काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेको छ ।
आईसीसी अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी मागेको छ ।
आईसीसी अभियोजकले भने, ‘मेरो कार्यालयले संकलन गरेको र समीक्षा गरेको प्रमाणको आधारमा, इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु र रक्षामन्त्री योभ गालान्ट गाजामा भएका युद्ध अपराधका लागि जिम्मेवार छन् भन्ने विश्वास गर्ने कारण छ ।’न्युज कारखाना
जेठ ६ गते रौतहट जिल्लाको उत्तरी पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी एवम आम जनता पार्टीका स्थाई कमिटी सदस्य युवा नेता विजय यादव निर्विजलाई मातृ शोक परेको छ। मेयर प्रत्यासी यादवका आमा फूला देवी यादव ६४ बर्षको उमेरमा आईतबार बिहान करिब ७स्३० बजे बिहान आफनै निजी निवास सन्तपुर ९दो० निधन भएको हो । मेयर प्रत्यासी यादवका आमा केही वर्षदेखि क्यान्सर सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । वहाँको आमालाई आम जनता पार्टीका केन्द्रिय अध्यक्ष मा। प्रभु साहले असामाहिक निधन प्रती भावपुर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन। आजै वहालाई अन्तिम अन्तेष्टी लाल बैकैया हिन्दू परम्परा अनुसार दास संस्कार गरिएको फतुवा विजयपुर नगरपालिकाका आईटी आर्मीका नगर ईन्चार्ज रामशरण यादवले बताए।
रौतहट,०७ गते जेठ । रौतहटको माधवनारायण नगरपालिका कार्यालयको प्रशासकीय भवन निर्माण कार्य अहिले तिव्र गतिमा अगाडि बढिरहेको देखिएको छ । माधवनारायण नगरपालिका–६ माधोपुर बजार भन्दा दक्षिण अस्पतालको नजिक माधवनारायण नगरपालिका कार्यालयको प्रशासनिक भवनको निर्माण भइरहेको पाइएको छ । करिव एक महिना अघि माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले शिलान्यास गरेको पालिकाको भवन निर्माण कार्य अहिले दु्रत गतिमा भइरहेको छ । भवनको मेयर बैजनाथ प्रसाद यादवले अनुगमन निरीक्षण गरेका छन् । अनुगमनको क्रममा मेयर यादवले काम गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । काममा कुनै प्रकारको कम्सल सामग्री प्रयोग नगर्न आग्रह गर्दै मेयर यादवले गुणस्तरहीण काम गरेको पाइए कडा कार्यवाही गर्ने चेतावनी समेत दिए । पालिकाको भवन निर्माणका लागि नगर प्रमुख यादवले आफना करोडौंको जग्गा निशुल्क रुपमा नगरपालिकाको नाममा दान गरेका थिए । नगर प्रमुख बैजनाथ प्रसाद यादवले निशुल्क उपलब्ध गराएको जग्गामा अहिले माधवनारायण नगरपालिकाको प्रशासकीय भवन निर्माण भइरहेको छ । पालिकाको १३ करोडको लागतमा उक्त भवन निर्माण भइरहेको मेयर यादवले बताएका छन् । साढे दुई वर्षभित्रमा भवनको निर्माण कार्य सकिने लक्ष्य राखिएको मेयर यादवले बताए । कुल २५ वटा भन्दा बढी कोठा भएको कम्पाउण्डवाल सहित अत्याधुनिक डिजाइनको साढे तिन तलाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण हुने उनले बताए । भवनमा मेयर र उपमेयरको अलग÷अलग कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, सभाहल, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग÷अलग कार्यकक्ष, स्तनपान कक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर र शौचालय आदि निर्माण हुनेछन् । भवनमा अपांग, अशक्त, विरामी र वृद्धवृद्धालाई तलबाट माथी र माथिबाट तल ओहोर दोहोर गर्न सहज होस भन्ने उद्देश्यले लिफटको समेत व्यवस्था गरिने मेयर यादवले बताए । लिफट सहितको प्रशासकीय भवन निर्माण गर्ने जिल्लामा माधवनारायण नगरपालिका पहिलो पालिका हुनेछन् । जिल्लाको अहिलेसम्म कुनै पनि पालिकाको प्रशासकीय भवनमा लिफटको सुविधा छैन । २०७४ सालमा स्थानीय तहको स्थापना भएदेखी नै माधवनारायण नगरपालिका कार्यालयको आफनो भवन नहुँदा भाडाको घरमा सञ्चालन हुँदै आएको छ । सो पालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदा वार्षिक लाखौं रकम पालिकाको भाडामै खर्च हुँदै आएको छ । माधवनारायणले आफ्नै भवन नबनाउँदा भाडामा अरुको घर लिएर कार्यालय सञ्चालन गर्दा लाखाँै बजेटको रकम भाडामै बुझाउनुपर्ने बाध्याता छ । माधवनारायण नगरपालिका कार्यालय विगत ७ वर्षदेखी भाडाकै घरमा सञ्चालन हुँदै आएको छ । पालिकाको आफनै प्रशासकीय भवन निर्माण भएपछि भाडा वापत वार्षिक तिर्दै आएको लाखौ रकम पालिकाको बचत हुने भएको हुँदा नगर प्रमुख बैजनाथ प्रसाद यादवले आफनै जग्गा दान गरेर पालिकाको भवन निर्माण गर्न थालेका हुन । पहिलो स्थानीय तहको निर्वाचनमा मेयर जितेका विरेन्द्र प्रसाद यादवले विकास कार्यमा धेरथोर ध्यान दिए पनि नगरपालिकाको कार्यालय सञ्चालनको लागि आफ्नै भवन भने निर्माण गर्न असफल भएका थिए । २०७४ सालमा जितेका जनप्रतिनिधिले सो बेला कार्यालय सञ्चालनका लागि नगरपालिकाको वडा नम्बर ६ माधोपुरस्थित घर भाडामा लिएका थिए । ७ वर्षअघि भाडामा नगरपालिकाको कार्यालय सञ्चालनका लागि लिइएको घरमै अहिले पनि भाडा तिरेरै नगरपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ । नगरपालिकाको कार्यालयका लागि घर भाडामा लिनुपर्दा वार्षिक लाखाँै रकम भाडामै नगरपालिकाले खर्च गर्दै आएको छ । पहिलाको मेयर विरेन्द्र यादव पालिकाको भवन निर्माण गर्न असफल भएपनि दोश्रो स्थानीय तहको निर्वाचनमा मेयर जितेका बैजनाथ प्रसाद यादवले आफु निर्वाचित भएको २ वर्षपनि नबित्दै माधवनारायण नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य शुरु गर्न सफल भएका छन् ।
