काठमाडौं । थियागो मोटा इटालीयन क्लब युभेन्टसको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
युभेन्टसले मासिमिलियानो एलेग्रीलाई हटाएर उनको ठाउमा मोटालाई प्रशिक्षक बनाएको हो । युभेन्टसले एलेग्रीलाई यस अघि नै बर्खास्त गरेको थियो ।
मोटाले युभेन्टसमा २०२७ जुन ३० सम्मको सम्झैतामा हस्ताक्षर गरेका छन् । ४१ वर्षीय मोटा यसअघि इटालीकै अर्को क्लब बोलोग्नाको मुख्य प्रशिक्षक थिए ।
आफ्नो दोस्रो सिजनमै उनले गत बर्ष बोलोग्नालाई इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगमा छनोट गराउन सफल भएका थिए ।
ब्राजिल र इटालीको राष्ट्रिय टिमबाट खेलाडीको रुपमा खेलेका मोटाले व्यावसायिक फुटबल बार्सिलोना, पिएसजी, इन्टर मिलान जस्ता क्लबबाट खेलिसकेका छन् । उनले ब्राजिलका लागि
२००३ मा २ खेल खेलेका थिए भने त्यसपछि उनी २०११ देखि २०१६ सम्म इटालीका लागि खेलेका थिए । इटालीको राष्ट्रिय टिमबाट ३० खेल खेलेका उनले एक गोल समेत गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । इङल्याण्डले जारी टी-२० विश्वकप अन्तर्गत ओमानमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको हो ।
ओमानले दिएको ४८ रनको लक्ष्य पछाएको इङल्याण्डले ३.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि पहिला ब्याटिंग गरेको ओमान १३.२ ओभरमा ४७ रनमा अल आउट भएको थियो । ओमानका लागि शोयब खानले ११ रन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन । इङल्याण्डका बलर आदील रशिदले सर्बाधिक ४ विकेट लिए भने जोफ्रा आर्चर र मार्क वूडले ३-३ विकेट लिएका थिए ।
यो फर्किलो जितले इङल्याण्डको सुपर आठको सम्भावनालाई कायमै राखेको छ । इङल्याण्डको ३ खेलमा ३ अंक भएको छ । समुह बी बाट अस्ट्रेलियाले ३ खेलमा तिनै खेल जितेर ६ अंकसहित सुपर आठमा पुगिसकेको छ भने भने स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै इङल्याण्ड ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ । यस समुहबाट नामिबिया र ओमान बाहिरिइसकेका छन् ।
अब अस्ट्रेलियाले स्कटल्याण्डसँग जुन १६ मा र इङल्याण्डले नामिबियासँग जुन १५ मा खेल्ने तालिका रहेको छ । अब अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा र इङल्याण्डले नामिबियालाई पराजित गरेमा मात्र इङल्याण्ड सुपर आठमा पुग्ने छ ।न्युज कारखाना
राैतहट,३० गते जेठ । रौतहटको गढीमाई नगरपालिका २ का चर्चित युवा किसान कामेश्वर सहनीले उखुखेतमा गज्जबले तरकारी फलाएका छन् । उखुखेतीमा अन्य बाली लगाउने चलन नभएको अवस्थामा सहनीले पहिलोपटक चार बिगाहा उखुखेतीमा विभिन्न किसिमका हरियो तरकारी उत्पादन गरेका छन् । सहनीले आठ बिगाहा खेतमा उखुबाली लगाएका छन् । उखुबालीमा अन्य बाली लगाउने खासै चलन नरहेको अवस्थामा चर्चित अगुवा किसान सहनीले विभिन्न किसिमका हरियो तरकारी उत्पादन गर्ने दुस्साहस गरेका छन् । सहनीले प्रयोगकै रुपमा उखुबालीमा सँगसँगै विभिन्न किसिमका हरिया तरकारी उत्पादनको लागि परीक्षण गर्न चाहेका थिए । सहनी