२०८३ बैशाख २७
२०८३ बैशाख २७

काठमाडौँ । रोमानियाले युरोकपमा विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न समुह इ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

रोमानियाको जितमा निकोला स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागसले एक एक गोल गरेका थिए । यो जितपछि रोमानियाले समुह इ मा महत्वपूर्ण तीन अंक बटुलेको छ ।

अब रोमानियाले अर्को खेल जुन २३ मा बेल्जियमविरुद्ध खेल्ने छ भने युक्रेनले जुन २१ मा स्लोभाकियासँग खेल्ने तालिका रहेको छ ।
न्युज कारखाना

काठमाडौँ । टी–२० विश्वकपमा न्यूजिल्यान्डले जितसँगै यात्रा समाप्त गरेको छ । समूह ‘सी’ को अन्तिम खेलमा न्यूजील्याण्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेर विश्वकपको यात्रा टुंगाएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अलआउट भयो । ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

न्यूजील्याण्डका बलर लुकी फर्गुसनले नयाँ किर्तिमान बनाएका छन् । उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए । उनले आफ्नो कोटाका सबै चार ओभर मेडन बलिङ गरेर नयाँ किर्तिमान बनाएका छन् । उनी टी–२० विश्वकपमा सबै चार ओभर मेडन बलिङ गर्ने पहिलो बलर बनेका छन् । उनले पपुवा न्युगिनीविरुद्ध ४ ओभरमा शून्य रन दिएर ३ विकेट लिएका थिए ।

साथै फर्गुसन टी–२० अन्तर्राष्ट्रिय खेलमा सबै मेडन ओभर बलिङ गर्ने भने विश्वकै दोस्रो बलर बनेका छन् । उनीभन्दा अगाडि क्यानडाका साद बिन जफरले पानामाविरुद्धको २०२१ मा खेलेको खेलमा चारै ओभर मेडन गरेर २ विकेट लिएका थिए ।

न्यूजील्याण्ड यस विश्वकपमा शुरुका दुवै खेलमा हार बेहोरेपछि विश्वकपको सुपर आठमा पुग्न असफल भएको थियो । न्युज कारखाना

काठमाडौँ । फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो ।

यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । रिपोर्टका अनुसार उनको नाक भाँचिएको छ । मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका छन् । रिपोर्टका अनुसार एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समुह चरणका बाँकी दुई खेल बारे के गर्ने भन्ने निर्णय छिटै लिने बताइएको छ ।

समुह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौं,०३ गते असार । काठमाण्डौमा आज दोश्रो दिन पनि कवाड व्यवसायीहरुले महानगरपालिकाको डोजर आतंकको विरुद्ध बिशेष प्रदर्शन गरेको छ । Open photoअदालतको आदेश विपरित कवाड व्यवायीहरुमाथि महानगरपालिकाले तोड़फोड़ गर्न थालेपछी कवाड संघर्ष समितिले आन्दोलनको घोषणा गरेकोछ । Open photoकवाड संघर्ष समितिका नेता रामकेवल साह, संजय साह, सरोज श्रेष्ट लगायतका नेतृत्व एवं आजपाको प्रवक्ता चन्द्रभुषन साह लगायत आजपा नेताहरुको बिशेष सहभागितामा प्रदर्शन भएको छ । Open photoउक्त प्रदर्शनमा “छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर” जस्ता नाराहरु लगाईएको थियो । साे कबाड व्यवसायीको आन्दोलनका जायज मागहरुलाई तुरुन्त सम्बोधन गर्न आजपा अध्यक्ष प्रभु साहले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

राैतहट,०३ गते असार । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट उद्योग वाणिज्य संघ गठन भएको छ । साेमबार साे पार्टीकाे भातृसंगठनकाे रूपमा खाेलिएकाे हाे । जसकाे संयाेजकमा रौतहटका साजन कुमार जयसवाल रहेका छन् । जयसवालकाे संयोजकत्वमा ६४ सदस्यीय कार्यसमिति गठन पनि गरिएको आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सांसद प्रभु साहले जानकारी गराउनु भएको हाे । गठित समितकाे सदस्यहरूमा बैधनाथ प्रसाद,प्रदिप कुमार गुप्ता,प्रेम साह,प्रदिप थापा लगायतका ६४ व्यक्तिहरू रहेका छन् । यसैबिच आम जनता पार्टीका अध्यक्ष साहले जिम्मेवारी प्राप्त गर्नुहुने सम्पूर्णमा एकमुष्ट बधाई सहित सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।Open photoOpen photoOpen photo

