काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसव सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदमा अवरोध गरिरहेको र संसदीय छानबिन समितिको कार्यादेशको विषयमा जारी विवाद बारे छलफल गर्ने बताइएको छ ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था रहेको र अहिलेसम्म सरकारको नीति तथा कार्यक्रम समेत पारित हुन नसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासमा लिन देउवा निवास पुगेको बुझिएको छ । न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै आज विरोध प्रदर्शन गर्दै छ ।
अहिलेसम्म संसदमा मात्र विरोध गर्दै आयेको कांग्रेस अब भने सोहि मुद्धालाई सडकमा लिएर जान लागेको हो ।
कांग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । आज कांग्रेसले उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा काठमाडौँमा विरोध प्रदर्शन गर्दै छ ।
काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई सफल बनाउन काठमाडौँ, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरिरहेका छन् ।
कांग्रेसले सहकारीको बचत अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । न्युज कारखाना
डडेलधुरा, १३ जेठ । डडेल्धुराको भित्री मधेसस्थित परशुराम नगरपालीकामा रहेको परशुराम धाममा आयोजना गरिएको दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ।
परशुराम नगरपालीकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित महोत्सवमा सहभागीहरूको उल्लेख उपस्तिथि रहेको थियो। महोत्सवलाई विभिन्न सत्रमा विभाजन गरेर शिक्षा, स्वास्थ्य, उद्यम स्वरोजगार, साहित्य स्थानीय सरकारलगायतका विषयमा मन्थन गरिएको थियो।
समापन समारोहमा बोल्दै नगर प्रमुख भरत बडायर जोशीले परशुराम धामलाई धार्मिक पर्यटनको रूपमा राष्ट्रिय अन्तरराष्ट्रिय तहमा पहिचान गराउने, राष्ट्रिय स्तरमा पहिचान बनाएका साहित्यकारहरूको स्थानीय साहित्यकारसँग साक्षातकार गराउने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्नेलगायतका बहुउद्देश्य लिएर महोत्सव सञ्चालन गरीएको बताए।
महोत्सवमा सुदुरपश्चिम विश्वविधालयका उपकुलपति प्रा. डा. हेमराज पन्त सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव शिक्षाविद् डा. हरी लम्साल, मदन पुरस्कार विजेता डा. नबराज लम्साल, रामलाल जोशी, बिबेक ओझा, कवि सोझो गाउँले, बिप्लप प्रतीक, स्वास्थ्यविद् डा. अरुणा उप्रेती बक्ताका रुपमा रहेका थिए।
यस्तै उद्यमीहरू श्रीकृष्ण अधिकारी, सुनयना पाण्डे, कल्पना बोयजु, पुर्णागिरी मन्दिर व्यवस्थापन अध्यक्ष किसन तिवारी, परशुरामधामका जानकार तीर्थ अवस्थी, पंचदेवल बिनायक नगरपालिका अछामकी नगर प्रमुख अम्बिका चलाउने र धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले आआफ्नो धारणा राखेका थिए।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी टिकाराम यात्री, राजेन्द्र बानिया, दीर्घराज उपाध्याय र टेक राज अवस्थीले गरेका थिए। महोत्सवमा स्थानीय विधालयका विद्यार्थीले साहित्य र संस्कृतिलगायतका अनेक कला प्रस्तुत गरेका थिए।
समापन समारोहमा नगरपालिकाकी प्रमुख प्रसासकीय अधिकृत कल्पना भट्टले सहभागीलाई धन्यबाद ज्ञापन गरेकी थिइन्। मेयर जोशीले आगामी वर्षहरूमा पनि महोत्सवलाई निरन्तरता दिने बताएका छन्। न्युज कारखाना
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएको रिपोर्ट सार्बजनिक भएको छ ।
तर यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरु अब उसको हिस्सा नै रहने गरि सहमति बनेमा पुटिन युद्ध रोक्न सहमत हुने छन् ।
