काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको आज सुनुवाई हुँदैछ ।
उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा पेशी तोकिएको छ । रिट सुनुवाईका लागि पेशी तोकिएपनि सुनुवाईको सम्भावन भने ज्यादै न्यून छ । ३१औं नम्बरमा पेशी परेको हुँदा सुनुवाईको सम्भावना ज्यादै न्यून बनेको हो ।
यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।
उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका छन् । रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा अफगानिस्तानले विजयी शुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको हो ।
अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछाएको युगान्डाले १६ ओभरमा अल आउट हुदै ५८ रन मात्र बनाएको थियो । युगान्डाका लागि रोबिन्सन ओबुयाले १४ र रियाजत अलि शाहले ११ रन बनाएका थिए । युगान्डाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै अफगानिस्तानका बलर फजल्हक फारुकीले ५ विकेट लिएका थिए भने नविन उल हक र राशिद खानले २-२ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो ।
यो जितपछि समुह सी मा अफगानिस्तानले महत्वपूर्ण २ अंक हासिल गरेको छ ।
अब युगान्डाले जुन ६ मा पीएनजीसँग खेल्ने छ भने अफगानिस्तानले जुन ८ मा न्यूजील्याण्डविरुद्ध खेल्ने छ ।न्युज कारखाना
रौतहट- रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मन्दिरको शिलान्याससँगै विद्यालय भवनको जिर्णोद्वार कार्य शुभारम्भ गरेका छन्।
मेयर जैसवालले एक समारोहबीच गरुडा नगरपालिका ४ गरुडा गाउँमा निर्माण हुन गइरहेको राम मन्दिरको शिलान्यास गरेका हुन्।
कुल ४० लाखको लागतमा निर्माण हुने मन्दिरको शिलान्यास समारोहमा गरुडा नगरपालिकाका जनप्रतिनिधिलगायत स्थानीय समाजसेवी बुद्धिजीवीको उपस्थिति रहेको थियो।
त्यस्तै, गरुडा नगरपालिका-७ प्राथमिक विद्यालय भिमडावरको जीर्णोद्वार कार्य सुरू भएको छ। मेयर कन्थमणि विद्यालयमा पुगेर वाल, प्लास्टर, तथा तीन कोठे छाना निर्माणको कामको शुभारम्भ गरेका थिए।
केही समयअगाडि निरीक्षण गरिएको उक्त विद्यालयको अधुरा रहेका कामहरू तत्काल गराउनु पर्ने भएकाले सो काम सुरू गरिएको मेयर जैसवालले बताएका छन्। उक्त कार्य नगरस्तरीय विकास कोषद्वारा १० लाखको लागतमा निर्माण हुँदैछ।
‘हामीले ज्ञान हासिल गर्ने संस्थाकै विकास भएन भने यहाँ अरू विकासले खासै अर्थ राख्दैन। यसकारण गरुडा नगरपालिका शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी काम गरिरहेका छौं,’ उनले भने।न्युज कारखाना
रौतहट – रौतहटको बृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मीको इशारामा बागमती नदीमा व्यापक रुपमा गैरकानुनी तरिकाले उत्खनन् भइरहेको छ।
तर, जिल्ला समन्वय समितिसँगै नियमनकारी निकायहरू मौन बसेका छन्।
बृन्दावन नगरपालिकास्थित बागमती नदीबाट नदीजन्य पदार्थ निकाल्ने विषयमा दुई पक्षबीच उत्पन्न विवादको कारण अवस्था तनावग्रस्त बनेको छ।
मेयर कुर्मी पक्षले नदीजन्य पदार्थ उठाउने र पूर्वमेयर रामस्नेही यादव पक्षले उठाउन नदिने पक्षमा अडान लिएको कारण विवाद हुँदा अवस्था तनावग्रस्त बनेको थियो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको नेतृत्वमा सोमबार राति गएको टोलीले दुवै पक्षलाई सम्झाई-बुझाई अवस्था साम्य पारेको थियो।
दुवै पक्षबाट जम्मा भएका सयौं मानिस पटक-पटक घम्साघम्सी गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन निकै कठिनाई भएको थियो। तर, जसोतसो सम्झाएर पठाएपछि कुनै अप्रिय घटना भएन डिएसपी खनालले जानकारी दिएका छन्।