रौतहट,०७ गते जेठ । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र लाइ औषधी हस्तान्तरण गरिएको छ । वडा स्तरीय योजना बाट अत्यावश्यक औषधी खरिद गरि हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष चन्दन कुशवाहाले नेपाल सरकारबाट प्राप्त हुने भन्दा फरक (स्थानीय स्तरमा आवश्यक) औषधी खरिद गरी सोमबार स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो । कटहरिया नगरपालिका वडा नम्बर ४ को सौजन्यमा ३० प्रकारका औषधी वडाअध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर यादवको रोहबरमा आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज कृष्नन्दन साहलाइ हस्तान्तरण गरेका हुन् । ९९ हजार ७ सय ६६ रुपैयाँ बराबरको औषधी औषधी हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष चन्दन कुशवाहाले भनेका छन् ‘स्थानियको आवश्यकताको आधारमा आधारभूत स्वास्थ्य केन्द्रले माग गरेका औषधीहरु खरिद गरि हस्तान्तरण गरेका हौ ।’ यो सहयोगले सर्वसाधारण लाभान्वित हुन्छन् भन्नेमा आफू विश्वस्त रहेको बताए । ’ हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले हरेक सर्वसाधारणमा स्वास्थ्यको पहूँच पु–याउनका लागि औषधी सहयोगले टेवा पुग्ने बताए । सो अवसरमा वडा नम्बर ४ का वडा सचिव वडा सचिव छोटेलाल मिश्रा र स्वास्थ्य केन्द्रका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राती देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।न्युज कारखाना
आजमिति २०८१ साल जेठ ८ गते मंगलबार तदअनुसार मे २१ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको त्रयोदशी तिथी, स्वाती नक्षत्र, । व्यतिपात योग । चन्द्र राशि तुला । यो अशुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२८ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१३
• सुर्यास्त: बेलुका ०६:४९ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।
• शुभ रंग: खैरो
• शुभ अंक – ९
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ३
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। जोश, जाँगर र उमंग बढ्नसक्छ. । आर्थिक कारोवारमा आशाजनक सफलता पाइएला । परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।
शुभ रंग: सेतो
• शुभ अंक – ७
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः २
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । कामको थालनी हुनेछ । समाज सेवामा मन लाग्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः १
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मि त्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । प्रेम तथा परिवारमा सामान्य विवाद भने हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः ५
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ९
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ । साथीभाइसँग जमघट तथा व्यवसायमा नयाँ अनुभब मिल्न सक्छ।
शुभ रगं ः वैजनी
शुभ अंक ः १
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय राम्रो छ । चिताएको कामले तीव्रता लिनेछ । कला, साहित्यमा रुची बढ्ने छ । बैदेशिक कार्य अघि बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने समय छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
शुभ रगं ः निलो
शुभ अंक ः ३
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । स्वास्थ्यमा समस्या,सहकर्मीबाट विरोध र महत्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । छोटो दूरीको लाभदायक यात्रा तथा शैक्षिक क्षेत्रमा सफलता मिल्ने समय छ।जोश, जाँगर र हिम्मत बढ्ने छ ।समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः गुलावी
शुभ अंक ः ४
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना
काठमाडौँ । भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ ।
दुर्घटनामा चार मजदुर घाइते भएका छन् जसको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
कबीरधाम जिल्लाका दुई दर्जनभन्दा बढी मजदुरहरू तेन्दुपात टिपेर पिकअप गाडीमा गाउँ सेमराहा फर्किरहेका थिए । पिकअप अनियन्त्रित भई खाल्डोमा खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ ।
उक्त दुर्घटनामा १५ मजदुरको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जनाको अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका चार जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।
बालेनले चालक रिहा नभएसम्म चालकहरु रिहा नभएसम्म सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने बताएका हुन् ।
उनले भनेका छन्-
भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन ! न्युज कारखाना