राैतहट,०३ गते असार ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा आज नगर प्रमुख विनोद प्रसाद कुर्मीले वडा कार्यालय भवनको शिलान्यास गर्नुभएको छ। सो नगरपालिकाको वडा नं.–३ मा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बिश्रामपुर मठ बजारको ट्रस्टबाट सेवाको प्रवाह हुदै आइरहेको वडा कार्यालयको अब आफ्नै भवन निर्माण हुन लागेको हो। नयाँ बन्न लागेको वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमका बिच वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले शिलान्यास गर्नुभयो । त्यस अवसरमा नगरप्रमुख कुर्मीले नगरपालिका सधैँ नागरिकको पक्षमा रहेको बताउनुभयो । उहाँले नागरिकको हितविपरीत नगरपालिकाले कुनै पनि कार्यक्रम नगरेको बताउनुभयो । त्यसैगरी निर्माण गर्ने उपभोक्ता समितिलाई समयमै गुणस्तरीय सहित वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । विगका दिनमा निर्वाचित भएका जनप्रतिनिधिले पाँच वर्षसम्म वडा कार्यालयलाई आफ्नै निजी निवासमै राखेर काम गरेको र नयाँ जनप्रतिनिधिको अवधिमा पनि वडा कार्यालय भवनको निर्माण न भएको गुनासो सुनेपछि नगर प्रमुख कुर्मीले आफ्नो नगर स्तरीय योजनाको ३० रकमबाट सो वडा कार्यालय भवन बनाउन लागेका हुन्।

रौतहट,०३ गते असार ।

रौतहट कटहरिया नगरपालिका वडा नम्बर ८ पिप्रा पोखरियामा आज नवजात शिशुु तथा बालरोगको एकीकृत व्यवस्थापन सम्बन्धी समता र पहुुँच कार्याक्रम सम्पन्न भएको छ । सो वडा अन्तर्गत रहेको आधारभूत स्वास्थ्य केन्द्रमा एक दिने कार्यक्रम सम्पन्न भएको छ । Open photoकेन्द्रका इन्चार्ज शिवपुुकार रायको अध्यक्षतामा सोमबार एक दिने गोष्ठी आयोजन गरिएको कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर यादवले जानकारी गराए । उनले भने,बाल मृत्युुदर र मातृ मृत्युदर कम गर्ने उदेश्यले कार्यक्रम आयोजन गरिएको हो । Open photoकटहरिया नगरपालिकामा एक मात्र बर्थिङ्ग सेन्टर रहेकोमा त्यहाँ पहुुँच कम भएको ठाउँहरुमा यो कार्यक्रम आयोजन गरिएको यादवले बताए ।Open photo कटहरिया नगरभरिको वडा नम्बर १,३,६,८ र ९ मा यो कार्यक्रम भएको उनको भनाइ छ । उनले समुदायस्तरमा रहेको बाल मृत्युुदर र मातृ मृत्युदर न्युनीकरण गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।Open photo कार्यक्रममा कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक दिनेश प्रसाद यादवले बाल मृत्युुदर र मातृ मृत्युदर कम गर्ने लगायतका विषयमा सहजीकरण गरेका थिए ।Open photo उनले सहभागीहरुलाइ स्वास्थ्य संस्थामै जाँच गराउनुु पर्ने,कुनै पनि रोग भए तुुरन्त जाँच गराउनुु पर्ने,बच्चाको एकीकृत जाँच, पखाला, ज्वरो ,कुपोषणको जाँच, बच्चालाई खोपको स्थिति, भिटामिन ‘ए’ ,निमोनिया ,झाडापखाला र जुकाको औषधी बारेमा बताएका थिए ।Open photo निमोनिय र झाडापखाला बाट नेपालमा पाँच वर्ष मुनिका बच्चाहरु १ वर्षको अवधीमा ४० हजारको मृत्युु हुने गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।Open photo यस्तो भयावह तथ्यांक बाहिर आइरहँदा यो दर कम गर्न नवजात शिशुु तथा बालरोगको एकीकृत व्यवस्थापन सम्बन्धि कार्यक्रम सरकारले राखेको हो । सो कार्यक्रममा कटहरिया नगरपालिकाका अहेव सुरेश कुमार साह सहित स्थानिय दर्जनौं महिलाहरुको सहभागिता रहेको थियो ।

काठमाडौँ ।  हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल  कोशी प्रदेश, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली  तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका र बागमती प्रदेशका केही  स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही  तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही तथा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । न्युज कारखाना

आजमिति २०८१ साल असार ४ गते मंगलबार तदअनुसार जुन १८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको एकादशी विहान ६:४० सम्म तत्पश्चात द्वादशी तिथी, स्वाती नक्षत्र, । शिव योग   ।  चन्द्र राशि तुला । यो  शुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९

• सुर्यास्त: बेलुका ०७: ०३ बजे

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

शुभ रगं ः वैजनी

शुभ अंक ः ८

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं ः हरियो

शुभ अंक ः २

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः १

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय शुभ छ । परिवारजन र मित्रको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ५

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः कालो

शुभ अंक ः ३

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः हरियो

शुभ अंक ः ४

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः सुन्तला

शुभ अंक ः ७

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ८

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ७

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ३

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

शुभ रगं ः कालो

शुभ अंक ः ४

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ७

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना

काठमाडौं । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा छलफल गर्न बसेको संयुक्त बैठक सकिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक-सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा बसेको थियो । आजको छलफलमा कर्मचारीको माग सम्बोधनका लागि भोलि अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्ने सहमति भएको छ ।

सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ । आन्दोलनरत कर्मचारीले संसद् र्बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।

छलफलमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति रहेको थियो । हाल संसद् सचिवालयमा ३९० कर्मचारी कार्यरत छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।