आरके श्रीवास्तव,राैतहट,३२ गते जेठ ।
कम भाेल्टेजकाे समस्या बाट जुझदै आएका राैतहटकाे गुजरा नगरपालिका वडा नम्बर ४ कनकपुरवासीले अब छिट्टै राहत पाउने भएका छन् । उक्त ठाउँमा नयाँ ट्रान्सर्फमर जडान हुने भएपछि साे समस्या अब हट्ने भएको छ । लाईन ट्रिप हुने, बारम्बार बति जाने र भाेलटेज कम रहने समस्या बाट पिडित रहदै आएका स्थानीयहरू अब उपरान्त साे झन्झट बाट मुक्ति पाउने भएका हुन् । नेपाली काँग्रेसका यूवा नेता साविर हुसेनकाे विशेष सक्रियताले कनकपुर बजारमा नयाँ ट्रान्सर्फमर जडान हुने भएको छ । स्थानीय सरकार आएको झण्डै ७ वर्ष हुनै लाग्दा कसैको यस प्रति चासाे थिएन् । वर्षाैदेखि जनताकाे सेवा सुविधा सँग जुडेकाे विधुत लाईनकाे समस्या हुँदा पनि स्थानीय सरकार बेखबर रहेको थियोे । तर यूवा नेता हुसेन जनताकाे समस्या समाधानका लागि लागिपरे अन्ततोगत्वा विधुत लाईनकाे समस्या हट्ने भएको हाे । केही दिन अघि यूवा नेता साविर हुसेनले ट्रान्सर्फमरकाे माग गर्दै नेपाल विधुत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख ईन्जिनियर धिरेन्द्र यादवलाई ज्ञापन पत्र बुझाएका थिए । कनकपुर बजारमा रहेको २ सय केभिको ट्रान्सर्फमरले लोड तान्न नसकिरहेको भन्दै नयाँ थप ट्रान्सर्फमर जडान गर्न माग सहित ज्ञापन पत्र बुझाईएको थियोे । वडाको सिफारिस सहित स्थानीय जनताको नेतृत्व गर्दै यूवा नेता साविर हुसेन चन्द्रनिगाहपुर वितरण केन्द्रमा पुगदा वितरण केन्द्र प्रमुख यादवले माग भए अनुसारको काम पूरा गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए । साेही अनुसार बिहीबार यसकाे लागि नेविप्र चन्द्रपुरका कार्यालय प्रमुख यादव सहितको टाेलीले स्थलगत अनुगमन गरेको छ । साे अनुगमनको क्रममा वडा अध्यक्ष झमक प्रसाद चाैलागाई ,नेविप्रका कर्मचारी सहित स्थानीय भद्रभलादमी हरूकाे सहभागीता रहेको थियोे । अब साे ठाउँमा छिट्टै ट्रान्सर्फमर जडान हुने यूवा नेता हुसेनले जानकारी गराए ।
आरके श्रीवास्तव,रौतहट,३२ गते जेठ ।
रौतहटको कटहरियामा आज प्रथम नगर स्तरिय किशोरकिशोरी सम्मेलन २०८१ सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको विवाह मण्डप भवनमा स्थानिय स्तरमा किशोर किशोरी सम्मेलन गरिएको हो ।
यूएसआइडि र केयर नेपालको आर्थिक सहयोगमा र नेपाल यूवा संस्था संजालको सहजीकरण सो कार्यक्रम भएको संस्थाका फोकल पर्सन आनन्दी प्रसाद यादवले बताए । सो संस्थाले कटहरिया नगरपालिकामा दाइजो प्रथा न्यूनिकरण गर्न र समाजिक परिवर्तन गरि किशोरकिशोरीको प्रजन्न स्वास्थ्य सुुधार गर्ने लक्ष्यका काम गरिरहेको जनसेवा यूवा क्लवका अध्यक्ष रामअधार यादवले जनाएका छन् ।
स्थानिय स्तरमा किशोर किशोरी सम्मेलन अन्तर सिकाइ, नेटवर्किङ र किशोरकिशोरीका मुद्दाहरूको वकालत गर्ने उद्देश्यले आयोजन गरिएको थियो ।
स्थानिय स्तरमा किशोर किशोरी सम्मेलनमा बहस प्रतियोगिता, रोल प्ले (विभिन्न विषयवस्तुमा), प्रदर्शनीका लागि स्टल, च्याम्पियन्स बाट उत्कृष्ट अभ्यासहरू आदान–प्रदान गर्ने, युवा नेतृत्व जस्ता कार्यक्रमहरू आयोजना गरिएको थियो ।
सो कार्यक्रमको मुख्य उद्धेश्य किशोरकिशोरीहरूलाई एकअर्काबाट सिक्ने, सम्पर्क निर्माण गर्न र आफ्नो अधिकारको वकालत गर्ने रहेको थियो । जसले बहस र सांस्कृतिक कार्यक्रमहरू जस्ता गतिविधिहरू मार्फत युवाहरूलाई सशक्त बनाउँनु थियो ।
कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर यादवको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन जनसेवा कल्बका अध्यक्ष रामअधार यादवले गर्नुु भएको थियो ।
आरके श्रीवास्तव,रौतहट,३२ गते जेठ ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ३ बिति प्रष्टोकामा आज बर्थिङ सेन्टर आवास भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बिच नगर प्रमुख अजय प्रकाश जयसवाल र सो वडाका वडा अध्यक्ष श्यामाकान्त यादवले संयुक्त रुपमा शिलान्यास गर्नुु भएको हो ।
नगरस्तरीय योजना बाट १२ लाखको लागतमा बर्थिङ सेन्टर आवास भवनको निर्माणकार्य थालिएको वडा अध्यक्ष यादवले जानकारी गराएका हुन् । नगर प्रमुख जयसवालको सहयोगमा ३ कोठे भवन बन्न लागेको उनले बताए । सो भवनको निर्माण कार्य यसै चालुु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
निर्माण सुरु गरिएको बर्थिङ सेन्टर भवनको वाल सम्मको काम हुने वडा अध्यक्ष यादवले जानकारी दिए । उनले भने, “ यो दोस्रो भवन हो जसमा स्वास्थ्यकर्मीका लागि आवास निर्माण हुन्छ ।” मधेश प्रदेश सरकारको सहयोगमा अर्को बर्थिङ सेन्टर भवन निर्माण कार्य अन्तिम चरणमा छ ।

वडा अध्यक्ष यादवले भने,“निर्वाचित भएर आएपछि आम जनताको स्वास्थ्य प्रति गम्भिर रुपमा लिदै सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन गर्ने आफनो लक्ष्य अनुसार काम गरिरहेको बताए । स्वास्थ्यकर्मीदेखि आवश्यक ठाउँ र सामग्री राख्ने ठाउँको अभावको मध्यनजर गर्दै सुविधासम्पन्न बर्थिङ सेन्टरका लागि भवन निर्माण भएपछि सहज हुने बताए ।
प्रदेश सरकारको २५ लाखको आर्थिक सहयोगमा २ कोठे भवन निर्माण भइरहेको वडा सदस्य दिलिप साहले जानकारी दिए ।
स्थानीय जयलाल यादवले भने ,सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण भएपछि सहज हुनेछ । गाउँमै सुविधा सम्पन्न स्वास्थ्य सेवा पाउने भएपछि आफूहरु खुुशि भएको प्रतिक्रिया दिए । सो बर्थिङ सेन्टर भवन निर्माण भएपछि स्थानिय लाभान्वित हुने भएका छन् ।
शिलान्यास पछि बोल्दै नगर प्रमुख अजय प्रकाश जयसवालले स्वास्थ्य क्षेत्रलाइ विशेष प्राथमिकता दिएर आफूकाम गरिरहेको बताए । ग्रामीण भेगमा सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन हेतु भवनहरु निर्माण गराउन लागेको बताए । नगरपालिका बाट निर्माण भइरहेको भवनमा अपुुग बजेट भए आफू आउँदो वर्षमा बजेट थपेर काम सम्पन्न गराउने प्रतिबद्धता जनाए ।
सो भवन शिलान्यासको अवसरमा वडा नम्बर ३ का वडा सचिव नन्दलाल साह,स्वास्थ्य चौकीका इन्चार्ज रामजन्म कुशवाहा,वडा प्रत्यासी राजेश साह,किशोरी साह साह लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,३२ गते जेठ । रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कल्वारले नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरेका छन् । शुक्रबार एक समारोहका बिच नगर प्रमुख कल्वारले गरुडा नगरपालिका ४ स्थित गोरु बजार लाग्ने ठाउँमा प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । नगरपालिकाको वर्तमान कार्यपालिका निर्वाचित भएपछि गरेको पहिलो निर्णय नै आफ्नो प्रशासकीय भवन निर्माण गर्ने भन्ने थियो । निर्वाचित भएको दुई वर्षपछि सर्वसम्मत रुपमा