काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ । गएराती सम्पन्न खेल नेपालले ४ विकेटले जितेको हो ।
विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालका लागी ओपनर कुशल भुर्तेलले ४२ बलमा ७१ र दीपेन्द्र सिंह ऐरीले २५ बलमा अविजित ५२ रन बनाएका थिए । त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहेका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको विनवार्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।
विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग थप दुई अभ्यास खेल खेल्नेछ । नेपालले अब १६ मेमा दोस्रो र १८ मे मा तेस्रो अभ्यास खेल खेल्ने छ ।न्युज कारखाना
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई आज हुदै छ ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाई वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो ।
यस मुद्धाको पेसी आजको लागि तोकिएको छ । बहस अन्तिम चरणमा रहेकाले मुद्धाको फैसला पनि आजै आउनसक्ने बताइएको छ । न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो ।
दिल्लीले दिएको २०९ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ९ विकेट गुमाउदै १८८ रन मात्र बनाएको थियो । यस अघि दिल्लीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।
योसँगै दिल्लीले यस सिजनका लिग चरणका सबै १४ खेल खेलेको छ । दिल्ली १४ खेलमा १४ अंकसहित अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । प्लेअफको सम्भावना भने अब अन्य टिमको नतिजामा भर पर्ने छ । अहिलेसम्मको अंक तालिका अनुसार दिल्ली प्लेअफबाट बाहिर रहेको छ ।
त्यसैगरी लखनउको यो हारपछि प्लेअफको सम्भावना कठिन बनेको छ । लखनउको १३ खेलमा १२ अंक रहेको छ । लखनउले अब अन्तिम खेल आगामी शुक्रबार मुम्बई इण्डियन्ससँग खेल्ने तालिका रहेको छ ।
न्युज कारखाना
पर्सा १ जेठ । पर्साको छिपहरमाई गाउँपालिकास्तरीय मेयर कप २०८१ टी– २० क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । छिपहरमाई गाउँपालिकाको सहयोग र युवा समाज भिस्वा क्रिकेट कल्बको आयोजनामा भएको सो मेयर कप टी– २० क्रिकेट प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा बिजेता उपबिजेता हरुलाई नगद र सिल्ड बितरण गरिएको थियो। अाज को फाईनल खेलमा बिन्दबासनी गाउँपालिका क्रिकेट कल्बले बिजेता घोसित भएको थियोे भने पकहामैनपुर गाउँपालिका क्रिकेट कल्ब उपबिजेता भएको थियो। पकहामैनपुर क्रिकेट कल्बले पहिलो टस जितेर बैटिंग रोजी १९ अोभर अवल बिकेट गुमाउदै १२४ रन बनाएको थियो। भने प्रतिउतरमा उतरेको बिन्दबासनी क्रिकेट कल्ब ले १४ अोभर ५ बलमा ५ बिकेट गुमाउदै १२५ रन बनाएर बिजेता घोषित भएको थियो।बिजेता टिम लाई ३१ हजार नगद र सिल्ड गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानुले बितरण गर्नु भएको थियो।उपबिजेता लाई नगद २१ हजार र सिल्ड वडा अध्यक्ष मौजीलाल साह कानुले बितरण गर्नु भएको थियो। मैन अफ दि टफिक बिन्दबासनी का प्रबिन कुमार ले २४ बल मा ३६ रन बनाएको ले नगद र टफिक बितरण गरिएको थियो भने मैन अफ दि सिरिज पकहामैनपुर का बिजय कुमार ले खेल भरि मा १०६ रन सात बिकेट लिएर सिरिजघोषित भएको थियो । खेलमा ६ बिकेट लिएर शनि कुमार ले यिनर भएको थियो। सबैजना हरु लाई नगद ,टफि र खेलाडी हरु लाई मेडल बितरण गरिएको थियो। प्रमुख अतिथि रहनु भएकि गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानु ले बिजेता टिम लाई नगद ,सिल्ड बितरण गर्दै भनिन अाउने दिन मा युवाहरुलाई खेलकुदमा रुचि देखिएको र अाउने दिन मा युवा हरु को उतसाह बढाउन गाउँपालिका बाट सहयोग गरिने बताईन। गाउँपालिका– ५ भिस्वामा रहेको खेलमैदानमा भएको मेयर कप टी– २० क्रिकेट प्रतियोगिता गाउँपालिका वडा नं ५ भिस्वाका वडाध्यक्ष मौजीलाल साह कानुको अध्यक्षतामा भएको खेल मा नेपाली कांग्रेस का नेता किशोरी साह कानु, वडाअध्यक्ष दिपेन्द्र सिंह,बिअोपी भिसणवा का प्रमुख दिपक राज बस्नेत,भिस्वा चौकी का प्रमुख सुरेन्द्र ,शिक्षक प्रभु गिरी, सुरेश साह, स्वास्थ्य संयोजक शनि कुमार साह, कार्यपालिका सदस्य, महिला, सदस्य, शिक्षकलगायतको सहभागिता रहेको थियो । उक्त मेयर कप टी– २० क्रिकेट प्रतियोगितामा ८ वटा टिमले भाग लिएको आयोजक मनोज पटेलले जनाएका छन् ।