पुटिन युद्ध रोक्न तयार छन् भन्ने रिपोर्टहरू धेरै महिनादेखि चलिरहेको छ, तर यो रिपोर्ट यस्तो समयमा आएको छ, जब मस्कोले उत्तर-पूर्वी युक्रेनको खार्किभ क्षेत्र विरुद्ध नयाँ आक्रमण सुरु गरेको छ ।
पुटिनसँग काम गरेका एक व्यक्तिले एजेन्सीलाई भने, पुटिनले चाहेको बेलासम्म लड्न सक्छन्, तर पुटिन पनि युद्धविरामका लागि तयार छन् किनकी अब रूससँग क्रिमियासम्म पुग्ने भूमि मार्गहरूमा पहुँच बनेको छ ।
यस्तो सहमति बनेमा रुसीहरूले यसलाई आफ्नो जीत मान्नेछन् । तिनीहरूले पश्चिमबाट आक्रमणको बाबजुद आफ्नो सार्वभौमसत्ता कायम राखेको भन्न सक्छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रोयटर्सलाई भने, पुटिनले बारम्बार आफू वार्ताका लागि तयार रहेको र लामो युद्ध नचाहेको बताउदै आएको बताएका छन् ।
यद्यपि युक्रेनी राष्ट्रपति जेलेन्स्की पुटिनको सर्तमा कुनै पनि शान्ति सम्झौता स्वीकार गर्न चाहँदैनन् । उनले रुसी सेनाले कब्जा गरेको युक्रेनी क्षेत्र फिर्ता लिने वाचा गरेका छन् । यसमा सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया पनि समावेश छ ।
यस महिनाको सुरुमा रुसले खार्किभमा लडाइँलाई तीव्र पारेको थियो । मे १० मा, रूसी सेना खार्किव मा एक किलोमिटर प्रवेश गर्यो। त्यसपछि जेलेन्स्कीले युक्रेनीहरूलाई सेनाबाट निष्कासन गर्न आदेश दिए ।
रुसले सबै रिजर्व सैनिकहरूलाई पनि फिर्ता बोलाएका छन्, ताकि उनीहरूलाई खार्किवमा तैनाथ गर्न सकियोस् । खार्किभ रुसी सेनाका लागि महत्त्वपूर्ण छ किनभने उनीहरूले २०२२ मा यहाँ हार बेहोरेको थियो । सन् २०२२ मा खार्किभमा पराजयपछि रुसले कुनै पनि हालतमा खार्किभलाई जित्ने योजना बनाएको छ ।
२४ फेब्रुअरी २०२४ मा रुस–युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको थियो । दुई वर्षअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेका थिए । त्यसबेला पुटिनले यसलाई सैन्य कारवाही भनेका थिए । यस आक्रमणका कारण हालसम्म ४० लाखभन्दा बढी युक्रेनी नागरिकले देश छाड्नुपरेको छ । यी मानिसहरू अहिले अन्य देशहरूमा शरणार्थीहरू जस्तै जीवन बिताइरहेका छन्। स्वदेशमै ६५ लाखभन्दा बढी युक्रेनी घरबारविहीन भएका छन् । न्युज कारखाना
काठमाडौँ । फ्रान्सका फरवार्ड ओलिभर जिराउडले आगामी युरो कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् ।
जिराउडले एल इनक्विपलाई दिएको अन्तर्वार्तामा युरो कप आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका हुन् ।
३७ बर्षिय जिराउड फ्रान्सका लागि सर्बाधिक गोल गर्ने खेलाडी हुन् । उनले फ्रान्सका लागि १३१ खेलमा ५७ गोल गरेका छन् ।
हाल एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका जिराउड अमेरिकी लिग क्लब एलए एफसीमा जाने तयारीमा रहेका छन् । न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुदै छ ।
यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
कोलकोता समुह चरणमा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गरेर फाइनलमा पुगेको हो ।
कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो ।
त्यस्तै सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायरमा कोलकोतासँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो । दोस्रो क्वालिफायरमा सनराइजर्सले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो ।
प्रमुख खेलाडी
कोलकोताका लागि यस सिजनमा सुनिल नारानले शानदार प्रदर्शन गरेका छन् । उनले यस सिजनमा ४८२ रन बनाएका छन् भने १६ विकेट समेत लिएका छन् । त्यस्तै कोलकोताका लागि आन्द्रे रसेलले २२२ रन बनाएका छन् भने १६ विकेट समेत लिएका छन् ।
कोलकोताका लागि यस सिजनमा वरुण चक्रवर्तीले पनि २० विकेट लिएर राम्रो योगदान दिएका छन् । त्यस्तै बलर हर्षित रानाले १७ विकेट लिएर कोलकोताको बलिङ बलियो बनाएका छन् भने रिंकु सिंह, कप्तान श्रेयस अय्यर, वेंकटेस अय्यरले मिडल अर्डरलाई बलियो बनाएका छन् ।