कार्यपालिका सदस्यहरुको उपस्थितिमा नगर प्रमुख कल्वारले प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । शिलान्यासपछि समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कल्वारले भने – जसरी सर्वसम्मत रुपमा प्रशासकीय भवन बनाउने निर्णय गरेका थियौँ, त्यसरी नै सर्वसम्मत रुपमा शिलान्यास पनि गरेका छौँ । सबै पक्ष तथा राजनीतिक दलका प्रमुख व्यक्तित्वको उपस्थितिले अत्यन्त हर्षित बनाएको बताउँदै नगर प्रमुख कल्वारले भने – आफूसित बोल्नलाई कुनै शब्द नै छैन । समारोहलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख कल्वार भावुक बनेका थिए । पाँच करोडको लागतमा तिन तल्ले भवनको निर्माणको लागि टेन्डर गरिएकोमो श्रेष्ट बटुक भैरव जेभि वीरगंजले ३ करोड ३३ लाखको लागतमा निर्माण गर्ने ठेक्का सकार गरेको छ । ठेक्का सकार भएको मितिले एक वर्षभित्र निर्माण गरिसक्नुपर्ने जनाइएको छ । ठेक्काअनुसार काम सम्पन्न भएमा अर्को वर्ष नगर सभा नयाँ भवनमा नै गरिने नगर प्रमुख कल्वारले सार्वजनिक गरेका छन् । रौतहटमा दुई गाउँपालिका र १६ नगरपालिका रहेका छन् । गौर र चन्द्रपुरपछि तेस्रो नगरपालिकाको रुपमा रहेको गरुडाभन्दा पहिले गौर, चन्द्रपुर, मौलापुर, गुजरा, गढीमाई, देवाही गोनाही, ईशनाथ लगायतका नगरपालिकाहरुले आफ्नै प्रशासकीय भवनमा सेवा दिइरहेका छन् । जिल्लामा करिब आधा दर्जनभन्दा बढी पालिकाको प्रशासकीय भवन निर्माण भइरहेका छन् ।
काठमाडौँ । सलमान खान आफ्ना फ्यानका लागि सिकन्दर ल्याउन लागेका छन् । यो फिल्म अर्को वर्ष रिलिज हुने भए पनि यसको निकै चर्चा भइरहेको छ ।
गजनी जस्ता ब्लकबस्टर फिल्म बनाएका एआर मुरुगादासले यो फिल्म निर्देशन गर्दैछन् । यो फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् ।
हालै निर्माण पक्षले सामाजिक सञ्जालमार्फत चलचित्रको छायांकन जुन १८ गतेबाट सुरु हुने जानकारी दिएको थियो । मिडिया रिपोर्टका अनुसार फिल्मको एक्सन दृश्यहरू मिशन इम्पोसिबलका स्टन्ट निर्देशकले डिजाइन गर्नेछन् ।
टम क्रुजको चर्चित जम्प सीन फिल्म गर्ने एक्सन निर्देशकहरू पनि सलमान खानको फिल्मसँग जोडिने बताइएको छ । यो खबर बाहिर आएसँगै फ्यानहरुको अपेक्षा निकै बढेको छ ।
यस वर्ष इदको अवसरमा सलमानले फ्यानलाई उपहार दिँदै आफ्नो फिल्मको घोषणा गरेका थिए । अभिनेतासँग दक्षिणकै चर्चित अभिनेत्री रश्मिका मन्डन्ना पनि देखिनेछिन् । फिल्म आगामी वर्षको इदमा ११ अप्रिलमा हलमा रिलिज हुनेछ ।
सलमान सिकन्दरभन्दा पहिले टाइगर ३ मा देखिएका थिए । मनिष शर्मा निर्देशित यो फिल्मले बक्स अफिसमा सोचे अनुसार कमाई गर्न सकेन । फिल्ममा शाहरुख खानको पनि क्यामियो रोल थियो तर यो फिल्मले दर्शकमा खासै जादू छाड्न सकेन ।न्युज कारखाना
काठमाडौँ । जिल्ला प्रशासन कार्यलय, काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।
विहिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले असक्त तथा जेष्ठ नागरिक लागायत सामजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समय बाट पालो आउने व्यवस्था गरिएको जानकारी दिदै सोहि अनुसार कार्यलयमा आउन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले विवरण दर्ता गर्न कोठा नम्बर १३५ बाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जानकारी गराएको छ ।न्युज कारखाना