भन्छन् – उखुखेतीसँगै तरकारी बाली लगाउने अनुसन्धानमा म पूर्ण रुपमा सफल भएको छु । सहनीले चार बिगाहा उखुबालीमै प्याज, खुर्सानी, घिरौला, लौका, भन्टाजस्ता हरियो तरकारी उत्पादन गरेका छन् । उखुको उत्पादन पनि कम नहुने तथा तरकारी बाली पनि राम्रो उत्पादन गर्न सकिएकोले आफूलाई उखुखेतीको तरकारी बालीबाला राम्रो आम्दानी भएको सहनी बताउँछन् । रिस्क लिएर उखुबालीलाई कस्तो असर गर्ला भनेर विभिन्न किसिमका तरकारी खेती गरेको त उत्पादन राम्रो भएको छ । उखुबालीमा पनि मौसम र झार सुहाउँदो अन्य तरकारी खेती गरेर उत्पादन लिन सकिने देखिएको सहनीको भनाइ छ । उखुखेतीलाई पनि मिश्रित खेती गरेर बहुबालीको उत्पादन लिन सकिने सहनी बताउँछन् । उखु लगाएको तिन चार महिनासम्म उखुको झार सानै हुने हुनाले उखु हुकाउँदै घिरौला, लौका, प्याज, खुर्सानी, भन्टा जस्ता हरियो तरकारी बाली लगाउँदा उखुबालीलाई कुनै नोक्सानी गर्दैन र उत्पादन पनि लिन सकिन्छ । कुनै खाली खेतमा लगाएको हरियो तरकारी बालीको जस्तै र त्यत्तिकै परिमाणमा उखु खेतीमा समेत हरियो तरकारी उत्पादन गर्न सकिने देखिएको सहनीको बुझाइ रहेको छ । सहनीले परीक्षणको रुपमा पहिलोपटक उखु बालीसँगै विभिन्न जातका हरियो तरकारी खेती गरेका छन् । सहनीले थोरै उखुमा प्याज रोपेकामा प्याजको उत्पादन निकै राम्रो भएको छ । अहिलेको मूल्यमा करिब साठी हजार मूल्य बराबरको प्याज उत्पादन भएको सहनीको भनाइ छ । यसै गरी केही उखुमा खुर्सानी खेती लगाएका थिए । खुर्सानीको उत्पादन राम्रो हुँदा करिब सत्तरी हजार रुपैयाको बेचेको सहनी बताउँछन् । यसै गरी घिरौला र लौकाले त अपेक्षा गरेको भन्दा राम्रो उत्पादन दिएको छ । सहनीले एक लाख रुपैयाभन्दा बढीको घिरौला र करिब साढे तिन लाख रुपैयाभन्दा बढीको लौका बेचिसकेका छन् । यसै गरी हजारौँको भन्टा पनि बेचेको सहनी बताउँछन् । लौका र भन्टाले अहिले पनि दिनहु आम्दानी दिइरहेको सहनी बताउँछन् । अब उखुको बोट विस्तारै ठुलो भइरहेकोले करिब लौकाको करिब आधा लहरा काटिसकेको छु । उखुको बोटलाई हुर्कन तथा नयाँ बिरुवा पलाउनको लागि लौका विस्तारै हटाउँदै लगेको छु । अझै पनि कम्तीमा पचास हजार रुपैयाको लौका र कम्तीमा दश हजार रुपैया बराबरको भन्टा निस्किने सहनीको अनुमान रहेको छ । उखुबालीमा कुनै पनि तरकारी खेती गर्दा अतिरिक्त सिंचाइ गर्नुनपर्ने तथा उखुकै लागि गरिएको सिंचाइ र गोडमेलले तरकारी बालीलाई पनि करिब पुग्ने हुन्छ । उखुबालीलाई दिएको मलजलले पुग्ने हुँदा उखुसँगै गरिने मिश्रित तरकारी बालीले उखुलाई पनि फाइदा पु¥याएको सहनीको अनुभव छ । जमिनमा तरकारी बालीको लहर वा झारले छोप्दा जमिनको चिस्यान मर्दैन र दिइएको मलजलले राम्ररी काम गर्न पाउँछन् । उखुबालीमा गरिने तरकारी खेतीले किसानलाई अतिरिक्त आम्दानी दिने देखिएको सहनी विश्वासपूर्वक बताउँछन् । उखुसँगै गरिएको हरियो तरकारी खेतीले आफू निके उत्साहित भएको सहनी बताउँछन् । सहनीले अरुलाई पनि उखुबालीसँगै तरकारी खेती गर्न सल्लाह दिँदै भन्छन् – धेरै उत्पादन हुँदा खेतसम्मै बेपारीहरु पुग्दछन् । उत्पादन राम्रो हुँदा बेपारीहरुले नगदै दिएर तरकारी लाने गरेका छन् । हरियो तरकारी बेच्न कुनै समस्या नभएको बताउँदै सहनी सगर्व भन्छन् – एक वर्षका कृषिबाट म कम्तीमा तिस लाख रुपैया आम्दानी गर्ने गरेको छु ।