त्यस्तै सनराइजर्सका प्रमुख खेलाडीमा ओपनरद्वय ट्राभिस हेड र अभिषेक शर्माले यस सिजन शानदार शुरुवात दिएका छन् । हेडले यस सिजनमा ५६७ रन बनाएका छन् भने अभिषेक शर्माले ४८२ रन र २ विकेट लिएका छन् । त्यस्तै हेनरिक क्लासेनले पनि यस सिजनमा उत्कृष्ट ब्याटिंग गर्दै ४६३ रन बनाएका छन् ।
त्यसैगरी कप्तान पाट कमिन्सले अहिलेसम्म १७ विकेट लिएका छन् भने टी नटराजनले १९ विकेट लिएका छन् । न्युज कारखाना
काठमाडौँ । अफ्रिकी देश जिबूतीमा लाखौं आनुवंशिक रूपमा परिमार्जित (जीएमओ) लामखुट्टे वातावरणमा छोडिएको छ । यसको उद्देश्य मलेरिया रोग फैलाउने लामखुट्टेको प्रजातिको फैलावट रोक्नु हो ।
वातावरणमा निस्कने एनोफिलिस स्टेफेन्सी लामखुट्टेले टोक्दैनन् । यसलाई बेलायती बायोटेक्नोलोजी कम्पनी अक्सिटेकले विकास गरेको हो । यी लामखुट्टेमा एउटा जीन हुन्छ जसले पोथी लामखुट्टेलाई वयस्क हुनुअघि नै मार्छ । पोथी लामखुट्टेले मात्र टोक्छ र भाइरसबाट हुने मलेरियालगायत अन्य रोगहरू फैलाउँछ ।
पूर्वी अफ्रिकामा प्रयोगशालामा उब्जाएको लामखुट्टे खुला वातावरणमा छाडिएको यो पहिलो पटक हो । सम्पूर्ण अफ्रिकी महाद्वीपको बारेमा कुरा गर्दा, यो दोस्रो पटक गरिएको हो ।
युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले ब्राजिल, केम्यान टापु, पनामा र भारतमा यस्तै प्रविधिहरू प्रयोग गरिएको र धेरै सफल भएको बताएको छ ।
सिडिसीले २०१९ यता, एक अर्ब भन्दा बढी आनुवंशिक रूपले परिमार्जित लामखुट्टे विश्वभर खुला वातावरणमा छोडिएको जनाएको छ । यी लामखुट्टेको पहिलो समूह बिहीबार जिबूती सहरको अम्बौली उपनगरीय क्षेत्रमा खुला हावामा छोडिएको थियो ।
यो परियोजना अक्सिटेक लिमिटेड, जिबूती सरकार र गैरसरकारी संस्था एसोसिएसन म्युचुअलिस बीचको आपसी साझेदारीमा सुरु भएको हो ।
जीएमओ लामखुट्टेले कसरी काम गर्छ ?
‘हामीले नटोक्ने, रोग नफर्काउने अनुकूल लामखुट्टेहरू बनाएका छौं र जब हामीले यी अनुकूल लामखुट्टेहरूलाई हावामा छोड्छौं, तिनीहरूले जंगली प्रकारको पोथी लामखुट्टेसँग प्रजनन गर्न सक्षम हुन्छन्,’ ओक्सिटेक प्रमुख ग्रे फ्र्यान्डसेनले बीबीसीलाई बताए ।
प्रयोगशालामा हुर्कने यी लामखुट्टेमा ‘नम्बर लिमिटिङ’ जीन हुन्छ, जसले पोथी लामखुट्टेका सन्तानलाई हुर्कन र प्रजनन उमेरमा पुग्नबाट रोक्छ ।
वन्यजन्तु र प्रयोगशालामा बनाइएका लामखुट्टेको प्रजननबाट उत्पादन हुने लामखुट्टेमध्ये पुरुष मात्र बाँच्ने तर अन्त्यमा ती पनि मर्छन् भन्ने यस परियोजनामा संलग्न वैज्ञानिकहरू बताउँछन् ।
२०१८ मा, बुर्किना फासोको वातावरणमा न्युटेड एनोफिलिस कौलिगी लामखुट्टे छोडिएको थियो । यसको विपरित, यो नयाँ प्रजाति (एनोफिलिस स्टेफेन्सी) को लामखुट्टेले नयाँ पुस्तालाई जन्म दिन सक्छ ।
प्रयोगशालामा उब्जाएको लामखुट्टेलाई खुल्ला ठाउँमा छोड्ने यो परियोजना जिबूति फ्रेन्डली लामखुट्टे कार्यक्रमको एक हिस्सा हो, जुन दुई वर्षअघि सुरु भएको थियो ।
यो कार्यक्रमको उद्देश्य एनोफिलिस स्टेफेन्सी लामखुट्टेको जातको फैलावट रोक्नु हो । मानिसलाई टोक्ने लामखुट्टेको यो प्रजाति सन् २०१२ मा जिबूतिमा पत्ता लागेको थियो ।
त्यतिबेला जिबूती मलेरिया उन्मूलनको कगारमा थियो । त्यतिबेला देशमा ३० जना मलेरियाका बिरामी भेटिएका थिए । त्यसयता जिबूतीमा मलेरियाको रोग अत्याधिक रूपमा बढ्दै गएको छ र सन् २०२० सम्ममा यसका बिरामीको संख्या ७३ हजार पुगेको थियो ।
यो जातको लामखुट्टे अहिले अफ्रिकाका अन्य ६ देश इथियोपिया, सोमालिया, केन्या, सुडान, नाइजेरिया र घानामा पनि पाइन्छ ।
यो प्रयोगको लागि जिबूती नै किन रोजियो ?