काठमाडौँ । जी ७ देशहरू युक्रेनलाई ५० अर्ब डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउन सहमत भएका छन् । यसमा विशेष कुरा के छ भने यो ५० अर्ब डलर रुसको जफत गरिएको सम्पत्तिबाट मात्रै दिइनेछ ।
फ्रान्सेली राष्ट्रपति कार्यालयका अधिकारीहरूले यो जानकारी दिएका छन् । रुसको कब्जामा लिइएको ३२५ अर्ब डलरको सम्पत्तिको ब्याजबाट प्राप्त रकमबाट मात्रै जी ७ देशहरूले युक्रेनलाई सहयोग गर्ने भएका छन् । रुसको सेन्ट्रल बैंकसँग रहेको रुसको ३२५ अर्ब डलर जी ७ देशहरुले जफत गरेको छ । यो रकमबाट किभलाई ५० अर्ब डलर ऋण दिने तयारी भएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि जी ७ सम्मेलनमा भाग लिन इटाली जाँदैछन् । जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच इटालीको पुगलियामा भेटवार्ता हुनसक्ने बताइएको छ । यदि कुनै कारणले रुसको पैसा छोड्नु पर्यो भने, सबै सदस्य राष्ट्रहरूले संयुक्त रूपमा युक्रेनलाई सहयोग गर्ने विचार गर्ने रिपोर्टमा बताइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन बुधबार नै इटाली प्रस्थान गरेका छन् । मिडिया रिपोर्टका अनुसार बाइडेनले युक्रेनका राष्ट्रपतिसँग नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न सक्नेछन् । यो सम्झौताले अमेरिकाले भविष्यमा पनि युक्रेनलाई रक्षा र सुरक्षाको क्षेत्रमा सहयोग गरिरहने स्पष्ट पार्नेछ ।न्युज कारखाना
काठमाडौँ । ब्रिटिस एयरवेजको एउटा उडान ९ घण्टाको यात्रापछि त्यही ठाउँमा फर्किएको छ । न्युयोर्क पोस्टका अनुसार बोइङको ७८७-९ ड्रिमलाइनर उडान लण्डनबाट टेक्सास जाँदै थियो । तर, क्यानडाको हवाई क्षेत्रमा पुग्दा विमानले केही प्राविधिक समस्याको सामना गर्यो । त्यसपछि उक्त उडानलाई लण्डन फर्काइएको थियो ।
विमानमा ३ सय यात्रु सवार थिए र सबै सकुशल छन् ।
यो उडान सोमबार (जून १०) बिहान ९:२७ मा लन्डनको हिथ्रो विमानस्थलबाट प्रस्थान गरेको थियो । त्यसपछि ७७७९ किलोमिटरको यात्रा गरी साढे ९ घन्टा आकाशमा बसेपछि साँझ ६ बजेर ५४ मिनेटमा विमान लण्डन फर्किएको थियो ।
सामान्यतया उडानले लन्डनबाट टेक्सास पुग्न १० घण्टा १५ मिनेट लाग्छ । ब्रिटिस एयरवेजले विमानमा सामान्य प्राविधिक त्रुटि भएको जनाएको छ । यसलाई मर्मत गर्ने सुविधा लन्डनमा कम्पनीको सुविधामा मात्र उपलब्ध थियो, जसका कारण यसलाई बेलायत फिर्ता पठाइएको थियो ।
लन्डन फर्कने क्रममा चालक दलले आतंकित यात्रुहरूलाई सुरक्षा त्रुटिका कारण विमान फिर्ता ल्याइएको बताए ।
ब्रिटिस एयरवेजले एक विज्ञप्ति जारी गर्दै यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । डेली मेल रिपोर्टका अनुसार एयरलाइन्सले सबै यात्रुहरूलाई टेक्सास जाने अर्को उडानमा सारेको थियो ।
अघिल्लो हप्ता, ब्रिटिश एयरवेजको विमानले हल्याण्डमा आपतकालीन अवतरण गरेको थियो । वास्तवमा, उडान भरेको करिब ९० मिनेटपछि उडानको ककपिट अचानक धुवाँले भरिएको थियो । उक्त विमान लण्डनबाट ओस्लो जाँदै थियो ।
धुवाँ देखिएपछि क्याप्टेनले एयर ट्राफिक कन्ट्रोललाई आकस्मिक अवतरणका लागि सन्देश पठाए । त्यसपछि विमान एम्स्टर्डममा अवतरण भयो । १९० यात्रु विमानस्थलमा अवतरण हुनेबित्तिकै धेरै दमकल र आकस्मिक सवारी साधन त्यहाँ पुगेका थिए । यसपछि आतंकित यात्रुहरूलाई विमानबाट बाहिर निकालेर सुरक्षित स्थानमा पठाइएको थियो।न्युज कारखाना
