२०८३ बैशाख २६
२०८३ बैशाख २६

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी-२० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ ।

बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिदै १२५ करोडको पुरस्कार राशीको घोषणा गरेका हुन् ।

भारतले शनिबार राति सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो ।न्युज कारखाना

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । गएराती देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ ।

यो मुल्य वृद्धिसँगै  काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । इङल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

इङल्याण्डले १-० गोलले पछि परेको अवस्थामा कम ब्याक गर्दै जित हासिल गरेको हो । इङल्याण्डले दुवै गोल ९० मिनेटपछिको इन्जुरी समयमा गरेको थियो । खेलको ९१औ मिनेटमा ह्यारी केनले र खेलको ९५औ मिनेटमा जुडे बेलिंगघमले गोल गर्दै जित दिलाएका थिए । यस अघि खेलको २५औ मिनेटमा स्लोभाकियाका लागि इभन स्च्रांजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

अब क्वाटरफाइनलमा इङल्याण्डले स्वीजरल्याण्डको सामना गर्ने छ । यो खेल आगामी जुलाई ६ मा हुने छ । त्यस्तै हारसहित स्लोभाकिया भने युरोकपबाट बाहिरिएको छ ।न्युज कारखाना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी  भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको  पनि सम्भावना रहेको छ र कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ । न्युज कारखाना

भक्तपुर । सधै कक्षाकोठामा देखिने भक्तपुरको एउटा स्कुलका विद्यार्थी आइतबार फरक भूमिकामा देखिए । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट इंगलिश स्कुलका विद्यार्थी नियमितको पढाई छाडेर  रोपाईमा व्यस्त भएका हुन् ।
स्कुलको कक्षा कक्षा ४ का एक सय ९ जना छात्रछात्रा धान रोपाईमा सहभागी भएका हुन् । उनीहरुले स्कुल नजिकैको स्कुलकै ४ आनाको क्षेत्रफलमा फैलिएको खेतमा रोपाई गरेका हुन् । ट्यांकरबाट ल्याइएको पानीबाट उनीहरुले शिक्षकशिक्षिका तथा अन्य कामदारहरुको सहयोगमा धान रोपेका थिए ।
रोपाईमा सहभागी विद्यार्थीहरुले सधै कक्षाकोठामा मात्रै बसेर पढ्दै  आएकोमा आइतबार अलि फरक रुपमा धान रोप्न पाएकोमा खुशी साटे । कक्षाकोठामा मात्रै बसेर होइन कि फिल्डमा पनि पुगेर सिक्ने मौका पाएकोमा असाध्यै खुशी लागेको छौ, उनीहरुले भने ।  प्रयोगात्मक अभ्यासले खेती गर्ने किसानको दुःख वुझ्ने मौका मिलेको उनीहरुको भनाई थियो । यसबाट धेरै कुरा सिकियो, उनीहरुले भने, हामीले खाने चामलको भातका लागि किसानले कति मिहिनेत गर्दा रहेछन् अनुभब गर्न पाइयो ।’

यसअघि ती विद्यार्थीले नै रोपाईका लागि आवश्यक धानको विउ राखेका थिए । उनीहरुले धानको विउ राख्नेदेखि धान भित्राउनेसम्मको सम्पूर्ण काम गर्ने जानकारी स्कुलले दिएको छ । विउ छर्ने, धान गोडने, काटने, झार्नेदेखि भित्राउने सवै उनीहरुले नै गर्ने स्कुलले जनाएको छ ।

स्कुलकी शिक्षिका एवं धान रोपाई कार्यक्रमकी संयोजक सुनीता सुवेदीले धान रोप्ने कार्यक्रमको दिन अघि नै उनीहरुलाई पहिला नै कक्षाकोठामा जानकारी गराइएको जानकारी दिइन् । धान रोप्ने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामानलगायतका विषयमा कक्षामा यसअघिका दिनहरुमा नै जानकारी गराइएको उनले सुनाइन् ।  धान रोप्न विद्यार्थी कोदालो, डाँंटेलगायतका सामाग्री लिएर खेतमा गएका थिए ।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्षकाबारेमा व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष असारमा रोपाई कार्यक्रम गर्दै आएको जानकारी गराए । खेती किसानबारे वुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा चारका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँंदै आएको उनले जनाए ।
स्कुलले प्रत्येक वर्ष धान दिवस अर्थात् असार १५ का दिन विद्यार्थीलाई धान रोपाईमा सहभागी गराउने गर्दै आएको जनाइयो । तर यो वर्ष असार १५ शनिबार परेकोले आइतबार धान रोपाई कार्यक्रम गरेको स्कुलले जनायो ।
विद्यार्थीले रोपेको धान प्रत्येक वर्ष असार १५ को दिन स्कुलमा दही चिउरा खानका लागि आवश्यक मात्रामा कुटेर चिउरा बनाइन्छ । बाँंकी धान भने दानको भावना जगाउन जिल्लास्थित मुनि विहार इनाचो भक्तपुरमा रहेका भन्तेहरुलाई खुवाउन विद्यार्थी दान गर्न पुग्छन् ।न्युज कारखाना

