रौतहट।
लाखौं मूल्य बराबरको अबैध किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यान सहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चीनी, मैदा, धनिया , रिफाईन तेल, सेवई सुपारी बोकेको प्रदेश २ ००१ च ४००० नम्बरको पिक अप भ्यान प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले बुधवार गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अबैध सामानसहितको उक्त पिक अप गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङकन गरी चालक गौर नगरपालिका ८ का दिनेश राउत बरैसमेत आवश्यक कारवाहीको लागि बुधवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्ला स्थित तस्करी नियन्त्रण गर्न प्रहरीले पूर्ण सक्रियता देखाएको छ । डिसी नेपाल
काठमाडौँ –
बेजिला फिल्मस् को प्रस्तुतिमा रहेको प्रेमिल गीत “सौभाग्य मेरो जीवनको” सार्वजनिक भएको छ। गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश अन्जन कडरियाको रहेको छ। गीतलाई गायक सुमन केसीले नै संगीत संयोजन गरेका छन्।
गीतको भिडियोलाई लक्ष्मण पुन लक्स को निर्देशनमा तयार पारिएको हो । सहाएक निर्देशनमा धर्मेन्द्र पुर्जा रहेका छन्। भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा मुख्य भूमिकामा देखिएका छन्। भिडियोको छायाँकन गोविन्द बिष्टले गरेका हुन्। भिडियोको सम्पादन र कलर सुधार सुप्रिम पराजुलीले गरेका छन्।
जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस म्युजिक भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। भिडियो बेजिला फिल्मस् को आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।
काठमाडौ ।
जम्बुलिङ फिल्मस् प्रा.लीको आयोजनामा जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४ शनिबार काठमाडौंमा सम्पन्न भएको छ । जम्बुलिङ इन्टरनेशनल अवार्डको तेस्रो संस्करणको ग्राण्ड फिनाले B.G Banquet गंगबु काठमाडौमा पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री तथा संविधानसभा सदस्य पशुराम तामाङको प्रमुख आतिथ्यता र अवार्डका अध्यक्ष ,जम्बुलिङ फिल्मस् प्रा.लीका प्रमुख सञ्चालक राज किङ वाईबाको अध्यक्षतामा सम्पन्न भएको हो ।
अवार्ड यो भन्दा अगाडिको संस्करणहरु जस्तै यसपटकको संस्करण पनि थाइल्यान्डमा उद्घाटन गरिएको थियोे र शनिबार काठमाडौमा फिनाले सम्पन्न गरेको हो । अवार्ड विभिन्न ३१ विधालाई प्रदान गरिएको छ । ‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन हाम्रो अभियान’को नारालाई अघि बढाउदै कम्पनीले अवार्ड आयोजना गरेको बताइएको छ । अवार्डको निर्णायक सदस्यहरुमा बरिस्ठ कलाकर्मी पवन वाङ लामा, मित्र डि गुरुङ र रमला पाख्रिन रहेको हो । कार्यक्रम उद्घोषण भने कलाकर्मी, खेलकुदकर्मी साथै सञ्चारकर्मी करण तामाङले गरेका थिए ।
सर्वोत्कृष्ट नेपाली गीत कम्पोजरमा तिमी संगू गीतबाट टीका बोम्जन, सर्वोत्कृष्ट नेपाली म्युजिक भिडियो निर्देशकमा सुस्तरी सुस्तरीू गीतबाट निकेश खड्का, सर्वोत्कृष्ट नेपाली गीत गायक ूलजालु मायालुू गीतबाट उर्गेन दोङ, सर्वोत्कृष्ट छायांकनमा संकम्बरीू गीतबाट नवराज उप्रेती, मोडर्न तथा पप गीत सर्वोत्कृष्ट गायकमा मेरो धट्कनू गीतबाट डाउट राई, नेपाली चलचित्र सर्वोउत्कृष्ट निर्देशकमा दुई नम्बरी चलचित्रबाट दिपेन्द्र लामा, नेपाली गीत सर्वोत्कृष्ट गायिकामा घुमि घुमिू गीतबाट मिङ्स लामा, नेपाली गीत सर्वोत्कृष्ट मोडलमा विजय दोङ, तामाङ सेलो गीतमा सर्वोत्कृष्ट पुरुष मोडलमा टिकाराज तामाङ, तामाङ चलचित्र सर्वोत्कृष्ट अभिनेत्रीमा रञ्जिता ब्लोन, तामाङ सेलो सर्वोत्कृष्ट गायिकामा सुमिना लो, तामाङ सेलो सर्वोत्कृष्ट गायकमा जीभन बोम्जन, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट गायकमा यु।बि मोङग्रेसा, तामाङ सेलो गीत भिडियो सर्वोत्कृष्ट निर्देशकमा देभ दोर्जे लामा, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट नव गायिकामा ममता तामाङ, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट महिला मोडलमा सुनिता वाईबा, पुरुष तर्फको सर्वोत्कृष्ट मोडलमा रमेश तामाङ, म्हेन्दोमाया गीत सर्वोत्कृष्ट नव गायकमा सुर्य तामाङ, नेपाली चलचित्र सर्वोत्कृष्ट निर्माणमा किरण नेपाली, नेपाली गीत सर्वोत्कृष्ट मिक्सिङका रुपमा डिका गुरुङ,
