काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, अब्दुल अजिम मुसलमान र डा नहकुल सुवेदीको पूर्ण इजलासले सो रिट खारेज गरेको हो । रिट खारेज भएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वैधानिकता पाएका छन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका छन् ।
एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए। उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन् ।न्युज कारखाना
सिरहा, ११ असार। सिरहामा वनको जग्गा अतिक्रमण गरी बनाईएको घरमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। करिव २ वर्ष अगाडी पुर्व पश्चिम राजमार्ग संगै टासिएको करिव ४ कठ्ठा वनको जग्गा अतिक्रमण गरी बनाएको चार कोठे घरमा जडिभिजन वन कर्यालय लहानले आज डोजर लगाएर घर भत्काएको हो । 
जिल्लाको गोलबजार नगरपालिका ९ चोहर्वा व्यारेक नजीक स्थानीय सत्यदेव यादवले वनको करिव करोडौंको जग्गा अतिक्रमणगरी बनाएको चारकोठे भवन वनकार्यालयले भत्काएका छन्। 
निर्माणाधिन अवस्थामै वन कार्यालयले निर्माणकार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दागर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज घर भत्काएको डिभिजनल वनकार्यालय लाहानका अधिकृत सुजीत कुमार झाले जानकारी दिए।
उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै २०७९ को निर्वाचनको समय पारेर घर निर्माण गरेको बताए। 
वन अधिकृत झाले भने, ‘हामीले निर्माणकै क्रममा पटक पटक मौखिक तथा लिखित सूचना गरेकै हो। उहाँले कर्मचारी निर्वाचनमा खटिएको मौका छोपेर, मतदानको दिनपारेर छत ढलान गर्नुभयो। आज हामीले सवै प्रकृया पुरा गरेर घर भत्काएका हौं।’
उनले कार्यालयबाट १५ दिने सूचना काटेर आज नेपाल प्रहरी, सशस्त्रप्रहरीको सहयोगमा जग्गा खाली गराएको जानकारी दिए। 
सोही वडाका वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले पनि निर्माणको क्रममा आफूले लिखित र मौखिक रुपमा घर नवनाउन भनेपनि उनले अटेर गरेर घर बनाएको बताए। 
यादवको वनसँगै जोडिएको घरमा तीन तल्ले भवन रहेको छ। उनीहरुले आफ्नो अगाडीको सरकारी जमिन भएकोले आफूहरुले प्रयोग गरेको दावी गरे। उनीहरुले भने, ‘हाम्रो अगाडीको जमिन हो, अन्यले पनि प्रयोग गरिरहेका छन्, मारुती सिमेन्ट उद्योगले प्रयोग गरिरहेको छ। हामीले पनि घर बनायौं।’
उनीहरुलाई तपाईहरुको घर हो भन्नु हुन्छ, किन भत्कायो? भनि सोध्दा ‘मैले बोलेर घर फर्किन्छ र?’ भन्दै प्रतिकृया दिन चाहेनन्। सिरहामा भु–माफियाहरुले रानितिक प्रभावमा व्यापक रुपमा वनको जग्गाहरु अतिक्रमण गरेको स्थानिहरुको भनाई छ। अतिक्रमित जग्गाहरु संरक्षण गर्नुपर्न स्थानियहरुको माँग छ।न्युज कारखाना
काठमाडौँ । चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण छायांकन सकिएको छ । आखै रसिलो बोलको गीतको छायांकन सकिए लगतै चलचित्रको छायांकन सकिएको हो । भोइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा आइताबारबाट छायांकन गरिएको गीतको आज बिहान छायांकन सकिए सगै फिल्मको सम्पूर्ण छायांकन सकिएको हो ।
चलचित्रको आखै रसिलो गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर रहेको छ ।गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा चलचित्रका मुख्य कलाकार रोशन श्रेष्ठ र आयुषा समालसगै मेरो डान्स युनिभर्सकी बिजेता खुशी कार्की ,नारायण प्रधान ,डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहलाई फिचर्ड गरिएको छ ।
चलचित्रको केहि दिन अघि अमेरिकामा समेत छायांकन गरिएको थियो ।“यो मन त मेरो नेपाली हो” नेपालको झापा ,इलाम साथै भारतको सिकिम, दार्जीलिङ, जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउमा चलचित्रको छायांकन गरिएको थियो । यस चलचित्रमा भारत, मलेसिया, पोल्याण्ड, अस्टिया ,बेल्जियम ,ट्युनिसिया ,जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरुको अभिनय रहेको छ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान ( नर ) को निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।चलचित्रकी नायिका आयुषा समाल मेरो डान्स कप युएसए कि फर्स्ट रनर अप हुन् ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण भएको “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।
मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स , कविराज गहतराजको कोरियोग्राफी रहेको छ । न्युज कारखाना
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ बुढिगंगा गाउँपालिका-५ घर भई काठमाडौं अनामनगर बस्ने ३४ वर्षीया नर्वदा कुमारी खड्का र काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू बस्ने ४० वर्षीय पासाङ लामा रहेका छन् ।
आकर्षक तलबको प्रलोभनमा पारी नर्वदाले क्यानडा पठाइदिन्छु भनी १ जना पीडितबाट ३ लाख ८५ हजार रूपैयाँ र पासाङले पोर्चुगल पठाइदिन्छु भनी २ जना पीडितहरूबाट ५ लाख २० हजार रूपैयाँ ठगी गरी सम्पर्कबिहीन भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको बिआरआई सम्झौता अनुसार अनुदान नै लिने गरि छलफल भैरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले बीआरआईमा सकेसम्म अनुदान लिने गरि छलफल भएको जानकारी दिएका हुन् ।
चिनियाँ प्रतिनिधिमण्डल नेपालमा रहेको बेलामा बिआरआईमा हस्ताक्षर हुने सम्भावनापनि रहेको औंल्याएका दाहालले बिआरआई लिँदा अनुदानमा लिने र ऋणमा लिनुपर्ने विश्व बैंक र एडिबीकै व्याजदर बढीमा १.५ प्रतिशतभन्दा बढीमा नलिने बताएका हुन् ।
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक काठमाडौंमा जारी छ । उक्त बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको छ ।न्युज कारखाना
रौतहट । रौतहट स्थित १६ नगरपालिका २ गाउँपालिका गरी १८ स्थानियतह मध्ये १६ ले असार १० अर्थात नेपाल सरकार द्वारा निर्धारण गरिएको तिथि भित्रै बजेट ल्याउन सफल भएको छ । बिभिन्न कारणले १५ मध्ये ३ नगरपालिकाले भने असार १० भित्र बजेट ल्याउन सकेन ।
निर्धारित तिथि असार १० गते सोमवार जिल्लाको ७ स्थानीयतहले एकैदिन नगर अधिवेशन सम्पन्न गरेको थियो । मौलापुरको अधिवेशनले शून्य करनीति सहित ३९ करोड़को बजेट पारीत गरेको थियो भने कार्यक्रमका प्रमुख अतिथीले संघ र प्रदेशले जिम्मा लिएको काम नगर्दा नगरमाथी आर्थिकभारको आरोप लगाएका थिए ।
आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमुखआतिथ्यमा मौलापुर नगरपालिकाको आठौं बजेट अधिवेशन सम्पन्न भएको थियो । मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले संयुक्त रूपमा ३९ करोडको बजेटको बाचन गरेका थिए ।
परोहा नगरपालिकाका मेयर शेख वकीलले नगर सभामा ४८ करोड ४४ लाख १९ हजार १ रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। दोस्रो पटक निर्वाचित भएका मेयर वकीलले नगरवासीको प्रत्यक्ष लाभ हुने गरी योजना ल्याएका हुन् ।
नगरपालिकाको प्रत्येक वडाका कमतीमा ५० जना गरीव असहायलाई प्रतिमहीना १० किलो चामल उपलब्ध गराउने , आश्रय नभएका व्यक्तिलाई संघ, प्रदेश र पालिकाको सहयोगमा आवास टहराको व्यवस्थापन गरिने, नगरपालिकाभित्रका सबै घरपरिवारलाई निःशुल्क रुपमा ग्याससहित चुलो वितरण गरी कार्तिक मसान्तमा धुवामुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको प्रमुख प्रशासकिय अधिकृत महमद महफुज अहमदले बताएका छन।
त्यस्तै गुजारा नगरपालिकाको नगरसभा सोमवार सम्पन्न भएको छ। मेयर सन्तलाल चौधरी र उपमेयर रत्ना लामाले आर्थिक बर्ष २०८१/०८२को लागि ५७ करोड ६८ लाख,६३ हजारको बजेट प्रस्तुत गरेका थिए ।
माधवनरायण नगरपालिकाका नगर प्रमुख बैधनाथ प्रसाद यादव (बैजुयादवको अध्यक्षतामा भएको नगरसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । कार्यक्रममा नगर उपप्रमुख निर्मला रमणले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र ४९ करोड ७४ लाख ७२ हजार बजेट ल्याउदै ९औ अधिवेशन भव्ययाताका साथ सम्पन्न भएको छ ।
दुर्गा भगवती गाउँपालिकाका गाउँसभाका अध्यक्ष श्री शम्भु कुमार सिंहले आगामी आ.व. २०८१/०८२ को लागि नीति तथा कार्यक्रम सहित जम्मा ३७ करोड ६५ लाख ५६ हजारको बजेट प्रस्तुत गरेका थिए । अधिवेसनले शिक्षा, स्वास्थ भौतिक पूर्वाधार संगै प्रत्यक्ष रूपमा नागरिक लाभान्वित हुने योजनाहरू प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत परमानन्द पाठकले बताएका छन ।
जिल्लाको पूर्विभेग राजदेवी नगरपालिकाको १२ औ नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा भएको नगर अधिवेशनमा नगरप्रमुख भिखारी प्रसाद यादवले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ४८ करोड १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन् ।