रौतहट,३० गते जेठ । रौतहटको मौलापुर नगरपालिकाले नगरका सबै नागरिकको विद्युत महसुल बुझाएको छ । नगर प्रमुख रिनाकुमारी साहले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण शाखा प्रमुख दिनेश यादवलाई चेक हस्तान्तर गरेर नगरका सबै नागरिकको विद्युत महसुल बुझाएकी हुन् । नगर प्रमुख साहले विद्युत शाखा प्रमुख यादवलाई ४५ लाख २६ हजार रुपैयाको चेक हस्तान्तरण गरेकी हुन् । नगर प्रमुख साहले सोमवार चेक हस्तान्तरण गर्दै नागरिकले उपभोग गरेको विद्युत महसुल नगरपालिकाले बुझाएको बताएकी छिन् । मौलापुर नगरपालिकाभित्र बसोबास सबै नागरिकको घरायसी तथा कृषि विद्युत मिटरको महसुल तिर्दै आएको छ । चुनावको समयमा नगर प्रमुख उम्मेदवार साहले सबै नागरिकको घरायसी तथा कृषि मिटरको विद्युत महसुल तिरिदिने घोषणा गरेअनुसार तिर्दै आएको बताएकी छिन् । मौलापुर नगरपालिकाले गत पाँच वर्षदेखि नगरका बासिन्दालाई निशुल्क विद्युत दिँदै आएको छ । चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले ३ करोड़ ४३ लाख ५० हजार रुपैया विद्युत प्राधिकरणलाई बुझाइसकेको छ । कुनै पनि कर जनताबाट नलिइरहेको नगरपालिकाले धेरै सुविधा दिइरहेको छ । मौलापुर नगरपालिकाले खानेपानीको सुविधा पनि निशुल्क उपलब्ध गराएको छ । आफ्नै स्रोतमा प्राविधिक शिक्षा तथा एफएम रेडियो पनि संचालन गरिरहेको मौलापुर नगरपालिकाले शिक्षाको क्षेत्रमा करोडौँ खर्च गर्ने गरेको छ । सम्पूर्ण बजेटको करिब चालिस प्रतिशत शिक्षामा खर्च गर्दै आएको मौलापुर नगरपालिकाले करिब तिन दर्जन शिक्षक आफैँले नियुक्त गरेको छ । कृषि, शिक्षा, स्वास्थ्य तथा आवासको क्षेत्रमा मौलापुर नगरपालिकाले उदाहरणीय काम गरेको छ । सकेसम्म स्थानीय सरकार भएको अनुभूति नगरपालिकाले दिन खोजेको बताउँदै नगर प्रमुख साहले जनतालाई सेवा र सुविधा दुवै दिनु नगरपालिकाको कर्तव्य भएको बताउँछिन् । रौतहटमा सबैभन्दा बढी सुविधा दिने तथा सबैभन्दा बढी विकास गर्ने नगरपालिकाको रुपमा मौलापुर चिनिएको छ । महिलाको नेतृत्वमा दुई कार्यकालमा मौलापुर नगरपालिकाले अकल्पनीय प्रगति गरेको छ । संघ तथा प्रदेश सरकारले घोषणा गरेको बजेट समयमा नै उपलब्ध गराउने हो भने अझै पनि धेरै सकारात्मक काम गर्न सकिने अवस्था रहेको नगर प्रमुख साहको भनाइ छ ।
