चन्दन यादव,रौतहट, ११ गते वैशाख ।
रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेशको कार्यालय जनकपुरधाममा आगामी बैशाख १४ गते उद्धघाटन हुने भएको छ । लोसपा नेपाल मधेशका अध्यक्ष जितेन्द्र सोनलले एक निमन्त्रणा पत्र जारी गर्दै सो जानकारी गराएका हुन् ।
आइतवार हुने उद्धघाटन कार्यक्रममा पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ताम हार्दिक अनुरोध गरिएको छ । उक्त उद्धघाटन कार्यक्रममा लोसपा नेपालका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरको प्रमुख अतिथ्यता रहने जनाइएको हो ।
साथै पार्टीका वरिष्ठ नेता श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको पनि विशेष उपस्थिति रहने अध्यक्ष सोनल द्धारा हस्ताक्षरित निमन्त्रणा पत्रमा उल्लेख रहेको छ ।
मधेस प्रदेश अन्तर्गतका सम्पूर्ण केन्द्रिय पदाधिकारीगण, मधेश प्रदेश समितिका पदाधिकारी एवं सदस्यगण, सम्पूर्ण जिल्ला अध्यक्षगण लगायत सम्पूर्ण नेता तथा कार्यकर्ताको गरिमामय उपस्थितिको लागि लासेपा नेपाल मधेश प्रदेश अध्यक्ष सोनलले हार्दिक अनुरोध गरेका हुन् ।
२०८२ वैशाख १४ गते आइतबारको दिन सो कार्यक्रम हुने समेत निमन्त्रणा पत्रमा उल्लेख रहेको छ । कार्यक्रम हुने स्थान जनकपुरधाम ८, रामानन्द चौक जानकी आँखा अस्पताल देखी दक्षिण रहेको छ भने समय बिहान ११ः३० बजे निर्धारण गरिएको अध्यक्ष सोनलले जानकारी गराएका हुन् ।
प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।बज्जिकाञ्चल संवाददाता, वालिङ,वैशाख ११ गते ।
स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले गठन गरिएका स्वावलम्वी कृषक महिला समूहका सदस्यहरुलाई तालिम दिईएको हो ।
वालिङ नगरपालिका वडा नं. २ मा भएको तालिमकोे समापन गर्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महिलालाई उद्यमशीलतामा जोड्न लागिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,“महिलालाई आर्थिक रुपमा सवल बनाउन माटो सुहाँउदो खेती आवश्यक छ ।” सकारात्मक सोचका साथ काम गर्ने हो भने सफलता सहजै प्राप्त हुने उहाँको भनाई छ । व्यवहार परिवर्तन,मेलमिलाप,सहकार्य अहिलेको आवश्यक्ता भएको उहाँले बताउनु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले विकास निर्माण र सामाजिक कार्यमा महिलाहरुको सहभागिता बढ्दो रहेको बताउनु भयो । व्यवहार परिवर्तन र जिम्मेवारी बोधका कारण महिलाहरुको सहभागिता बढेको उहाँको भनाई छ ।
दीगो उत्पादन तथा यसको बजारीकरणका लागि पालिकाले काम गरिरहेको अधिकृत सुवेदीले बताउनु भयो ।
महिलाहरुको सक्रियता समाज परिवर्तनका लागि महत्वपूर्ण रहने वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताउनु भयो । महिलाको पहुँच बृद्धि र व्यवहारपरिवर्तनका लागि आधारशिला तालिम प्रभावकारी हुनेमा जोड दिनुभयो ।
चक्रदेवी स्वावलम्वी सुन्तला उत्पादक महिला कृषक समूहका ३२ जना सदस्यहरुका लागि तीन दिने आधारशिला तालिम प्रदान गरिएको परियोजनाका सामुदायिक सहजकर्ता सुस्मिता पौड्यालले जानकारी दिनुभयो ।
तालिममा पौड्याल सहित विष्णु न्यौपाने र बुद्धिप्रसाद सिग्देलले सहजिकरण गर्नु भएको थियो ।
वालिङ नगरपालिकाका वडा नं. १ देखि ७ सम्म सञ्चालन भईरहेको परियोजनामा एक हजार ६ सय महिला आवद्ध रहेका छन् । जसमा ५६ वटा समूह गठन भएको परियोजनाले जनाएको छ ।
बज्जिकाञ्चल संवाददाता, काठमाडौँ, १० वैशाख :
प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको धनगढी विमानस्थलको स्तरोन्नतीको कार्य तत्काल हुनु पर्ने बताउनु भएको छ ।
