२०८१ जेष्ठ, १३ गते, धनगढी कैलाली दलित अधिकार, भूमि अधिकार र मानव अधिकारका क्षेत्रमा बिगत २५ बर्षदेखि क्रियाशिल राष्ट्रिय दलित नेटवर्क, नेपालले उक्त संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक श्री गणेश बहादुर बिश्वकर्मा ज्यूलाई सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगको माननीय उपाध्यक्ष जस्तो गरिममाय पदमा नियुक्त हुनु भएको अवसरमा हार्दिक बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा उहाँले नेपालको दलित मानव अधिकार आन्दोलनमा पुरयाउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दे संस्थाका बर्तमान अध्यक्ष मोहन ओडले सम्मानपत्र हस्तानतरण गर्नुभयो भने महासचिव पार्वती आग्री र कोषाध्यक्ष जंग बहादुर सुनारले मायाँको चिनो उपलब्ध गराउनु भयो । बिश्वकर्माले बिशेषगरी नेपाल र दक्षिण एसिया स्तरका स्तरका बिभीन्न एलायन्स र नेटवर्कि·मा नेतृत्वमा रहि सामाजिक आन्दोलनको अगुवाई गर्नुभएको थियो । उहाँकै पहलमा राष्ट्रिय दलित नेटवर्क, नेपालद्धारा बि.स.२०६० सालमा नेपालमा ऐतिहाँसिक दलित संसदको आयोजना गरिएको थियो । नेपालको नागरिक आन्दोलनमा दलित संसद एउटा यस्तो श्रृजनात्मक र नबिनतम साझा कार्यक्रम बन्न पुग्यो जसले नेपाली दलितहरुको राजनितिक, सामाजिक, आर्थिक र सांस्कृतिक सवालहरु अन्तराष्ट्रियकरण गर्न योगदान गरयो । पहिलो दलित संसदले संबिधानसभाको निर्वाचनको माग गरेको थियो । दोस्रो दलित संसद २००२ मा सम्पन्न भयो र यसले दलितहरूको लागि संवैधानिक आरक्षणको लागि अर्थपूर्ण शान्ति वार्ता र वैकल्पिक प्रतिवेदन घोषणा ग¥यो । त्यसैगरी सन् २००३ मा धनगढीमा सम्पन्न तेस्रो दलित संसदले हलिया मुक्ति र क्रान्तिकारी भूमिसुधारको व्यापक वकालत गरेको थियो । तर चौथो दलित संसद काठमाण्डौमा सम्पन्न भई यसले लोकतान्त्रिक गणतन्त्र नेपालको नमुना संविधान घोषणा गरेको थियो । त्यस्तै पाँचौं दलित संसदले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेको छ । त्यसैगरी छैटौं र सातौं दलित संसदले दलित संसदलाई दलित संविधानसभाको रूपमा तोकेर छायाँ संविधानसभा गठन गरेको थियो जसमा संवैधानिक राष्ट्रिय दलित आयोग र दलित परिप्रेक्ष्यमा आगामी संविधानको मस्यौदा तयार गरेको थियो । संविधान निर्माणमा केन्द्रित ११औँ दलित संसदले नेपालको नयाँ संविधान कार्यान्वयनका लागि मुद्दा उठान गरेको थियो । यस अधि उहाँले नेपाल सरकारद्धारा गठित उच्च स्तरिय भूमि अयोगको सदस्य, संघीय सरकार भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयद्धारा गठित मुक्त कमैया, हलिया, हरवाचरवा र कमलरी बस्तुस्थिती अध्ययन समितिको सदस्य, संघीय सरकार श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित एकिकृत बाधा श्रम ऐन मस्यौदा समितिको बिज्ञ सदस्यका रुपमा रहि काम गरि सक्नु भएको छ ।
यसको अलवा बिश्वकर्माले नागरिक आन्दोलनका तर्फबाट देशका १००० भन्दा बढी सामाजिक संस्थाको छाता संगठन मानव अधिकार एलायन्सको केन्द्रीय अध्यक्ष, गरिबी निवारणका लागि दक्षिण एशिया एलायन्सको कोर समिति सदस्य, गैरसरकारी महासंघको सल्लाहकार, दलित गैरसरकारी संस्था महासंघको सल्लाहकार संयोजकको रुपमा भूमिका निर्वाह गर्नु भएको थियो । अहिले उहाँ बाध्यकारी श्रम उन्मुलन पैरवी समुहको राष्ट्रिय संयोजक, एशिया दलित अधिकार फोरमको परिषद सदस्य, क्रण र विकासका लागि एशियाली आन्दोलनको सदस्य, मानव अधिकार र न्यायमा पहुँचको लागि एसियाली संघको सदस्य, सबै खालका बिभेद बिरुद्ध राष्ट्रिय मञ्चको केन्द्रीय अध्यक्ष, मानव अधिकार संरक्षण मञ्चको केन्द्रीय अध्यक्ष लगायत दर्जर्नौ राष्ट्रिय र अन्तराष्ट्रिय सञ्जालमा आवद्ध रहि योगदान पुरयाई रहनु भएको छ ।
