२०८३ बैशाख २८
२०८३ बैशाख २८

 

२० जेठ, महोत्तरी 

महोत्तरी बर्दिवासमा उमेरले ९१ बर्ष पुगेकी अम्बिका देवि अधिकारी आजकाल आफ्नै घर हेर्दै टोलाउछिन । हातमा रेल्वेले अधिग्रहण गरिसकेको चिठी उन्ले साथमा नै वोकेकी छन ।

पढेलेखेका कोही बस्तिमा आए भने सोही चिठी गोजीवाट निकाल्छिन अनि पढन लगाउछिन । चिठिमा लेखिएको हुन्छ – `रेल्वे स्टेसन र रेल्वे ट्र्याकवेड निर्माणार्थ यो जग्गा अधिग्रहण गरिएको छ ।´

वरपर जग्गा भएका झण्डै ३० घरधुरीले अधिग्रहणवापत सरकारले निर्धारण गरेको मुआब्जा प्राप्त गरिसकेका छन तर बर्दिवास-१४ स्थित यहीँ ठाउँमा बसोबास गर्ने अधिकारी अझै मुआब्जाको पर्खाईमा छिन ।

उन्ले  बस्तिमा आधा सतक बिताईसकेकी छन ।  तर सरकारले सार्वजनिक जग्गामा बसोबास गरिरहेको र व्यक्तिगत लालपुर्जा नभएको आधार देखाएर मुआव्जा दिन आनाकानी गरिरहेको छ ।

जग्गाको नाममा अधिकारीको यो नै सवथोक हो । रेल्वेले अधिग्रहण गरेवापत मुआब्जा दिदा अन्यन्त्र स्तान्तरण हुन उनी तयार छिन तर बिस्तारै निर्माणको क्रममा रेल्वेले जग्गा र घर भत्काउने चेतावनी दिएपछी अधिकारी आजकाल रामरी सुत्न नी पाएकी छैनन ।

आँखाभरी आँसु वनाउदै अधिकारीले भनिन – ` निक्कै हारगुहार मागीसके, यो उमेरमा सडकमा आउनुपर्ने अवस्था छ ।´

अधिकारी लौरो टेक्दै कयौ पटक सरोकारवाला निकायसम्म पुगेकी छन तर आस्वासन वाहेक अहिलेसम्म केही पाईनन । उन्ले भनिन – `प्रमुख जिल्ला अधिकारीलाई पनि भेटेको छु, यता नगरप्रमुखलाई पनि भेटेको छु तर कुनै सुनुवाई हुन सकेन । अब बुढेसकालमा के गर्ने होला ?´

अधिकारीको जस्तै अन्य १४ घर परिवारको पीडा पनि उस्तै छ । पक्की घर वनाएर बसोबास गर्दै आएका १४ घर परिवारका २ सय भन्दा बढी सदस्य रेल्वेले जग्गा अधिग्रहण गरेपछी सडकमा आईपुगेका छन ।

रेल्वे स्टेसन निर्माणार्थ सोही वस्ती भएर अहिले  दैनिक सयौ टिपरहरु नदीजन्य पदार्थ बोकेर आवतजावत गर्छन । विहान देखि रातभरी काम संचालन हुदा एकातिर सुत्न समस्या वनिरहेको छ भने अर्कोतिर घरवारविहीन वनेपछी के गर्ने होला भन्ने चिन्ताले पिरोलिरहेको छ  ।

`साना नानिहरुमा अभिभावकहरुको चिन्ताले मानसिकरुपमा असर परेको छ । पठनपाठनमा ध्यान दिन छाडेका छन ।´ पिडित निर्मला सिंहले भनिन । `बिस्तारै बस्तिमा ठूलो समस्या सिर्जना हुँदै छ ।´

जग्गा दर्ता भएपनी १४ घर-परिवार वस्ने झण्डै ३ विघा जग्गाको धनिपुर्जा भने छैन परिणामस्वरूप सरकारले धनिपुर्जा भएकाहरुलाई मुआव्जा प्रदान गरिसकेको छ । तर आधा सतक भन्दा बढी समयदेखी भोगचलन गरेर यहीँवाट जिविकोपार्जन गर्दै आएकाहरुलाई राज्यले विभेद गरेको आरोप लागेको छ ।

