२०८३ श्रावण २
२०८३ श्रावण २

 

काठमाडौंं, २४ भदौं ।

आज देखी काठमाडौंमा बिपी साहित्य महोत्सव २०८० सुरु हुदैँछ ।

प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव, २०८० आयोजना हुन लागेको हो । सो साहित्य महोत्सव नेपाली कांग्रेसले गर्दैछ ।

 

आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाले सो महोत्सवको उद्घाटन गर्नेछन् । सो महोत्सव केन्द्रिय कार्यालय, सानेपामा हुनेछ ।

 

बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा हुन लागेको सो महोत्सवलाई भब्य र सभ्य तरिकाले समापन गराउनका लागि नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिवार र फाइनआर्टको सहयोग रहेको छ ।

 

महोत्सवमा आगामी भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहनेछ ।

 

हेटौडा, २४ भदौं ।

बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।

आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखे पछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन ।

सभामुख पाठकले बोलाएको सर्बदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ । साे बैठक प्रदेश सचिवालय भवनमा बाेलाइएकाे छ ।  गत भदौं १८ गते देखी बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ ।

उक्त बैठकमा सहमति कायम गरी पुर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजे देखी प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ ।

 

 

चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गर्दाको समयमा  प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन  । सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ ।

 

हेटौँडा, २४ भदौं ।

समाजवादी मोर्चाले आइतबार हेटौंडामा सन्देशसभा आयोजना गर्ने भएको छ ।

 

मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौंडामा सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजेवाट सुरु हुनेछ ।

 

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दलगायतले उक्त सभालाइ सम्बोधन गर्नेछन ।

 

एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुषालका अनुसार देशैभरी सन्देश सभा गर्दै आएको मोर्चाले आइतबार बाग्मती प्रदेशको सन्देशसभा हेटौडामा गर्न लागेको हो ।

 

माेर्चाले सुदुरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेकाे छ ।

 

काठमाडौं, २४ भदौं ।

हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। साथै,  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ।

 

जल  तथा  मौसम  विज्ञान  विभाग, मौसम  पूर्वानुमान  महाशाखाका अनुसार हाल  देशभर  आंशिक देखी सामान्य  बदली  रही  कोशी,  मधेश,  बागमती,  लुम्बिनी  र  कर्णाली  प्रदेशका  थोरै  स्थानहरूमा  हल्का  देखि  मध्यम  वर्षा  भइरहेको  छ।

 

दिउँसो देशभर  आंशिक  देखि  सामान्य  बदली  रहने छ। कोशी, बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन र चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको  एक दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।

 

राती भने देशभर  आंशिक  देखि  सामान्य  बदली    रहने छ। कोशि, मधेश, लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जन र चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। साथै, कोशी र  सुदूर पश्चिम  प्रदेशको  एक दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।

 

कोशि, बागमती,  गण्डकी,  लुम्बिनी, कर्रणाली र सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरूमा  तथा  मधेश  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जन र चट्याङ्गसहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

 

साथै,  मधेश,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको  एक दुई  स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।  मधेश  प्रदेश  लगायत  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  तराई  भू-भागका  थोरै  स्थानहरुमा  हावाहुरीको  सम्भावना  रहेको  छ।  वर्षाका  कारण त्यस  क्षेत्रहरूबाट  बहने  नदीको  जल  सतह  हल्का  बढ्न  सक्ने,  गेग्रान  बहाव,  बाढी,  पहिरो,  भू क्षय  जस्ता  प्रकोप  हुन  सक्ने  भएकोले  जन  स्वास्थ्य,  कृषि,  दैनिक  जनजीवन,  सडक  तथा हवाई   यातायातमा  हुन  सक्ने  असुविधा,  जोखिम  लगायत  चट्याङ्ग  तथा  हावा-हुरीको  क्षतिबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

 

भक्तपुर, २३ भदौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट ब्यबस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने  बताएका छन् ।

 

पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अस्थिरता र अराजकताको अन्त्य ब्यक्ति परिबर्तनबाट संभब नहुने हुँदा अब ब्यबस्था परिबर्तन गर्नुको बिकल्प नभएको दाबी गरे ।

 

ब्यबस्था परिबर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केही पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलायर बिधिको शासनको चिरहरण गरेको बताए।

 

गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भैसकेकोले अब सबै अटाउने कोहि निषेध हुनु नपर्ने मौलिक प्रजातन्त्र देशलाई आबश्यक रहेको बताए।

 

राजा देखि बिप्लब माओवादीसम्म अटाउने मौलिक प्रजातन्त्र ,सर्बधर्म समभाब पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराज्य र सुदृढ स्थानिय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो।

 

कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल ,बागमती प्रदेश इन्चार्ज माधब खत्री जिल्ला अध्यक्ष श्याम प्रसाद नेपालले आन्दोलनको तयारी र जनपरिचालन बारे आआफ्नो धारणा राखेका थिए ।

 

गोरखा, २३ भदौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन  ।

शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग (वाइसीएल) नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

 

‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेताकार्यकर्तालाई शुभकामना दिन चाहान्छु ।  ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ,’ उनले भने ।

जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने  रूपमा स्थापित गर्न सफल हुने विस्वास व्यक्तसमेत गरेका छन ।

 

अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताएका छन । सरकारले  सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर  नयाँ परिवर्तन सुरूवात गरिएको उनका भनाई छ ।

 

भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भष्ट्राचारमा रमाउनेहरू अत्तालिएको उनको भनाई थियो ।

 

सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्री दाहालल बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्ज आयोजना सुरूवात गरिएको जानकारीसमेत गराए ।

 

छिट्टै  चीन भ्रमण जान लागेको बताउँदै दाहालले नेपालको विकास र  देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहने जानकारी दिए ।

 

महाेत्तरी, २२ भदौ । 

माओवादी केन्द्रको रुपान्तरण अभियान कै क्रममा महोत्तरीमा खटपट सुरु भएको छ ।

 

संस्थापन र संस्थापन इतर पुर्व जनमोर्चा धारको विवादका कारण विशेष गरि क्षेत्र न.१ मा खटपट सुरु भएको हो ।

महोत्तरीका जिल्ला इन्चार्ज समेत रहेका राजु खडका र गिरिराजमणी पोखरेल पक्षधरविच भएको विवाद रुपान्तरण अभियान कै क्रममा उत्कर्षमा पुगेको छ । तर, खडका रुपान्तरण अभियानमा सर्लाहीको नेतृत्व गरिरहेका छन भने महोत्तरीमा अच्युतम काफ्ले कमाण्डर बनेका छन । लामो समयदेखी पाटीभित्र चलिरहेको आन्तरिक टसल सतहमा देखिएपछी केन्द्रमा समेत यसकाे ध्यानाकर्षण गराइएकाे छ ।

 

मधेश प्रदेशको कमाण्डर बनेर आएका केन्द्रिय सचिव लीलामणि पोखरेलले खासै विवाद नरहेको वताउँछन् तर आन्तरिक विवादलाई सचिव पोखरेलले सुल्झ्याउने प्रयास नगरेको कतिपय नेताहरुको आरोप छ । रुपान्तरण अभियानलाई प्रभावकारी बनाउन बर्दिबास नगर नेतृत्वविहिन बने पछि बहुमतले रुद्र सुस्लिङलाई अगाडि सारेको र यहीवाट विवाद सुरु भएको बुझिएको छ । वडा तहवाट सुरु गरिने भनिएको रुपान्तरण अभियानमा सुस्लिङ मगरलाई अगाडि सार्नु नै रहस्यमय बनेको संस्थापन पक्षको जिकिर छ ।

 