सिरहा।सिरहामा पोखरीमा डुबेर एक बालककाे मृत्यु भएको छ । जिल्लाको भगवानपुर गाउँपालिका -१ सिनुरियाका राजु साहकाे २ वर्षीय छाेराअंकुश कु साहको आफ्नो घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय हजारी साहको माछा पाेखरीमा अंकुश कु साह लाई पाेखरीमा डुबेर मृत अवस्थामा रहेको स्थानीयले देखेपछि पाेखरी बाट निकालेको थियो । मृत बालक लाई पाेखरी बाट निकाली स्थानीयले करिब ४ बजे प्रहरीलाई खबर गरेपछि ,प्रहरी तुरुन्तै घटना स्थलमा पुगेका थिए ।
१ जेष्ठ। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाले ५ वटा सहकारी सस्थालाइ सञ्चालन गरी शेयर धनिलाइ बचत फिर्ता गरी दुइ हप्ता भित्र प्रतिबेदन पेश गर्न निर्देशन दिएका छन । कार्यालय बन्द रहेको अवस्थामा सहकारीका शेयर सदस्यले बचत गरेको रकम , खरीद गरेको शेयर खरीदको रकम फिर्ता दिलाई दिन नगरपालिकामा शेयरधनिले सामूहिक निबेदन दिए पछि नगरपालिकाले कार्यवाही सहितको सो निर्देशन दिएको हो । नगरपालिकाले जनहित बहुउदेशीय सहकारी सस्था लिमिटेड चन्द्रपुर ४ , डाँफे साकोस चन्द्रपुर ४ , गणपति साकोस चन्द्रपुर ४ ,मेरो साकोस चन्द्रपुर ४ र हितैषी साकोस चन्द्रपुर ४ लाइ कार्यालय हाल सम्म बन्द राखिएको तथा सस्था का संचालक समिति सदस्य ,कर्मचारी सम्पर्कविहीन रहेकोले सुचना सार्वजानिक भएको मितिले २ हप्ता भित्रमा सस्थाको अध्यक्ष र व्यवस्थापकले बार्षिक साधारण सभा प्रतिबेदन तथा कर चुकता प्रमाण पत्र सहित उपस्थित हुन आदेश समेत दिएको छ । प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी र सहकारी शाखा प्रमुख शेख बसरे आलमको संयुक्त हस्ताक्षर बाट जारी गरिएको पत्रमा आदेशको पालना नगरेमा सहकारी येन २०७४ को परिच्छेद १८ र १९ दफा १२२ (घ ) च ,ज ,ढ ,त, तथा चन्द्रपुर नगरपालिका सहकारी येन २०७९ परिच्छेद १८ दफा ८० ख , घ , द, तथा परिच्छेद १८ दफा ८३ को कसूर मानी सोही व्यवस्था अनुसार कार्यवाही गरिने चेतावनी समेत दिएको छ । ५ वटै सहकारी सस्थाले प्रतिबेदन नबुझाएको , कार्यालय बन्द राखेको र लेखा परिक्षण समेत नगरेको तथा शेयर धनिले रकम फिर्ता समेत नगरेकोले कार्यवाही गर्नको लागि शेयर धनिले निबेदन दिएको हुदा कार्यवाहीको लागि पत्राचार गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।
राैतहट,०२ गते जेठ । राैतहट । गरुडा नगरपालिकाले आफ्नो मातहतका वडा कार्यालय र स्वास्थ्य चाैकीहरूमा छड्के चेकजाँच गरेको छ । साे नगरपालिकाकाे वडा नमबर २ गेडहिगुठी र वडा नमबर ३ मलाही टोलको स्वास्थ्य चौकि तथा वडा कर्यालयमा मंगलबार छडके अनुगमन गरेकाे हाे । गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहमद मुस्ताक आलमकाे नेतृत्वमा गएको टाेलीले कर्मचारी हजिरी छ्ड्के तथा कर्यालय सन्चालन अनुगमन गरिएका हाे । अनुगमनका क्रममा मलाही स्वास्थ्य कर्यालयका २ जना कर्मचारी उपस्थित नरहेकोले स्पष्टीकरण सहित अवश्यक कार्यवाही हुने प्रशासन फाँटका प्रमुख धिरेन्द्र यादवले जनकारी गराएका छन् । साे अनुगमन कार्यमा वडा २ का अध्यक्ष कृष्नन्दन सहनी ,वडा नम्बर ३ का अध्यक्ष अम्बिका सहनीकाे उपस्थिती रहेकाे थियो ।
काठमाडौं,०१ जेठ । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले भन्सार विभाग घेराउ तथा धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ । आज आन्दोलनकारीले भन्सार विभाग घेराउ तथा धर्ना दिनुका साथै सरकारी वार्ता टोलीसंग वार्ता पनि गरेको छ । सरकारी वार्ता टोली र आन्दोलनकारीका बीचमा भएको वार्ता सकारात्मक भएको भएपनि कुनै सहमती हुन सकेन् । भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, उपमहानिर्देशक टंक पाण्डेय र सहसचिव रमेश अर्यालय तथा आन्दोलनकारीको तर्फबाट आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगर, प्रवक्ता चन्द्रभुषण साह र आजपा नेतृ एवं भन्सार कानून सुधार संघर्ष समितिकी संयोजक रञ्जु साहका बीचमा छलफल भएको थियो । छलफलमा सहभागि आजपा प्रवक्ता साहले महिनौं देखी भन्सारको लुटकारी प्रावधानका बिरुद्धमा आन्दोलन भईरहेको र बल्ल सरकारले छलफल सुरु गरेको बताए । दुबै पक्षका बीचमा भएको छलफलमा बिषय प्रवेश मात्रै भएको बताउँदै उनले कुनै सहमती नभएको बताए । यस बिषयमा पुन भोली छलफल हुनेछ । ‘भन्सारको लूटकारी प्रावधान विरुद्ध आन्दोलनरत आम सम्पर्क मञ्चसंग बल्ल सरकारले वार्ता शुरू गरेकोछ । भन्सार बिभागमा आज शुरू भएको वार्ता खासै फलदायी हुन सकेन । आजको वार्तामा सिर्फ विषय प्रवेश भई सामान्य छलफल भएको र भोली ३ बजे पुनः बस्ने सहमती भएकोछ’ उनले भने । आजपाले बिभिन्न माग गर्दै विगत आठ महिनादेखी आन्दोलन गर्दै आएको छ । चौथो चरण अन्तरगतको संघर्षका कार्यक्रम अनुसार आन्दोलनकारीले गत बैशाख २० गतेदेखी पुन भन्सार विभाग घेराउ तथा धर्ना कार्यक्रम गरिरहेका छन् । भन्सारमा कथित पुरस्कारको नाममा लुट्ने काम भएको र निजी सम्पत्ति कब्जा गर्ने काम भएको आजपाको ठहर छ । भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुस्कारको प्रावधान खारेज गर्नुपर्ने लगायतका माग आजपाले गर्दै आएको छ । आजपाले भन्सार नियन्त्रणको नाममा तराई÷मधेशका जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानूनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन माग गरेको छ । आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमार्फत सरकारसमक्ष प्रस्तुत गरिएका मागहरुमा भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कारसम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने, कर कानून, राजस्व कानून र भन्सार कानूनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने रहेका छन् । यस्तै, भन्सार महशुल नबुझाएकै कारण निजी सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्ने, प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने पनि समावेश गरिएको छ । भन्सारबाट उठेको राजस्व रकमको २५ प्रतिशत सम्बन्धित प्रदेशलाई र २५ प्रतिशत सम्बन्धित पालिकालाई दिने व्यवस्था गर्नुपर्ने आजपाको माग रहेको छ ।
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।न्युज कारखाना
आजमिति २०८१ साल जेठ २ गते बुधबार तदअनुसार मे १५ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको अष्टमी तिथी, अश्लेशा नक्षत्र, । वृद्धी योग । चन्द्र राशि कर्कट । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२७ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१५
• सुर्यास्त: बेलुका ०६:४७ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः ९
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ । सामाजिक कार्यमा मन जानसक्छ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ५
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय राम्रो छ । काममा मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । काममा हतार नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ४
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः निलो
शुभ अंक ः ४
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ६
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ३
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ४
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्। उनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।
न्युज कारखाना