काठमाडौँ । जारी युरोकप अन्तर्गत आज इङल्याण्ड र स्लोभाकियाबीच खेल हुदै छ । नेपाली समय अनुसार यो खेल राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।
इङल्याण्ड समुह सी मा शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको हो । इङल्याण्डले एक खेल जितेको थियो भने २ खेलमा बराबरी खेलेको थियो । इङल्याण्डले पहिलो खेलमा सर्बियालाई १-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा डेनमार्कसँग १-१ गोलको र तेस्रो खेलमा स्लोभेनियासँग गोलरहित बराबरी खेलेको थियो ।
त्यस्तै स्लोभाकिया समुह इ मा तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको हो । स्लोभाकियाले समुह चरणका ३ खेल मध्ये एक खेलमा जित, एक बराबरी र एक हर बेहोरेको थियो । स्लोभाकियाले पहिलो खेलमा बेल्जियमलाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा युक्रेनसँग २-१ गोलले पराजित भएको थियो भने तेस्रो खेलमा रोमानियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
इङल्याण्ड र स्लोभाकियाबीच अहिलेसम्म ६ खेल भएको छ । जसमा इङल्याण्डले ५ खेल जितेको छ भने एक खेल बराबरी भएको थियो । इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो युरोकपको उपविजेता बनेको थियो ।
त्यस्तै स्लोभाकिया यस अघि २०१६ को युरोकपमा नक आउटमा पुगेको थियो भने यो सहित दोस्रो पटक नक आउटमा पुगेको छ ।न्युज कारखाना
काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
कार्यसूची:
१. ‘आर्थिक विधेयक, २०८१’ माथि छलफल हुने ।
२. ‘आर्थिक विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।
३. अर्थ मन्त्री वर्षमान पुनले-
(क) ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
४. ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।
५. अर्थ मन्त्री वर्षमान पुनले:-
(क) ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) ‘भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
६. ‘भन्सार महसुल विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।
७. अर्थ मन्त्री वर्षमान पुनले ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।न्युज कारखाना
काठमाडौँ । क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा चिलीसँग गोल रहित बराबरी खेलेसँगै क्यानडा प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
क्यानडाको ३ खेलमा ४ अंक रहेको छ र समुहमा दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । यो बराबरीसहित चिली कोपा अमेरिकाबाट बाहिरिएको छ ।
त्यस्तै समुह ए को अर्को खेलमा पेरु अर्जेन्टिनासँग २-० ले पराजित भएसँगै समुहमा ३ खेलमा एक अंकसहित चौथो भएर बाहिरिएको छ ।
न्युज कारखाना
काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित हैस्ल गरेको छ ।
आइतबार सम्पन्न समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरको हो ।
अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका थिए । उनले खेलको ४७औ र ८६औँ मिनेटमा गोल गरेका थिए । उनको यस कोपामा कुल चार गोल गरेका छन् ।
यो जितपछि अर्जेन्टिनाले समुह ए मा ३ खेलमा ९ अंक हासिल गर्दै शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै समुह ए बाट क्यानडा क्वाटरफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा क्यानडाले चिलीसँग गोलरहित बराबरी खेलेसँगै समुहमा दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ ।
यो सँगै समुह ए बाट चिली र पेरु दुवै बाहिरिएका छन् ।न्युज कारखाना
काठमाडौँ । इरानमा राष्ट्रपति चयनको लागि दोस्रो चरणको मतदान हुने भएको छ । चार उम्मेदवार प्रतिष्पर्धामा रहेको यस निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि जुलाई ५ मा दोस्रो चरणको मतदान हुने भएको हो ।
राष्ट्रपतीय निर्वाचनमा समाज सुधारक मसुद पेजेस्कियान र कट्टरपन्थी सईद जलिलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
तेहरान टाइम्सका अनुसार मसुद पेजेस्कियानले कुल ४२.४३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गरेका छन् । त्यस्तै मोहमद बाकेर क्वालिबाफले १३.७७ प्रतिशत मत प्राप्त गरेका छन् भने मोस्ताफा पोउरमोमदीले ८. ३९ प्रतिशत मत प्राप्त गरेका थिए ।
इरानी कानुन अनुसार कुनै पनि उम्मेदवारले चुनावमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेन भने दोस्रो चरणको निर्वाचन जून व्यवस्था छ । अब सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार पेजेस्कियान र जलीलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
मे महिनामा इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि इरानमा राष्ट्रपतिको निर्वाचन भएको हो । राष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार मतदान भएको थियो ।
तर, निर्वाचनमा करिब ४५–५३ प्रतिशत मतदान भएकाले निर्वाचनप्रति जनतामा खासै उत्साह देखिएको थिएन । यो इब्राहिम रायसी राष्ट्रपति निर्वाचित हुँदा अघिल्लो चुनावमा ४८.८ प्रतिशतको तुलनामा चार दशकमा इरानको राष्ट्रपति चुनावमा सबैभन्दा कम मतदान थियो । मार्च र मेमा भएको संसदीय निर्वाचनमा पनि ४१ प्रतिशत मात्रै मतदान भएको थियो ।न्युज कारखाना
काठमाडौँ । टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।
खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए ।
रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन् ।
रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए । कोहलीले भने- ‘यो मेरो अन्तिम टी-२० विश्वकप थियो । यो हामीले हासिल गर्न चाहेका थियौं, यो मेरो भारतका लागि अन्तिम टी-२० खेल हो । हामी यो कप उठाउन चाहन्थ्यौं । अब समय आएको छ, टी-२० क्रिकेटलाई युवा खेलाडीहरुले अगाडी बढाउने छन् ।’
रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी- २० विश्वकप जित्न सफल भएको छ । यस अघि भारतले टी-२० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो ।
अमेरिका र वेस्ट इन्डिजबीच भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर उपाधि जितेको थियो ।न्युज कारखाना
काठमाडौँ । जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा डेनमार्कलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
जर्मनीको जितमा काइ हाभेर्ट र जमाल मुसियालाले एक एक गोल गरेका थिए । यो जितपछि क्वाटरफाइनलमा अब जर्मनीले स्पेन र जर्जियाबीचको विजेतासँग खेल्ने छ ।
त्यस्तै यो हारसँगै डेनमार्कको युरोकप यात्रा भने समाप्त भएको छ । न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुदै छ ।
आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।
महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ । करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रुपमा दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।
एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबि गरेका छन् । न्युज कारखाना
राैतहट,१५ गते असार । रौतहटको सदरमुकाम गौरको कबिरचोकमा रहेको कबिर जेनरल स्टोरमा शुक्रबार राती चोरी भएको दृश्य समाजिक संजालमा सार्वजनिक भएको छ । सिसिटिभि फुटेजमा एक युवकले पसलको ताल्चा फुटाएर नगद सहित बिभिन्न सामाग्री चोरेर लगेको देखिएको छ। रौतहट प्रहरी यस घटना बारे सुक्ष्म अनुसन्धान गरि चोरीमा समलग्नलाई तुरुन्तै नियन्त्रणमा लिएर आफुलाई न्याय र क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने पसल संचालक चन्दन यादवले माग गरेकाे स्थानीय पत्रकार अरविन्द यादवले जानकारी गराएका हुन् ।
राैतहट,१५ गते असार । देशभर सहित रौतहटमा पनि आज २१औं राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र रौतहटको आयोजनामा गरुडा नगरपालिका-५ महम्मद्पुरमा यस वर्षको धान दिवस धान रोप्दै, दहि, चिउरा र आँप खाएर मनाइएको छ ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवाल, कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मी, गरुडा नगरपालिकाका नगर प्रमुखका प्रत्यासी बृज किशोर यादव, नेता राम भरोस यादव लगाएतका व्यक्तिहरुले जमीनको हिलोमा धानको बेर्ना रोपि धान दिवस मनाएका हुन ।
“जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो ।