२०८३ असार १
२०८३ असार १

काठमाडौँ । सिरियाकी प्रथम महिला तथा राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा असदलाई ब्लड क्यान्सर भएको छ ।

सिरियाली राष्ट्रपतिको कार्यालयले यो जानकारी दिएको जानकारी अनुसार अस्मा असदको पटकपटक स्वास्थ्य परीक्षण गरिएको र यसै क्रममा चिकित्सकको टोलीले उनको शरीरमा ब्लड क्यान्सरको लक्षण फेला पारेको उल्लेख छ ।

मेडिकल जाँचमा अस्मा असद गम्भीर ब्लड क्यान्सरबाट पीडित थिइन् । सिरियाको राष्ट्रपति कार्यालयका अनुसार प्रथम महिला अस्मा असदलाई केही आहारमा प्रतिबन्ध लगाउन सल्लाह दिइएको थियो । पहिलो महिलालाई उचित सामाजिक दूरी कायम गरी आइसोलेसनमा राखेर उपचार गरिने पनि बताइएको छ । अस्मा असदलाई हाल कुनै पनि सार्वजनिक कार्यक्रम वा गतिविधिमा भाग लिन निषेध गरिएको छ र उनको उपचार जारी रहनेछ। यसअघि सन् २०१९ मा अस्मा असदलाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो ।

मध्य सिरियाकी अस्मा असदको जन्म लन्डनमा भएको थियो । उनी लन्डनमा हुर्किइन् । उनका बुबा लन्डनको क्रमवेल अस्पतालमा डाक्टर थिए । उनकी आमा लन्डनस्थित सिरियाली दूतावासमा सचिव थिइन् । सन् २००० मा उनले बसर अल असदसँग विवाह गरिन् ।न्युज कारखाना

काठमाडौँ । पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको छ । आगामी जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकप खेल्न पोर्चुगलले २६ सदस्यीय टिमको घोषणा गरेको हो ।

पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा टिमको घोषणा गरेको छ ।

पोर्चुगलको टिम:

गोलकिपर: डिओगो कोस्टा, जोसे सा र पार्टिसियो
डिफेन्डर: एन्टोनियो सिल्भा, डिओगो डालोट, गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस, पेपे र रुबेन डायस।
मिडफिल्डर: ब्रुनो फर्नान्डिस, जोआओ नेभेस, ड्यानिलो परेरा, जोआओ पाल्हिन्हा, ओटाभियो, रुबेन नेभ्स र विटिन्हा ।
फरवार्ड: क्रिस्टियानो रोनाल्डो, डिओगो जोटा, फ्रान्सिस्को कन्सेइकाओ, गोन्कालो रामोस, जोआओ फेलिक्स, पेड्रो नेटो र राफेयल लियो ।

युरोकपमा पोर्चुगल समुह एफ मा रहेको छ । समुह एफमा पोर्चुगलसहित, टर्की, जर्जिया र चेक रिपब्लिक रहेका छन् । पोर्चुगलले युरोकपमा आफ्नो पहिलो खेल जुन १८ मा चेक रिपव्ब्लिकसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी र मधेस प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भु-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी,  मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी पहाडी भुभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । न्युज कारखाना

आजमिति २०८१ साल जेठ ९ गते बुधबार तदअनुसार मे २२ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको चतुर्दशी तिथी, विशाखा नक्षत्र, । वरियान योग  ।  चन्द्र राशि तुला। यो  शुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२८ सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१२

• सुर्यास्त: बेलुका ०६:५१ बजे

 

 

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

 

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ९

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

 

 

आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं ः हरियो

शुभ अंक ः १

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

 

 

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः ९

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ४

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

 

 

आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।उत्सव सहभागी हुन सक्नुहुनेछ।

शुभ रगं ः निलो

शुभ अंक ः ५

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः निलो

शुभ अंक ः ४

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

 

आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

शुभ रगं ः सेतो

शुभ अंक ः ७

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ८

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

 

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः पहेँलो

शुभ अंक ः ९

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

 

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ३

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः कालो

शुभ अंक ः ४

 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

 

 

आज समय राम्रो छ । काममा मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । काममा हतार नगर्नुहोला ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ९

 

 

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्। उनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना

 

 

 

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

सिरोहियाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर आफुलाई पक्राउ गरेको बताउदै कान्तिपुर यसबाट बिचलित नहुने बताएका छन् । न्युज कारखाना

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आयोजनामा नेपाली सेनाका पेट्रोल पम्पमा काम गर्ने ३० जना कर्मचारीका लागि अग्नि सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको थियो । हिजो र आज गरी २ दिन चलेको तालिमको पहिलो दिन सैद्धान्तिक र दोस्रो दिन प्रयोगात्मक सिप सिकाइएको थियो ।

कार्यक्रममा सहायक रथी किरण के. सी. ले, अग्नि नियन्त्रणमा महानगरपालिकाले हासिल गरेको ज्ञान, सिप र अनुभवबाट नेपाली सेनाले सञ्चालन गरेका पेट्रोल पम्पहरुलाई सम्भावित आगलागीको जोखिमबाट बचाउन मद्दत हुने धारणा राखे । कार्यक्रममा नगर प्रहरी उपरीक्षक विष्णु जोशीले, गैरप्राकृतिक विपत्तिबाट बचाउन मानवीय प्रयासले काम गर्ने बताए ।

तालिमका प्रशिक्षक नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईकाअनुसार अग्नि विज्ञान, घरेलु आगो र प्रतिकार्य, फायर इस्टिङ्ग्वीसरको चिनारी, यसलाई जडान गर्ने तथा प्रयोग गर्ने विधिका विषयमा सैद्धान्तिक ज्ञान दिइएको थियो । यस्तै  तेलजन्य आगो नियन्त्रणमा व्ल्याङ्केटको प्रयोग गर्ने तरिका, एलपी ग्याँसमा लागेको आगो निभाउने ७ प्रकारका विधि, मिश्रित खालको आगो निभाउने तरिका, विपदसँग सम्बन्धित प्राविधिक शव्दावलीको प्रयोगात्मक अभ्यास गरिएको थियो ।

आगो सल्किएको माध्यम थाहा पाएपछि मात्र नियन्त्रणमा प्रयोग हुने बस्तु छनोट गर्न सकिने भएकोले आगो के मा लागेको छ, थाहा पाउनु पर्ने भट्टराईको सुझाव छ । आगो सल्किएको बस्तुसँगै आगोको मूल कहाँ हो, पत्ता लगाएर त्यहाँबाट नियन्त्रणको प्रयास थालनी गर्नुपर्ने उनले बताए ।   न्युज कारखाना

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न कार्यालयमा पुग्नु लोकतन्त्रका लागि अस्वीकार्य कदम भएको टिप्पणी गरेका छन् ।

राउतले सामाजिक संजालमा टिप्पणी गर्दै  यो प्रतिशोधपूर्ण रहेको बताएका छन् ।

उनले भनेका छन्-

कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राऊ पूर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो। रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस्न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका भुटानका कृषि तथा पशुपंक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्शोले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनको असर एवं द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरबाट नेपाल–भुटान दुवै प्रभावित भएको उल्लेख गर्दै हिमाली देशलाई परेको असरका सम्बन्धमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’का विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूबीच हुने विचारविमर्शले दुवै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

भुटानका मन्त्री ल्योन्पोले पर्वतीय देशका मुद्दाहरूमा नेपालले लिएको नेतृत्वदायी भूमिका सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता मुद्दालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले भुटान र नेपाल दुवै देशलाई फाइदा पुग्नेगरी नेपालले लिएको नेतृत्वदायी प्रशंसा गरे । न्युज कारखाना

काठमाडौँ । जर्मनीका मिडफिल्डर टोनी क्रूजले रियल म्याड्रिड छोड्ने घोषणा गरेका छन् । क्रूजले एक सन्देशमा आफुले आगामी युरो कपदेखि फुटबलबाट सन्यास लिने समेत घोषणा गरेका छन् ।

रियल म्याड्रिड आफ्नो अन्तिम क्लब भएको उल्लेख गर्दै ३४ बर्षिय क्रूजले फुटबलबाट सन्यास लिने बताएका हुन् ।

क्रूज २०१४ मा जर्मनी क्लब बायर लिभरकुसेनबाट रियल म्याड्रिड पुगेका थिए । रियल म्याड्रिडमा १० सिजन खेलेका क्रूजले अब रियल म्याड्रिडका लागि ला लिगाको एक खेल र अन्तिम खेल च्याम्पियन्स लिगको फाइनल खेल्ने भएका छन् । रियल म्याड्रिडले च्याम्पियन्स लिगको फाइनल जर्मनी क्लब डोर्टमण्डसँग जुन २ मा खेल्दै छ ।

रियल म्याड्रिडबाट १० सिजन खेल्दै चार ला लिगाको उपाधि जितेका छन् भने चार च्याम्पियन्स लिगको उपाधि जितेका छन् । त्यस्तै एक कोपा डेल रे, पाँच फिफा क्लब विश्वकपको उपाधि जितेका छन् ।न्युज कारखाना

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी कान्तिपुरको कार्यालयमा पुगेको छ ।

एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको हो ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो ।

सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।