मेयर पटेलले बागमती नदीको टेण्डर आहृवान नगरी बृन्दावन नगरपालिका-१ बलेरीस्थित बागमती नदीबाट अमानतमा आफ्ना मानिसमार्फत् नदीजन्य वस्तु निकाल्न थालेपछि विवाद उत्पन्न भएको थियो।
मेयर कुर्मीले आर्थिक लाभको लागि आफ्नै नजिकका मिनिस तथा आफन्तलाई अमानतमा बागमती नदीको ठेक्का दिएर गैरकानुनी रूपमा नदीजन्य पदार्थ निकाल्न थालेको पूर्वमेयर रामस्नेही यादवले दाबी गर्दै आएका छन्।
गत आइतबारदेखि नदीजन्य पदार्थ निकाल्न सुरू गरेपछि ठूलो संख्यामा गाउँलेहरू नदीमै पुगेर केही समय रोक लगाएका थिए।
लगत्तै मेयर कुर्मीले प्रहरीको सहयोगमा बागमतीमा पुनः उत्खनन् सुरु गरेको पूर्वमेयर यादवले आरोप लगाएका छन्।
नियमविपरीत पालिकाले बागमतीमा स्काभेटर प्रयोग गरेर टिपरबाट नदीजन्य वस्तु निकाल्न थालेको पूर्वमेयर यादवको भनाइ छ। तर, गैरकानुनी रुपमा उत्खनन् भइरहेको आरोप लागे पनि प्रहरीसमेतले मेयर पटेललाई सहयोग गरिरहेको छ।
बागमती नदी उत्खनन् नगर्न गाउँलेले पटक–पटक गरेको आग्रहविपरीत मेयर पटेलले प्रहरी परिचालन गराएर नदीजन्य पदार्थ निकाल्ने गरेको बृन्दावन नगरपालिका-१ का पूर्ववडाध्यक्ष सुबोध पटेलले गुनासो गरेका छन्। मेयर कुर्मीले सोमबार साँझ पिकनिकको निहुँमा ठूलो संख्यामा मानिस जम्मा गरेर नदी उत्खनन् गराइरहेको गाउँलेहरूले बताएका छन्।
जेठ महिनाको अन्तिम साता नदी उत्खनन् बन्द गर्ने समयमा मेयर कुर्मीले उत्खनन् गराइरहेको आरोप लागेको छ।
अनियन्त्रित रूपमा बागमती नदीमा भइरहेको उत्खननले रमौली, हरैया, समनपुरलगायत आधा दर्जन गाउँहरू जोखिममा पर्ने ठूलो खतरा रहेको गाउँलेहरूले बताएका छन्।
मेयर पटेल भन्ने सम्पर्कमा आउन चाहेनन्। उता जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या यादवले निरीहतासँगै अनभिज्ञता प्रकट गरेका छन्। ‘गैरकानुनी रुपमा उत्खनन गर्नु हुँदैन, कारबाही गर्न हामीसँग स्रोतसाधन छैन’ भन्दै सभापति यादवले ‘के साँच्तै बागमती नदीमा अवैध उत्खनन् भइरहेको हो त?’ भन्दै उल्टै प्रश्न गरे।
पछिल्लो समय समन्वय समितिसँगै नियमनकारी निकायको मौनताको कारण बागमती, लालबकैया, चाँदी लगायतको नदीबाट व्यापक रुपमा नदीजन्य पदार्थको दोहन भएको छ।न्युज कारखाना
काठमाडौं, २२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताएका छन् ।
विश्व वातावरण दिवसको अवसरमा आयोजित दुई दिवसीय सम्मेलनमा बोल्दै मन्त्री जोशीले यस्तो बताएका हुन् ।।
दुई दिन सम्म चल्ने सम्मेलनबाट फोहोरमैला व्यवस्थापनको लागि कस्तो नीति नियम बनाउँदा उचित हुने सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गरे । उनले भने, ` फोहाेरको मुलथलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन ।´
त्यस्तै, आयोजक संस्थाको तर्फबाट बोल्दै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले फोहोरमैला व्यवस्थापनको बिषय हामी सबैको सरोकारको बिषय भएको बताउँदै खाली छलफलले मात्रै नहुने ठोस कार्यान्वयन तर्फ अगाडि बढनु पर्ने बताए। वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि साझा दृष्टिकोण जरुरी रहेको बताएका हुन् । सबैको सामुहिक प्रयास भए मात्र फोहोरमैला व्यवस्थापन विरुद्ध काम गर्न सजिलो हुने जिकिर गरेका छन् ।।
सो अवसरमा क्रिएसन नेपालद्धारा दुई महत्वपूर्ण छलफल हुनेछ ।
होरमैला व्यवस्थापनामा गम्भीर समस्या छ ः मन्त्री जोशी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताउनु भएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित राष्ट्रिय सम्मेलन र प्रदर्शनी २०२४, दुई दिवसीय सम्मेलनमा बोल्दै मन्त्री जोशीले यस्तो बताउनु भएको हो ।
उहाँले दुई दिन सम्म चल्ने सम्मेलनबाट फोहोरमैला व्यवस्थापनको लागि कस्तो नीति नियम बनाउँदा उचित हुने सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, फोहारको मुलथलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन ।
त्यस्तै आयोजक संस्थाको तर्फबाट बोल्दै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्राले फोहोर ब्यवस्थापन गम्भीर चुनौती रहेको जनाए ।
सो अवसरमा क्रिएसन नेपालद्धारा दुई महत्वपूर्ण छलफल सत्रको आयोजना गरिएको थियो । फोहोमैला व्यवस्थपनमा द्धिपक्षीय र बुहपक्षीय एजेन्सीहरुबाट लगानी बिषयमा आयोजित पहिलो सत्रमा विश्व बैैंक लगायतका प्रतिनिधिले फोहोरमैला व्यवस्थापन क्षेत्रमा लगानीको बारेमा प्रकास पारेका थिए ।
छलफलमा सहभागि भएका विज्ञहरुले फोहोरमैला क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको औंल्याउँदै नीतिगत रुपमा आवश्यक सुधारको खाँचो रहेको सामुहिक विचार व्यक्त गरेका थिए ।
पहिलो सत्रमा विश्व बैंक, इसिमोड र एफएचआई ३६० का प्रतिनिधिहरुले छलफल सत्रमा भाग लिएका थिए ।
त्यस्तै दोश्रो सत्रमा सन्चार जगतले फोहोरमैला व्यवस्थापनको बिषयलाई कसरी उठान गरी रहेका छन बिषयमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेल र चर्चित अनलाइन लोकान्तरका प्रधान सम्पादक विमल गौतमले नेपालका मुलधारको मिडियाले अपेक्षाकृत रुपमा फोहोरमैला तथा वातावरणको बिषयमा कम सामाचार सामग्री प्रकासन भएको स्वीकार गरे ।
स्वमान, सिन र क्रिएसन नेपालको संयुक्त आयोजना भएको कार्यक्रमको समुदघाटन सत्रका अध्यक्षता गर्नु भएका पूर्वमन्त्री गणेश साहले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा विभिन्न उत्पादनहरुको स्थलमा प्रर्दशनी समेत गरिएको थियो । राष्ट्रिय सम्मेलन र प्रदर्शनी २०२४ आजसम्म चल्ने आयोजकले जनाएको छ । न्युज कारखाना
काठमाडौँ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनाको शुरुवाती रुझानमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए अगाडी देखिएको छ ।
अहिलेसम्म करिब ५०० सिटको शुरुवाती रुझानमा एनडीएको २७० र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको २०० सिटमा अगाडी देखिएको छ ।
सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
भारतमा लोकसभाको निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो । यो सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन हो, सन् १९५२ मा निर्वाचन प्रक्रिया ४ महिनासम्म चलेको थियो । जहाँ सन् १९८० मा मात्र ४ दिनमा निर्वाचन भएको थियो । २०१९ को निर्वाचन ३९ दिनमा सम्पन्न भएको थियो । यसपटक प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्मस्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा थिए ।
चुनाव सम्पन्न भएपछि सार्बजनिक भएका एक्जिट पोलले हाल सत्तामा रहेका नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि अत्यधिक बहुमतसहित सत्तामै रहने आकलन गरेका छन् । ५४३ सदस्यीय भारतको लोकसभामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ । त्यस्तै विपक्षी इण्डिया गठबन्धनले भने आफुहरुको कम्तिमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबि गर्दै आएका छन् ।न्युज कारखाना
टेक्सास, २२ वैशाख । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत आज नेपालको पहिलो खेल हुने भएकाले खेलाडीको मनोबल बढाउन अमेरिकामा रहेका नेपालीहरूलाई स्टेडियमा उपस्थित हुन आग्रह गरेका छन्।
नेपालले पहिलो खेल मंगलबार राति ९:१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ। नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ।