एनोफिलिस स्टेफेन्सी प्रजातिका लामखुट्टेहरू एसियाको मूल निवासी हुन् र नियन्त्रण गर्न धेरै गाह्रो छ । यिनीहरूलाई शहरी लामखुट्टे पनि भनिन्छ, जसले परम्परागत लामखुट्टे नियन्त्रण विधिहरूलाई पराजित गर्ने कलामा महारत हासिल गरेको छ । यी लामखुट्टेले दिउँसो र राती टोक्ने र रासायनिक विषादीले यस प्रजातिमा कुनै असर गर्दैन ।
जिबूतीका स्वास्थ्यसम्बन्धी राष्ट्रपतिका सल्लाहकार डा. अब्दल्लाह अहमद अब्दीले फाइनान्सियल टाइम्सलाई बताए, उनको सरकारको उद्देश्य ‘जिबुतीमा मलेरियाको फैलावटलाई तुरुन्तै नियन्त्रण गर्नु हो, जसले गत दशकमा यो रोगमा उल्लेखनीय वृद्धि भएको छ ।’
यस कार्यक्रमसँग आवद्ध गैरसरकारी संस्था एसोसिएसन मुचुअलिसका निर्देशक डा. बोह अब्दी खैरेहले भने, ‘हाम्रो समुदायका मानिसहरूमा औलो रोग निकै दुर्लभ हुने गरेको धेरै पहिले थिएन ।’
डा. खैरेह भन्छन्, ‘अहिले जिबुतीमा मलेरियाका बिरामीहरू दिनहुँ देख्छौं । यसलाई नियन्त्रण गर्न नयाँ कदम चाल्नुपर्ने आवश्यकता छ ।’
यो कार्यक्रम सञ्चालकहरू भन्छन्, जिबूती एउटा सानो देश हो, र एक मिलियन भन्दा बढी जनसंख्या भएको यो देशका अधिकांश मानिसहरू शहरहरूमा बस्छन् । यस्तो अवस्थामा त्यहाँ मलेरियाविरुद्धको नयाँ अभियान लागू गर्न निकै सहज छ ।
यस परियोजनामा समुदायलाई पनि साझेदार बनाइएको छ । मलेरियाका बिरामी सादा इस्माइल पनि यस कार्यक्रमसँग आवद्ध छन् । इस्माइलले भने, ‘मलेरिया हाम्रो स्वास्थ्यमा असर गर्ने गम्भीर चुनौती हो । अब मानिसहरू यी अनुकूल लामखुट्टेहरूले हामीलाई मलेरिया विरुद्धको लडाई जित्न मद्दत गर्छन् भनेर हेर्न पर्खिरहेका छन् ।’
जीएमओ जीवहरूमा विवाद
आनुवंशिक रूपमा परिमार्जित जीवहरू अफ्रिकामा सधैं विवादको विषय भएको छ । वातावरणीय संगठनहरू र अभियानकर्ताहरूले भने यसले विद्यमान खाद्य श्रृंखला र इकोसिस्टममा विनाशकारी प्रभाव पार्ने चेतावनी दिएका छन् ।
तर, ओक्सिटेकका प्रमुख फ्र्यान्डसेन भन्छन्, विगत १० वर्षमा यस समस्याको जैविक समाधानका विकासकर्ताहरूले एक अर्बभन्दा बढी परिमार्जित लामखुट्टे वातावरणमा छोडेका छन् र अहिलेसम्म कुनै प्रतिकूल प्रभावको कुनै प्रमाण नभेटिएको छ ।
फ्र्यान्डसेन आफ्नो तर्कमा थप्छन्, ‘हाम्रो जोड भनेको हामीले वातावरणमा जे पनि छोड्छौं सुरक्षित र अत्यधिक प्रभावकारी हुनुपर्छ। यसले वातावरणमा कुनै असर गर्दैन । किनभने तिनीहरू विषालु वा एलर्जीको कारण होइनन् र यी लामखुट्टेहरू एक विशेष प्रजातिका हुन् ।’
अक्सिटेकले लामखुट्टेको र्यालमा आनुवंशिक रूपमा परिमार्जित जीन नपाइने बताएको छ । यस्तो अवस्थामा ल्याबमा बनेको लामखुट्टेले कसैलाई टोके पनि यो आनुवंशिक परिवर्तनले उसलाई कुनै साइड इफेक्ट गर्दैन ।
राष्ट्रपतिका सल्लाहकार डा अब्दी भन्छन्, ‘समस्याको यो नयाँ समाधान विवादास्पद हुन सक्छ तर यो भविष्य हो।’
यो प्रयोग सफल भए ठूला क्षेत्रमा प्रयोगशालामा हुर्काउने लामखुट्टे छोडेर ठूला परीक्षण गरिने उनीहरुको भनाइ छ । यी लामखुट्टेहरूलाई जिबुटीको वातावरणमा छोड्ने प्रक्रिया आगामी एक वर्षसम्म जारी रहनेछ ।
