२०८३ बैशाख २६
२०८३ बैशाख २६

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ ।

काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा केहीबेरमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

यसैबिच महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।  त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी तथा डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।

आइतबारबाट सुरु भएको महाधिवेशनमा दस्ताबेज पारित भएसँगै नेतृत्व छनोट प्रक्रियामा प्रवेश गर्नेछ । महाधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिने सो पार्टीले जनाएको छ ।

अहिलेसम्म अध्यक्षका लागि माधव नेपाल, झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आकांक्षा देखाएका छन् । एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष नेपाल र महासचिव भुसालबीच अध्यक्षमा प्रतिष्पर्धा हुने सम्भावना रहेको बताएका छन् । न्युज कारखाना

काठमाडौँ । जारी युरोकप अन्तर्गत आज नक आउट चरणमा पोर्चुगल र स्लोभेनियाबीच खेल हुदै छ । नेपाल इसम्य अनुसार यो खेल आज राति १२: ४५ बजेदेखि शुरु हुदै छ ।

समुह चरणमा पोर्चुगल समुह एफ को समुह विजेताको रुपमा नक आउट चरणमा पुगेको हो । पोर्चुगलले ३ खेलमा दुई जित र एक हारसहित ६ अंक हासिल गरेर शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल र टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा जर्जियासँग २-० गोल अन्तरले पराजित भएको थियो ।

त्यसैगरी स्लोभेनिया समुह सी मा ३ खेलमा तिनै खेल बराबरी खेलेर समुहमा तेस्रो हुदै नक आउट चरणमा पुगेको हो । पहिलो खेलमा स्लोभेनियाले डेनमार्कसँग १-१ गोलको, दोस्रो खेलमा सर्बियासँग १-१ गोलको, इङल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म केवल एक खेल भएको छ जुन स्लोभेनियाले जितेको छ । गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।न्युज कारखाना

काठमाडौँ । जारी युरोकपको नक आउट चरणमा आज फ्रान्स र बेल्जियमबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।

समुह चरणमा फ्रान्स समुह डी मा दोस्रो हुदै नक आउट चरणमा पुगेको हो । फ्रान्सले ३ खेलमा एक जित र २ खेल बराबरी खेलेको थियो । फ्रान्सले पहिलो खेलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेदरल्याण्डससँग गोल रहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।

त्यस्तै बेल्जियम समुह चरणमा समुह ई मा तेस्रो हुदै नक आउट चरणमा पुगेको हो । बेल्जियमको ३ खेलमा एक जित एक बराबरी र एक हार बेहोरेको थियो ।

बेल्जियमले पहिलो खेलमा स्लोभाकियासँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा युक्रेनसँग गोल रहित बराबरी खेलेको थियो ।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो । त्यस्तै बेल्जियमले भने अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन । बेल्जियम १९८० मा फाइनलमा पुगेर पराजति भएको थियो ।

फ्रान्स र बेल्जियमबीच अहिलेसम्म ७५ खेल भएका छन् । जसमा फ्रान्सले २६ खेल जितेको छ र बेल्जियमले ३० खेल जितेको छ । त्यस्तै १९ खेल बराबरी भएका थिए ।न्युज कारखाना

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बलकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ । आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।न्युज कारखाना

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।

संसदीय दलको निर्णय संसद् सचिवालयलाई गराउने तयारी रहेको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्।

बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन्। यसअघि गंगाराम प्रमुख सचेतक थिए ।

प्रतिनिधि सभामा नाउपाका चार सांसद रहेका छन्  ।न्युज कारखाना

काठमाडौँ । फ्रान्सको संसदीय चुनावको पहिलो चरणमा राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टी पछाडि परेको छ । सीएनएन रिपोर्टका अनुसार मरिन ले पेनको दक्षिणपन्थी राष्ट्रिय र्‍याली (आरएन) पार्टीले पहिलो चरणमा अग्रता बनाएको छ भने म्याक्रोनको पार्टी तेस्रो स्थानमा झरेको छ ।

प्रारम्भिक अनुमान अनुसार नेशनल र्‍याली (आरएन) को नेतृत्वमा दक्षिणपन्थी गठबन्धनले ३४ प्रतिशत मतका साथ पहिलो स्थानमा छ, जबकि वाम गठबन्धनले २८.१ प्रतिशत मत पाएको छ भने म्याक्रोनको पार्टीले २०.३ प्रतिशत मात्र मत प्राप्त गरेको छ ।

सीएनएनको रिपोर्टका अनुसार अर्को आइतबार दोस्रो चरणको मतदानपछि आरएनले ५७७ सिट भएको नेशनल एसेम्बलीमा २३० देखि २८० सिट जित्न सक्ने अनुमान गरिएको छ, जुन पूर्ण बहुमतका लागि आवश्यक २८९ सिटभन्दा कम हो ।

त्यस्तै वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्ट (एनएफपी) ले १२५ देखि १६५ सिट जित्ने अपेक्षा गरिएको छ, जबकि म्याक्रोनको एन्सेम्बल र उनका सहयोगीहरूले ७० देखि १०० सिट जित्न सक्ने अनुमान गरिएको छ ।

यस महिनाको सुरुमा, जुन ६ मा युरोपेली संसदको निर्वाचन भएको थियो। यस अवधिमा फ्रान्समा सबैभन्दा डरलाग्दो राजनीतिक परिस्थितिहरू थिए। यहाँ, फ्रान्सेली चरम दक्षिणपन्थी नेता मारिन ला पेनको राष्ट्रिय जुलुसले म्याक्रोनको पार्टीलाई ठूलो धक्का दिएको थियो । त्यसलगत्तै राष्ट्रपतिले अन्तिम नतिजा आउनुअघि नै अचानक नेसनल एसेम्बलीको चुनावको घोषणा गरेर सबैलाई चकित पारेका थिए ।

अब पहिलो चरणमा १२.५ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका उम्मेदवारले दोस्रो चरणमा प्रतिष्पर्धा गर्ने छन् । दोस्रो चरणको मतदान जुलाई ७ मा हुने छ । न्युज कारखाना

काठमाडौँ । भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् ।

सोमबार बिहान सम्पन्न समुह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको थियो । भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए । यो जितपछि भेनेजुएलाले समुह चरणका तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।

त्यस्तै अर्को खेलमा इक्वेडर र मेक्सिको गोल रहित बराबरी खेलेपछि दुवैको ४-४ अंक भएको छ र गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समुह चरणबाट बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्ने छ । यो खेल जुलाई ४ मा हुने छ । त्यस्तै भेनेजुएलाले भने क्वाटरफाइनलमा क्यानडाको सामना गर्ने छ । यो खेल जुलाई ५ मा हुने छ ।न्युज कारखाना

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आइतबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बैठकले उक्त निर्णय गरेको हो ।

यसपालीको मौका परीक्षामा एसईई परीक्षा अनुत्तीर्ण सबैले सहभागी हुन पाउने छन् । गत विहिबार सर्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अनुतिर्ण भएका थिए । अब उनीहरु सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।

यसअघि साउन १८ र १९ गते परीक्षा सञ्चालन गर्ने तयारी रहेपनि सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी हुन दिने निर्णय भएपछि परीक्षाको पूर्व निर्धारित तालिका संशोधन गरिएको हो ।न्युज कारखाना

राैतहट,१६ गते असार । जिल्ला प्रहरी कार्यालय रौतहटले चालु महिनामा मात्र २४ लाखभन्दा बढीको तस्करीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले गत असार १ देखि १५ गतेसम्म विभिन्न ठाउँबाट भन्सार छली, चोरी निकासी तथा चोरी पैठारीका सामानहरु बरामद गरी भन्सार कार्यालय गौरलाई बुझाएको हो ।Open photo गत दुई हप्तामा रौतहट प्रहरीले लत्ताकपडा, सबारी साधन र अन्य गरी ७ लाख ०३ हजार ५७९ रुपैया बराबरको सामान बरामद गरी भन्सार चलान गरेको छ । यसै गरी किराना तथा खाद्यान्न लगायतका सामान ३ लाख ०१ ह्जार ९३० रुपैयाको बरामद गरी भन्सार भएको छ । यसै गरी प्रहरीले ८ लाख ५० हजार रुपैयाको अबैध सुपारी तथा ६ लाख ०४ हजार ८०० रुपैया बराबरको औषधि बरामद गरी भन्सार चलान गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । Open photoजिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपि एलिजा गिरीले गत १५ दिनमा २४ लाख ६० हजार ३०९ रुपैया बराबरको विभिन्न सामान बरामद गरी भन्सार चलान गरिएको बताएकी छन् । नेपाल भारत सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले भन्सार छलीका सामानहरु निरन्तर बरामद गरिरहेका छन् ।

काठमाडौँ । भारतीय अल राउण्डर रविन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् ।

भारतीय क्रिकेट टिमका अलराउन्डर जडेजाले विश्वकप जितेपछि आइतबार अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत जारी दिदै भारी मनका साथ अन्तर्राष्ट्रिय टी–२० क्रिकेटलाई अलविदा गरेको बताएका छन् । उनले भनेका छन्- ‘गर्वको साथ दौडिरहेको घोडा जस्तै, मैले मेरो देशको लागि सधैं आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु र क्रिकेटका अन्य ढाँचाहरूमा त्यो काम जारी राख्नेछु । टी-२० विश्वकप जित्नु एउटा सपना साकार भएको छ । म मेरो टी-२० अन्तर्राष्ट्रिय करियरको शिखरमा छु । तपाईको सम्झना, प्रोत्साहन र अटल समर्थनको लागि सबैलाई धन्यवाद ।’

बार्बाडोसमा भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर दोस्रो पटक टी-२० विश्वकप जितेको छ ।

विश्वकप जितेपछि भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।