उनिहरु वसोवास गर्ने उक्त जग्गालाई भोगचलन गर्दै आएका स्थानियहरु कै नाममा नगरपालिकाले समेत प्रमाणित गरिदिएको छ । बर्दिवास नगरपालिकाको अनुसार यो जग्गा २०२२ सालमा सर्वे नापी समेत भैइसकेको छ । लालपुर्जा लिन मात्र वाकी रहेको उक्त जग्गालाई लिएर सरकारले मुआब्जाको विवाद निकाल्नु उचित नभएको नगरपालिकाले मुआव्जा निर्धारण समितिलाई पत्र समेत पठाएको छ ।

२०८० साल चैत्र १९ गते रेल्वेलाई पठाएको पत्रमा साविकको २५ नं बहादुरगंज कित्ता नं १८,२०,२४,२६,२९ र ३० को जग्गा १४ घरधुरीको नै भएको दावी गरिएको छ ।

फिल्डवुकमा स्थानिय जमिन्दार नीर वहादुर हमालको नाममा रहेको उक्त कित्ताहरु बसोबास गरिरहेका स्थानियहरुलाई दिन मन्जुरीनामा समेत दिइसकिएको छ तर सरकारले धनिपुर्जालाई नै आधार वनाएर मुचुल्का सहित पठाएका फाईलहरु मन्त्रालयमा अडकाएर राखेको छ ।

अहिले बस्तिमा जताततैवाट खुलाईएका वाटोको कारण ढलनिकासमा समेत समस्या छ । थोरै वर्षा हुदा पनि वरपर डुवानमा पर्ने चिन्ता स्थानियहरुलाई पिरोलिरहेको छ । तर सरोकारवाला निकायहरुको मौनताले १४ परिवारको दयनिय अवस्था विकराल वनिरहेको छ ।

`हामिले सवै फाइल मन्त्रालय पठाएका छौ । प्रक्रियामा नै छ सायद: छिट्टै हुन्छ होला ।´ प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले भने । `वँहाहरुप्रती हाम्रो पनि सम्मान छ सरकारका पनि त आफ्नै प्रक्रिया छन ।´

तर सरकारले स्थानियहरुको संवेदनशीलतामाथी वेवास्ता गरिरहेको स्थानिय नेता पोषण थापा वताउछन । मुआव्जा दिनुपर्ने प्रसस्त आधारहरु भएतापनी प्रक्रिया अगाडि नबढाउनु गलत भएको उन्को भनाई छ ।

यता चलनचल्तीको मूल्य अनुसार सरकारले मुआब्जा प्रदान नगरे पिडितहरुले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन । यसअघि पिडितहरुले रेल्वेको काम समेत रोकेका थिए ।

रेल्वेले अधिग्रहण गरेको जग्गालाई यसअघि मुआब्जा निर्धारण समितिले ३२ भागमा विभाजन गरेको थियो । जग्गाको अवस्था हरेर त्यस्को लागि सरकारले झण्डै २ अर्व ३० करोड रुपैया मुआव्जा वितरण गर्नुपर्ने हुन्थ्यो । यसमध्ये १४ घरपरिवारलाई छाडेर अन्य घरधुरीलाई भने लगभग  मुआव्जा वितरण भैइसकेको मुआब्जा निर्धारण समितिले जनाएको छ ।

पुर्वमा रातु खोलादेखि पश्चिममा भप्सी खोलासम्मको जग्गालाई कठ्ठाको न्युनतम ७ देखि अधिकतम ८१ लाखसम्म ५९ बिघा जग्गाको दररेट निर्धारण भएअनुसार मुआब्जा वितरण गरिएको रेल्वेको भनाई छ । वाकी रहेको ३ विघा जग्गाको समबन्धित मन्त्रालयवाट टुंगिएपछी वितरण गरिने पनि रेल्वेले प्रष्ट वनाएको छ

काठमाडौँ । आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए । त्यस्तै श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाएका थिए ।

यो जितपछि समुह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ ।

अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ । न्युज कारखाना

काठमाडौँ । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको तयारी सुरु भएको छ । यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिनेछन् । अब छिट्टै यो चलचित्रको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार बोर्डर २ को छायांकन अक्टोबरबाट सुरु हुने बताइएको छ ।