सम्मान कार्यक्रमका अवसरमा आफनो बिचार राख्दै उहाँले सुदुरपश्चिम प्रदेशको नीति तथा आयोग मार्फत दलितहरुका राजनितिक, आर्थिक, सामाजिक र सवाल सम्बोधन गर्नका लागि आफुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बिश्वकर्मा विद्यावारिधी स्कलर, अनुसन्धानकर्ता, वरिष्ट अधिकारकर्मी, वैद्विक व्यक्तित्व ब्यक्तित्वका रुपमा परिचीत हुनुहुन्छ । हाल उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को पोलीटब्युरो सदस्य र नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।
काठमाडौं । बजेट भाषण हुने संसदको संयुक्त बैठक २ घण्टा सारिएको छ ।
यस अघि आज अपराहन्न १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । संसद बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसदमा बजेट भाषण हुने छ ।
सहकारी ठगि प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो ।
सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर कार्यादेशमा भएको सहमति अनुमोदन गरेको छ र तीन बजेसम्म संसदीय समितिमा बस्नेको नाम दिने बताएको छ ।
आजै बजेट भाषणपछि बस्ने प्रतिनिधि सभाको बैठकले संसदीय छानबिन समिति गठन गर्ने छ । न्युज कारखाना
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा आइतबार भएको आक्रमणलाई दुःखद दुर्घटना भनेका छन् ।
इजरायलले आइतबार रफाहस्थित शरणार्थी शिविरमा आक्रमण गरेको थियो । यस आक्रमणमा कम्तीमा ४५ जनाको ज्यान गएको थियो । आक्रमणपछि नेतान्याहुले अन्तर्राष्ट्रिय स्तरमा लगातार आलोचना खेपिरहेका छन् ।
नेतान्याहुले भने, ‘हामीले रफाहबाट १० लाख मानिसलाई सुरक्षित स्थानमा सारेका छौं । हामी नागरिकलाई हानि नहोस् भनेर सुनिश्चित गर्ने प्रयास गर्छौं। तर सोमबार एउटा घटना घट्यो । हामी यसको अनुसन्धान गर्दैछौं र हामी यसबाट सिक्ने छौं । नेतान्याहुले भने, “कुनै पनि नागरिकको क्षति हाम्रो लागि दुखद घटना हो, यो हमासको लागि रणनीति हो।”
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४५ जनाको मृत्यु भएको छ । सयौं मानिस गम्भीर रूपमा जलेका छन्, धेरैको हड्डी भाँचिएको छ र केही गहिरो घाइते छन्।
नेतन्याहुले इजरायलको संसदमा भने, ‘हामी गाजामा सर्वसाधारणको सुरक्षाका लागि हरसम्भव प्रयास गर्छौं ।
हालै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले पनि इजरायललाई युद्ध तत्काल रोक्न भनेको थियो । यसबारे नेतान्याहुले भने- लक्ष्य प्राप्त नभएसम्म युद्ध रोक्ने मेरो कुनै मनसाय छैन। न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए ।
“संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकाशं कार्य सम्पन्न गरेका छौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम समेत यथाशीघ्र सम्पन्न गर्न सरकार दृढ छ।” उनले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनस्स्थापना र परिपूरणको व्यवस्था मिलाइएको जानकारी दिए ।
विश्वव्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त, मान्यता र नेपाली समाजको विशेषता अनुकूलका चरित्रसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रु नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले मुलुकमा सङ्घीय शासन प्रणालीलाई सुदृढ बनाएको स्पष्ट पारे । उनले आवधिक निर्वाचनबाट गठन भएका तीन तहका सरकारहरू नागरिकको हित र उन्नतीका लागि क्रियाशील रहेको बताए ।
‘राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप देशमा समाजवादउन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार प्रतिबद्ध छ,’ प्रधानन्त्रीले भने, “नेपाली जनताको सुख र समुन्नतिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा आशा र भरोसा जगाउने गरी सरकारले कार्य गरिरहेको छ ।’
सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्नेगरी सुधारका लागि सरकार स्पष्ट मार्गचित्रका साथ अघि बढेको बताउँदै प्रधानमन्त्रीले संविधान कार्यान्वयन, सङ्घीयता सबलीकरण, अर्थतन्त्र सुधार र पुनरुत्थान, सुशासन प्रर्वधन, सार्वजनिक सेवाप्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासनको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता भएको बताए ।
‘देशमा भएको युगान्तकारी परिवर्तनको फलस्वरूप रैती भएर युगौंदेखि हेपिएका वर्ग तथा समुदाय अहिले अधिकार र सम्मानका साथ राज्यका विभिन्न निकायमा नेतृत्व तहमा रहेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कल्पनाभन्दा पर रहेको, आँगनमा उभिँदा समेत छोइछिटो सहनुपर्ने समुदाय अहिले देशैभरिका ६ हजार ७ सय ४३ वडालगायत राज्यका विभिन्न तहका निकायमा निर्णायक भूमिकामा रहेका छन्। आधा आकाशको उपमा पाएका तर चुलोचौकोमा सीमित महिलाहरूले ७५३ स्थानीय तहका प्रमुख वा उपप्रमुखको रूपमा नेतृत्व गरिरहनुभएको छ ।’
सार्वजनिक क्षेत्र मात्र नभइ सबै राजनीतिक दल, सामाजिक सङ्घसंस्था लगायत हरेक तहका निकायका एक तिहाइ महिलाको सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले वञ्चितीकरणमा परेका वर्गको मूलप्रवाहीकरण एवं लक्षित समूहको अधिकार संरक्षणका लागि स्थापित संवैधानिक आयोगहरू क्रियाशील रहेको बताए । उनले नेपाली समाजमा व्याप्त यिनै सामाजिक, सांस्कृतिक, आर्थिकलगायतका विभेद र वञ्चितीकरणको अन्त्य गर्दै समृद्धिको जग बसाल्ने सफल दिनका रूपमा हामीले आजको दिनलाई स्मरण गरिरहेको बताए ।न्युज कारखाना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको बताएका छन् ।
सन्देशमा भनेका छन्- ‘१७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ । यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ ।’
‘म यति बेला गणतन्त्र घोषणा भएको त्यो गौरवमय क्षण सम्झिरहेको छु । त्यो क्षण हामीले सहिदहरूलाई सम्झिएर भनेका थियौँ अब सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चित हुनेछ,’ राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘त्यो दिन हामीले भनेका थियौँ हाम्रो देशको झण्डा अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक चिह्न बनेर विश्व समुदायमा गर्वका साथ फहराउनेछ ।’न्युज कारखाना
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ किर्तिमान बनाएका छन् । गएराती सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए ।
यो दुई गोलसहित यस सिजनको लिगमा ३५ गोल गर्दै रोनाल्डोले नयाँ किर्तिमान बनाएका हुन् । रोनाल्डोले यस सिजनको लिगमा ३१ खेलमा ३५ गोल गरेका छन् ।
रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । ययसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्बाधिक ३४ गोल गरेका थिए ।
रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन् ।
अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ । यस सिजनको साउदी लिग भने अपराजित रहदै अल हिलालले जितेको छ ।
अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो वार्म-अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल ६३ रन अन्तरले पराजित भएको हो ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले १०, आशिफ शेखले २२, कुशल मल्लले ३७ रन, अनिल साहले २४ रन बनाएका थिए ।
त्यस्तै क्यानडाका बलर डिलन हेलिगरले सर्बाधिक ४ विकेट लिए भने जेरेमी गोर्डन र साद विन जफरले २-२ विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । कयानडाका लागि निकोलास कृतनले सर्वाधिक ५२ रन बनाए भने रविन्द्रपाल सिंह ४१ रन बनाएका थिए ।
त्यस्तै नेपालका बलर अविनाश बोहराले २ विकेट लिए भने करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशी र सागर ढकालले एक एक विकेट लिए ।
