२०८३ असार १
२०८३ असार १

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज इलिमिनेटरको खेल हुदै छ ।

आज रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।

बैंगलुरुले समुह चरणमा आफ्ना पछिल्ला ६ खेल लगातार जितेर प्लेअफमा पुगेको हो । बैंगलुरुको १४ खेलमा ७ जित र ७ हारसहित १४ अंक हासिल गर्दै चौथो स्थानमा रहेको थियो ।

त्यसैगरी राजस्थान रोयल्स भने तेस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो । राजस्थानले समुह चरणमा १४ मध्ये ८ खेल जितेको थियो भने ५ खेलमा हार र एक खेल बर्षाले रद्ध भएको थियो ।

बैंगलुरुका लागि विराट कोहलीले यस सिजनमा शानदार ब्याटिंग गरिरहेका छन् । उनले अहिलेसम्म ७०८ रन बनाएका छन् । त्यस्तै कप्तान फाफ डुप्लेसिस र रजत पाडीदारले पनि शानदार ब्याटिंग गरिरहेका छन् । फाफले अहिलेसम्म ४२१ र रजतले ३६१ रन बनाएका छन् । त्यस्तै बैंगलुरुका लागि यश दयालले सर्बाधिक १५ विकेट लिएका छन् भने मोहमद सिराजले १३ विकेट लिएका छन् ।

त्यस्तै राजस्थानका लागि यस खेलमा ओपनर जोस बटलर खेल्ने छैनन् । उनी विश्वकपको तयारीका लागि इङल्याण्ड फर्किसकेका छन् । त्यस्तै राजस्थानका लागि रियान परागले यस सिजनमा शानदार ब्याटिंग गरेका छन् । उनले अहिलेसम्म ५३१ रन बनाएका छन् भने कप्तान सन्जु सामसनले ५०४ रन बनाएका छन् ।

त्यस्तै राजस्थानका लागि युजवेन्द्र चहलले सर्बाधिक १७ विकेट लिएका छन् भने आभेश खानले १३ विकेट लिएका छन् ।

आइपिएलमा बैंगलुरुले अहिलेसम्म उपाधि जित्न सकेको छैन । बैंगलुरु अहिलेसम्म २००९, २०११ र २०१६ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

त्यस्तै राजस्थानले भने आइपिएलको पहिलो सिजनमै उपाधि जितेपनि त्यसपछि भने उपाधि जित्न सकेको छैन । राजस्थान २०२२ मा  फाइनलमा पुगेर उपविजेता बनेको थियो ।

आज दुवै टिमका लागि यस सिजनको उपाधि जित्ने बाटो तय गर्ने अवसर रहेको छ । आज जित्ने टिमले दोस्रो क्वालिफायरमा सनराइजर्ससँग खेल्ने छ भने पराजित हुने टिम आइपिएलबाट बाहिरिने छ ।न्युज कारखाना
 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् ।

बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उहाँसँग कुनै रिसइवी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए ।

उनले भने-

‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’न्युज कारखाना

काठमाडौँ । प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

मङ्गलवार काठमडाौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई आज बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको थियो । उनलाई धनुषा प्रहरीले केहीबेर अघि जिल्ला अदालत धनुषामा पेश गरेको हो । आवश्यक सम्पूर्ण कागजात तयार पारी अदालत लगिएको प्रहरीको भनाइ छ ।

अदालतले उनीमाथि थप अनुसन्धानका लागि म्याद गप गर्ने वा थुनामुक्त गरी तारिखमा राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे आदेश गर्नेछ ।

मङ्गलवार जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो ।

सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो । न्युज कारखाना

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि मंगलबार सुन तोलामा १ लाख ४० हजार ६०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९००  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । टोकियोमा भएको अन्तर्राष्ट्रिय प्राविधिक कार्यक्रममा पहिलो पटक फ्लाइङ कार डेब्यु गरिएको हो । सहरको कोटो वार्डमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर रहेको पार्किङमा पाइलटसँग कार १० मिटरसम्म उडेको थियो ।

कारको नाम ‘हेक्सा’ हो, जसलाई अमेरिकी कम्पनी लिफ्ट एयरक्राफ्ट इन्कले विकास गरेको हो ।

हेक्साको शीर्षमा १८ प्रोपेलरहरू स्थापित छन् । यो ४.५ मिटर चौडा, २.६ मिटर अग्लो र करिब १९६ किलोग्राम तौल छ । यो सिंगल सिट कार हो, जुन जमिन र पानी दुवैमा अवतरण गर्न सक्छ । भारतमा पनि महिन्द्रा र मारुती सुजुकीसहित तीन कम्पनीले विद्युतीय उडान गर्ने कारमा काम गरिरहेका छन् ।

त्यस्तै चिनियाँ कम्पनि एक्सपेंग ऐरो एचटीले आफ्नो उडान कार सिइएस-२०२४ मा प्रस्तुत गरेको थियो । यो २०२५ मा ठूलो मात्रामा उत्पादन हुनेछ । पूर्ण रूपमा विद्युतीय पाइलट गरिएको विमान ठाडो टेकअफ/अल्यान्डिङ र कम उचाइमा उडान गर्न सक्षम छ । यसमा म्यानुअल र स्वचालित उडान मोडहरू रहेका छन् ।

त्यस्तै हुन्डाईको उन्नत एयर मोबिलिटी कम्पनी सुपरनलले आफ्नो इलेक्ट्रिक फ्लाइङ ट्याक्सी सिइएस-२०२४ मा अनावरण गरेको छ । एस-४२ एक विद्युतीय ठाडो टेकअफ र ल्यान्डिङ सवारी साधन हो । यो १ हजार ५ सय फिटको उचाइमा १२० माइल प्रतिघण्टाको गतिमा उड्न सक्नेछ ।

यो ५०-६० किमीको यात्राको लागी डिजाइन गरिएको छ । यसमा ८ टिल्टिङ रोटरहरू र एक वितरित इलेक्ट्रिक प्रोपल्सन प्रणाली छ । सुपरनाभलले २०२८ मा आधिकारिक रूपमा गाडी लन्च गर्ने योजना बनाएको छ ।न्युज कारखाना

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध दायर भएको रिटमा आजबाट सुनुवाइ हुँदै छ। सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी परेको छ ।

निर्वतमान मुख्यमन्त्री केदार कार्कीले वैशाख २७ गते सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

यसअघि सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नलिएको भन्दै कार्कीको स्थानमा एमालेका कार्की मुख्यमन्त्री बनेका थिए ।

२७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री बनेका थिए । ३१ वैशाखमा विश्वासको मत लिएका कार्कीले सरकार पनि विस्तार गरिसकेका छन् ।न्युज कारखाना

काठमाडौँ । कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक सफल आरोहन गरेर कीर्तिमानी तोडेका छन् ।  कामिरिताले आज बिहान ७: ४९ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

उनले यसै सिजनमा गत बैशाख ३० गते २९औ पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हुन् । यस अघि पनि यो किर्तिमान उनकै नाममा रहेको थियो ।  सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडिदिएका छन् ।

सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् ।

सगरमाथासहितका हिमाल नेपालको गौरव पनि हो । पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपाल आउँछन् । कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चीज दिएको छ । हिमाललाई दुहुना गाईका रुपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उनको बुझाइ छ ।

कामिरिताले विसं २०७९ को वसन्त ऋतुमा दुईपटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनलगत्तै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल थिए ।

उनले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ ।

अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेपछि कामिरिताको कीर्तिमानी खोसिने हो कि भन्ने चुनौती थपिएको थियो । पासाङ दावाले आरोहणलाई निरन्तरता दिएमा कीर्तिमान तोडिने भएकाले जोगाउने चुनौती थपिएको हो । सगरमाथाको दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने जिम्मा सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेका छन् ।
न्युज कारखाना

काठमाडौं, जेठ ९ । नेपाल टेलिकमको पोल प्रयोग गरी सेवा प्रदान गर्ने केवल टिभी अपरेटर र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरूको तार हटाउने भएको छ । जेठ महिनाको अन्तिमसम्म भाडा नबुझाएमा सबै तार हटाउने टेलिकमले सूचना जारी गरेको छ ।

टिभी र इन्टरनेट कम्पनीहरूले पोल प्रयोग गर्न तुरुन्त सम्झौता गरी अनिवार्य रूपमा आर्थिक वर्ष २०८०–८१ सम्मको पोल भाडा बापतको रकम मिति २०८१ ज्येष्ठ मसान्तभित्र बुझाउन सूचनामा उल्लेख गरेको छ ।

सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्न सेवा प्रदायकहरूको केबलहरू यस कम्पनीले २०८१ असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुने जनाएको छ । न्युज कारखाना

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।

आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो ।

उनलाई आज म्याद थपका लागि जिल्ला अदालत धुनषामा उपस्थित गराइँदै छ। उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो ।न्युज कारखाना

काठमाडौँ । हेलिकप्टर दुर्घटनामा परी इरानी राष्ट्रपति इब्राहिम रायसीको दुखद निधन भएपछि देशमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने भएको छ । जुन २८ मा मुलुकमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएको छ । तेहरानस्थित राष्ट्रपति कार्यालयमा भएको बैठकमा उक्त मिति तय गरिएको हो ।

बैठकमा इरानका कार्यकारी शाखा प्रमुख मोहम्मद मोख्बर, संसदका सभामुख मोहम्मद बगेर गालिबाफ र न्यायपालिका प्रमुख घोलाम-होसेन मोहसेनी-इजेई सहभागी थिए । पूर्वी अजरबैजान प्रान्तमा एक दुर्घटनामा राष्ट्रपति रायसीको दुखद मृत्यु पछि तीन दिग्गजहरू बीचको दोस्रो बैठक भएको थियो ।

राष्ट्रपति इब्राहिम रायसीलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको उत्तराधिकारी पनि मानिन्थ्यो, त्यसैले उनको मृत्युलाई लिएर धेरै प्रश्नहरू उठिरहेका छन् । इरान सरकारबाट भने यसबारे खासै केही भनिएको छैन ।

इब्राहिम राईसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बरलाई अन्तरिम कार्यभार हस्तान्तरण गरेका छन् । खामेनीले संविधानको धारा १३१ बमोजिम मोख्बरलाई यो जिम्मेवारी दिइएको बताए । मोहम्मद मोख्बरले ५० दिनभित्र राष्ट्रपति चुनावको तयारीका लागि न्यायिक प्रमुखहरूसँग काम गर्नुपर्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।