२०८३ असार ४
२०८३ असार ४

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण हार्दिकलाई एक खेलको प्रतिबन्ध लागेको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिकलाई स्लो ओभर रेटका कारण ३० लाख भारु जरिवानासहित एक खेलको प्रतिबन्ध लगाएको छ । यो सिजनमा मुम्बईको तेस्रो पटक स्लो ओभर रेट भएका कारण हार्दिक निलम्बनमा परेका हुन् ।

अब हार्दिकले आईपीएल २०२५ सिजनको पहिलो खेल खेल्न पाउने छैनन् ।

मुम्बईले यस सिजनमा समूह चरणका सबै १४ खेल खेलेको छ र यस सिजनमा मुम्बई पुछारमा रहेको छ ।

यस सिजनमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि एक खेलको निलम्बन गरिएको थियो । न्युज कारखाना

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण हार्दिकलाई एक खेलको प्रतिबन्ध लागेको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिकलाई स्लो ओभर रेटका कारण ३० लाख भारु जरिवानासहित एक खेलको प्रतिबन्ध लगाएको छ । यो सिजनमा मुम्बईको तेस्रो पटक स्लो ओभर रेट भएका कारण हार्दिक निलम्बनमा परेका हुन् ।

अब हार्दिकले आईपीएल २०२५ सिजनको पहिलो खेल खेल्न पाउने छैनन् ।

मुम्बईले यस सिजनमा समूह चरणका सबै १४ खेल खेलेको छ र यस सिजनमा मुम्बई पुछारमा रहेको छ ।

यस सिजनमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि एक खेलको निलम्बन गरिएको थियो । न्युज कारखाना

काठमाडौँ । गाजामा चलिरहेको भीषण लडाईका बीच इजरायली सेनाले पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी गरेको जनाएको छ ।

सबैभन्दा भीषण भिडन्त उत्तरी गाजाको जबलिया क्षेत्रमा भइरहेको छ । इजरायली सेनाले गाजाको यो क्षेत्र हमासबाट मुक्त गराएको दाबी गरेको थियो । तर अहिले हमासका लडाकुहरूले इजरायली सेनामाथि फेरि आक्रमण गरिरहेका छन् ।

जबलियामा ठूलो शरणार्थी शिविर पनि छ। यहाँका साँघुरो गल्लीहरूमा इजरायली सैनिक र हमास लडाकुहरूबीच झडप भइरहेको छ । इजरायली सेनाले बुलडोजरले पसल र घर भत्काएको यहाँका बासिन्दाले बताएका छन् ।

उही समयमा, गाजाको अर्को छेउमा, रफाह शहरमा लडाई जारी छ । इजरायलले यहाँ हमासका कैयौं अड्डाहरू ध्वस्त पारेको र इस्लामिक जिहादका एक शीर्ष कमाण्डरलाई मारेको दाबी गरेको छ । न्युज कारखाना

काठमाडौँ । गाजामा चलिरहेको भीषण लडाईका बीच इजरायली सेनाले पछिल्लो २४ घण्टामा ७० भन्दा बढी लक्ष्यमा बमबारी गरेको जनाएको छ ।

सबैभन्दा भीषण भिडन्त उत्तरी गाजाको जबलिया क्षेत्रमा भइरहेको छ । इजरायली सेनाले गाजाको यो क्षेत्र हमासबाट मुक्त गराएको दाबी गरेको थियो । तर अहिले हमासका लडाकुहरूले इजरायली सेनामाथि फेरि आक्रमण गरिरहेका छन् ।

जबलियामा ठूलो शरणार्थी शिविर पनि छ। यहाँका साँघुरो गल्लीहरूमा इजरायली सैनिक र हमास लडाकुहरूबीच झडप भइरहेको छ । इजरायली सेनाले बुलडोजरले पसल र घर भत्काएको यहाँका बासिन्दाले बताएका छन् ।

उही समयमा, गाजाको अर्को छेउमा, रफाह शहरमा लडाई जारी छ । इजरायलले यहाँ हमासका कैयौं अड्डाहरू ध्वस्त पारेको र इस्लामिक जिहादका एक शीर्ष कमाण्डरलाई मारेको दाबी गरेको छ ।न्युज कारखाना