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जित्ने मनसायले मैदानमा जनाए बताएका छन् ।
दक्षिण अफ्रिकाविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले सुपर आठमा छनौट हुन दक्षिण अफ्रिका र बंगलादेश दुवैलाई जित्नुपर्ने अवस्था रहेको बताउदै दक्षिण अफ्रिकाविरुद्ध खेल्न उत्साहित रहेको बताएका छन् ।
उनले दक्षिण अफ्रिकाले राम्रो क्रिकेट खेलिरहेको बताउदै वेस्ट इन्डिजको कन्डिसन बारे आफुहरु स्पष्ट नभएको बताउदै कप्तान रोहितले आफुहरुले कन्डिसन एडप्ट गरेर खेल्ने बताए । उनले वेस्ट इन्डिजमा पनि ब्याट्सम्यानलाई रन बनाउन गराउन गाह्रो हुने बताए ।
रोहितले दक्षिण अफ्रिकाको खेलमा १६० रन बनाउन सके राम्रो टोटल हुने बताउदै सन्दीपको आगमनले नेपालको बलिङ युनिट राम्रो भएको बताए ।
आफुहरु दक्षिण अफ्रिकासँग जित्ने मनसायले नै मैदानमा जाने बताउदै सबै खेलाडी उत्साहित रहेको बताए । रोहितले स्किल दक्षिण अफ्रिकाको राम्रो भएपनि हामीले हाम्रो उत्कृष्ट खेल खेलेमा दक्षिण अफ्रिकालाई हराउन सकिने बताए । उनले टेस्ट क्रिकेट खेल्ने देशलाई हराउन एक दुई जनाको प्रदर्शनले जित नसकिने बताउदै उनले सबै खेलाडीले एक टिम भएर खेल्नुपर्ने बताए ।
नेपाली फ्यानले नतिजा जस्तो आएपनि समर्थन गरिरहेको बताउदै रोहित आफुहरुले भविष्यमा पनि लगातार समर्थन पाउने विश्वास व्यक्त गरे ।
नेपालले समुह डी अन्तर्गत दक्षिण अफ्रिकासँग भोलि बिहान ५: १५ बजेदेखि खेल्दै छ । यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आरनोस भाल स्टेडियममा हुदै छ ।न्युज कारखाना
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा आज पनि बिनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आज विभिन्न चार मन्त्रालयका शीर्षकहरुमाथि छलफल हुने छ । जसमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेटमाथि छलफल हुने छ ।
त्यस्तै आज बिभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव समेत पेश गर्ने कार्यतालिका रहेको छ ।
जुन यस प्रकार छन्:
१- प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय; खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
२- डा. अमरेश कुमार सिंहले “विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय; खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; र सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
३- नागिना यादवले “विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
४- तेजुलाल चौधरीले “विनियोजन विधेयक, २०८१ अन्र्तगत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
५- मैना कार्कीले “विनियोजन विधेयक, २०८१ अन्र्तगत संचार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
६- रोशन कार्कीले “विनियोजन विधेयक, २०८१ अन्र्तगत संचार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
७- राजेन्द्र बजगाइले “विनियोजन विधेयक, २०८१ अन्र्तगत सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
८- डा. धवलशमशेर जंगबहादुर राणाले “विनियोजन विधेयक, २०८१ अन्र्तगत सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।न्युज कारखाना