मलेरिया एक घातक रोग हो, जसका कारण विश्वभर हरेक वर्ष कम्तिमा ६ लाख मानिसले ज्यान गुमाउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार मलेरियाका कारण मृत्यु हुने दशमध्ये नौमध्ये उप-सहारा अफ्रिका क्षेत्रमा मात्रै हुने गरेको छ ।न्युज कारखाना
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेदेखि बस्दै छ ।
संघीय संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्नेदेखि आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने प्रस्ताव रहेको छ ।
संघीय संसद् सचिवालयको बैठकको सम्भावित कार्यसूची जारी गरिसकेको छ । जसमा १४ वटा सम्भावित कार्यहरू उल्लेख छ।
कार्यसूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरू सुनाउने, दोस्रोमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने मनोनयन गर्ने, त्यसपछि सुरक्षित मुद्रण सम्बन्धी विधेयकबारे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन पेश गर्ने, केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश अस्वीकृत गर्न सांसद प्रेम सुवाले सूचना राख्ने, उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छन्।
यस्तै त्यसपछिको कार्यसूचीमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम राखिएको छ । त्यसपछि चारवटा विधेयकमाथि विभागीय मन्त्रीहरूले प्रस्तावहरू पेश गर्नेछन् । नीति तथा कार्यक्रमसँग सम्बन्धित र पारित गर्नेसम्मको कार्यसूची रहेको छ ।
सहकारी ठगि प्रकरणको छानबिन गर्न प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिन समितिको माग राख्दै संसद अवरोध गरिरहेको र संसदीय छानबिनको कार्यादेशमा दलहरुबीच सहमति अझै बन्न नसकेकोले आजको बैठक कसरी अघि बढ्छ भन्ने स्पष्ट रहेको छैन । कार्यादेश टुंगो लगाउन शिर्ष नेताहरुसहितको बैठक आज बिहान बस्दै छ । न्युज कारखाना
काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाउने निश्चित भएको छ ।
चर्चित खेल पत्रकार फाब्रिजियो रोमानोले कम्पनीले बायर्न म्युनिखसँग तीन बर्षको सम्झौता गरेको पुष्टि गरेका छन् ।
साथै बायर्नले कम्पनीलाई प्रशिक्षक बनाउन बर्नलीलाई १२ मिलियन युरो तिर्न सहमत भएको छ ।
यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा २०२८ सम्म सम्झौता रहेको थियो ।
म्यानचेस्टर सिटीका पुर्व कप्तान समेत रहेका कम्पनी २०२२ मा बर्नलीको प्रशिक्षक बनेका कम्पनीले क्लबलाई प्रिमियर लिगमा प्रमोट गर्न सफल भएपनि दुई सिजन खेलेपछि फेरी रेलिगेसनमा परेको छ ।
अर्को तर्फ यस सिजनमा कुनै ट्रफी जित्न नसकेको बायर्नले दिर्घकालिन रुपमा प्रशिक्षकको समस्या समाधान गर्न ३८ बर्षिय कम्पनीलाई भित्र्याएको बताइएको छ ।
हालका प्रशिक्षक थोमस टुचेल यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा हुने यस अघि नै बताइसकेका छन् । बायर्नले यस सिजनमा लिगमा तेस्रो भएको थियो भने च्याम्पियन्स लिगमा सेमिफाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो ।न्युज कारखाना