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी- २० को उपाधि जितेको छ ।  एपीएफले शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिंग गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो । कविता जोशी १९औ ओभरमा ३ छक्का सहित २३ रन बनाएकी थिइन् । तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले  जित हासिल गर्न सकेन ।

यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५५ रन बनाएको थियो ।

योसंगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ ।न्युज कारखाना

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी- २० को उपाधि जितेको छ ।  एपीएफले शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिंग गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो । कविता जोशी १९औ ओभरमा ३ छक्का सहित २३ रन बनाएकी थिइन् । तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले  जित हासिल गर्न सकेन ।

यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५५ रन बनाएको थियो ।

योसंगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल निकास र व्यापारीले पार्किङ् व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना माग गरेका छन् ।

वडाले आयोजना गरेको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आर्थिक वर्ष २०८१/८२ को योजना माग कार्यक्रममा स्थानीयहरुले सामुदायिक विद्यालय जोडेर सुविधा बढाउन, साहित्यकार, संगीतकार र कलाकारहरुको क्रियाकलाप हुने ठाउँ बनाउन, विज्ञ समूह बनाएर आवश्यकता पहिचान गरेर योजना शिफारिस संयन्त्र बनाउन माग गरेका छन् ।

पढ्ने संस्कृति बढाउन पुस्तकसहितको पुस्तकालयलाई निरन्तरता दिन, ठूलो ध्वनी उत्पन्न हुने व्यवसायिक क्रियाकलापबाट बस्ती जोगाउने क्रियाकलापको माग गरेका छन् ।

पिचमाथि पिच भएपछि पुराना घरहरु सडक सतहभन्दा तल भए । बर्खाको पानीले घर डुबान हुने भयो । यसकारण सडकमा पिचको सतह घटाउनु पर्‍यो । ढलको आकार बढाउनु पर्‍यो । नन्दी केशर बगैँचा र नारायण चौर फरक हो । यी चौरहरुलाई नामअनुसारको स्वरुप र प्रयोगमा ल्याउनु पर्‍यो । स्थानीयले आफ्ना विकास माग सहित वडा नं. १ ले बनाउन लागेको सम्पदा मार्ग कस्तो हो, योजनाको विवरण माग गरेका थिए ।  यसमा सवारी साधन प्रवेश हुन्छ कि हुँदैन, व्यवसायिक क्रियाकलाप कसरी व्यवस्थापन हुन्छन्? स्थानीयवासीका सवारी साधन कसरी व्यवस्थापन हुन्छन्? उनीहरुको प्रश्न थियो ।

मूर्त अमूर्त सम्पदा संरक्षण, सम्बर्धन, अभिलेखीकरण र प्रवर्धनमा वडाले काम गर्नु पर्ने स्थानीयको माग थियो ।

यस्तै व्यवसायीहरुले पार्किङ् व्यवस्थापनको अपेक्षा गरेका थिए । हामीले सडकमा पार्किङ्ग गर्न पाउनुपर्छ भनेका होइनौँ । हाम्रो भनाइ यति मात्र हो कि, वैकल्पिक स्थानका विषयमा जानकारी हुनुपर्यो ।

व्यापारीहरुले समस्या समाधानका लागि नारायण हिटी संग्रहालयको क्षेत्र, वाणिज्य वैङ्क अगाडिको ठाउँमा पार्किङ् गर्ने व्यवस्था मिलाउन सकियो भने दरबारमार्गको समस्या समाधान हुने विकल्प दिए ।

दरवार मार्गको हरियालीका विषयमा कुरा गर्दै उनीहरुले, ठूला रुख भएका ठाउँमा साना विरुवा रोपिएको बताउँदै ठूला रुख र साना विरुवा कसरी व्यवस्थापन हुन्छन् । यसको योजना बनाउनु पर्छ ।

