२०८३ बैशाख २८
२०८३ बैशाख २८

काठमाडौँ । भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ । यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन् ।

अब उनी ४५ घण्टा अर्थात् जुन १ गते साँझसम्म समुन्द्रमा बनेको विवेकानन्द रक मेमोरियलमा ध्यान गर्ने छन् । आज उनको ध्यानको दोस्रो दिन हो । मोदीको ध्यानका धेरै तस्विरहरु बाहिर आएका छन् । तस्विरमा प्रधानमन्त्री मोदी केसरन कुर्ता र गमछमा देखिएका छन् । उनी स्वामी विवेकानन्दको मूर्तिको अगाडि बसेर ध्यान गरिरहेका छन् । उनको हातमा माला रहेको छ ।

यस ध्यान मण्डपमको विशेष कुरा यो छ कि यो त्यही ठाउँ हो जहाँ स्वामी विवेकानन्दले देशको भ्रमण गरेपछि तीन दिनसम्म ध्यान गरेका थिए । यहीँ उनले विकसित भारतको सपना देखेका थिए । यस स्थानमा देवी पार्वतीले एक खुट्टामा उभिएर ध्यान गरेको जनविश्वास छ ।

प्रधानमन्त्री मोदी बिहीबार कन्याकुमारी पुगेका थिए । प्रधानमन्त्री दक्षिण भारतको परम्परागत पहिरनमा धोती लगाएर देखिएका थिए । उनले अफ-सेतो रंगको सल लगाएका थिए। कन्याकुमारी पुगेर भगवती अम्मान मन्दिरमा पूजापाठ गरेका थिए ।

प्रधानमन्त्री मोदीको यो आध्यात्मिक बसाइलाई लिएर कन्याकुमारीमा कडा सुरक्षा व्यवस्था गरिएको छ । उनीहरुको सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । विवेकानन्द रक मेमोरियलमा प्रधानमन्त्री मोदी नबसेसम्म कुनै पनि आम पर्यटकलाई त्यहाँ जान नदिने बताइएको छ । मोदीको सुरक्षाका लागि एनएसजी कमाण्डो तैनाथ गरिएको खबर पनि छ ।

कन्याकुमारी भारतका लागि धेरै हिसाबले विशेष छ । यो जहाँ भारतको पूर्वी र पश्चिमी तटरेखाहरू मिल्छन्। यो कन्याकुमारीमा अरब सागर, हिन्द महासागर र बंगालको खाडी मिल्छ ।

आम चुनावको अभियान समाप्त भएपछि, मोदी हरेक पटक आध्यात्मिक यात्रामा जान्छन् र २०१९ को चुनाव प्रचार पछि, उनी केदारनाथ गए र वर्ष २०१४ मा उनी शिवाजी महाराजसँग सम्बन्धित प्रतापगढ गएका थिए ।न्युज कारखाना

काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ ।

बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट बारे छलफल हुने भएको छ ।  आइतबारदेखि संसदमा बजेट बारे छलफल हुने कार्यक्रम रहेकाले माओवादीले संसदमा प्रस्तुत हुने रणनीति बारे छलफल गर्न लागेको हो ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए ।न्युज कारखाना

काठमाडौँ । न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ । सजाय जुलाई ११ मा सुनाइनेछ । ट्रम्पले यो निर्णयलाई लाजमर्दो र धाँधली भएको बताएका छन् ।

अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दामा मुद्दा चलाइएर दोषी ठहराइएको पहिलो पटक हो । ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् ।

उनलाई दोषी ठहराएपछि ट्रम्पको अभियान टोलीले उनलाई ‘राजनीतिक बन्दी’ को रूपमा प्रस्तुत गरेको र यसपछि ठूलो संख्यामा मानिसले चन्दा दिएको दाबी गरिएको छ ।

बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् । ट्रम्पले २०१६ को राष्ट्रपति चुनाव अघि उनलाई चुप लगाउन पोर्न स्टार स्टर्मी डेनियललाई भुक्तानी गरेक ओर्क लुकाएको र आफ्नो व्यापार रेकर्ड झूटो देखाएको आरोप लागेको थियो ।

ट्रम्पले आफूमाथि लगाइएको कागजात छेडछाड गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनले स्टर्मी डेनियलसँग यौन सम्पर्क गरेको कुरालाई पनि अस्वीकार गरेका छन् ।

दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन् ।

अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका लागि अपेक्षाकृत न्यूनतम योग्यता ३५ वर्षको उमेर भएको, संयुक्त राज्यको आजीवन नागरिक भएको र कम्तीमा १४ वर्षसम्म संयुक्त राज्य अमेरिकामा बसेको उल्लेख गरेको छ ।

आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कानुन छैन, जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन् ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बन्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बालेनले न्युरोडमा महानगरले फुटपाथ बनाउन लागेको विषयमा सडक विभाग र स्थानीयले विरोध गरेपछि न्युरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागेको स्पष्ट गरेका छन् ।

उनले यसअघि सडकमा पार्किङ गर्दा सडक साघुरो नहुने अहिले सोहि ठाउमा फुटपाथ बनाउदा कसरी सडक साँघुरो हुन्छ भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्-

एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ?