अब विश्वकप अघि नेपालले दोस्रो वार्म-अप खेल मे ३० मा अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ । उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ । उत्तर कोरिया आफैले यो जानकारी जापानलाई दिएको छ । यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ । तर, उत्तर कोरियाले यो प्रक्षेपणको मिति भने दिएको छैन ।
समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार उत्तर कोरियाले जापानलाई उपग्रह प्रक्षेपणको बारेमा जानकारी दिएको उल्लेख गरेको छ ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिका, दक्षिण कोरिया र अन्य देशलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् । यी देशहरूले यो प्रक्षेपण स्थगित गर्ने प्रयास गर्नुपर्ने उनले बताएका छन् ।
दक्षिण कोरियाको सेनाले पनि उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त गरेको पुष्टि गरेको छ । यसले उत्तर-पश्चिममा अवस्थित टोङचाङ्ग्री प्रक्षेपण सुविधाबाट उपग्रह प्रक्षेपण गर्नेछ । यस वर्षको सुरुमा उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले सन् २०२४ मा ३ वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको घोषणा गरेका थिए ।
यसअघि नोभेम्बरमा उत्तर कोरियाले पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो । यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भयो। त्यसपछि उत्तर कोरियाले यो भूउपग्रहमार्फत अमेरिका र दक्षिण कोरियाको सैन्य गतिविधिमाथि नजर राख्न सक्ने बताइएको थियो ।न्युज कारखाना
काठमाडौँ । मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह जुलाईमा हुदै छ । यसअघि दोस्रो प्रि-विवाह समारोह मे २८ देखि मे ३० सम्म हुनेछ । उनीहरुको दोस्रो प्रि-विवाह समारोह इटाली र फ्रान्स बीचको समुद्रमा क्रूजमा हुने भएको हो ।
यस अघि पहिलो प्रि-विवाह समारोह मार्च १ देखि ३ मार्चको बीचमा भएको थियो । सो समारोह गुजरातको जामनगरमा रहेको रिलायन्स कम्पनीको पशु उद्धार केन्द्र ‘भन्तारा’ मा भएको थियो । यो कार्यक्रममा १२५० करोड भारु खर्च भएको बताइएको छ ।
दोस्रो विवाहपूर्व समारोह हुने क्रुजको नाम ‘सेलिब्रेटी एसेन्ट’ राखिएको छ । यो क्रुज माल्टामा बनेको बताइएको छ । यो मे २८ मा इटालीको पालेर्मो बन्दरगाहबाट प्रस्थान गरी ४३८० किलोमिटरको यात्रा गरी दक्षिणी फ्रान्स पुग्नेछ ।
यो क्रूजमा ५ तारे सुविधाहरू भएको फ्लोटिंग रिसोर्ट रहेको छ । यो क्रुजको यात्रु क्षमता ३२७९ छ तर यस विवाहपूर्व समारोहमा ८०० पाहुना जाने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । जसमध्ये ३ सय भिभिआईपी हुनेछन् । यी पाहुनाहरूलाई हेरचाह गर्न ६०० आतिथ्य कर्मचारीहरू हुनेछन् । युरोपेली टुर अपरेटर कम्पनी आलोस्ची ब्रदर्सले यसको व्यवस्था गर्नेछ ।
यो क्रूजले मे २८ मा इटालीको पालेर्मो पोर्टबाट यात्रा सुरु गर्नेछ । यस समारोहमा विश्वभरबाट सहभागी हुने अतिथिहरूलाई १२ वटा विमानमार्फत इटाली ल्याइनेछ । यो भ्रमणको जिम्मेवारी युरोपेली टुर अपरेटर कम्पनी आलोस्ची ब्रदर्सलाई दिइएको छ ।
२७ सय वर्षअघि बसेको पालेर्मोबाट यात्रा सुरु हुनेछ, इटालीको पोर्टोफिनोमा शाही खाजा आयोजना हुनेछ ।
अम्बानी परिवार आफ्ना ८०० पाहुनासहित इटालीको पालेर्मो सहरबाट यात्रा सुरु गर्नेछन् । पालेर्मो सहर, २७०० वर्ष पहिले बसोबास गरिएको, सिसिली टापुको राजधानी हो। यो शहर इटालीको इतिहासको एक महत्वपूर्ण भाग हो । यो इतिहास, संस्कृति र वास्तुकलाको लागि प्रसिद्ध छ । १२औं शताब्दीमा बसोबास भएको पालेर्मो शहरमा शाही चिहानहरू बनाइएका थिए । अम्बानी परिवार पालेर्मो शहरभन्दा पहिले सिविटावेचिया पोर्ट पुग्नेछ ।