उनीहरुले वहाल कर नतिरी केन्द्रीय सरकारले व्यवसायीलाई भन्सार छुट नदिएको गुनासो गर्दै भने, ‘जहाँ भए पनि हामीले कर तिर्ने नै हो, तिर्छौँ । यसमा आफूलाई कर नतिरेको भनेर कुनै पनि तहका सरकारले अप्ठ्यारो बनाइदिनु भएन ।’

यसरी धारणा राख्नेमा दरबारमार्ग विकास वोर्डका पदाधिकारीसहित थिए ।  सबैको कुरा सुनिसकेपछि वडाध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘कानुन, नीति, योजना र बजेटको सीमाभित्र गर्न सकिने नागरिकको अपेक्षा पूरा गराउने बताए ।’

सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी र जनसहभागितामूलक बनाएर यसबाट प्राप्त भएको लाभ सर्वसाधारणलाई उपलब्ध गराउने असल शासनका सूचकका आधारमा महानगरपालिकाले काम गरिरहेको छ । कार्यक्रममा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, ‘स्वच्छ, वस्तुनिष्ठ र पारदर्शी प्रशासन सञ्चालन भएको छ । कुनै गुनासो भए फोनबाट टिपाउने व्यवस्था समेत मिलाइएको छ ।’

कार्यक्रममा राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, सानो भइकन पनि वडाबाट राजस्वमा ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले महानगरपालिकाको सहयोगमा नेपाल प्रहरीले सहरका ठाउँ ठाउँमा सीसीटिभीसहित शान्ति सुरक्षाका लािग प्रविधि जडान गरिरहेको बताए । यसबाट अपराध अनुसन्धान र नियन्त्रणमा सघाउ पुगेको उनको भनाइ थियो ।

वडा सचिव सर्वज्ञराज पौडेलका अनुसार वडा नं. १ क्षेत्रमा विकास निर्माण गर्न भन्दा विकास व्यवस्थापन गर्नमा ध्यान दिनु पर्नेछ । ‘वडाको प्रशासनिक भवन बनाउने कार्यलाई हामीले जोड दिएका छौँ । सबैको प्रयत्नबाट यो काम सम्भव हुने हाम्रो अपेक्षा छ ।’

सार्वजनिक स्थलमा सेवा प्रदायक र सेवाग्राही भेला हुने, नागरिकले सोधेका प्रश्नको सेवा प्रदायकले उत्तर दिने तथा माग गरेका कुरालाई टिपोट गरेर सम्बोधन गर्ने सार्वजनिक सुनुवाइको उद्देश्य हो । आर्थिक वर्ष २०८१/८२ का लागि योजना छनोट गर्ने समय पनि एकैपटक परेकोले सुनुवाई कार्यक्रमबाट योजना छनोट पनि गरिएको वडा सचिव पौडेलको भनाइ छ । न्युज कारखाना

 ५ जेठ, बारा

बाराको कोल्हवी सव डिभिजन वन कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिइएका ९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटेका छन् ।

कोहल्वी नगरपालिका वडा नं २, झुरझुरेबाट वन कर्मचारी, सशस्त्र प्रहरी बल र झुरझुरे प्रहरी चौकीका प्रहरीको सहयोगमा नियन्त्रणमा लिएका ९ जना सिकारीलाई डिभिजन वन कार्यालयले बिहीबार छाडिएको खुलेको हो ।

वन कार्यालयले कोल्हवी नगरपालिका वडा नं २ बस्ने दिनेश ठकुरी, ध्रुव कुशुवार माझी, विशाल शाही ठकुरी, कृष्ण बहादुर कुशुवार माझी, चन्द्र लामा, केशव कुशुवार माझी, निमेश कुशुवार माझी, सिताराम कुशुवार माझी, रामविनोद दासलाई नियन्त्रणमा लिएको थियो ।

वन कार्यालयले उनीहरूको साथबाट ५ वटा मोटरसाइकल, २ वटा साइकल, वन्यजन्तु सिकार गर्ने फलामको भाला, करिब ४० वटा लौरी, वन्यजन्तुलाई नियन्त्रणमा लिने १५ थान जालोसमेत बरामद गरेको थियो । नियन्त्रणमा लिएका सबै पेसेवर सिकारी भएको वन कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट बरामद भएको फलामको भालामा जङ्गली जनावरको भुत्ला र रगतसमेत भेटिएको छ । तर सो रगत र भुत्ला कुन वन्यजन्तु हो भन्ने पत्ता लगाउन काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइने डिभिजन वन प्रमुख विनोद सिंहले जनाएका छन् ।

