२०८३ बैशाख २८
२०८३ बैशाख २८

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ ।

बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन् ।

आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यम पेश गरेका थिए । दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारको बैठकमा जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरेको हो ।न्युज कारखाना

काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा रोकिएको छ ।

आज सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा कायम भएको छ ।

आज ३२२ कम्पनिको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँमा खरिदबिक्री भएका छन् ।

आज इमर्जिंग नेपाल लिमिटेड, भगवती हाइड्रो र मिड सोलु हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने माइखोला हाइड्रोको सबैभन्दा बढी ६.४० प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी एनआरएन इन्फ्रा डेभलपमेन्ट बैंकको सबैभन्दा बढी १८ करोड ६८ लाखको शेयर कारोबार भएको छ । न्युज कारखाना

काठमाडौं । गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ ।

चन्द्रागिरि नगरपालिकाका अनुसार सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने भएको छ ।

नगरपालिकाले आज जारी सूचनामा सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवं स्तरोन्नति गर्न लागिएको हो ।

चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले गत माघ १२ गते गणेशमान मार्गलाई तत्काल स्तरोन्नति गर्न आठ करोड विनियोजन गरेको थियो ।

सो मार्गअन्तर्गत सेतो पहरो क्षेत्र उच्च दुर्घटनाग्रस्त मानिन्छ । न्युज कारखाना

धरान । सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सोही उपमहानगरपालिका-१९ भिक्टोरिया चोकमा गोपाल लामगादे समेत ३ जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल खोल्न चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको आरोप लगाएको बारे फाइल खोलेर कांग्रेसलाई कारवाही गर्न चेतावनी दिएका हुन् ।

उनले भने- ‘सत्ता गठबन्धनको प्रमुख नेताले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर कमिसन खायो भनेर भन्नु भएको विषयमा गृहमन्त्री ज्यू के तपाइँ फाइल खोलेर कांग्रेसलाई दण्डित गर्न तयार हुनुहुन्छ ? म जान्दछु, खोल्न होइन बोल्न पनि उहाँ सक्न्नु हुन्न । भन्न सक्ने भए शिक्षामन्त्रीज्यु उपरको शब्द फिर्ता लिनुस पुर्व प्रधानमन्त्री ज्यू भनेर दमदार ढंगले भन्न सक्नु हुन्थ्यो, नम्रता पुर्बक पनि भन्न सक्नु हुन्थ्यो ।’ न्युज कारखाना

 

काठमाडौं । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो ।

खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए ।

जेठ ५ देखि ७ सम्म चलेको आठौँ जिल्ला अधिवेशनबाट खनाल एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए ।

सुनसरीको बराहक्षेत्र नगरपालिका- ४ घर भएका ६२ वर्षीय खनाल यही जेठ ७ गतेमात्रै एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।न्युज कारखाना

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा २ जनाको शव फेला परेको छ । केराबारीस्थित भिरमा एक महिला र एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार  घटनास्थलमा पल्सर मोटरसाइकल पनि फेला परेको थियो । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोलीले शव निकालेको हो । बुधबार बेलुका  स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए ।

स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् ।न्युज कारखाना

भक्तपुर । स्कुले बालबालिकाहरुले कृषि कर्म बुझ्नका लागि रोपेको धानबाट उत्पादित चामल एक कार्यक्रमवीच मुनि विहार भक्तपुरलाई दान दिइएको छ । भक्तपुर नगरपालिका वडा नं ७ इनाचोस्थित मुनि विहारमा पुगेर विद्यार्थीले चार वोरा (एक क्विन्टल अर्थात् एक सय केजी) चामल मुनि विहारमा पुगेर दान गरेका हुन् ।

यसअघि ती विद्यार्थीले गतवर्ष धान रोप्नका लागि खेतमा विउ हालेका थिए । त्यसपछि उनीहरुले असार १५ मा धान रोपेका थिए । रोपेका धानलाई उनीहरुले नै गोडमेल गरेका थिए । त्यसपछि मंसिरमा विद्यार्थीकै सक्रियतामा धान काटिएको थियो । काटिएको धानबाट चिउरा कुटर उनीहरुले असार १५ मा दही चिउरा खाएका थिए । दही चिउरा खाएर बाँंकी रहेको धानलाई मिलबाट कुटेर ल्याई बाँंधी भएको चार वोरा चामल उनीहरुले मुनि विहारलाई दान दिएका थिए ।

जिल्लाको एभरेस्ट स्कुलमा हाल कक्षा ५ मा पढ्दै गरेका विद्यार्थीले दान दिएका हुन् । हाल ५ कक्षा पढिरहेका उनीहरुले धान काट्नेसम्मको काम चार कक्षामा हुँंदा गरेका थिए । उनीहरुले चामल दान बाहेकको सवै काम कक्षा ४ मै गरेका थिए । चामल दान मात्रै कक्षा ५ पुग्दा पुगेको हो ।

विद्यार्थीसँंगै दान गर्न मुनि विहार भक्तपुर पुगेकी स्कुलकी शिक्षिका मञ्जु खड्काले कक्षा ४ मा हुँंदा रोपको धान फलाएर आएको चामल हस्तान्तरण गर्न हाल कक्षा ५ का विद्यार्थी आएको सुनाइन् । हस्तान्तरण कार्यक्रममा सांकेतिक प्रतिनिधित्वका रुपमा क्लास क्याप्टेन र हाउस क्याप्टेनहरुलाई मात्रै ल्याइएको उनले सुनाइन् । कार्यक्रममा चार जना छात्रा र ६ जना छात्र गरी कुल १० जना विद्यार्थी, दुई शिक्षिका र दुईजना स्कुलका कर्मचारीहरु सहयोगका लागि मुनि विहार पुगेका थिए । वालबालिका र चामल स्कुल बसबाट त्यहाँं ल्याइएको थियो । सहभागी एकजना छात्रा निहासा प्रधानांगले स्कुलको गतिविधिबाट आफूहरुलाई जीवन बुझ्न सहज भएको भन्दै खुशी साटिन् । अर्का छात्र विमोचन वस्नेतले आफूहरुले धान रोपाई गरी फलाउँदाको अनुभब साटे ।

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीलाई कृषि कर्म सिकाउन प्रत्येक वर्ष कक्षा ४ का विद्यार्थीले स्कुल नजिकैको खेतमा धानको विउ राख्नेदेखि काटेर थन्काउनेसम्मको काम गराउने गरेको जानकारी गराए । उनीहरुबाटै उत्पादित धानको चामल दानको महत्व बुझाउन उनीहरुमार्फत् नै भिक्षुहरुलाई दान गर्ने गराएको उनले सुनाए । यो सवै कामलाई स्कुलले सहगोग गर्ने उनले बताए ।

चामल दान वुझ्दै मुनि विहार भक्तपुरका भिक्षु दीपक भन्तेले यो कार्यक्रमबाट विद्यार्थीले सत्चरित्र पाउने विश्वास व्यक्त गरे । त्यस अवसरमा विद्यार्थीलाई चोरी ठगी नगर्नू, प्राणी हिंसा नगर्नेलगायतका बुद्ध वचनलाई पाठ गर्न दिइएको थियो । न्युज कारखाना

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।

विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३ हजार ३०० पुगेको छ ।

यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।