उहाँले आज एक प्रेस विज्ञप्ति प्रकासित गर्नु भई धनगढी विमानस्थलको स्तरोन्नती लागि बजेट विनियोजन भनिएता पनि आयोजनामा कुनै पनि रकम खर्च नगरी सो बजेटलाई अन्यत्र विमानस्थलमा खर्च गरिएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “हालसम्म धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्ने परियोजनामा नेपाल सरकारबाट कुनै पनि रकम (बजेट) खर्च नभएको प्रष्ट पार्न चाहन्छु । साथै यस घटनाले सुदूरपश्चिमवासी जनता र म स्वयंम् पनि दु:खी भएको छु । आगामी दिनमा धनगढी विमानस्थलको स्तरोन्नती हुनुपर्छ भन्ने कुरा पुन: दोहर्याउन चाहन्छु ।”
यसैगरी उहाँले पछिल्लो समय केही मान्छेहरू नियोजित रूपमा दुराग्रह राखेर बदनियतका साथ आफुलाई धनगढी विमानस्थलको स्तरोन्नतीसँग जोडेर कपोलकल्पित, भ्रामक लान्छना लगाई केही व्यक्तिहरुले मिडियाबाजी गरेको भन्दै उहाँले आपत्ति समेत जनाउनु भएको छ ।
उहाँले भन्नुभयो, “पोखरा विमानस्थलको घोटाला काण्डलाई विषयान्तर गर्न पछिल्लो समय भ्रष्टाचारीहरुले मेरो नाम जोडेर मिडियावाजी गरिरहेका छन् । मिडियावाजी गर्नेहरुले मैले गल्ती गरेको प्रमाण छ भने सार्वजानिक गर्न म चुनौती दिन चाहन्छु । यस्ता कार्यले देश र जनताको सेवा गर्ने मेरो भावनामा कुनै असर समेत नगर्ने कुरा अवगत गराउन चाहन्छु ।”
“म छोटो समय (८ महिना २१ दिनको कार्यकाल) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सहर धनगढीसँग जोडिएको धनगढी विमानस्थललाई स्तरोन्नती गर्न स्थानीयस्तरको समेत आवश्यकता महसुस गरी बजेटको व्यवस्थापन भएको थियो । हालको १८ सय मिटर रहेको धावनमार्गलाई २५ सय मिटरसम्म बनाउन नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकबाट २०७८/०७९ मा प्राधिकरण स्रोतबाट धनगढी विमानस्थल जग्गा अधिग्रहण गर्न ब. शि. नं.–१.१.०२ जग्गा खरिद तथा विकासको लागि रु एक अर्ब बजेट विनियोजन भएको थियो भने २०७९/०८० को वार्षिक बजेटमा नेपाल सरकारको स्रोतबाट धनगढी लगायतका विमानस्थलमा रु एक अर्ब २२ करोड ७५ लाख, २०८०/०८१ को प्राधिकरणको स्रोतबाट देशैभरीका विमानस्थलको लागि ९८ करोड ५० लाख र नेपाल सरकारको स्रोतबाट रु एक करोड ५० लाख मात्र विनियोजन भएको थियो ।” यसैगरी २०८१/०८२ मा प्राधिकरण स्रोतबाट चन्द्रगढी, धनगढी, काठमाडौँ र भैरहवा विमानस्थलका लागि भनेर ५० करोड वजेट विनियोजन भएको थियो । पूर्वमन्त्री आलेद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको रु १५ अर्ब भन्दा बढीको भ्रष्टाचारको बारेमा राजेन्द्र लिङदेनको संयोजकत्वमा गठन भएको लेखा उपसमितिको सदस्य आफु पनि रहेको र त्यही भएर पोखरा विमानस्थलको घोटाला काण्डलाई विषयान्तर गर्न भ्रष्टाचारीहरुले आफ्नो नाम जोडेर मिडियावाजी गरिरहेको उहाँको आरोप छ ।
“मैले गल्ती गरेको प्रमाणित भएमा जुनसुकै कारवाही भोग्न तयार छु । तर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको क्रममा भएको रु १५ अर्ब भन्दा बढीको भ्रष्टाचार गर्ने ठूला तथा साना कुनै पनि माछालाई छोडिने छैन् । शरिरमा एक थोपा रगत रहुन्जेल सम्म भ्रष्टाचारीहरुको पर्दाफास गरी कारवाहीको दायरामा ल्याउन लागि पर्नेछु,” उहाँले भन्नुभयो ।
यसैगरी उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको पिक्चर आउन भने बाँकी नै रहेको विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ ।
ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् । उनले निर्माण गरेको घुर्रा, भाउ, द स्कूल वाल, एक जोर जुत्ता, दृश्य लगायतका लघुचलचिहरु विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो । उनी पछिल्लो समय नयाँ चलचित्र निर्माणको तयारीमा रहेका छन् । चलचित्रको नाम चाँडै सार्वजनिक गरिने उनी बताउँछन् ।
बज्जिकाञ्चल संवाददाता, सर्लाही ११ गते बैशाख ।
सर्लाहीको गौडैता नगरपालिका ५ रामबन निवासी रामचन्द्र कुशवाहाले विश्व प्रख्यात नागरी लिपि परिषद्, दिल्लीद्वारा आयोजित अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा विश्वको चौथो स्थान हासिल गरी नेपाल, मधेश प्रदेश र सर्लाही जिल्लाको नाम विश्व इतिहासको स्वर्णिम पानामा लेखाउन सफल भएका छन्।
कुशवाहा बुद्धिजीवी समाजका सल्लाहकार, बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष, भाव शिरोमणि र पूर्व स्रोतव्यक्ति रहेका कुशवाहाले यो उपलब्धिमार्फत बज्जिका भाषा र साहित्यलाई विश्वमाझ चिनाउने अतुलनीय योगदान पुर्याएका छन्।

विश्वका प्रख्यात साहित्यकार, प्राध्यापक र निबन्धकारहरूको सहभागिता रहेको यस प्रतियोगितामा रामचन्द्र कुशवाहाले बज्जिका भाषामा लेखिएको २४३५ शब्दको निबन्ध प्रस्तुत गरी सबैलाई चकित पारे। प्रतियोगिताको नियमअनुसार २००० शब्दमा निबन्ध लेखिनुपर्ने भए पनि कुशवाहाले आफ्नो गहन विचार र साहित्यिक कौशलमार्फत २४३५ शब्दमा उत्कृष्ट कृति पेश गरी नयाँ कीर्तिमान रच्न सफल भए। उनको यो निबन्धले बज्जिका भाषाको समृद्धि र गहिराइलाई विश्वसामु उजागर गरेको छ।रामचन्द्र कुशवाहा लामो समयदेखि बज्जिका भाषा र साहित्यको संरक्षण, सम्वर्द्धन र विकासमा अथक योगदान दिँदै आएका छन्।
बज्जिका साहित्य समाज सर्लाहीको नेतृत्व गर्दै उनले यो भाषालाई स्थानीय तहदेखि राष्ट्रिय र अब अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

उनको लेखन, सम्पादन र साहित्यिक नेतृत्वले बज्जिका भाषालाई नयाँ उचाइ प्रदान गरेको छ। मधेशको सांस्कृतिक र भाषिक पहिचानलाई जोगाउन उनले गरेको प्रयासले हजारौँ युवा र साहित्यप्रेमीहरूलाई प्रेरित गरेको छ।यो उपलब्धिले सर्लाही र समग्र नेपालका लागि गर्वको क्षण सिर्जना गरेको छ।
कुशवाहाको यो कीर्तिमानले बज्जिका भाषा र नेपाली साहित्यलाई विश्वस्तरमा सम्मानित स्थान दिलाएको छ।
बज्जिकाञ्चल संवाददाता, बारा ०८ गते बैशाख ।
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले प्रदेशअन्तर्गतका पालिकाहरुलाई दिनुपर्ने समपुरक र विशेष बजेट नदिँदा भौतिक संरचनाका योजना र सीमान्तकृत समुदायका योजना कार्यान्वयनमा समस्या भएको छ ।
यी दुवै शीर्षकमध्ये समपुरक बजेटमा पालिकाले आफ्नो बजेट मिलान गरी कम्तीमा ५० लाखको योजना सञ्चालन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर लगातार दुई आर्थिक वर्षदेखि मन्त्रालयले बजेट नै उपलब्ध गराएको छैन् । जसकारण वीरगन्ज महानगरसहित जनकपुर, कलैया, जितपुर सिमरा गरी ३ उपमहानगर, नगर र गाउँपालिकाको योजना कार्यान्वयन नै हुन नसकेको हो ।
प्रदेश अर्थ मन्त्रालयका सचिव रामकुमार महतोकाअनुसार समपुरक बजेट प्रत्येक पालिकाका लागि २० लाख हो । यसमा पालिकाले ३० लाख मिलाएर कम्तीमा ५० लाखको योजना बनाउनुपर्ने हुन्छ । प्रदेश सरकारले बनाएको कार्यविधिअनुसार पालिकाहरुले आफ्नो क्रियाकलाप प्रस्ताव गर्न नसक्दा स्वीकृत नभएर बजेट विनियोजन भए पनि नपठाइएको उनको भनाइ छ । उनकाअनुसार विशेष बजेट प्रत्येक पालिकालाई ३० लाख हो ।