न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?

त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।न्युज कारखाना

काठमाडौँ । साउदी अरेबियाको अरामको कम्पनीले १३.१ बिलियन डलरको शेयर बिक्री गर्ने घोषणा गरेको छ । अराम्कोले विहिबार १३.१ बिलियन डलर बराबरको शेयर बिक्री गर्ने बताएको हो ।

एक विज्ञप्ति जारी गर्दै अराम्कोको सेकेन्डरी पब्लिक अफरिङ (एसपीओ) को लागि १५० करोड ४५ लाख शेयर घोषणा गरेको छ । एउटा शेयरको मूल्य ७.१२ डलर देखि ७.७३ डलर सम्म हुने बताइएको छ ।

अराम्कोले साउदी स्टक एक्सचेन्जमा आइतबारदेखि शेयर बिक्री सुरु हुने जनाएको छ । डिसेम्बर २०१९ मा जारी प्रारम्भिक पब्लिक अफरिङ (आईपीओ) पछि कम्पनीको यो दोस्रो सूचि हो ।

कम्पनीले आईपीओको समयमा करिब २५.६ बिलियन डलर उठाएको थियो । यो इतिहासकै सबैभन्दा ठूलो आईपीओ हो । साउदी अरब विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक हो । बिहीबार एसपीओ घोषणा हुनुअघि कम्पनीको करिब ८२ प्रतिशत सेयर सरकारको स्वामित्वमा थियो ।न्युज कारखाना

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ  ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १७ सय ले बढेर १ लाख ४२ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० पुगेको छ ।

यसअघि बिहिबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । सयौं महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन् ।

जर्मनीबाट फर्किएर भारत आउदै गरेका रेवन्नालाई बैंगलोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी) ले पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेश गरिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रज्जवल रेवन्ना सेक्स भिडियो काण्डका मुख्य अभियुक्त हुन् । एसआईटीले प्रज्ज्वललाई विमानमा चढ्ने क्रममा निगरानी गर्न एयरलाइन्स र अधिकारीहरूसँग पहिले नै समन्वय गरिसकेको थियो ।

यौन उत्पीडनको आरोपमा परेका प्रज्वलले यसअघि नै भिडियो सन्देश जारी गर्दै मे ३१ मा भारत फर्कने घोषणा गरेका थिए । त्यसपछि एसआईटी बैंगलोर अन्तर्राष्ट्रिय विमानस्थलमा रेवन्नालाई पक्राउ गर्न तयार थियो। हालै इन्टरपोलले रेभान्नाविरुद्ध ब्लु कर्नर नोटिस जारी गरेको थियो ।

यसअघि बिहीबार कैयौं महिलामाथि यौन शोषणको आरोप लागेका जनता दल (धर्मनिरपेक्ष) का निलम्बित नेता प्रज्ज्वल रेवन्नाविरुद्ध सयौंले प्रदर्शन गर्दै पीडितलाई न्यायको माग गरेका थिए । कार्यक्रममा प्रदेशभरका महिला, मजदुर, किसान र दलितको सहभागिता थियो ।

हसन लस सीटबाट लोकसभामा एनडीए उम्मेदवार समेत रहेका रेवन्ना आरोप लगत्तै विदेश फरार भएका थिए । उनीविरुद्ध हालसम्म दुईवटा यौन शोषणको मुद्दा दर्ता भइसकेको छ । यसैबीच रेवन्नाका वकिलले बलात्कार मुद्दामा विशेष अदालतमा अग्रिम धरौटीका लागि निवेदन दिएका थिए, जुन खारेज भएको थियो । न्युज कारखाना

काठमाडौँ । अमेरिकामा अबको केही महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस्तो अवस्थामा सबै उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । त्यस्ता व्यक्तिहरूलाई समर्थन गर्नेहरूले पनि खुलेर आफ्नो विचार व्यक्त गरिरहेका छन् ।

यसैबीच, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो इच्छा व्यक्त गरेका छन् जुन सुनेर सबै छक्क पर्छन् । वास्तवमा, एक रिपोर्टले दाबी गरेको छ, ट्रम्पले टेस्लाका सीईओ एलोन मस्कलाई व्हाइट हाउसमा आफ्नो सल्लाहकारको रूपमा नियुक्त गर्ने विचार गरिरहेका छन् ।

