२०८३ असार २
२०८३ असार २

काठमाडौँ । अफगानिस्तानका अन्य क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन् ।

भारी वर्षाका कारण पानीको सतह एक्कासी बढेको र धेरै मानिस बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बाढीका कारण हजारौं जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।

गत हप्ता अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो । अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ । अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन् ।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना व्यक्त गरेको छ र यस सम्बन्धमा चेतावनी पनि जारी गरेको छ।न्युज कारखाना

काठमाडौँ । आगामी असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ । सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रदिप प्रखर पोखरेलको शब्द रचना छ ।

गीतमा फिल्मकी मुख्य अभिनेत्री पूजा शर्मा र डेब्यु अभिनेता कुन्साङ बोमजनको रोमान्स देखाइएको छ ।

रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । देव मगर र अनुप गडाल निर्माता हुन् । सह-निर्माताहरुमा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल छन् । सन्जोग कुवँर रानाको पटकथा/संवाद तथा रविना थापा मगरको कथा रहेको फिल्ममा हरिप्रसाद घलेको डीओपी र बन्दे प्रसादको सम्पादन छ ।

पूजाले ‘दान्भी’ मा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशक र कविराज गहतराज तथा रामजी लामिछानेको कोरियोग्राफी छ । न्युज कारखाना

गीतको लिंक- https://youtu.be/mA5v8KPu3CU?list=PLiwqdSEKq2OU8_6fm17VROB_qLEjxh-84

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यसअघि शुक्रबार सुन तोलामा १ लाख ३९ हजार ३०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५०  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा ११० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित भएका छन् । ९औं जिल्ला अधिवेशनवाट देउजा पुन: अध्यक्षमा निर्वाचित भएका हुन् ।

देउजाले २९० मत प्राप्त प्रदी प्रतिद्वन्दी मोहनवीर श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले भने २०१ मत प्राप्त गरेका छन् । श्रेष्ठलाई पुर्वमन्त्री महेश बस्नेतको समर्थन रहेको थियो ।

त्यस्तै उपाध्यक्ष पदमा वासुदेव थापालाई हराउँदै किरण थापा निर्वाचित भएका छन् भने सचिवमा विष्णु तामाङ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि भक्तपुरमा भने निर्वाचन प्रणालीवाट नेतृत्व चयन भएको हो । मतादानबाट १ सय पाँच जनाको कमिटी चयन भएको छ । न्युज कारखाना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि सभापति देउवाले विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।

संसद बैठकमा विपक्षी दलहरु साझा रुपमा प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुने साथै शनिबार सरकारसँग सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्ने बारे अन्य विपक्षी दलहरुलाई जानकारी दिन बैठक बोलाइएको बताइएको छ ।

बैठक बिहान १० बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।न्युज कारखाना

काठमाडौँ । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टू पेरिस’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘चाहन्छु यो माया’ बोलको गीतमा अभिनेत्री साम्राज्ञी शाह र डेब्यु अभिनेता निश्चल खड्काबीचको बिग्रेको सम्बन्धलाई देखाइएको छ । सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द छ भने संगीतकार योगी तथा नभिता पौडेलको युगल स्वर छ । रिकेश गुरुङ संगीत निर्माता रहेको यो गीतलाई साहिल खानले सम्पादन गरेका हुन् । गीतले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बुझ्न सकिन्छ । यसमा अभिनेता कबीर खड्काको पनि अभिनय रहेको छ ।

घनश्याम लामिछानेको निर्देशन रहेको फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ । भेद परवको छायांकन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, कार्यकारी निर्मातामा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी, निर्मातामा परी राना, आरोन बस्नेत र एरियाना बस्नेत तथा सह-निर्मातामा सनिश खकुरेल र अजित केआर थापा छन् । लेखक भने प्रदीप भारद्वाज हुन् ।न्युज कारखाना

गीतको लिंक- https://youtu.be/fB0d-4-tGC4

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक अहिले जारी रहेको छ ।  बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ ।

शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् ।

कार्यदलले संसदीय समितिको अवधि र छानबिनको दयारा बारे विषय टुंगाउने बताइएको छ ।
न्युज कारखाना

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ ।  गत शुक्रबार भएको हिंसात्मक आक्रमणपछि सरकारले त्यस्तो आग्रह गरेको हो ।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल रहेका छन् ।

दूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास-घर बाहिर ननिस्कन आग्रह छ’, भनेको छ।

दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं. +९२५१२६०३२१ (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएको बताइएको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । न्युज कारखाना

काठमाडौँ । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै छन् ।

आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुखको सचिवालयका अनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन् ।

प्रमुख चार दलहरुबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ । कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलको बैठक अहिले जारी रहेको छ । कार्यदलले कार्यादेशमा सहमति बनाए आजको संसद बैठक बिना अवरोध बस्ने देखिएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।