क्रूजको अर्को गन्तव्य जेनेभा नजिकैको पोर्टोफिनो शहर हुनेछ । यस सहरमा अम्बानी परिवारले आफ्ना पाहुनाका लागि खाजाको व्यवस्था गरेको छ । यसका लागि पोर्टोफिनोका धेरै भिलाहरू भाडामा लिइएको छ ।
अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्व समारोहलाई स्पेस थिममा राखिएको छ । क्रुजको सम्पूर्ण सजावट स्पेस थिममा हुने भएको छ भने पाहुनाका लागि कार्यक्रमका लागि ड्रेसिङ थिम स्पेस पनि राखिएको छ ।
जामनगरमा मार्च १ देखि ३ सम्म चलेको प्रि-वेडिङ समारोहमा शाहरुख खान, सलमान खान, आमिर खान, आलिया भट्ट, रणवीर कपूर, दीपिका पादुकोण जस्ता बलिउड स्टारहरू सहभागी भएका थिए। अन्तर्राष्ट्रिय पप गायिका रिहानाले पनि परफॉर्मन्स दिएकी थिइन्, बिजनेश इनसाइडको रिपोर्टका अनुसार गायकले यसका लागि ७४ करोड भारु लिएकी थिइन् ।
अब बलिउडका सुपरस्टारहरू पनि दोस्रो विवाहपूर्व समारोहमा सहभागी हुनेछन् । जसमा शाहरुख खान, सलमान खान, आमिर खान अम्बानी परिवारको अतिथि सूचीमा सामेल हुने बताइएको छ । आलिया भट्ट र रणवीर कपूर अम्बानी परिवारकी जेठी बुहारी श्लोकाको नजिक छन्, त्यसैले उनीहरू पनि यो सूचीको हिस्सा हुन सक्ने बताइएको छ ।
अनन्त अम्बानी र राधिका मर्चेन्टले मे २८ देखि ३० सम्मको दोस्रो प्रि-वेडिङ समारोहपछि जुलाईमा विवाह गर्ने भएका छन् । विवाह जुलाई १० देखि १२ सम्म हुने तय भएको छ । उनीहरु दुबैले मुम्बईमा बिहे गर्ने बताइएको छ ।
रिपोर्टका अनुसार अनन्त र राधिकाको राशिफल अनुसार विवाहको मिति तय भएको हो । जुलाईमा, दुबैको विवाह समारोह १०-१२ जुलाई सम्म चल्नेछ । हल्दी र मेहन्दीसहित सबै अनुष्ठान अम्बानी हाउस एन्टिलियामा हुन लागेको छ, जसमा भारतका धेरै प्रसिद्ध व्यक्तिहरू सहभागी हुनेछन्। मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाह पनि एन्टिलियामा भएको थियो । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह जुलाई १२ मा जियो वर्ल्ड सेन्टरमा हुनेछ ।
विवाहमा उच्च प्रोफाइल पाहुनाहरूलाई करीमनगरको विशेष चाँदीका कलाकृतिहरू दिइनेछ । तेलंगाना राज्यको करीमनगर सहर चाँदीका कलाकृतिहरूको लागि प्रसिद्ध छ। जियो वर्ल्ड सेन्टरमा करीमनगरमा एक विशेष कलाकृति बनाइएको थियो, त्यसपछि अम्बानी परिवारले अब करीमनगरमा अनन्त-राधिकाको विवाहको लागि कलाकृति बनाउन दिएको छ ।
मुकेश अम्बानीकी भावी बुहारी राधिका मर्चेन्ट व्यापारी विरेन मर्चेन्टकी छोरी हुन् । वीरेन एडीएफ फुड्स लिमिटेडका गैर-कार्यकारी निर्देशक हुन्। यसबाहेक उनी ‘इनकोर हेल्थकेयर प्राइभेट लिमिटेड’ कम्पनीका सीईओ र उपाध्यक्ष पनि छन् ।
राधिकाले क्याथेड्रल र जोन कन्नन स्कूल र इकोले मोन्डिएल वर्ल्ड स्कूल, मुम्बईबाट आफ्नो स्कूली शिक्षा पूरा गरेकी छन् । उनले न्यूयोर्क विश्वविद्यालयबाट राजनीति र अर्थशास्त्रमा स्नातक गरेकी छन् । राधिका मर्चेन्ट एक व्यावसायिक शास्त्रीय नृत्यांगना पनि हुन् । स्नातक गरेपछि राधिका भारत फर्किइन् । उनी हाल एनकोर हेल्थकेयर बोर्डमा निर्देशक छन् ।
त्यस्तै अनन्त अम्बानीले संयुक्त राज्य अमेरिकाको ब्राउन युनिभर्सिटीबाट आफ्नो अध्ययन पूरा गरे र त्यसपछि जियो प्लेटफर्म र रिलायन्स रिटेल भेन्चर्सको बोर्ड सदस्य बने । हाल उनी आरआइएलको ऊर्जा व्यवसाय प्रमुख रहेका छन् र उनले पशु उद्धार केन्द्र वन्तारा पनि सुरु गरेका छन् । न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
आज आउन लागेको बजेटका विषयमा छलफल गर्न आज बिहान ११ बजे कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बैठक संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गर्दै आएको छ । हाल सरकार संसदीय छानबिन समिति बनाउन तयार भएपनि यसको कार्यादेशको विषयमा सहमति बनेको छैन ।न्युज कारखाना