रौतहट,३० गते जेठ । अत्यधिक गर्मी र सुख्खाले छटपटिँदै गर्दा किसानहरु ब्याडमा धानको बिउ छर्न ब्यस्त देखिएका छन् । धानको बेर्ना छर्न निकै ढिलो भइसकेको छ । समयमा पानी परेको भए खेतमा ब्याडमा धानको बेर्ना उम्रिसकेको हुन्थ्यो तर खडेरीले गर्दा धानको बेर्ना उमार्ने खेत पुरै सुख्खा छ । रौतहटको फतुवा विजयपुर नगरपालिका ३ मेवाका राम ईश्वर पंडित ब्याडमा बिउ छर्दै भन्छन् – न छरुँ ढिलो भइसक्यो, छरुँ खेतमा अलिकति पनि चिस्यान छैन । छिटो फल्ने गदर जातको धानको बेर्ना प्रायः उम्रिसकेको छ । छिटो फल्ने धान प्रायः असारमै रोपिन्छ । साउन महिनामा रोपिने धानको लागि पनि बिउ छर्न निकै ढिलो भइसकेको छ । मौसम अनुकूल नहुँदा धेरै किसानलाई छटपटी भइरहेको छ । अधिकांश किसानले छटपटिँदै सुख्खा खेतमै धानको बिउ छर्न थालेका छन् । कतिपय किसानले ब्याडमा कतैबाट पानी पटाएर बिउ छरिरहेका छन् । कतिपयले चाहिँ बिउ छरेर नउम्रिँदा ब्याडमा पानी पटाइरहेका छन् । सुख्खाले गर्दा धानको बेर्ना उमार्न किसानलाई निकै समस्या भएको किसानहरु बताउँछन् । बारा जिल्लाको कतिपय खेतमा विद्युत पुगिसकेको छ । खेतमा विद्युत पुगिसकेको सबै किसानले ढिलो फल्ने जातको धानको बिउ छरिसकेका छन् । कतिपय किसानको ब्याडमा धानको बेर्ना लहलहाइरहेको छ तर नहरको सिंचाइँ सुविधा पुगेको वा कुनै पनि सिंचाइ सुविधा नपुगेको ठाउँका किसानलाई भने निकै सकस भएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरीसम्मका किसानले अहिले बेर्ना छरिसक्ने समय थियो । समयमा पानी परेको भए बेर्नामा एकपटक मलखाद छर्ने बेला भइसकेको हुन्थ्यो तर अहिलेसम्म किसान दिनेश पंडित भन्छन् – किसानले धानखेती गर्नको लागि बिउ छर्ने समय चाहिँ अत्यन्त प्रतिकुल भएको छ । अहिले धानको बिउ छरिरहेको छु तर निकै ढिलो भइसकेको छ । असारको पन्ध्र गते रोपाईँ दिवससम्म धानको बेर्ना कस्तो होला रु अर्का किसान अजेन्द्र पंडित आफैँलाई प्रश्न गर्छन् । अहिले बल्ल धानको बिउ ब्याडमा धमाधम छरिरहेका किसानहरुलाई मौसमप्रति खासै भरोसा नभएको बताउँछन् । एक हप्ता पहिले एक पटक राम्ररी वर्षा भइदिएको भए किसानहरुको मन धानको बेर्ना देखेर हरियो हुन्थ्यो तर अहिले पनि मन अमिलो छ । सुख्खाले गर्दा किसानको मन पनि सुख्खा भएको पंडित बताउँछन् । समाचारहरुमा यस वर्ष औसतभन्दा बढी पानी पर्ने बताइरहेको सुनेर किसानहरु कतै एकैपटक ठुलो बाढी आउने पो हो कि भन्ने चिन्ताले ग्रस्त पनि देखिन्छन् । अहिले पानी नपरेर सुख्खा मौसम रहेको तर एकैचौटि धेरै पानी परेर फेरि बालीलाई नोक्सान पु¥याउने हो कि भन्ने चिन्ता किसानलाई रहेको पंडित बताउँछन् । सुख्खाको समस्या झेल्दै तथा डिएपि मलको अभावमा पनि किसानहरुले अहिले अन्तिम समयमा धमाधम बिउ छरिरहेका छन् ।
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।
दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो । न्युज कारखाना
काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज समुह सी अन्तर्गत अफगानिस्तान र पीएनजीबीच हुदै छन् ।
ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदै छ ।
जारी विश्वकपमा अफगानिस्तानले लगातर दुई खेल जितेर ४ अंकसहित समुह सी मा दोस्रो स्थानमा रहेको छ । अफगानिस्तानले यो खेल जितेमा सुपर आठमा पुग्ने छ । त्यस्तै पिएनजीले भने लगातार दुई खेलमा हार बेहोरेको छ ।