बोर्डर २ लाई जेपी दत्तले निर्देशन र निर्माण गर्न लागेका छन्, जसले १९९७ को बोर्डर पनि निर्देशन गरेका थिए । भूषण कुमार र जेपी दत्तकी छोरी निधि दत्तले पनि फिल्म निर्माण गर्दैछन् । यस फिल्ममा सनी देओल मेजर कुलदीपको भूमिकामा देखिनेछन् ।

फिल्म सन् २०२६ मा गणतन्त्र दिवसको अवसरमा रिलिज हुनेछ ।

सन्नी देओलका फिल्महरूको बारेमा कुरा गर्दा उनको अन्तिम फिल्म गदर २ थियो, जुन बक्स अफिसमा सुपरहिट थियो । उनी चाँडै लाहोर १९४७, बाप, सूर्य र अपने २ मा देखिनेछन् । फिल्म बोर्डर सन् १९९७ मा रिलिज भएको थियो । १० करोडमा बनेको यो फिल्मले ६५ करोड कमाएको थियो । यो त्यो वर्षको सबैभन्दा ठूलो फिल्म थियो । न्युज कारखाना

सञ्जय मिश्रा

रौतहट- उपचार छोडेर पूजापाठ र ध्यानमा लागेका रौतहटको पूर्वीभेग गढीमाई नगरपालिका-८ का वडाध्यक्ष रामाज्ञाप्रसाद यादवको निधन भएको छ।

५५ वर्षीय अध्यक्ष यादवको उपचारको क्रममा शनिवार राति क्यान्सर अस्पताल भरतपुरमा मृत्यु भएको गढीमाईका मेयर श्यामबाबु यादवले बताएका छन्। मलद्वारमा क्यान्सर रोगले ग्रस्त उनी उपचारको लागि पछिल्लो एक वर्षदेखि भरतपुर अस्पतालमा भर्ना रहेका थिए।

लामो समयदेखि भगन्दर रोगबाट ग्रसित यादवलाई दुई वर्षअघि क्यान्सर रोग लागेको भरतपुर क्यान्सर अस्पतालले पुष्टि गरेको थियो। त्यसको एक वर्ष लगातार क्यान्सर रोगको उपचार गराएका वडाध्यक्ष यादव धनाधन सतगुरुको गरुडास्थित आश्रममा लागेका थिए।

आश्रमका गुरुको सल्लाह अनुसार उनले क्यान्सर रोगको उपचार छोडेर एक वर्षबढी समयदेखि पूजापाठ र ध्यानमा लागेपछि उनको अवस्था नाजुक भएको थियो। त्यसपछि उनलाई पुनः उपचारको लागि क्यान्सर अस्पताल भरतपुरमा भर्ना गरिएको मेयर यादवले जानकारी दिएका छन्।

मृतकको शव आजै ल्याएर गढीमाई नगरपालिकास्थित बागमती नदी किनारमा अन्तेष्टि गरिने योजना रहेको गढीमाई नगरपालिकाले जनाएको छ।

क्यान्सर रोग लागेका जनप्रतिनिधिजस्ता जिम्मेवार मानिस पूजापाठ र ध्यान जस्ता अन्धविश्वासमा लागेर ज्यान गुमाउनु ठूलो बिडम्बना रहेको छ। न्युज कारखाना

काठमाडौँ । अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत अमेरिकी राष्ट्रपति बनेका छन्।

न्यूयोर्कस्थित म्यानहट्टन अदालतले बिहीबार ट्रम्पलाई ३४ अपराधमा दोषी ठहर गरेको छ । अब यसको सजायको सुनुवाई जुलाई ११ मा हुने बताइएको छ । उनीहरुले त्यसको विरुद्धमा पुनरावेदन गर्न पाउने छन् र निर्णय यथावत रहेमा पनि उनीहरुलाई जरिवाना आदि लाग्ने उच्च सम्भावना छ ।

तर सबैभन्दा नराम्रो अवस्थामा, उनी जेलमा परे भने पनि ट्रम्प उम्मेद्वार रहन सक्छन् र जेलबाटै अमेरिकी राष्ट्रपतिको चुनाव लड्न सक्छन् ।

सजाय पाएका व्यक्तिले राष्ट्रपतिको चुनाव कसरी लड्न सक्छन् ?

जर्ज वाशिंगटन १७८९ मा अमेरिकाको पहिलो राष्ट्रपति बने, त्यसपछि राष्ट्रपति पदको उम्मेदवारीको लागि कानूनी योग्यताको नियम परिवर्तन भएको छैन । अमेरिकी राष्ट्रपतिको उम्मेदवारका लागि आवश्यक योग्यता भनेको उनीहरू अमेरिकामा जन्मिएको र निश्चित उमेर (३५ वर्षभन्दा माथि) भएको रहेको छ ।

गृहयुद्धपछि अमेरिकाविरुद्ध विद्रोहमा संलग्न व्यक्तिहरूलाई रोक्नको लागि १४ वर्षसम्म अमेरिकामा बसेको हुनुपर्ने नियम पनि लागू गरियो ।

यद्यपि, सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प विरुद्ध यो नियम प्रयोग गर्ने कुनै पनि सम्भावनालाई अस्वीकार गरेको छ । तर सजाय पाएका व्यक्तिलाई ह्वाइट हाउसको लागि उम्मेदवार बन्न कुनै बाधा हुने छैन ।

संविधान लेख्नेहरूले राष्ट्रपति को बन्ने भन्नेमा धेरै प्रतिबन्ध लगाएनन् र यही नीतिका कारण तीन जना उम्मेदवारले जेलबाटै राष्ट्रपतिको प्रचारप्रसार गरेका थिए ।
जसमध्ये युजीन डेब्स जेलमा हुँदा १९२० मा राष्ट्रपतिको दौडमा रहेका सबैभन्दा महत्त्वपूर्ण उम्मेद्वार थिए ।

उनी २०औं शताब्दीको प्रारम्भमा अमेरिकाको समाजवादी पार्टीको एक प्रमुख सदस्य बने । उनी सन् १९०४, १९०८, १९१२ र १९२० मा राष्ट्रपतिको उम्मेदवार बनेका थिए । उनी देशद्रोहको दोषी ठहरिए र अप्रिल १९१९ मा जेल पठाइयो । जेलमा रहँदा उनले अर्को वर्ष चुनाव लडेका थिए ।

लिन्डन लारोचेले पनि जेलमै रहेका बेला राष्ट्रपतिको उम्मेदवार बनेका थिए । १९७६ देखि २००८ सम्म, उनको नाम प्रत्येक चुनावमा मतपत्रमा लोकतान्त्रिक वा कुनै अन्य पार्टीको उम्मेदवारको रूपमा देखा पर्यो ।

१९८९ मा उनी मेल धोखाधडीको दोषी ठहरिए र १५ वर्षको जेल सजाय पाए । त्यसपछि १९९२ को चुनाव आयो र उनी उम्मेदवार बने । उनले २७ हजार मत पाएका थिए । पछि उनको सजाय घट्यो र उनी पनि १९९४ मा जेलबाट रिहा भए । त्यसपछि उनले सन् १९९६, २०००, २००४ र २००८ को राष्ट्रपतीय निर्वाचनमा पनि भाग लिए ।

त्यस्तै जोसेफ स्मिथले पनि जेलबाट राष्ट्रपतिको चुनाव लडेका थिए । उनी जेलमै रहेको बेला सन् १८४४ को चुनावमा सुधार पार्टीका उम्मेदवार थिए । पार्टीले बहुविवाहलाई बढावा दिएको थियो र स्मिथको विचारलाई प्रचार गरेको थियो । उनका २० श्रीमती रहेको बताइन्छ ।

जोसेफ माल्डोनाडो-प्यासेजले पनि आगामी  नोभेम्बरमा हुने निर्वाचनमा लड्ने घोषणा गरेका छन्।

२०२० मा, नेटफ्लिक्स डकुमेन्ट्री ‘टाइगर किंग’का स्टार र जोए एक्सोटिक भनेर चिनिने जोसेफले डेमोक्रेटका रूपमा चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । उनी पशु क्रूरता र प्रतिद्वन्द्वी चिडियाखाना मालिकको हत्या गर्ने षड्यन्त्रको आरोपमा २० वर्षको जेल सजाय काटिरहेका छन् । उनी चुनावमा उम्मेदवार बनेमा अहिलेसम्म जेलबाट चुनाव लड्ने चौथो उम्मेदवार हुने छन् ।

अब ट्रम्पले उनी दोषी ठहरिएको आरोपमा जेल सजाय भएमा जेलबाट चुनाव लड्ने अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनसक्छन् । उनी जेलमा नपरे पनि ध्रुवीकृत राष्ट्रको आधा भागका लागि सजाय पाएको उम्मेदवार भने हुनेछन् । उनको दल रिपब्लिकनका धेरै जस्तो मतदाता ट्रम्प जेल नपरेपनि उनलाई मत दिने या नदिने विषयमा विभाजित हुने बताइएको छ ।न्युज कारखाना

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुन: जेल जादै छन् ।

भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ ।

यस अघि केजरीवालले आफ्नो स्वास्थ्य समस्या देखाउदै आफ्नो अन्तरिम जमानत ७ दिन बढाउन सर्वोच्चमा याचिका दायर गरेपनि सर्वोच्चले सो याचिका अस्वीकार गरेको थियो ।

केजरीवाल यस अघि मार्च २१ मा दिल्ली सरकारको मदिरा नीतिमा गरेको अनियमितताको आरोपमा पक्राउ परेका थिए ।

२० दिन जेल बाहिर रहेका केजरीवलले यस अवधिमा पार्टी र आफ्नो इन्डिया गठबन्धनका लागि देशभर चुनावी र्याली र सभालाई सम्बोधन गरेका थिए । भारतमा सात चरणमा भएको लोकसभाको निर्वाचन शनिबार सकिएको छ भने अब मंगलबार नतिजा सार्बजनिक हुने छ ।न्युज कारखाना

काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भएको टिप्पणी गरेका छन् ।

शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रोहितले विश्वकपमा टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश चाहेको बताए ।

उनले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको जनाए ।

उनले राम्रो खेलेर समर्थकहरुलाई उपहार दिने बताउदै भने- ‘विश्वकपका लागि एकदमै एक्साइटेड छौँ। २५ दिनदेखि बाहिर नै छौं । विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ। अभ्यास गरिरहेका छाैँ। सबै जना साथमा हुनुहुन्छ। बेस्ट क्रिकेट खेलेर हामी खुशी दिनेछौं । नेपाललाई अमेरिकामा सपोर्ट छ। राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ । टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामी पनि सक्षम छौं भन्ने सन्देश दिनुपर्छ।’

आइतबार देखि शुरु हुने टि-२० विश्वकपमा नेपालले भने आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्याण्डविरुद्ध खेल्दै छ ।न्युज कारखाना

काठमाडौँ । टी-२० विश्वकप अघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा भारतले बंगलादेशलाई ६० रनले पराजित गरेको हो । भारतले दिएको १८३ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

भारत यस टी-२० विश्वकपमा समुह ए मा रहेको छ र आफ्नो पहिलो खेल आगामी बुधबार आयरल्याण्डसँग खेल्दै छ । त्यस्तै बंगलादेश भने समुह डी मा नेपालकै समुहमा रहेको छ । बंगलादेशले आफ्नो पहिलो खेल जुन ८ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौँ । भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् ।

एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने अनुमान गरेका छन् । ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ ।

२०१९ को लोकसभामा बिजेपीले २९३ सिट जितेको थियो भने एनडीए गठबन्धनले ३४२ सिट जितेको थियो । यस निर्वाचनमा पनि एक्जिट पोलले एनडीएले २०१९ को भन्दा बढी सिट जित्ने अनुमान गरेका छन् ।

न्युजनेसनको एक्जिट पोलले एनडीएले ३४२ देखि ३७८ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले १५३ देखि १६९ सिट जित्ने अनुमान गरेको छ । त्यसैगरी इण्डिया न्यूजको एक्जिट पोलले एनडीएले ३७१ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले १२४ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै रिपब्लिक म्याट्रिजको एक्जिट पोलले एनडीएले ३५३ देखि ३६८ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले ११८ देखि १३३ सिट जित्ने अनुमान गरेको छ ।

त्यस्तै इण्डिया टुडे-एक्सिस एक्जिट पोलले एनडीएले करिब ३३१ सिट जित्ने अनुमान गरेको छ भने इण्डिया गठबन्धनले करिब १९५ सिट जित्ने अनुमान गरेको छ ।
विभिन्न एक्जिट पोलले उत्तर प्रदेश, विहार जस्ता ठुला राज्यमा बिजेपीले नै धेरै सिट जित्ने अनुमान गरेका छन् ।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको नतिजा जुन ४ मा अर्थात आगामी मंगलबार आउदै छ ।  न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।