यता नगरमा पुर्व नगरप्रमुख बिदुर कार्की पक्षधरहरुले भने पाटी लामो समयदेखी  बन्दी भएको र जनताको घरदैलोमा जादा जिम्मेवारीपुर्ण ढंगले प्रस्तुत हुनुपर्ने भएकाले रुद्र सुस्लिङ्गलाई पाटीको बहुमत सदस्यले जिम्मेवारी दिएको दावी गरेका छन । माओवादी केन्द्रको आधार इलाका मानिएको क्षेत्र न.१ मा यस्तै विवादहरुले कमजोर बन्दै गएको छ । अघिल्लो स्थानिय तहको निर्वाचनमा बर्दिवास, गौशाला माओवादी केन्द्रले जितेको थियो भने संघमा समेत माओवादी केन्द्रले नै जितेको थियो ।

 

तर यो निर्वाचनमा माओवादी केन्द्रले प्रदेश `ख´ मा वाहेक सवै पालिका मात्र हैन संघ समेत गुमाउनु पर्‍यो । नेताहरुविचको आन्तरिक टसलले कार्यकर्ता समेत दुई कित्तामा उभिएका छन । एकथरीले पाटीको विधि र प्रक्रियालाई मिचेको भन्दै आलोचना गरिरहेका छन भने अर्कोथरीले पाटी बलियो वनाउन यो नै उत्तम अस्त्र भएको बताउदै आएका छन ।

नगरको नेतृत्वको लागी खडकाले ज्ञान बहादुर गोलेलाइ अगाडि सारेका थिए भने बिदुर कार्की पक्षधरले रुद्र सुस्लिङ्गलाई अगाडि सारेका थिए । जिल्ला इन्चार्ज समेत रहेका खडकाले सन्तुलित नेतृत्व गर्न नसकेको आरोप लगाउदै पाटीभित्रको सम्पुर्ण उत्तारचढावलाई खडकाले नै जिम्मेवारी लिनुपर्ने कतिपय नेताहरुको तर्क छ ।

 

 

 

 

 

हङकङ, २३ भदौं ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले भिजन सहित नेतृत्व गर्न आफु तयार भएको बताएका छन ।

 

एनआरएनए एनसीसी हङकङले आयोजना गरेको अन्तरक्रियामा आगामी कार्यक्रमको लागि अध्यक्षका प्रत्यासी समेत रहेका शर्माले एनआरएनए नेतृत्वको लागि देश विकास गर्ने भिजन लिएर आफू अगाडि बढेको बताए ।

 

“एनआरएनएको नेतृत्व लिने तयारी मैले पैसालाई साथ लिएर गरेको छैन,” शर्माले हकङकङका एनआरएनए  अभियन्ताहरूसँगको छलफल कार्यक्रममा भने, “मेरो भिजन भनेको विदेशमा बस्ने केही हजार नेपालीलाई होइन, लाखौँ श्रमिक नेपालीलाई धनी बनाउने हो र उनिहरुलाई स्वदेश फर्काउने नै रहेको छ ।”

 

शर्माले मध्यपूर्वलाई क्षेत्रीय संयोजक मात्र दिए हुन्छ, उपाध्यक्ष दिए हुन्छ अध्यक्ष पर्दैन भन्ने नसोच्न समेत सबै अभियन्तालाई अनुरोध गरेका छन् ।

“२० वर्ष अगाडि अभियानको सुरुवात अन्तर्गत रसियामा पहिलो एनसीसी खुले पछि दोस्रो कतारमा खुलेको हो,” शर्माले भने, “मैले मध्यपूर्वमा बस्ने श्रमिक हुन या अमेरिका बेलायतमा बस्ने डाक्टर हुन्, सबैलाई अपनत्व हुने गरेर नेतृत्व लिने तयारी गरेको छु।”

 

शर्माले श्रमिक वर्गको हित तथा देश विकासको लागि सरकारको सहभागितामा सामूहिक लगानी कोषको अवधारणा आफूले अगाडी बढाएको बताए । उनले अहिले वार्षिक १३ खर्ब रेमिट्यान्स भित्रने गरेकोमा त्यसलाई प्रोत्साहन गर्न सकेमा थप १० खर्ब रुपैयाँ औपचारिक माध्यमबाट भित्रने भन्दै सरकारको सहभागितामा प्राधिकरण गठन गर्नुपर्ने आवश्यक्ता रहेको औल्लाए ।