समुह सी मा वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर सुपर आठमा पुगिसकेको छ । त्यस्तै युगान्डाले ३ खेलमा एक खेल जितेको छ भने न्यूजील्याण्डले २ खेलमा लागातर हार बेहोरेको छ ।
त्यस्तै आज दोस्रो खेल अमेरिका र आयरल्याण्डबीच हुदै छ । फ्लोरिडामा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुदै छ ।
समुह ए अन्तर्गत अमेरिकाले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक बटुलेको छ र दोस्रो स्थानमा रहेको छ । अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिस्चित गर्ने छ । त्यस्तै आयरल्याण्डले भने यस अघि लगातार दुई खेलमा हार बेहोरेको छ ।न्युज कारखाना
आजमिति २०८१ साल जेठ ३२ गते शुक्रबार तदअनुसार जुन १४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको अष्टमी तिथी, पुर्वफाल्गुणी नक्षत्र, । सिद्वी योग । चन्द्र राशि सिंह। यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९
• सुर्यास्त: बेलुका ०७: ०० बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः रातो
शुभ अंक ः ४
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय मध्यम छ । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ७
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ९
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः सेतो
शुभ अंक ः ८
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज करखाना
मधेस ब्यूराे,३१ गते । जेठ अत्याधिक गर्मी बढेसँगै राैतहटकाे स्थानिय तहले विधालय बन्द गर्न थालेका छन् । गर्मीका कारण राैतहटको माैलापुर नगरपालिकाले पनि गर्मी विदा दिएको छ । पालिकाभित्र रहेका सम्पूर्ण सरकारी विद्यालयमा दुई दिनका लागि गर्मी विदा दिइएको माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले जानकारी दिए । उनका अनुसार यही जेठ ३१ गतेदेखि जेठ ३२ गते गतेसम्मका लागि विदा दिइएको छ । अत्यधिक गर्मिको कारण विद्यार्थीहरुको स्वास्थ्यमा परिरहेको नकारात्मक असरलाई मध्य नजर गर्दै मौलापुर नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा विदा दिईएकाे साहले एक सूचना जारी गरि जनाए । यसअघि राैतहटकाे गाैर नगरपालिकाले गर्मी बढेपछि मंगलबारदेखि विद्यालय बन्द गरिसकेकाे छ ।
मधेस ब्यूराे,३१ गते जेठ
अत्याधिक गर्मी बढेसँगै राैतहटकाे स्थानिय तहले विधालय बन्द गर्न थालेका छन् । गर्मीका कारण राैतहटको माैलापुर नगरपालिकाले पनि गर्मी विदा दिएको छ । पालिकाभित्र रहेका सम्पूर्ण सरकारी विद्यालयमा दुई दिनका लागि गर्मी विदा दिइएको माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले जानकारी दिए । उनका अनुसार यही जेठ ३१ गतेदेखि जेठ ३२ गते गतेसम्मका लागि विदा दिइएको छ । अत्यधिक गर्मिको कारण विद्यार्थीहरुको स्वास्थ्यमा परिरहेको नकारात्मक असरलाई मध्य नजर गर्दै मौलापुर नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा विदा दिईएकाे साहले एक सूचना जारी गरि जनाए । यसअघि राैतहटकाे गाैर नगरपालिकाले गर्मी बढेपछि मंगलबारदेखि विद्यालय बन्द गरिसकेकाे छ ।