समपुरक बजेटमा साना–साना सडक, पुलपुलेसा, खानेपानी, शिक्षण संस्थालगायतका भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने कार्यविधिले व्यवस्था गरेको छ । तर मन्त्रालयले बजेट नदिँदा पालिकाहरुले आफ्ना नगरसभाबाट पारित गरेका योजनाहरु कार्यान्वयन गर्न सकेका छैनन् । यसैगरी विशेष बजेट शीर्षक (अनुदान) अन्तर्गतका बजेट दिन नसक्दा गरिब, दलित, विपन्न वर्ग लाभान्वित हुने सीमान्तकृत समुदायको स्वास्थ्य, शिक्षा, सामाजिक कार्यक्रमहरु पालिकाहरुले सञ्चालन गर्न सकेका छैनन् ।
चालु आर्थिक वर्ष सकिन अब केही महिना मात्र बाँकी रहँदा मन्त्रालयले बजेट दिन नसक्दा प्रदेशभरीकै पालिकाहरुको सभाबाट पारित योजनाहरु कार्यान्वयन हुन नसकेको बाराका एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताए । ‘अर्थ मन्त्रालयले पालिकालाई दिनुपर्ने बजेट रकमान्तर गरी अन्य ठाउँमा दिने गरेको छ,’ उनले भने, ‘संघीय सरकारले दिने गरेको भए पनि प्रदेश सरकारले उक्त बजेट दिएको छैन ।’
प्रदेश सरकारले प्रदेश कोलेनिका मार्फत यो बजेट दिने व्यवस्था छ । अर्थ मन्त्रालयका सचिव महतोले भने, ‘आवश्यक्ताअनुसार उक्त बजेट रकमान्तर हुन सक्छ । निर्णयअनुसार रकमान्तर गर्नु कानुनी प्रक्रिया हो ।’
बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०८ गते बैशाख ।
नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा संगठनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
संगठनको स्थापना दिवसको अवसरमा सडक विभाग परिसरमा नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा उक्त शिविर संचालन गरिएको हो । ओम समाज डेन्टल हस्पिटलको सहकार्य रहेको उक्त एक दिने निःशुल्क दन्त शिविरमा लगभग १ सय २० जनाले दन्त स्वास्थ्य जाँच गराएका थिए ।
उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका दन्त विशेषज्ञका साथै प्राबिधिक टोलीको सहभागी रहेको थियो । दन्त शिविर कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष इ. प्रमोद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बज्जिकाञ्चल संवाददाता, रौतहट ०७ गते बैशाख ।
रौतहटमा बेमौषमी वर्षाका कारण पोल्नको लागि तयार पारिएको काँचो ईंट्टा गलेर पाँच करोड भन्दा बढीको क्षति भएको छ ।
वर्षभरी बेच्नका लागि तयार भइरहेको र्इंट्टा वैशाख १ को हावाहुरी र असिना पानीले नष्ट गरेपछि र्इंट्टा व्यवसायीहरु आर्थिक समस्यामा परेका हुन् ।
हावाहुरी र असिना सहितको पानीले गर्दा आफनो ईंट्टा भट्टामा मात्रै पोल्नका लागि तयार पारिएको ईंट्टा भिजेर नष्ट भएको बृन्दावन नगरपालिका ३ स्थित कृष्णा ईंट्टा उद्योगका सञ्चालक प्रेम शंकर यादवले बताए । उनले मजदुरहरुले बनाएर राखेको ईंट्टाहरु बेमौसमी परेको पानीले भिजेर पूर्ण रुपमा नष्ट भएको बताए । अहिले ईंट्टा नष्ट भएसँगै कोइला पनि पाउन मुस्किल भएको उनको गुनासो छ ।
प्रत्येक वर्ष हिउँदे बर्षाका कारण ईंट्टामा क्षति पुग्ने गरेको व्यवसायीहरु बताउँछन् ।
रौतहट ईंट्टा उद्योग ब्यावसायी संघका सचिव मोहन साहले बेमौसमी पानीले गर्दा ईंट्टा नष्ट भएपछि व्यवसायी मर्कामा परेको बताए । उनका अनुसार विविध कारण ईंट्टा उद्योग बन्द भएको अवस्थामा बर्षले थप क्षति गरेपछि निकै समस्या भएको हो ।
ईंट्टा व्यवसायीको समस्या वा मर्कामा बारेमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । रौतहट जिल्लाभरीमा यस आर्थिक बर्षमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता रहेका लगभग ४२ वटा ईंट्टा भट्टाहरु सञ्चालनमा रहेका संघले जनाएको छ ।