काठमाडौँ । नेपाल दक्षिण अफ्रीकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो ।
नेपालका लागि ओपनर असिफ शाहले सर्बाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिंग गर्दै २४ बलमा २७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शुन्यमा आउट भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ६ रन बनाएका थिए ।
त्यस्तै दक्षिण अफ्रिकाका बलर तबरेज शाम्शीले ४ तथा कप्तान एडेन मार्क्रम र एनरिक नोकियाले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि रीजा हेनड्रिक्सले सर्बाधिक ४३ रन बनाएका थिए भने कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह एरीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । दिपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेलले पनि शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका थिए ।
यो हारसँगै नेपालको सुपर आठको सम्भावना सकिएको छ । अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्ध खेल्दै छ । भने दक्षिण अफ्रिकाको समुह चरणको खेल सकिएको छ । न्युज कारखाना
काठमाडौँ । नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीको तेस्रो कार्यकालको शपथ लिएको केहि दिनमै इटाली पुगेपछि अहिले उनको विदेश भ्रमण मोहको चर्चा भइरहेको छ ।
मोदीले आफ्नो पछिल्लो दुई कार्यकालमा आफ्नो पहिलो भ्रमणका लागि सधैं छिमेकी मुलुक रोजेका थिए । २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएपछि उनी विदेश भ्रमणमा नेपाल आएका थिए । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनी पहिलो भ्रमणमा माल्दिभ्स गएका थिए । यसपटक उनले पश्चिमी देश इटाली रोजे । इटालीपछि मोदी नेपाल भ्रमणमा आउने चर्चा रहेको छ ।
मोदीले आफ्नो १० बर्षे कार्यकालमा सन् २०१५ मा पाकिस्तान भ्रमण होस् वा २०१९ मा सी जिनपिङलाई भारत निम्तो होस्, मोदीले हरेक कार्यकालमा आफ्नो विदेश नीतिले ‘सरप्राइज’ दिने गरेका छन् ।
पूर्वराजदूत अशोक सज्जनहरका अनुसार २०१४ मा नरेन्द्र मोदी पहिलो पटक प्रधानमन्त्री हुँदा विदेश नीति नै उनको शक्तिको कमजोर कडी हुने विश्वास गरिएको थियो । तर, त्यस्तो भएन । नेबरहुड फर्स्ट नीति र रुस-युक्रेन युद्धमा सरकारको बलियो अडानले मोदीलाई विदेश मामिलामा धेरै हदसम्म राम्रो नेता बनायो ।
सन् २०१४ मा सपथ लिएपछि उनी नेपाल भ्रमणमा निस्किएका थिए । छिमेकी मुलुक भए पनि १७ वर्षदेखि भारतका कुनै पनि प्रधानमन्त्रीले यहाँ भ्रमण गरेका थिएनन् । मोदीले खाडी मुलुकसँगको सम्बन्धलाई पनि मजबुत बनाएका छन् । उनी ३० वर्षपछि युएई जाने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।
मोदीले आफ्नो पहिलो कार्यकालमा ५ पटक चीनको भ्रमण गरे । उनी सबैभन्दा धेरै पटक चीन भ्रमण गर्ने भारतीय प्रधानमन्त्री हुन् । यसका बावजुद चीनले २०२० मा गलवानमा दुई देशका सेनाको लडाईले सम्बन्ध धेरै हदसम्म बिगार्यो ।
मोदीले आफ्नो १० बर्षे कार्यकालमा कुल १३५ पटक विदेश भ्रमणमा गएका छन् । जसमा ६६ देश पुगेका छन् । जबकी मनमोहन सिंहले आफ्नो १० बर्षे कार्यकालमा ९४ पटक मात्र विदेश भ्रमण गएका थिए भने ४३ देश पुगेका थिए ।
मोदीले १० बर्षमा ८ पटक अमेरिका भ्रमण गरेका छन् भने ५ पटक रुस पुगेका छन् । त्यस्तै मोदी आफ्नो पहिलो कार्यकालमा ५ पटक चीन पुगेपनि दोस्रो कार्यकालमा चीन भ्रमण नै गरेनन । मोदीको १० बर्षे कार्यकालमा चिनियाँ राष्ट्रपति सी जीङपीङ २०१४, २०१६ र २०१९ मा गरी तीन पटक भारत पुगेका थिए ।
त्यस्तै मोदी १० बर्षमा पाँच पटक नेपाल आएका छन् । उनी २०१४, २०१६, २०१८ मा दुई पटक र २०२२ मा नेपाल आएका थिए ।
त्यस्तै बंगलादेश २ पटक, म्यान्मार २ पटक र भुटान २ पटक पुगेका छन् । मोदीले आफ्नो दुई कार्यकालमा श्रीलंका तीन पटक र माल्दिभ्स २ पटक पुगेका छन् । त्यसैगरी अफगानिस्तान २ पटक र पाकिस्तान एक पटक पुगेका छन् ।