नेपाली गीत सर्वोत्कृष्ट सम्पादनमा जितु तामाङ, गायक नेपफपमा उत्तर लामा, तामाङ चलचित्र सर्वोत्कृष्ट सम्पादनमा विजय दोङ, तामाङ चलचित्र सर्वोत्कृष्ट को(एक्टरमा कुईसाङ रुम्बा, तामाङ चलचित्र सर्वोत्कृष्ट कलाकारमा प्रबल थिङ, नेपाली गीत सर्वोत्कृष्ट महिला मोडलमा प्रतिज्ञा लामा (धनमाया लामा), मोडर्न तथा पप गीतको सर्वोत्कृष्ट डेब्युट मोडलमा अस्कित कार्की, तामाङ सेलो सर्वोत्कृष्ट कम्पोजरमा छेडुप लामा, म्हेन्दोमाया गीतबाट जुरी अवार्ड किर्ती गोम्जा, इनकरेजमेन्ट अवार्ड माया थोकर तामाङ र पब्लिक चोईस अवार्ड सुर्य मम्बा तामाङ, उत्कृष्ट तामाङ फिल्म नायक अमिर दोङ, म्हेन्दोमाया गायिका शान्ती माम्बा, म्हेन्दोमाया गीत छायांकार लोकेन्द्र तामाङ, सह-अभिनेत्री अनिता नेगी तामाङले विजय हासिल गरेका छन् ।
जम्बुलिङ व्यक्तित्व सम्मान २०८१ बाट बरिस्ठ कलाकर्मी तथा समाजसेवी नानी काजी डंगोल, तामाङ कला संस्कृतिकर्मी छिमि मम्बा तामाङ, कराँते खेलाडी सुस्मिता तामाङ , चलचित्रकर्मी नायक धिनेर साक्य, र समाजसेवी तथा कलाकर्मी जी पुनलाई सम्मान गरिएको थियोे । जम्बुलिङ फिल्स प्रालीले नेपाली कला सांगीतिक तथा साँस्कृतिक क्षेत्रमा पुर्याएको योगदान प्रति कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि पुर्व मन्त्री तामाङले खुलेर प्रशंसा गरेका थिए ।
जनकपुरधाम, १६ गते पुस ।
मधेश प्रदेश सरकारले मधेश प्रदेशका आठ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्नका लागि शुक्रवार औपचारिक रुपमा सम्झौता गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका सबै क्रियाशील पत्रकारहरूको १ लाखको स्वास्थ्य बीमा तथा ७ लाखको दुर्घटना बीमा गर्ने भएको हो । जनकपुरधाम स्थित मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सम्बन्धि सम्झौता मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीको रोहबरमा सम्झौता गरिएको छ ।
राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले कम्पनीको तर्फबाट तथा प्राधिकरणको तर्फबाट निमित प्रशासकीय प्रमुख प्रसन्नराज कर्णले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री लेखीले मधेश प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्नुहुँदै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको बताउनुभयो । उहाँले पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रुपमा जानकार भएको बताउनुभयो ।
मन्त्री लेखीले पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा प्रदान गरिने जानकारी दिनुहुँदै निकट भविष्यमा नै मधेश प्रदेशका सबै शहिद परिवारलाई एक लाखको स्वास्थ्य विमा निःशुल्क रुपमा गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो । जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले लोकतन्त्र तथा गणतन्त्रको पहरेदारको रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास तथा पत्रकार सुरक्षाको लागि प्रदेश सरकारले चालेको कदमको सराहना गर्नुभयो । आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा तीन वर्षदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको १ लाखसम्मको स्वास्थ्य तथा ७ लाखसम्मको दुर्घटना बीमा सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँ सम्झौता गर्न लागेको बताउनुभयो । यसअघि महिलाहरूको स्वास्थ्य बीमा गर्दै आएको भए पनि यसपटक करिब ८ सय पत्रकारहरूको बीमा नेपाल पत्रकार महासंघको सिफारिसमा वा मिडियाको सिफारिसमा गरिने जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले पत्रकारहरूको स्वास्थ्य तथा सुरक्षाका लागि प्रदेश सरकारले शुरु गरेको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने नीति स्वागत योग्य भएको बताउँदै यसको निरन्तरतामा ध्यान दिनका लागि आग्रह गर्नुभयो । राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बीमा कम्पनीसँग विमितले गर्नुपर्ने दाबी भुक्तानी सहितको विषयमा कम्पनीका अधिकारी निरञ्जन आचार्यले जानकारी गराउनुभयो । कार्यक्रममा प्रदेश सांसद रामप्रसाद चौधरी, गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धव रिजाल, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्ति लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