यद्यपि, ट्रम्पले टेस्लाका सीईओलाई सल्लाहकार बनाउने निर्णयलाई अन्तिम रूप दिएका छैनन् । सीमा, अर्थतन्त्र र भोटिङ जालसाजी रोक्न मस्कले कसरी औपचारिक जानकारी दिन सक्छन् भन्नेबारे उनले विचार गरिरहेका छन् ।

मस्क र ट्रम्प एकअर्कासँग कुराकानी गरिरहेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार दुबै जनाले एक महिना भित्र धेरै पटक फोनमा कुरा गरेका छन् । यति मात्र होइन, मस्क र अर्बपति लगानीकर्ता नेल्सन पेल्ट्जले पनि राष्ट्रपति जो बाइडेनलाई समर्थन नगर्न कर्पोरेट कार्यकारीहरूलाई कसरी मनाउने भनेर ट्रम्पसँग छलफल गरेको बताइएको छ । बाइडेनलाई समर्थन नगर्न कर्पोरेट कार्यकारीहरूलाई मनाउन नोभेम्बरमा एक अभियान सुरु गरिएको थियो ।

स्पेस एक्सको निर्माता र सोशल मिडिया प्लेटफर्म एक्सका मालिकले सार्वजनिक रूपमा बाइडेनको विरोध गरेका छन् । यसअघि मस्कले डोनाल्ड ट्रम्प वा वर्तमान राष्ट्रपति जो बाइडेनलाई समर्थन गर्ने अनुमान गरिएको थियो । तर, मस्कले यी अनुमानलाई अन्त्य गरेका थिए । उनले अमेरिकी राष्ट्रपति पदका उम्मेदवारलाई पैसा दिने आफ्नो कुनै योजना नभएको बताएका थिए ।

यो स्पष्टीकरण यस्तो बेला आएको थियो जब मस्कले दुई दिनअघि फ्लोरिडामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए । अर्बपति र केही धनी रिपब्लिकन दाताहरूले आइतबार फ्लोरिडाको पाम बीचमा डोनाल्ड ट्रम्पसँग व्यक्तिगत मामिलामा छलफल गर्न भेटेका थिए ।न्युज कारखाना

काठमाडौँ । अभिनेता सुशील श्रेष्ठको नयाँ फिल्म ‘आउट ल : दफा २१९’को प्रदर्शन मिति घोषणा गरिएको छ । फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै यस वर्षको असोज ३ गते अर्थात् संविधान दिवसको दिन फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

यो फिल्मको कथा कानुनसँग सम्बन्धित भएकाले पनि प्रदर्शनका लागि संविधान दिवस रोजिएको बुझिएको छ । पोस्टरले सुशील सेनाको भूमिकामा भएको संकेत गर्दछ । फिल्मलाई विक्की महर्जनले निर्देशन गर्दै छन् ।

निर्देशक महर्जन स्वयंको लेखन रहेको फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-

निर्मातामा छन् । नविन गुरुङको छायांकन रहेको फिल्ममा ‘ट्रेलर मास्टर’ साहिल खानको सम्पादन छ भने चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।न्युज कारखाना

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ ।

उनी २०१६ मा व्हाइट हाउस आउनु अघि पूर्व पोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा गरेको आरोप छ ।

ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफूविरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको बताएका छन् । ट्रम्प आफ्नो छोरा एरिकको हात समातेर अदालतबाट बाहिर निस्किने क्रममा न्यायाधीशलाई विवादास्पद भनेका थिए । उनले भने, यो लाजमर्दो कुरा भएको बताउदै यो मुद्दा एक विवादास्पद न्यायाधीशद्वारा संचालित एक धाँधली परीक्षण भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘यतिबेला देशैभर धाँधली भइरहेको छ । बाइडेन प्रशासनले राजनीतिक प्रतिद्वन्द्वीलाई चोट पुर्याउन यो सबै गरेको हो । मामिला टुंग्याउन धेरै समय छ । हामी हाम्रो संविधानको लागि लड्नेछौं । हाम्रो देश पहिलेको जस्तो रहेन, हामी विभाजित अवस्थामा छौं ।’

अर्कोतर्फ, ट्रम्पलाई दोषी ठहर गरेपछि बाइडेनका चुनावी अभियानका प्रवक्ताले कानुनभन्दा माथि कोही नभएको बताएका छन् ।

अब आगामी जुलाई ११ मा ट्रम्पका यी अपराधका लागि सजायको सुनुवाई हुने भएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।