भैरहवा । आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैकरोडका अधिकांस पसलहरुमा पानी पसेको छ ।

केही समय मात्रै भएको भार्ी वर्षाले बैकरोड सहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजारनै जलमग्न भएकोे हो । पानीको निकाश नभएको कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा पनि पानी पसेको छ ।

घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सडक पानी परेपछि भने हिलाम्य को समस्या खेप्दै आएका छन । भैरहवाको मुख्य बजार बैकरोड मिलनचोकमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा प्रहरीले केही समय रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय, भिम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरुमा पानी पसेकोे छ ।

नगर क्षेत्रमा भइरहेको सडक निर्माणसगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा केही घण्टा मात्र परेको वर्षाको पानीले निकास नपाउँदा जलमग्न हुने गरेको छ ।न्युज कारखाना

काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा .प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताएका थिए ।

त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।न्युज कारखाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका झालाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति लिएको हो ।

झाविरुद्ध लिखित किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसान्धान गर्ने भएको छ । उनी पक्राउसँगै भुटानी शरणार्थी प्रकरणको अन्य राजनीतिक संलग्नता रहेको आरोप लगाएको छ । न्युज कारखाना

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन् ।

शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाईलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा उनका प्रतिद्धन्दी मोहनकाजी शाक्यले १४८ मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा धर्म सुन्दर बज्राचार्यले २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी केश बहादुर सुनारले १५९ मत प्राप्त गरेका छनु । द्धितिय उपाध्यक्षमा बुद्धि बहादुर वि.के दियालीले २६४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका प्रतिद्धन्दी मान ब.विश्वकर्मा(एम.वि)ले १६६ मतमा चित्त बुझाउन प-र्यो । तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला)ले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी मनोजकुमार साहले १८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवमा किरणभाइ बज्राचार्यले २३३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी रविन शाक्यले १३६ मतमा चित्त बुझाउन प¥र्यो । कोषाध्यक्षमा सुदिप श्रेष्ठले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी सुबिन बज्राचार्यले १८४ मत प्राप्त गरेका छन् ।

सचिव दुई जनामा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली विजयी भएका छन् । विश्वकर्माले २३५ मत पाउँदा अर्का उम्मेद्वार २६१ दियालीले मत पाएका थिए । उनीहरुका प्रतिद्धन्दी भीमबहादुर सुनारले १५६ मत प्राप्त गरे भने अर्का उम्मेद्वार राजेन्द्र विश्वकर्माले १६७ मतमा चित्त बुझाउन प-र्यो । त्यस्तै सहकोषाध्यक्षमा पद्म सुन्दर शाक्य २६३ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी किसन मास्केले १५७ मत प्राप्त गरेका छन् ।

असार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४ः३० बजे सम्म भएको निर्वाचनमा ४३५ जना प्रतिनिधिहरुले मतदान प्रक्रियामा भाग लिएका थिए । महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरु रहेका थिए। २०५३ सालदेखि सुनचाँदी पेशामा संलग्न रसाईली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्ष भएका थिए ।

नवनिर्वाचित अध्यक्ष रसाईली २०६९ सालमा गठित नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समितिको सदस्य समेत रहेका थिए । २०६९ सालदेखिको महासंघको सांगठनिक यात्रामा १२ वर्षमै केन्द्रीय अध्यक्ष हुने अवसर नवनिर्वाचित अध्यक्ष रसाईलीलाई मिलेको छ ।न्युज कारखाना

 रौतहट । रौतहटबाट प्रहरीले २४ लाख भन्दा बढीको बिभिन्न प्रकारको अबैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरु बाट खटेको गस्ती टोलीले असार १ गतेदेखि १५ गतेसम्म उक्त मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो। ७ लाख ३ हजार ५७९ बराबरको लतताकपडा,३ लाख,१ हजार ९८० को किराना तथा खाद्यान,६ लाख ४ हजार८०० बराबरको औषधी,८ लाख ५० हजाबराबरको सुपारी , बिभिन्न सवारी साधन गरी कुल २४ लाख,६० हजार ३०९ बराबरको अबैध सामान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।

बरामद सामानहरू आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौर र राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। पछिल्लो समय रौतहट स्थित प्रहरीको सक्रियताले तस्करहरु निरुत्साहित भएर तुलनात्मक रूपमा तस्करी न्यून भएको जानकारहरुले बताएका छन।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।