मोदी तेस्रो कार्यकालको पहिलो भ्रमण इटाली रोज्नुको सबैभन्दा ठूलो कारण जी ७ शिखर सम्मेलन हो । मोदीको तेस्रो कार्यकालमा भारतको चीन, क्यानडालगायतका देशहरुसँगको तनाव मोदीका लागि चुनौती पूर्ण रहेको विश्लेषण गरिएको छ ।न्युज कारखाना

आमा शब्दको अर्थ नै एउटा विशाल प्रेम र ममता हो। संसारमा सबैभन्दा शक्तिशाली र अनमोल सम्बन्ध हो यो। आमाको प्रेम अनन्त र निस्वार्थ छ। आफ्ना सन्तानहरूको खुसी र सफलतामा आफ्नो सबैभन्दा ठूलो खुसी पाउँछिन् आमा ।
आमाको ममता एक अनमोल खजाना हो जुन कुनै पनि धन-सम्पत्तिले किन्न सक्दैन। यसलाई अनुभव गर्न सकिन्छ, तर व्याख्या गर्न सकिँदैन। आमाको प्रेममा कुनै शर्त हुँदैन, सन्तानलाई सधैं निस्वार्थ भावले माया गर्छिन् उनि । आफ्नो जीवनभरि आफ्ना सन्तानलाई सुरक्षित र खुशी राख्न लगातार प्रयासरत हुन्छिन आमा ।
आमाबाट हामी धेरै कुरा सिक्छौं। जीवनको सबैभन्दा मूल्यवान् पाठहरू, धैर्य, सहनशीलता, मेहनत र प्रेमको महत्व आमाकै जीवनशैलीबाट सिक्न सकिन्छ। हामीलाई असल मूल्य र आदर्शहरू सिकाउँछिन् आमा जुन हाम्रो जीवनको मार्गदर्शक बन्छन्।
आमाको त्याग र बलिदान अतुलनीय छ। आफ्ना सन्तानको भलाइका लागि हरेक कुरा सजिल्यै त्यागी दिन्छिन् उनि । दिन-रात सन्तानकै हेरचाह र सुरक्षामा केन्द्रित हुन्छिन् आमा । यस्तो बलिदानको कदर गर्नु नै सन्तानको कर्तव्य हो।
आमामा अनुपम साहस र बलिदान हुन्छ। जुनसुकै परिस्थितिमा पनि आफ्ना सन्तानको रक्षामा उत्रिने आट हुन्छ । कठिन परिस्थितिहरूमा समेत आफ्ना सन्तानलाई साहस र आत्मविश्वास दिन्छिन् आमा ।
आमाले आफ्ना सन्तानलाई जीवनको हरेक चरणमा संरक्षण र मार्गनिर्देशन प्रदान गर्छिन्। सानै उमेरदेखि नै सन्तानलाई जीवनका सही मूल्य र आदर्शहरू सिकाउँछिन् आमा । आमाको माया असीमित र अनन्त छ।
आमाको सबैभन्दा ठूलो सपना सन्तानको खुसी र सफलता हुन्छ। आमाको जीवनको सारा सफलता सन्तानको सफलतामा निर्भर गर्छ। आफ्ना सन्तानलाई सबै कुरा दिएर पनि केही नलिने पवित्र भावनाले गर्दा नै आमाको प्रेम अनमोल बन्न पुगेको छ।
निष्कर्षमा, आमा संसारकै सबैभन्दा अनमोल खजाना हुन्। माया, ममता, त्याग र बलिदानले नै यस संसारलाई गतिशील बनाइराखेको छ। आमाको महत्व कुनै शब्दले व्याख्या गर्न सकिँदैन किनभने आमाको अनमोल योगदान अनन्त छ। यसैले सधै आमाको सम्मान गर्नुपर्छ र आमाप्रति आभारी बन्नुपर्छ। आमा ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने तथा संसदमा पार्टीको भूमिका बारे छलफल हुने भएको छ ।
न्युज कारखाना
काठमाडौँ । ११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै छन् । राष्ट्रपति पौडेल आज जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् ।
राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।
मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान पु¥याएको छ । जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केल सन १९६७ र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए ।
तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गरेका थिए । त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रुअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गरेका थिए ।
यसैगरी तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनको भ्रमण गरेका थिए । यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गरेका थिए ।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल छिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहेका छन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने तालिका रहेको छ । न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने तथा संसदमा पार्टीको भूमिका बारे छलफल हुने भएको छ ।न्युज कारखाना