पत्रकारहरूको विमाका लागि मधेश प्रदेश सरकारले कुल ३० लाख रुपैयाँ बजेट विनियोजन चालु आर्थिक वर्षको बजेटमा नै गरेको छ ।
सोमबार गरुडा नगरपालिकाका मेयर प्रत्यासी दिपक यादवको अगुवाइमा निस्केको विरोध रैलीको क्रममा बिधार्थीहरुले नरावाजी गर्दै नगर प्रहरीलाइ कार्यवाही गर,नगर प्रहरीलाइ खारिज गर,भ्रष्टाचारी मेयर कुर्सी छोड,बिधार्थीहरुमाथि शोषण गर्न पाइँदैन्,बिधार्थीहरुलाइ कुटपिट गर्ने अधिकार कसले दियो, नगरपालिकाले लिखित रुपमा माफि माग जस्ता चर्को नारावाजी गर्दै विरोध प्रर्दशन गरेका थिए ।
विरोध प्रर्दशन पछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै मेयर प्रत्यासी दिपक यादवले बिधार्थीहरुको शान्तिपूर्ण विरोध प्रर्दशनको क्रममा लाठी चार्ज गर्नु निन्दनिय रहेको बताएका थिए । बिधार्थीहरुको आवाज बोल्ने कोही नभएको भन्दै असंतुुष्टी पनि व्यक्त गरेका थिए ।
बिधार्थीहरुमाथि अन्याय भएको भन्दै आफू चुुप लागेर नबस्ने बताए । आफू सधै नगरपालिका बाट पिडितहरुको पक्षमा बोल्दै आएको स्मरण गराउँदै अहिले पनि बिधार्थीहरुको पक्षमा उभिएको प्रष्ट पारे । बिधार्थीहरुमाथि अन्याय भएको छ ।
उनीहरुले न्याय पाउनुपर्छ भन्ने पक्षमा बोलिदिने कोही नभएको भन्दै आक्रोश व्यक्त गरे । स्मरणियहोस् गत बिहीबार शिक्षक सरुवाको विषय लिएर विद्यार्थीहरूले गरुडा नगरपालिका कार्यालयमा तोडफोड गरेका थिए ।
श्री नमुना माध्यमिक बिधालय गरुडाका विद्यार्थीहरूले नगरपालिका कार्यालय र मेयर चढ्ने गाडी सहित दर्जनौं गाडीमा क्षति पुर्याएका थिए । सोही क्रममा नगरप्रहरीहरुले आफूहरु माथि कुटपिट र शोषण गरेको भन्दै आज बिधार्थीहरुले विरोध प्रर्दशन गरेका हुन् ।
मावि गरुडाका नेपाली शिक्षक शिव शंकर झालाइ मावि झाँझपुलमा सरुवा गरेपछि विधार्थीहरु आक्रोशित बनेका थिए । सरुवा रोक्नुपर्ने माग गर्दै विरोध प्रर्दशन गरेका थिए । आज भएको विरोध प्रर्दशनको क्रममा सर्यौ बिधार्थीहरुको सहभागिता रहेको थियो ।बज्जिकाञ्चल संवाददाता,काठमाडौं १५ गते पुस ।
तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक
त्रिपाठीको सहकार्य प्रस्तावमा जसपा नेपाल पनि सकारात्मक
मधेशी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता
काठमाडौं ।
तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र सम्वादलाई तीव्र पारेको छ ।
सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग सम्वाद गरेको हो ।
संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवं पूर्वमन्त्री मिश्रले जानकारी दिएका छन् ।
जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए । उनका अनुसार जसपा नेपाल पनि मधेशी दलहरुबीच सहकार्यका लागि तयार रहेको छ ।
जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेता मिश्रले यसबारे थप छलफलका लागि आगामी दिनमा फेरि छलफल हुने बताए ।
जप्रपा नेपालका हृदयेश त्रिपाठीले तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । जप्रपा नेपालको वार्ता टोलीमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य रहेका छन् ।
काठमाडौँ, पुस ६ गते ।
अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपनि नेपाल प्रिमियर लिग ९एनपिएल० को उपाधि जनकपुर बोल्टसले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम बोल्ट्सलाई पाँच विकेटले हरायो । जितसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ सुनिश्चित गरेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझाएको छ ।
जितका लागि ए कसय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९।२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि सर्वाधिक ८७ रन बनाउनुभयो । कप्तान आरिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाउनुभयो । गोरखापत्र