइ रहेको छ । उपमेयरसहित केही वडा अध्यक्षहरूले भने बजेटमा नगरप्रमुख जयस्वालले एकलौटी गरेको र अहिलेसम्म भएका हिसाबकिताब पारदर्शी हुनुपर्ने बताउँदै नगरपालिकाको कार्यालयमा एक महिना पहिला तालाबन्दी गरेका थिए । न्युजकारखाना
सर्लाही, १९ माघ ।
सर्लाहीको नवलपुरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार बिहान करिब १० बजेको समयमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायको छ ।
पूर्व पश्चिम राजमार्गस्थित ट्राफिक कार्यालय नवलपुर अगाडि नियमित चेकजाँचको क्रममा मोटरसाइकलमा सवार व्यक्तिलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल कागज पत्र साथमा नभएपछि ट्राफिक प्रहरी जवान महतोले चिट काट्न खोज्दा ट्राफिक प्रहरी जवानमाथि नै छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर १ घर भएका यमामुदिन देमानले चेकिङमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा पहार गरेका हुन् । छुरा प्रहार गरी भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरी ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । छुरा प्रहार गर्ने देमानलाई ज्यान मार्ने उद्याेगमा मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक प्रबिण धितालले जानकारी दिए ।
घाइते ट्राफिक प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । घाइते प्रहरी जवानलाई उपचारका लागी नेशनल मेडिकल कलेज वीरगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।न्युजकारखाना
सिरहा, २१ पुस/
: चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बिरामी पर्न थालेपछि सिरहाको गोलबजार नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्थानीय निजी अस्पताल, चिकित्सक र औषधि कम्पनीसँग समन्वय गरेर स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष सकलदेव यादवले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमा एक सय ४० बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको छ । त्यसैगरी स्वास्थ्य शिविरमा दाँतका बिरामी तथा दमका रोगी ज्येष्ठ नागरिकको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । चिसोले बालबालिका र ज्येष्ठ नागरिक प्रभावित हुन थालेपछि त्यसबाट जोगाउन शिविर सञ्चालन गरिएको वडाध्यक्ष यादवले बताउनुभयो ।
उहाले भन्नुभयो, “नियमित बजेट र कार्यक्रम थिएन । तर पनि सहयोग जुटाएर शिविर आयोजना गरेको हुँ । यसबाट गरिब÷विपन्न नागरिकलाई लाभ पुगेको छ ।” स्वास्थ्य शिविरमा डा विनोद साह र डा सोनी गुप्ताले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा उपचार गराउन आउने बिरामीलाई रु ४० हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो । (रासस)
राजन कुमार बानिया पर्सा १६/
पुष पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिखमपुर सिकटा खोला नजिक गण्डक नहरमा खसेर भारतिय मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। अज बिहान गण्डक नहरमा खसेको अवस्थामा स्थानिय हरु मोटरसाइकल र मान्छे हेरे पछि स्थानिय प्रहरी लाई खबर दिने बितिकै घटना स्थलमा पुगेका ईलाका प्रहरी कार्यालय जानकिटोलाका प्रहरी पुगेर मोटरसाइकल र मानिसको शव बाहिर निकालेको थियोे ।
गण्डक नहरमा खसेर मृत्यु हुनेमा भारत बिहार ,बेतिया जिल्ला चनपटिया थाना क्षेत्रको जईतिया गाउँ निवासी ४० को भोलान राम रहेको प्रहरीले जनाएका छन।मृतकको शव र बीआर २२ बी ९४१६ नम्बरको हिरो हुण्डा प्रो मोटरसाइकल रहेको हो। प्रहरीका अनुसार अाईतबार रातीको सम्य मृतक राम अाफ्नो ससुराली लक्ष्मीपुर गाउँ तरफ गईरहेकोले सिकटा पुल नजिक गण्डक नहरमा मोटरसाइकल अनियंत्रित भई ठोक्किएर नहरमा खसेको हुनसकने अनुमान गरिएको छ ।
पुल बाट गण्डक नहरको पानीमा खसेपछी मोटरसाइकल चालकको कठिनग्रिएर मृत्यु भएको छ। प्रहरी हरुले मृतकका शवको प्राकृतिक पहिचान गरि मुचुलका उठाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाले जनाएका छन।
वीरगञ्ज पुष १७।
पसावन जातिकाे कुलदेवता सल्हेस बाबा मन्दिर एक ब्यक्तिले उक्त मन्दिर र जग्गा कब्जामा लिएको छ। बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं ७ जितपुरमा रहेको पसावन जातिकाे कुलदेवता सल्हेस बाबाकाे मन्दिर स्थानीय सताेष साहले कब्जामा लिएका छन।