‘उक्त प्रतिस्पर्धामा नेपाली खेलाडीको मनोबल बढाउन हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ। हामीले प्रदान गरेको हौसलाले खेलाडिहरूलाई जित्न बल पुग्ने सेतु हुनसक्छ। नेपाली खेलाडी सुपर ८ मा पुग्न सफल भएमा नेपालको शीर थप चुलिने छ। त्यसैले यहाँहरू सबैको गरिमाय सहभागिताका लागि विनम्र अनुरोध गर्दछु,’ विष्टले एक अपिल जारी गर्दै भनेका छन्।
१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० विश्वकप मैदानमा उत्रिने भएको छ। यसअघि बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गरेको थियो। पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ। न्युज कारखाना
काठमाडौँ । जब मतदाताहरू अमेरिकी राष्ट्रपतिको चुनावको लागि मतदान गर्न जान्छन्, उनीहरूले मतदान केन्द्रमा उम्मेद्वारको रूपमा कम चिनिने व्यक्तित्व पनि देख्न सक्छन्, त्यो चेज ओलिभर हो ।
चेज ओलिभर यस वर्ष लिबर्टेरियन पार्टीको राष्ट्रपति पदका उम्मेदवार हुन् । राष्ट्रिय स्तरमा झन्डै एक प्रतिशत मत जित्ने यो सानो राजनीतिक दल हो । साथै, यो पार्टी नागरिक स्वतन्त्रताको प्रवर्द्धनका लागि परिचित छ ।
अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार बन्नको लागि न्यूनतम उमेर ३५ वर्ष, चेज ओलिभरको उमेर ३८ वर्ष छ । उनी यस वर्षको चुनावमा अहिलेसम्मकै कान्छो उम्मेदवार हुन् । उनी खुलेर आफूलाई समलिङ्गी भनेर बोलाउने एकमात्र उम्मेदवार पनि हुन् । उनको यो कदमले समलिङ्गी नेताहरुका लागि उदाहरण बस्ने विश्वास छ ।
जर्जियाका पूर्व कङ्ग्रेसका उम्मेदवार चेजले यस चुनावमा आफूलाई तेस्रो पक्ष भेट्टाए, जहाँ इतिहास आफैं दोहोरिन सक्छ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको उम्मेदवारी जितेका छन् र राष्ट्रपति जो बाइडेन डेमोक्रेटको रूपमा दोस्रो कार्यकालको लागि दौडिरहेका छन् । यस्तो अवस्थामा ट्रम्प र बाइडेनबीच फेरि प्रतिस्पर्धा हुने सम्भावना छ ।
शनिबार, ट्रम्पले वाशिंगटन डीसीमा लिबर्टेरियन पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनीहरूको समर्थन मागे । यो अवधिमा उनले धेरै हटीङको सामना गर्नुपरेको थियो ।
सात चरणको मतदान पछि भोलिपल्ट पार्टीको राष्ट्रपतिको उम्मेदवारी जित्ने चेज ओलिभरको लागि यो कुनै आश्चर्यको कुरा थिएन । ओलिभरले ट्रम्प आफ्ना मतदातालाई लोभ्याउन आएको बताउदै मतदाताले उनलाई जसरी स्वागत गर्नुपर्ने थियो त्यसरी नै गरेको बताए ।
डोनाल्ड ट्रम्प यस सम्मेलनलाई सम्बोधन गर्ने एक मात्र बाहिरी व्यक्ति थिएनन् । राष्ट्रपति पदका उम्मेदवार रोबर्ट एफ केनेडीले पनि सम्मेलनलाई सम्बोधन गरे र न्यानो स्वागत गरियो । तर, मतदानको समय आएपछि उनले २ प्रतिशत मात्रै प्रतिनिधिको समर्थन पाए र पहिलो चरणबाटै बाहिरिए ।
अमेरिकी चुनावी सर्वेक्षणहरूमा केनेडीले दशकहरूमा कुनै पनि तेस्रो पक्ष वा स्वतन्त्र उम्मेदवारको तुलनामा धेरै राम्रो प्रदर्शन गरिरहेका छन् ।
केनेडीले आफ्नो उच्चतम स्तरमा लगभग १५ प्रतिशत मत पाएका छन् । २०१६ को चुनावी परिणामहरूमा, लिबर्टेरियन पार्टीका उम्मेद्वार ग्यारी जोनसनले ३ प्रतिशत मत प्राप्त गरेका थिए, जुन केनेडीको तथ्याङ्क भन्दा धेरै कम हो ।
ओलिभर पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडीले किन राम्रो गर्ने बताउछन । तर उनले बाहिरी व्यक्ति खोज्ने मतदाताले आफ्नो पार्टीलाई नै रोज्ने दाबि गरे ।
अमेरिकामा अहिले लिबर्टेरियन उम्मेद्वारले अघिल्लो वर्षको तुलनामा यस वर्षको चुनाव चक्रमा बढी प्रभाव पार्न सक्ने विश्लेषण गरेका छन् ।
लिबर्टेरियन पार्टीका वाचा के छन्?