 

अहिलेसम्म अभियानले सामाजिक कामको नेतृत्व गरेको भन्दै शर्माले आफूले सामाजिक कामलाई निरन्तरता दिएर आर्थिक मुद्दामा एनआरएनएलाई हिडाउने मिसन बोकेको बताए ।

 

“खाडीका मलेसिया, कोरिया र युरोपमा बस्नेले सिप सिकेर फर्केका छन ,अमेरिकामा बस्ने डाक्टरलाई पब्लिक हेल्थको बारेमा जानकारी छ,” शर्माले भने, “हामीले सबै विदेश बस्ने नेपालीलाई अभियानमा जोडेर नेपाललाई विकसित बनाउने योजना नै हो।”

 

हङकङ एनसीसीले कोभिडको समयमा नेपालमा निकै ठूलो काम गरेको भन्दै शर्माले आफू स्वायत्त एनसीसीको पक्षमा रहेको जानकारी गराए ।

 

शर्माले गैरआवासीय नागरिकता जारी हुनु अभियानको उपलब्धी भएको भन्दै यसमा थप सुधार गर्दै लैजान आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “गोर्खाजका मुद्दालाई टुंगोमा लग्न म जहिले पनि लागिरहेको छु,” शर्माले थपे, “यो टुंगोमा नपुग्दासम्म म तपाईँहरूसँग साथमा हुने छु ।”

 

अहिलेको कार्यसमितिका अध्यक्ष त्रय सम्मानित व्यक्तिहरू रहेकोले सहज निर्वाचन गरेर अरूलाई नेतृत्व हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको शर्माले बताए ।

 

एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोबरको दोस्रो साता काठमाडौँमा हुदैँ छ । अध्यक्षका प्रत्यासी रहेका शर्मा विश्वभरका गैरआवासीय नेपाली अभियन्तासँग अन्तरक्रिया तथा सुझाव लिन हङकङ आइपुगेका हुन् । शर्माले यस अभियानका क्रममा एसिया, मध्यपुर्व, युरोप, अस्ट्रेलिया, अमेरिका क्षेत्रको स्थलगत अध्ययन गरेर गैर आवासीय नेपालीहरु र अभियन्ताहरुको सल्लाह सुझाव लिएर आगामी नेतृत्वको लागी तयार भएको बताएका छन ।

 

ढाका, २३ भदौ ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी  ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन् ।

 

त्यस क्रममा सापकोटाले विकासोन्मुख मुलुक हुनुको नेताले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेको र त्यसका नकारात्मक असर पनि लजवायु परिवर्तनमा देखिन थालेको बताए । पछिल्लो समय नेपालमा बाढी, पहिरोको जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उनको भनाइ थियो । यद्यपि कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत रहेको उनको भनाइ थियो ।

 

सापकोटाले दक्षिण एसिया क्षेत्रका खास गरी तीव्र विकासमा अघि बढेका भारत र बंगलादेशको अनुभव नेपालका लागि काम लाग्ने बताए । सापकोटाले नेपालले पूर्वाधार विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी सम्मेलनलाई गराए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ चाहिएको उल्लेख गरे ।

 

सापकोटाले जलवायु परिवर्तनले निम्त्याएका असरहरुबाट प्रभावित दक्षिण एसियाली मुलुकहरुले त्यसका साझा दुस्प्रभाव न्यूनीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन नेपालका प्रमुख चुनौती रहेको उनको भनाइ थियो । सापकोटाले दिगो विकास लक्ष्य हासिल गर्न विकासका पूर्वाधारको निर्माण गर्नुपर्ने र पर्यावरणीय सन्तुलन पनि कायम राख्नुपर्ने विरोधाभासपूर्ण चुनौतीको सामना गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औंल्याए ।

 

