काठमाडौँ । बलिवुडका दुई ठुला सुपर स्टार अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमने सामने हुने भएका छन् । यस बर्षको क्रिसमस रिलिजमा पुष्पा-२ र सितारे जमिन परको भिडन्त हुने चर्चा बलिवुडमा रहेको छ ।
यस अघि पुष्पा-२ अगस्त १५ मा रिलिज हुने भनिएको भएपनि विविध कारण फिल्मको प्रदर्शन सारिएको छ । अहिलेसम्म आधिकारीक रुपमा घोषणा नगरिएको भएपनि हिन्दुस्तान टाइम्सले पुष्पा- २ क्रिसमसमा रिलिज हुने उल्लेख गरेको छ । यस अघि वेलकम- ३ पनि क्रिसमसमा रिलिज हुने भएको थियो तर वेलकम-३ को निर्माण टिमले सितारे जमिनलाई सोलो रिलिजको अवसर दिदै क्रिसमसमा रिलिज नगर्ने बताएका थिए ।
तर अब भने लाल सिंह चड्डापछि कम्ब्याक गर्न लागेका आमिरलाई पुष्पा-२ पनि साथमा रिलिज हुने चर्चा टाउको दुखाइको विषय बनेको छ । अल्लु अर्जुनको हिन्दी बेल्टमा राम्रो फ्यान बेस भएका कारण आमिरको फिल्मलाई ठुलो असर हुने विश्लेषण गरिएको छ ।
यस अघि २०२१ को क्रिसमसमा रिलिज गरिएको पुष्पा ले बक्स अफिसमा राम्रो कमाइ गरेका कारण पनि अहिले पुष्पा-२ पनि क्रिसमसमा रिलिज हुने दाबि गरिएको छ । पुष्पा-२ मा अल्लु अर्जुन, रश्मिका मण्डना, विजय सेतुपतिलगायतको अभिनय रहेको छ भने सितारे जमिन परमा आमिर खानका अलावा जिनेलिया देशमुख, दरशील सफारीलगायतको अभिनय रहेको छ ।न्युज कारखाना
काठमाडौँ । पाकिस्तानले जारी टी-२० विश्वकपको अन्तिम खेलमा आयरल्याण्डमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा पाकिस्तानले आयरल्याण्डमाथि ३ विकेटको संघर्षपूर्ण जित हासिल गरेको हो ।
आयरल्याण्डले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाउदै १०६ रन बनाएको थियो ।
समुह ए मा रहेका पाकिस्तान र आयरल्याण्ड दुवै समुह चरणबाटै बाहिरिएका छन् । पाकिस्तानले ४ खेलमा २ जित र २ हारपछि ४ अंक हासिल गरेर समुहमा तेस्रो भएको छ
त्यस्तै आयरल्याण्डले भने ४ खेलमा ३ खेलमा हार बेहोरेको छ र एक खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको थियो । समुह ए बाट भारत र अमेरिका सुपर आठमा पुगेका छन् ।
न्युज कारखाना
काठमाडौँ । डेनमार्क जारी युरोकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा डेनमार्कलाई स्लोभेनियाले १-१ गोलको बराबरीमा रोकेको हो ।
डेनमार्कका लागि खेलको १७औ मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ७७औं मिनेटमा स्लोभेनियाका एरिक जान्जाले गोल गर्दै खेल बराबरी गरेका थिए ।
यो बराबरीपछि दुवैले एक एक अंक हासिल गरेका छन् ।
अब डेनमार्कले अर्को खेल जुन २० मा इङल्याण्डसँग खेल्ने छ भने स्लोभेनियाले सर्बियासँग जुन २० मै खेल्ने छ ।न्युज कारखाना
धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
चुरे गाउँपालिका-१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो। सोही ठाउँको जिगडा टोलमा बिजुलीको पोलमा बिद्युत बिग्रिएपछि बनाउने क्रममा आइतवार करेन्ट लागेर बम गम्भिर घाइते भएका थिए। उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। न्युज कारखाना
काठमाडौँ । इङल्याण्डले युरोकपमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा इङल्याण्डले सर्बियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
इङल्याण्डको जितमा खेलको १३औं मिनेटमा जुडे बेलिङघमले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
समुह सी मा रहेको इङल्याण्डले यो जितपछि महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
अब इङल्याण्डले अर्को खेल जुन २० मा डेनमार्कविरुद्ध खेल्ने छ भने सर्बियाले जुन २० मै स्लोभेनियाविरुद्ध खेल्ने तालिका रहेको छ । न्युज कारखाना
काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ।
सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो।
पराजित भएसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा नेपालका लागि कुशल मल्लले एक चौका र एक छक्काको मद्दतमा ४० बलमा सर्वाधिक २७ रन जोडे।
दीपेन्द्र सिंह ऐरीले २५ रन बनाउँदा ओपनर आसिफ शेखले १४ बलमा १७ रन जोडे।
नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट हात पारे।न्युज कारखाना
वर्लिन ( जर्मनी ) । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार विशेष स्वागत समारोह आयोजना गरेको छ।
राष्ट्रपति पौडेलको सम्मानमा आयोजित समारोहमा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र यहाँस्थित नेपालीको सहभागिता थियो। साे अवसरमा राष्ट्रपति पाैडेलले एक पटकको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटाे र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गरे। 
‘जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयाेगबाट नेपालकाे आर्थिक विकासमा याेगदान पुर्याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु’, राष्ट्रपति पाैडेलले भने। उनले आफूले अन्तर्राष्ट्रिय श्रम संगठनकाे सम्मेलनलाई सम्बाेधन गर्दै श्रम र सामाजिक न्यायकाे सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे। उनले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्नु आजको विश्वकाे साझा चुनाैति रहेकाे बताउदै खासगरी यसका कारक नरहेका विकाससील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनु पर्नेमा जाेड दिए।
सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहास्थित नेपालीहरूले स्वागत गरेका थिए।
सो अवसरमा राजदूत खड्काले जर्मन नेपालबीच लामो समयदेखिकाे सम्बन्ध, विकास र सहयाेगका बहुआयामिक पक्षबारे जानकारी गराएका थिए। साथै, जर्मनमा रहेका नेपालीकाे अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेकाे सहकार्य र समन्वयबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
जर्मनमा रहेको गैर आवासीय नेपाली संघका तर्फका राष्ट्रपति पाैडेललाई अभिनन्दन गरिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका थिए। राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका हु्न्।
जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पाैडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका हुन्। राष्ट्रपति पाैडेल र उहाँका समकक्षी सङघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरबीच साेमबार भेटवार्ता हुने कार्यक्रम छ।न्युज कारखाना
काठमाडौँ । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।
रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।
यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।
धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।
निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मनन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नु पर्छभन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लााह खुशी भएको थिएन ।
अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।
सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार इस्लाम धर्माबलम्वीहरुको पर्व बकर ईद (उल–अजाह) दिन आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।न्युज कारखाना
काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदै छन् ।
पहिलो खेल नेपालले बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ ।
नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ ।
त्यस्तै दोस्रो खेल सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा नेदरल्याण्डस र श्रीलंका बीच बिहान ६: १५ बजेदेखि हुदै छ । समुह डी मा नेदरल्याण्डसपनि सुपर आठको दौडमा कायम रहेको छ । नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने अवस्था छ । यस समुहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।
त्यस्तै आज तेस्रो खेल समुह सी अन्तर्गत न्यूजील्याण्ड र पिएनजीबीच हुदै छ । नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुने यो खेलको नतिजाले कुनै असर भने गर्ने छैन । किनकी समुह सी बाट दुवै देश बाहिरीइसकेका छन् । न्युज कारखाना
राैतहट-पेट्रोल पम्पहरु बन्द भएपछि बोतलमा कारोबार फस्टाएको छ । घुम्ती तथा किराना पसलमा बोतलमा राखेर पेट्रोलको कारोबारमा व्यापक बृद्धि भएको छ । पेट्रोलियम ढुवानी मजदुरले श्रम ऐनअनुसार तलब र अन्य सुविधाका साथै विभिन्न मागहरु राखेर आइतवारदेखि आन्दोनलमा उत्रिँदा त्यसको सोझो असर पेट्रोल पम्पमाथि परेको छ ।
सोमवार बिहानदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको र सोमवारदेखि नै पेट्रोलियम ढुवानी मजदुरहरुको आन्दोलन सुरु भएकोले पेट्रोल पम्पका मालिकलाई मौकामा चौका भएको छ । सर्लाही र रौतहटका करिब सबै पेट्रोल पम्ले पेट्रोल छैन भनिरहेका छन् । करिब करिब पेट्रोलको कारोबार ठप्प भएको छ ।
सर्वसाधारण ग्राहकले पेट्रोल नपाएपछि बोतलको पेट्रोल किन्न बाध्य भएका छन् । पेट्रोल पम्पमा पेट्रोल नपाए पनि घुम्ती तथा किराना पसल र अन्यत्र बोतलका कुनै कमी छैन । सरकारले बोतलमा पेट्रोल बेच्न पूर्ण रुपमा रोक लगाएको भए पनि बोतलमा पेट्रोल बेच्न रोकिएको छैन ।
पेट्रोल पम्पका मालिकहरुले पेट्रोल लुकाएर सर्वसाधारणलाई बेचिरहेका छैनन् । रौतहटको माधव नारायण नगरपािलका ५ का उपभोक्ता ओमप्रकाश यादवले पेट्रोल पम्पवालाहरुले भाउ घटेको समया जहिले पनि नाटक देखाउने गरेको आरोप लगाउँछन् ।
जहिले पेट्रोलको भाउ घट्छ तहिले अभाव देखाएर सर्वसाधारणबाट ठुलो रकम बोतल बिक्रेताको हातमा जाने गरेको छ । रौतहट र सर्लाही लगायत सबै ठाउँको पेट्रोल पम्प बन्द भएपछि घुम्ती तथा पानको दोकानबाट सर्वसाधारण प्रति बोतल २०० रुपैयामा किन्न बाध्य भएका छन् ।
कतिपय पेट्रोल पम्पको छेउमै रहेको किराना, घुम्ती तथा पान दोकानमा बोतलमा पर्याप्त पेट्रोल पाइरहेको छ तर पेट्रोल पम्पमा भने लेखिएको छ – पेट्रोल छैन । रौतहटको कटहरिया नगरपालिका ३ का चन्दन यादवले पेट्रोल पम्पहरुले सर्वसाधारणलाई नदिने तर बोतलमा राखेर बेच्नेलाई पेट्रोल उपलब्ध गराउने गरेको आरोप लगाउँछन् ।
एक लिटरको बोतल भनिए पनि साढे आठ सय मिलिलिटरदेखि साढे नौ सय मिलिलिटरसम्मको बोतल हुन्छ । एक लिटर भनेर उपभोक्ताले किनेको पेट्रोलको नापमा कम हुने र निकै महँगोमा किन्नु पर्ने भएकोले उपभोक्ताहरु दोहोरो मारमा परिरहेका छन् ।
स्थानीय प्रशासनले बोतलमा पेट्रोल बेच्नेमाथि कारबाही गर्नुपर्ने माग उपभोक्ताहरुले गरेका छन् ।