३२ वर्षीया अलाना लेगुइया लिबर्टेरियन कन्भेन्सनमा सहभागी भइन् र उनी नोभेम्बरमा ओलिभरलाई मतदान गर्ने बारे सोचिरहेको बताइन । मानिसहरू ट्रम्प र बाइडेनबाट थकित भएको बताउदै विकल्प खेज्नुपर्ने बताइन ।
लिबर्टेरियन पार्टीले गरेका वाचाहरूमा व्यक्तिगत स्वतन्त्रतामा जोड, खर्च घटाउने र सरकारको दायरा सीमित गर्ने समावेश छ। व्यावहारिक सर्तहरूमा, यसमा लागूऔषध र वेश्यावृत्तिलाई अपराधरहित बनाउने, हतियार बोक्ने अधिकार विस्तार गर्ने, अमेरिकी सैन्य खर्च कटौती गर्ने र खुला आप्रवासनलाई अनुमति दिने समावेश छ ।
पार्टीका केही अडानहरूमा सीमित जनसमर्थन छ र यी अडानहरू हाल मूलधारको राजनीतिक बहसको विपरीत छन् ।
ओलिभरले आफ्नो पार्टीको अपिललाई युवा मतदातासम्म पुर्याउने आफ्नो आगामी अभियानको उद्देश्य रहेको बताए । पछिल्लो समय राजनीतिक अवस्थाप्रति युवाहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
४० वर्षीया एरिन वुड वर्षौंदेखि स्वतन्त्रतावादी हुन् र केनेडी वा ट्रम्पले आफ्नो पार्टीलाई विजयी गराउन सक्षम हुनेछन् कि भनेर निश्चित छैन। उनी भन्छिन्, ‘हाम्रो पार्टी जिद्दी छ । उनी आफ्नो पार्टीको उम्मेदवारलाई भोट दिने सोचमा छिन् । “मसँग अहिले प्लान बी छैन,” उनी भन्छिन् ।न्युज कारखाना
काठमाडौँ । २६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर बनेका छन् । उनको च्यानल मिस्टर बिस्टको आइतबार २६ करोड ८० लाख सब्सक्राइबर पुगेका छन् ।
यससँगै जिम्मीले भारतीय म्युजिक लेबल टी–सिरिजको रेकर्ड तोडेका छन् । टी सिरिजको युट्युबमा २६ करोड ६० लाख सब्सक्राइबर छन् । यस च्यानलका मालिक चलचित्र तथा संगीत निर्माता भुषण कुमार हुन् । बिस्टले टी-सिरीजको कीर्तिमान तोडेपछि भनेका छन्- ‘६ वर्षपछि मैले अन्ततः PewDiePie को बदला लिएको छु ।’
हामी तपाईलाई बताउछौं कि PewDiePie एक स्विडेनी युटुबर थिए जो एक पटक जिमीको पार्टनर थिए । एक समय थियो जब उनले टी-सिरिजको सबैभन्दा धेरै सब्सक्राइब च्यानल भएको रेकर्ड पनि तोडेका थिए ।
यसपछि २०२० मा PewDiePie ले आफ्नो युट्युब च्यानल बन्द गरिदियो । त्यतिबेला उनका १०२ मिलियन सब्सक्राइबर थिए । एक समय सामाजिक सञ्जालमा PewDiePie र टी-सिरिज बीच सब्सक्राइबर बढाउने बारे निकै ठुलो प्रतिष्पर्धा थियो ।
टी सिरिज सन् २०१९ देखि युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानलको रूपमा थियो, तर ‘मिस्टर बिस्ट’ ले अब यो रेकर्डलाई तोडिएका छन् ।
‘मिस्टर बिस्ट’ युटुबमा आफ्नो खतरनाक र अनौठो भिडियोका लागि परिचित छन् । तिनीहरू प्रायः मानिसहरूलाई जिउँदै गाड्ने वा १०० दिनसम्म सँगै बस्ने जस्ता चुनौतीहरू दिन्छन् । मिस्टर बिस्टले बिस्ट फिलान्थ्रोपी नामक एनजीओ पनि खोलेका छन्, जसको माध्यमबाट उनले आफ्नो परिवार, साथीहरू, फ्यानहरू र खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्छन् । केहि समय अघि नेपालमा पनि उनले सिन्धुलीको एक अस्पतालको मर्मत गरिदिएका थिए । न्युज कारखाना
काठमाडौँ । टी-२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ ।
महानगरले नेपालका खेल तीन ठाउमा लाइभ देखाउन लागेको हो ।
नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।
यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ ।
टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुने महानगरले जनाएको छ । न्युज कारखाना