२०८३ बैशाख ११
२०८३ बैशाख ११

काठमाडौँ ।

गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सर्वोच्चले सो रिटको बुधबारका लागि पेसी तोकको छ ।

अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन । उनले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ । यस अघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिर विपरित गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो ।

सभामुख समेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।न्युज कारखाना

काठमाडौँ

निर्वाचन आयोगले बैशाख १५ गते उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

उपनिर्वाचन हुन् इलम-२ र बझाङको १(१) मा बैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नु पर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ ।

साथै आयोगले उपनिर्वाचन हुने क्षेत्रमा बैशाख २ गते देखि नै मत गणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्रीवितरण रोक्न समेत सरकारलाई आग्रह गरेको छ ।  न्युज कारखाना

काठमाडौँ

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्बजनिक अपिल गर्दै रास्वपाको माग अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैकोसम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत महामन्त्री शर्माले रास्वपाले अघि सारे अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैकोसम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन तथा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न समेत आग्रह गरेका छन् ।

उनले भने- सम्माननिय @PM_nepal_ लाई सार्वजनिक अपील ! १) विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर `उच्चस्तरीय छानबिन समिति´को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं । २) सहकारी ठगिबारे `संसदीय छानबिन समिति´ गठन गरौं !  न्युज कारखाना

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।

अख्तियारले जिल्ला स्याङ्गजा, गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेर २८ लाख ३७ हजार २१७ अनियमितता गरेको आरोप लगाउदै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

आरोप पत्र दायर गरिएकामा कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, कृषि इन्जिनियर विश्वनाथ पौडेल, कृषि अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ तथा स्याङ्जाको गल्याङ-३ बस्ने श्रीप्रसाद श्रेष्ठ रहेका छन् ।
न्युज कारखाना

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए ।

उनले एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको छानबिन हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरेपछि बैठक स्थगित भएको छ । अब संसदको अर्को बैठक बुधवार बिहान ११ बजे बस्ने तालिका छन् ।
न्युज कारखाना

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।

सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताए ।

“लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दछौँ,” प्रधानमन्त्री प्रचण्डले भने ।

सङ्घीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले सरकार लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

“सम्मेलनले घरेलु निजी क्षेत्र र अन्तर्राष्ट्रिय प्रतिनिधिहरू बीचको अन्तरक्रिया र सञ्जाललाई उत्पादन मूल्य श्रृङ्खलामा लगानी बढाउन, नेपाली उत्पादन एवं सेवाहरूलाई विश्व बजारमा जोड्ने मञ्च प्रदान गर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “लगानी सम्मेलनको यस मञ्चले लगानीकर्ताहरू, विकास साझेदारहरू, वित्तीय संस्थाहरू लगायत सरोकारवालाहरूलाई एकजुट हुन, अवसरहरू खोज्न, दीर्घकालीन साझेदारीलाई बढावा दिन सहज तुल्याउनेछ ।” उनले विद्यमान र सम्भावित लगानीकर्ताहरूलाई आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन नेपाल सरकार तयार रहेको बताए ।

सरकारले विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनको सफलता सम्भावित लगानीकर्ताहरूले देखाएको चासो, कानुनी र नीतिगत सुधारहरूमार्फत अनुकूल व्यापार वातावरणको सृजना गरिएको बताए ।   न्युज कारखाना

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब आफुहरुको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् ।

अध्यक्ष लिङदेनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउदै अब आफुहरुले गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन् ।

उनले आफुहरुले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा पनि प्रहरीले दमन गरेको बताएका छन् ।

भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।

प्रहरीले अहिले सिंहदरबार नजिक पुगिसकेका राप्रपाका प्रदर्शनकारीलाई भद्रकालीतर्फ फिर्ता गरेको थियो ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।       न्युज कारखाना

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।

यस अघि आज शुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराउदै आफ्नो माग पुरा नभएसम्म संसद अगाडी बढाउन नदिने बताएको थियो ।न्युज कारखाना

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेलाई आफुहरुमाथि लाठी चार्ज गरेको आरोप लगाएका छन् । सांसद शाहीले अहिले भद्रकाली अगाडी सिंहदरबार सडकमा बसेर नाराबाजी गरिरहेका छन् ।

उनले आफुहरुमाथि लाठीचार्ज गर्नु भन्दा भ्रष्ट्राचार गर्ने नेताहरुलाई पक्राउ गर्न आग्रह गरेका छन् । उनले सांसद कोइरी संसदमै रहेको, निर्मलाका दोषी पक्राउ नपरेको, शालिकराम पुडासैनीले न्याय पाउनुपर्ने  बताए ।

यस अघि भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।   न्युज कारखाना

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भ्र्द्रकाली क्षेत्र तनावग्रस्त बनेको छ ।

भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर परेको छ ।

प्रहरीले अहिले सिंहदरबार नजिक पुगिसकेका राप्रपाका प्रदर्शनकारीलाई भद्रकालीतर्फ फिर्ता गरेको छ ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।