४० देखि ५० वर्ष आगडी देखि नै हाम्रो पासवान जातिको कुलदेवता शैालेस बाबाको मन्दिर रहेको नेपाल दलित मुक्ति माेर्चा मधेस प्रदेश सदस्य चन्द्रशेखर पासवानले बताए । पासवान का अनुसार धेरै निकायहरुमा पनि पहल गरेको छु तरपनि चारैतिरबाट बाउन्डीरीवाल लगाइ सकेको छ ।
साह ले बाउन्डीरीवाल भात्काएन भने हामी बाध्य भएर नगरपालिका र वडा नं ७ को वडा कार्यालय घेराउ गर्ने छाै पासवानले बताए । संतोष साह सँग उक्त मन्दिरको जग्गा कब्जा गरेको बारेमा सोधदा खेरी साहको भनाइ अनुसार मैले किनेको जग्गा मात्र बाउन्डिरिग्ङ वाल गरेको प्रतिक्रिया दिए।
राजन कुमार बानिया पर्सा १७ पुस/
पुस महिना सुरु भएसगै पर्सा लगायत देशभर मै चिसो बढेसगै शितलहर पनि सुरु भएको छ । मंसिरको अन्त्यसम्म खासै नदेखिएको हुस्सु पनि पुस सुरु भएसगै आज बाट अत्याधिक लाग्न थालेको छ । बिहानै देखि लागेको हुस्रो दिउसो बाट सुरु भएको शितलहरका कारण धोबिनी गाउँपालिका बासी लगायत प्रभावित बन्न थालेका छ्न ।
बिशेष गरी बिद्यालयमा अध्ययनरत बालबालिका , वृद्धवृद्धा , युवा हरु यसबाट प्रत्यक्ष प्रभावित बनेका छ्न । अत्याधिक चिसो र निरन्तर शितलहरका कारण बिद्यालयहरुको पठनपाठन समेत प्रभावित बनेको धोबिनी गाउँपालिका-४ मा रहेको श्री काली प्रसाद लाखे मावीका प्र.अ मदन साहले बताउनु भयो ।
बिशेष गरी कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु चिसो बाट बढी प्रभावित हुनगरेको साहले बताउनु भयो । बाक्लो हुस्सुकै कारण सवारी आवतजावतमा पनि समस्या भएको भिस्वा, धोबिनी,पोखरिया, पटेर्वासुगौली,जिराभवानी पर्सागढी, ठोरी ,बिरगंज क्षेत्रका सवारी चालकहरुको भनाइ रहेको छ । अचानक सुरु भएको शितलहर निरन्तर देखिएमा खेतिबाली पनि प्रभावित हुन सक्ने कृषकहरुको आकलन रहेको छ ।
गाउँ गाउँमा सिंहदरबार अाएको छ, तर दरबार केन्द्रमा नै रहेको र गाउँ गाउँमा सिंह मात्र अाएको स्थानिय हरुले महसुस गर्दै अाएका छन। गाउँपालिका, र नगरपालिका हरु बाट बृद्ध र बालबालिका हरुको लागि न्यानो कपडा बितरण गरिरहेको थियो। भने ठाउँ ठाउँमा दाउराको ब्यवस्थापन भईरहेको थियो ,तर यसपाली अहिले सम्म नयानो कपडाको कुरा छोडौ काठ दाउराको पनि ब्यवस्थापन कतै नदेखिएको गुनासो एक, जना बृद्धले गरेका छन। परिरहेकोअाईतबार बिहानै बाट हुस्सु सहित चिसो बढेको अहिले पर्सामा दिउँसो ८ डिग्री सेल्सियस मापन गरिएको थियो भने, बेलुका ५ डिग्री भन्दा पनि तल पुग्न सक्ने अनुमान गरिएको छ ।
अखिलेश कुमार यादव बारा/
: बारा जिल्लाको पथलैयामा अस्थायी पटके इजाजत शाखाको उद्घाटन गरिएको छ ।सोमबार मधेश प्रदेश सरकारको श्रम रोजगार तथा यातयात मन्त्रि चन्दन सिंहले बाराको पथलैयामा अस्थायी पटके इजाजत शाखाको उद्घाटन गर्नु भएको छ
।मङ्सिर २५ गते बारा जिल्लाको सदरमुकाम कलैयामा यातायात ब्यवस्था कार्यालयको उद्घाटन गरिएको थियो ।पहिला देखि पटके सवारी को अनुमति लिनको लागि बिरगंज र हेटौडा जानु पर्ने समस्याको समाधानको लागि बाराको पथलैयामा नै अस्थायी पटके इजाजत शाखा उद्घाटन गरिएको छ।
पटके इजाजत शाखा बाट पटके सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने र यो शाखा हरेक सप्ताह र हरेक महिना र २४ औं घन्टा सेवा प्रदान गरिने यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख नवाज हुसेनले बताए। पथलैयामा पटके इजाजत शाखाको उद्घाटन भए पछि पथलैया बासीमा खुशी छाएको छ ।
पटके सवारी इजाजत शाखा उद्घाटन भए पछि अब देखि पटके सवारीको अनुमति लिनको लागि बिरगंज र हेटौंडा जानू पर्ने बाध्यता हटेको स्थानिय पेशल मुलमीले बताए । अस्थायी पटके बाटो इजाजत पत्र उद्घाटन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले पथलैया अस्थायी पटके बाटो इजाजत शाखाको उद्घाटन हुनु सुखद रहेको तर मधेश प्रदेश सरकारले,लाईसेन्स नवीकरण र ब्लुबूक नवीकरण जस्ता सेवा पथलैया बाट प्रदान गर्ने ब्यवस्था मिलाईदीन मन्त्री सिंह संग आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा सहभागि वक्ताहरुले पथलैया बाट नै सवारी नवीकरण र सवारी लाईसेन्स नवीकरण जस्ता सेवाहरु प्रदान गरिने माग गरेको थियो। उक्त उद्घाटन कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, यातायात ब्यवस्था कार्यालय पर्साका प्रमुख ,जनमत पार्टिका पर्सा इन्चार्ज ओमप्रकाश सराफ ,भिमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पेश्ल मुल्मी, ट्राफिकका प्रहरी नायब उपरिक्षक माधव काफ्ले लगाएतको उपस्थिति रहेको थियो।