उनले नेपालको धनकुटा र स्याङ्जामा स्थानीय तहहरुले मौलिक रुपमा एकीकृत फोहोर व्यवस्थापन प्रणाली अपनाइहरेको भन्दै त्यो नेपाल स्वयं र अरु मुलुकहरुका लागि पनि नमुनायोग्य हुन सक्ने बताए । जैविक र अजैविक फोहोर छुट्याएर पुनः प्रयोगमा ल्याउन सकिने फोहोरलाई प्रयोग गर्ने र रोजगारी श्रृजनासँगै आर्थिक विकासमा समेत उक्त प्रयोग फलदायी देखिएको चर्चा उनले गरे । सापकोटाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, दिगो पानी व्यवस्थापन र फोहोर व्यवस्थापनमा दक्षिण एसियाली मुलुकहरुबीच साझा प्रयास, अभुभवहरुको आदानप्रदान र सहकार्य जरुरी रहेको औंल्याए ।

 

तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका गरी ४० सांसद सहभागी छन् । नेपालबाट सापकोटासहित काँग्रेसका प्रदीप पौडेल,  एमालेका ठाकुर गैह्रे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोभिता गौतम र संसदको पूर्वधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन् ।

बंगलादेशले वातावरण परिवर्तनका असरबाट जोगिने उपायको खोजीका लागि संसदभित्र छुट्टै ‘कलाइमेट पार्लियामेन्ट’ नामको संरचना निर्माण गरेको छ । दक्षिण एसियाका अन्य मुलुकले पनि आफूले जस्तै क्लाइमेट मार्लियामेन्ट निर्माण गरुन भन्ने उद्देश्यले बंगलादेशले उक्त कार्यक्रम आयोजना गरेको सापकोटाले बताए ।

 

‘यहाँ मन्त्री सरहका एक सांसदको नेतृत्वमा क्लाइमेट पार्लियामेन्ट’, गठन गरिएको रहेछ’, ढाकाबाट सापकोटाले भने,  ‘दक्षिण एसियाली मुलुकहरुमा वातावरण प्रदूषण रोक्न, जलवायु परिवर्तनको असर न्यूीकरण गर्न र  चुनौतीको सामूहिक रुपमा फेस गर्न सबै सदस्य राष्ट्रले ‘क्लाइमेट पार्लियामेन्ट’ बनाउनुपर्छ भन्ने लबिङमा उहाँहरु हुनुहुँदोरहेछ ।’
बंगलादेशका सभामुख डा. शिरिन शार्मिन चौधरीले उदघाटन गरेको सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक, जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन् ।

 

हैदाराबाद, २३ भदौं ।

तेलुगु देशम पार्टीका प्रमुख चन्द्रबाबु नायडू भ्रष्टाचारको आरोपमा शनिबार बिहान पक्राउ परेका छन् ।

 

प्रहरी अधिकारीले भने कि पूर्व मुख्यमन्त्रीलाई सीआईडीले नन्द्याला शहरको ज्ञानपुरमस्थित आरके फंक्शन हलबाट बिहान ६ बजे पक्राउ गरेको थियो। एसआईटी और सीआईडीका अधिकारीहरूका अनुसार कौशल विकास घोटाला मामिलामा चन्द्रबाबु नायडूलाई पक्राउ गरिएको हो ।

 

सीआईडीले चन्द्रबाबु नायडू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो, जसको लगत्तै उनलाई पक्राउ गरिएको थियो।

 

नायडूलाई पठाइएको सूचनामा, सीआडी को आर्थिक अपराध शाखा (ईओडब्ल्यू) का प्रहरी नायब उपरीक्षक एम धनुन्जुयुडुले भने, ‘तपाईलाई जानकारी छ कि तपाईंलाई आरके फंक्शन हल, ज्ञानपुरममा बिहान ६ बजे पक्राउ गरिएको छ।’ सूचना अनुसार आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्रीलाई आईपीसीको सम्बन्धित धारा अन्तर्गत पक्राउ गरिएको हो।

 

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूले दुई दिनअघि आफूलाई हिरासतमा लिन सकिने बताएका थिए । करोडौं रुपैयाँ घुसखोरी र घोटाला गरेको आरोप उनी माथी रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।