२०८३ बैशाख ११
२०८३ बैशाख ११

काठमाडौं ।

सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुको छलफल शुरु भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा निरन्तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समिति गठनको माग राख्दै चैत २७ देखि संसद नै अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले छलफल अगाडी बढाएका हुन् ।

छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलगायत नेता सहभागी छन् ।न्युज कारखाना

विराटनगर ।

नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ ।  कोशीमा एमालेका ४०, कांग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन् । न्युज कारखाना

काठमाडौँ ।

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

कांग्रेसले मंगलबार बिहान ७: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ८ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जानकारी दिएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नतामा संसदीय छानबिनको माग कायम राखेको छ र मंगलबार बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । बैठकमा यस प्रकरणलाई थप सशक्त रुपमा उठाउने विषयमा छलफल हुने बताइएको छ ।न्युज कारखाना

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडलेले गृहमन्त्री रवि लामिछाने निर्दोष छन् भने किन छानबिनका लागि तयार छैनन् भन्ने प्रश्न गरेका छन्  ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरागर्दै पौडेलले कांग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहटेको स्पष्ट गर्दै निर्दोष छु भन्नेहरू नै छानबिनका लागि तयार किन नभएको भन्दै प्रश्न गरेका हुन् ।

उनले भने- ‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष साबित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो । हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन । नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन र हट्दैन ।’न्युज कारखाना

काठमाडौँ ।

जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा

भइरहेको र थप उपचारका लागि काठमाडौ ल्याउन लागिएको बताइएको छ । उनीसँग गाडीमा को को थिए भन्ने स्पष्ट हुनसकेको छैन ।
न्युज कारखाना

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन आज संखध्य्वनि जुलुस गर्ने भएको छ ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज अपराहन्न २: ३० बजे काठमाडौँको भृकुटीमण्डपमा राप्रपाले शंखध्वनि जुलुस गर्न लागेको हो ।

सनातन हिन्दु अधिराज्यको पुन: स्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाको विरुद्धमा राप्रपाले १०८ शंखध्वनि जुलुस गर्ने प्रवक्ता श्रेष्ठले बताए ।
न्युज कारखाना

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ ।

सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

साथै कांग्रेसले मंगलबार संसदीय कार्यसमिति र संसदीय दलको बैठक बसेर थप निर्णय गर्ने समेत उनले जानकारी दिए ।

कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै अब बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । संसदको अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

यसैबीच कांग्रेसको चेतावनीपछि सभामुख देवराज घिमिरेले आजै प्रधानमन्त्रीसहित शिर्ष चार दलका नेताहरुसँग छलफल गर्दै छन् ।
न्युज कारखाना

राैतहट,२५ गते चैत ।

नेपाल पत्रकार महासंध मधेस प्रदेश अध्यक्षले सदस्यताकाे अन्तिम निर्णय नभए सम्म जिल्ला अधिवेशन नगर्ने निर्णय गरेकाे छ । मधेश प्रदेशका छ जिल्ला शाखाहरुका अध्यक्षहरुकाे आईतवार सर्लाहीको हरिवनमा वसेको बैठकले सो निर्णय गरेको हो । नेपाल पत्रकार महासंघको अधिकांश जिल्लामा सदस्यता विवाद रहेको छ ।Open photo जिल्ला शाखाको सदस्यता निश्चित नभएको अवस्थामा महासंघले जिल्ला अधिवेशन गर्न समय निर्धारण गरेपछि मधेश प्रदेशका अधिकांश जिल्ला शाखाले असन्तुष्टि जनाउँदै अधिवेशन नगर्ने संयुक्त निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री, बारा अध्यक्ष रेशम तिवारी, रौतहट अध्यक्ष प्रेमचन्द्र झा, पर्सा अध्यक्ष अनुप तिवारी, सप्तरी अध्यक्ष श्रवण देव र सिराहा अध्यक्ष मनोजकुमार बनैताले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सदस्यता विवाद नसुल्झाएको भन्दै जिल्ला अधिवेशन नगर्ने जानकारी गराएको हो ।Open photo लुम्बिनी घोषणापत्र अनुसार सदस्यता सुद्धिकरण अभियानअन्तर्गत जिल्ला शाखाहरुले पुराना सदस्यको नवीकरण तथा नयाँ सदस्यताको नामावली सिफारिस गरेको तर महासंघले सदस्यताको अन्तिम नामावली प्रकाशन गर्ने वा अधिकारिक रुपमा जिल्ला शाखालाई प्राप्त नभएको हुँदा सदस्यता विवाद कायम छ । सदस्यताको विवाद नटुंगिएसम्म जिल्ला अधिवेशन नगर्ने संयुक्त निर्णय गरेको हो । संयुक्त विज्ञप्तिमा, सदस्यताको टुंगो नलागेसम्म मुलकभरका जिल्ला शाखासहित प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरुलाई समेत अधिवेशन नगर्न नगराउन आग्रह गरिएको छ । आइतवार सर्लाहीको हरिवनमा मधेश प्रदेशका छ जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले महासंघको निर्णय र निर्देशनविरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ राैतहट शाखा अध्यक्ष प्रेमचन्द्र झाले जानकारी गराउनु भएको हाे ।

वालिङ ।

नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे पुन: निर्वाचित भएका छन् । यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष रहेका गैह्रे सर्बसम्मत चयन भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन हुनुभएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिए ।

नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए ।न्युज कारखाना

काठमाडौँ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले आगामी संसद बैठकमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्ने समिति गठनसहित सरकार नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले ४ दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।

कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी ठगीमा संलग्नताको विषयमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएकोले सभामुखले दिउँसो २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी तोकिएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।