कोल्हवी सवडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिम मियाँले मध्यरातमा वन क्षेत्रमा ५ वटा मोटरसाइकल, ४ वटा साइकल, वन्यजन्तु सिकार गर्ने जालो, फलामको भाला र लौरासहित ९ जना सिकारीलाई नियन्त्रणमा लिने क्रममा केही स्थानीय महिला आएर घेराबन्दी गरेको बताए ।

डिभिजन वन प्रमुख विनोद सिंहले वन्यजन्तु सिकारीहरूलाई सामानसहित रङ्गेहात नियन्त्रणमा लिएकाले सबैलाई अनुसन्धानको प्रक्रिया पूरा गरेर कानुन बमोजिम कारबाही गर्ने बताए ।

नियन्त्रणमा लिएका सबैलाई कोल्हवी नगरपालिका वडा नं २ का वडा सदस्य दुर्गाबहादुर श्रेष्ठको रोहवरमा छाडिएको हो ।न्युज कारखाना

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा बढेको औंल्याएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विष्टले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारी र ठगहरूलाई उन्मुक्ति दिन संसद नै कब्जा गर्न खोज्नुले वर्तमान सरकारबाट लोकतन्त्र खतरामा रहेको प्रस्ट भएको बताए।

सहकारी ठग मन्त्रीलाई जोगाउन कांग्रेसमाथि सदनमै आक्रमण गर्न खोज्नु आपत्ति जनक रहेको उनको भनाइ छ। ‘ससदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्ने वामपन्थी धारणा यतिबेला छरपस्ट भएको छ। आफू प्रधानमन्त्री हुँदा सदन विघटनको कुचेस्टा गरेका एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला सहकारी ठगको पक्षमा उभिनु भएको छ। जनतालाई ठग्नेहरूले कस्तो सुशासन र समृद्धि ल्याउलान?,’ विष्टको प्रश्न छ।

एमालेका नेताहरू पनि सहकारी ठगीमा फस्ने भएकाले ओली सहकारी ठगहरूको पक्षमा उभिएको विष्टले औल्याए। सभामुख पनि आफ्नै पार्टीको भएकाले ओलीले सभामुखसँग कार्यकर्ताको जस्तो व्यवहार गर्न खोजेको विष्टको टिप्पणी छ।

‘संसदीय व्यवस्थामा सभामुख पनि जिम्मेवार हुनुपर्छ। कुनै दलको इसारामा चल्नु हुँदैन। तथस्ट बनेर न्यायकारी भूमिका निर्वाह गर्नुपर्छ। कांग्रेसले सभामुखबाट त्यस्तै जिम्मेवारपूर्ण भूमिकाको अपेक्षा गरेको छ,’ उनले भने। सभामुखले तथस्ट भूमिका नदेखाए त्यो कांग्रेसका लागि सैह्य नहुने विष्टको चेतावनी छ।

‘देशमा अस्थिरता सिर्जना गर्ने र राज्य दोहन गरेर आफू मोटाउनेहरू जिम्मेवार हुँनै सक्दैनन्। हामीले सहकारी ठगीमा निष्पक्ष छानविन गर्न संसदीय छानविन समिति गठन गरौं भनेका हौं। के त्यो कांग्रेसको गलत माग हो? गल्ति छैन भने छानविन समिति गठन गर्न किन डराउन पर्‍यो? छानविन समितिबाट भाग्नुले ठूलो गडबडी रहेको प्रस्ट हुन्छ,’ उनले भने।

जनतालाई ठग्ने अधिकार कसैलाई नभएको विष्टको धारणा छ। छानविन समिति गठन नभएमा सदन चल्न नसक्ने र कांग्रेसले सडकदेखि सदनसम्मै संघर्ष जारी राख्ने उनको चेतावनी छ।

सरकार र सत्तारुढ दलका क्रियाकलापले लोकतान्त्रिक गणतन्त्रका प्राप्त उपलब्धि पनि खतरामा पर्ने देखिएको विष्टको भनाइ छ।न्युज कारखाना

काठमाडौँ  । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ । तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन् ।

अध्ययन प्रतिवेदनका अनुसार ठूलो संख्यामा युवा जनसङ्ख्या कलेजोको क्यान्सरजस्ता घातक समस्याको सिकार हुने गरेको छ । यो क्यान्सरका लक्षण समयमै पत्ता लागे र उपचार गर्न सके यो रोगको गम्भीर रुप र मृत्युदर घटाउन सहयोग पुग्ने चिकित्सकहरु बताउँछन् । कलेजोको क्यान्सरका केही लक्षणहरू धेरै अप्रत्याशित हुन्छन् र प्रायः मानिसहरूले बेवास्ता गर्छन्। आउनुहोस् जानौं कलेजोको क्यान्सर कसरी पहिचान गर्न सकिन्छ ?

कलेजो क्यान्सर समस्या

कलेजोको क्यान्सर कसरी पहिचान गर्ने भनेर जान्न अघि, यो अंगमा हुने क्यान्सरको बारेमा जान्न महत्त्वपूर्ण छ । कलेजोमा धेरै प्रकारको क्यान्सर हुन सक्छ, जसमध्ये सबैभन्दा सामान्य हेपाटोसेलुलर कार्सिनोमा हो, जुन मुख्य रूपमा कलेजोको कोशिकाहरू (हेपाटोसाइट्स) मा सुरु हुन्छ । कलेजोको क्यान्सरबाट पीडित धेरैलाई सुरुमा कुनै लक्षण नदेखिने चिकित्सकहरू बताउछन् । तर, समयसँगै क्यान्सर बढ्दै जाँदा लक्षणहरू पनि गम्भीर हुँदै जान्छन् ।

पेटमा समस्या

कलेजो रोग र क्यान्सरको प्रारम्भिक लक्षण पेटमा असुविधाको रूपमा देखा पर्छन् । यसमा, पेटको दाहिने भागमा दुखाइ सबैभन्दा सामान्य छ । सामान्यतया यस प्रकारको दुखाइ ग्यासको कारण मानिन्छ । पेट दुख्नुका साथै पेट फुल्ने र बारम्बार बान्ता हुने र वाकवाकी लाग्ने समस्या भइरहने हो भने यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन जरुरी हुन्छ । यो क्यान्सरको लक्षण पनि हुन सक्छ ।

जन्डिसको समस्या

बारम्बार जन्डिस हुनु कलेजोको रोग र क्यान्सरको सामान्य लक्षण हुन सक्छ । रगतमा बिलिरुबिनको मात्रा बढी हुँदा जन्डिस हुन्छ । यसमा आँखाको छाला र सेतो भाग पहेँलो देखिन थाल्छ । कलेजोले राम्रोसँग काम नगर्दा यस्तो समस्या हुने चिकित्सकहरू बताउँछन् । यदि तपाईलाई पनि बारम्बार जण्डिस भइरहेको छ भने त्यसमा गम्भीर ध्यान दिनु जरुरी छ ।

कलेजोको क्यान्सरका अन्य लक्षण

कलेजोको क्यान्सरका धेरैजसो लक्षणहरू अन्य धेरै पेटसम्बन्धी समस्याहरूसँग मिल्दोजुल्दो हुन्छन्, जसका कारण मानिसहरूलाई पहिचान गर्न गाह्रो हुन्छ । पेटको समस्या र जण्डिसका अलावा कलेजोको यो गम्भीर रोगलाई अन्य केही लक्षणहरूमा ध्यान दिएर पनि पत्ता लगाउन सकिन्छ । जस्तै प्रयास बिना वजन कम हुनु, भोक नलाग्नु, बारम्बार कमजोरी हुनु, बारम्बार वान्ता हुनु वा हुन खोज्नु, कमजोरी र थकान हुनु आदि ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।