त्यस्तै गढीमाई नगरपालिकाको को ११ औँ नगरसभा सम्पन्न भएको छ। नेपाली कांग्रेस मधेश प्रदेशका सभापती कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेसनमा मेयर श्याम प्रसाद यादवले आर्थिक बर्ष २०८१/०८२ को लागि ५९ करोड ५०, लाख, एक हजार रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।
कटहरिया, गौर, चन्द्रनिगाहुर, वृन्दावन, गुजरा, राजपुर, गरुडा, ईशनाथ नगरपालिका र यमुना माई गाउँपालिकाले यस अघिनै बजेट ल्याइसकेको छ।
१८ मध्ये ३ वटा पालिकाले असार १० गतेसम्म बजेट ल्याउन सकेको छैन। बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले एकलौटी गर्न खोजेको भन्दै उपमेयर प्रमिला कुमारी जैसवाल सहित बहुमतले असार १० गते आयोजित नगरसभा बिथोलेको थियो।
मेयर यादवले असार १० गते राती १२ बजे बिना बहुमतको नगरसभा गरेको खबर प्राप्त भएको छ। तर त्यस्तो नगरसभाको कुनै औचित्य नहुने उपमेयर जैसवालको दाबी रहेको छ । देवाही गोनाही नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बिच बजेटको भागबण्डा नमिलेको कारण नगर अधिवेशन आयोजना हुनसकेको छैन ।न्युज कारखाना
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई पक्राउ परेर प्रहरीले सार्वजनिक गरेको छ ।
भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा प्रहरी हवल्दार कृष्ण बहादुर बोहरासहित ५ जनाले सीआईबीको टोलीभन्दै प्रवेश गरेर दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेको बताइएको छ ।
उक्त घटनामा सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएको पाइएको छ । घटनामा संलग्न एक जना भने अझै फरार रहेका छन् । प्रहरी हवल्दार बोहरा महाराजगञ्ज २ नम्बर गणमा कार्यारत थिए । उनलाई पनि पक्राउ गरेर हिरासतमा राखिएको छ ।
त्यसैगरी, उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा सुजन रसाइली, भीमबहादुर तामाङ, मुनाराज राई रहेका छन् । प्रहरी हबल्दार बोहरा र तामाङ सिन्धुपाल्चोक भोटेकोशीका हुन् । न्युज कारखाना
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेकाले प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी हुन् ।
सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए। उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।
बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पारेका छन् । उनले भने, “नेपालका नदीनाला नेपालकै हुन्, नेपालकै सम्पत्ति हुन्, नेपालले नै उपभोग गर्ने हो, यसमा स्पष्ट हुनुपर्छ ।”
आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको विनियोजनका सम्बन्धमा सांसदहरूले राख्नुभएको पूरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय र आर्थिक सुशासनका सम्बन्धमा राम्रा कामहरू भएको स्पष्ट पारे ।
आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समन्यायिक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गर्नेगरी सरकार आगाडि बढेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “हामी अनुदानमै जाने हो । सहुलियतपूर्ण ऋणको सन्दर्भमा एक वा एक दशमलव पाँचभन्दा बढीमा नजाने भन्ने नै हो ।”
रू तीन करोडभन्दा साना आयोजना सङ्घले कार्यान्वयन नगर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय र योजना आयोगले त्यस्ता आयोजनाहरू तल हस्तान्तरण सहयोग गर्ने बताए । न्युज कारखाना
काठमाडौं । वैदेशिक रोजगारीको बहानामा दुवई पुर्याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुर महानगरपालिका-८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो ।
पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय तथा सहकार्यमा दुवईबाट २०८० चैत १९ गते उद्दार गरे पश्चात थप अनुसन्धानको क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाईदिने प्रलोभन देखाई २ लाख ९० हजार रूपैयाँ लिई २०८० फागुन ७ गते दुवई पुर्याई घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगि बेचबिखन गरी शारीरिक तथा मानसिक यातना दिई विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई चरम श्रम शोषण गरेको खुल्न आएको छ ।
महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।न्युज कारखाना