काठमाडौँ । जर्मनीले युरो कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न युरोकप २०२४ को उद्घाटन खेलमा जर्मनीले स्कटल्याण्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीका लागि फ्लोरियन विर्त्ज, जमाल मुसिआला, काइ हाभेर्ट, निकलस फुल्करग र एम्री क्यानले एक एक गोल गरेका थिए । त्यस्तै स्कटल्याण्डका लागि एक गोल जर्मनीका एन्टोनियो रुडीगेरले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै यस खेलमा स्कटल्याण्डका रियान पोर्टेओउसले खेलको ४४औ मिनेटमा रातो कार्ड पाएपछि स्कटल्याण्ड १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि समुह ए मा रहेको जर्मनीले ३ अंक हासिल गरेको छ ।
युरोकप अन्तर्गत आज साँझ ६: ४५ बजेदेखि हंगेरी र स्वीट्जरल्याण्ड खेल्दै छन् भने राती ९: ४५ बजेदेखि स्पेन र क्रोसिया खेल्दै छन् । त्यस्तै आज राति १२ : ४५ बजेदेखि इटाली र अल्बानिया खेल्दै छन् ।न्युज कारखाना
काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज चार खेल हुदै छन् । आज नेपालले विहान ५; १५ बजेदेखि नै दक्षिण अफ्रिकासँग खेल्दै छ ।
समुह डी अन्तर्गतको यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुदै छ । दक्षिण अफ्रिकाले यस विश्वकपमा लागातर तीन खेल जितेर सुपर आठमा पुगिसकेको छ भने नेपालको २ खेलमा एक अंक रहेको छ । नेपाललाई सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।
त्यस्तै आज दोस्रो खेल समुह सी अन्तर्गत न्यूजील्याण्ड र युगाण्डाबीच हुदै छ । ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ :१५ बजेदेखि शुरु हुदै छ । समुह सी बाट न्यूजील्याण्ड र युगाण्डा दुवै सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन ।
त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गतको भारत र क्यानडावीच हुदै छ । फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा समुह ए बाट भारत तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित सुपर आठमा पुगिसकेको छ । त्यस्तै क्यानडाले भने अहिलेसम्म ३ खेलमा एक जित हासिल गर्दै २ अंक हासिल गरेको छ । क्यानडाले आजको खेल जितेमा सुपर आठको दौडमा रहने छ ।
त्यसैगरी आज चौथो खेल समुह बी अन्तर्गत इङल्याण्ड र नामिबियाबीच हुने छ । यस विश्वकपमा इङल्याण्डले अहिलेसम्म ३ खेलमा ३ अंक हासिल गरेको छ र सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ । इङल्याण्डले यो खेल जितेर हाल दोस्रो स्थानमा रहेको स्कटल्याण्ड अस्ट्रेलियासँग पराजित भएमा मात्र सुपर आठमा पुग्ने सम्भावना रहन्छ । त्यसपछि पनि रनरेटको हिसाब हुने छ । त्यस्तै नामिबिया भने अहिलेसम्म ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ र सुपर आठको दौडबाट बाहिरिएको छ ।न्युज कारखाना
आजमिति २०८१ साल असार १ गते शनिबार तदअनुसार जुन १५ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको नवमी तिथी, उत्तरफाल्गुणी नक्षत्र, । व्यतिपात योग । चन्द्र राशि कन्या । यो अशुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९
• सुर्यास्त: बेलुका ०७: ०२ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ९
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः १
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः रातो
शुभ अंक ः ३
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ८
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः रातो
शुभ अंक ः ५
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ३
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः रातो
शुभ अंक ः २
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ४
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः कालो
शुभ अंक ः १
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः चाॅदी
शुभ अंक ः ४
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना