काठमाडौँ । आइसीसीले टी- २० विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ ।
आइसीसीको टिम अफ द टुर्नामेन्टमा विश्वकप विजेत देश भारतबाट कप्तान रोहित शर्मासहित ६ खेलाडी परेका छन् । जसमा कप्तान रोहितसहित सूर्यकुमार यादव, हार्दिक पाण्डेय, अक्सर पटेल, जसप्रित बुमराह र अर्शदीप सिंह रहेका छन् ।
त्यस्तै विश्वकपको टिम अफ द टुर्नामेन्टमा अफगानिस्तानका तीन खेलाडी रहेका छन् । जसमा कप्तान राशिद खान, रहमतुल्लाह गुरबाज र फजाल्हक फारुकी रहेका छन् । त्यस्तै वेस्ट इन्डिजका निकोलस पुरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस यस टिममा परेका छन् ।
त्यस्तै यस टिमको १२औं खेलाडीको रुपमा उपविजेता बनेको दक्षिण अफ्रिकाका बलर एनरीक नोकिया रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । पोर्चुगल जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
अतिरिक्त समयको १०५औ मिनेटमा पोर्चुगलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले मिस गरेका थिए । रोनाल्डोले हानेको पेनाल्टी स्लोभेनियाका गोलकिपरले बचाएका थिए । पेनाल्टी मिस गरेका रोनाल्डो मैदानमै रोएको दृश्य भावुक देखिएको थियो । आफ्नो क्यारियरको अन्त्य तिर रहेका रोनाल्डोलाई अन्य खेलाडीले सम्झाइरहेको दृश्य देखिएको थियो ।
थपिएको ३० मिनेटमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा पोर्चुगलको जितका नायक गोलकिपर डिओगो कोस्टा बनेका थिए । उनले स्लोभेनियाका तिनै पेनाल्टी बचाएर पोर्चुगललाई जिताएका थिए ।
अब क्वाटरफाइनलमा पोर्चुगलले फ्रान्सको सामना गर्ने भएको छ । पोर्चुगल र फ्रान्सबीचको क्वाटरफाइनल खेल जुलाई ५ मा हुने छ ।
त्यस्तै हारसँगै स्लोभेनियाको युरोकप यात्रा समाप्त भएको छ ।
न्युज कारखाना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । न्युज कारखाना
आजमिति २०८१ साल असार १८ गते मंगलबार तदअनुसार जुलाई २ तारिख,
नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको एकादशी तिथी, भरणी नक्षत्र, । घृती योग । चन्द्र राशि मेष । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३५ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१२
• सुर्यास्त: बेलुका ०७: ०३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ९
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः १
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः रातो
शुभ अंक ः ३
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ८
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ३
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ । सवारी चलाउदा ध्यान दिनुहोला । बोल्दा विचार पुर्याउन आवश्यक छ ।
शुभ रगं ः रातो
शुभ अंक ः ५
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः रातो
शुभ अंक ः २
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ७
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ४
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः चाॅदी
शुभ अंक ः ४
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः कालो
शुभ अंक ः १
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना
काठमाडौँ । काठमाडौं महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय रामाधानी सिम्बा एम्वाबुम्बा र ५६ वर्षीय तवालिब किपेभु पाशुआ रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामाधानीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम र सोही होटलको कोठा नम्बर २०५ बाट तवालिबलाई जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौं । मुख्य तीन दलले संक्रमणकालीन न्यायसँग सम्बन्धि विषयलाई टुङ्गो लगाउन कार्यदल गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुङ्गो लगाउन तीन पार्टीबाट एक-एक जना सदस्य रहने गरी कार्यदल बनाउन सहमति भएको हो ।
सोही सहमतिपश्चात टीआरसी विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्न आइतबार तीन दलबाट एक-एक जना सदस्य रहेको कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेबाट महेश बर्तौला र आफू र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।
कार्यदललाई छलफल गरेर टुंग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने कार्यादेश दिइएको छ । कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरेर साझा धारणा बनाउने छ ।
टीआरसी विधेयकका अधिकांश बुँदामा सहमति भए पनि चार बुँदामा सहमति कायम हुन नसकेको देखिएको छ । तत्कालीन प्रतिपक्ष रहँदा पीडितलाई न्याय दिनेभन्दा पनि पीडकको सजाय घटाउने निहित स्वार्थ माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाको रहेको विश्लेषण एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । मानव अधिकारका गम्भीर उलंघन गर्नेलाई सजायको दायरामा ल्याउनुपर्ने र आममाफि दिन नहुने पक्षमा एमाले रहेको छ ।
पीडितले न्याय पाउने गरी मात्रै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक टुंग्याउनुपर्ने एमालेले बताउँदै आएको छ । साथै स्वेच्छाचारी ढंगले सजाय घटाउने कुराले संक्रमणकालीन न्यायको उपहास मात्रै हुने एमालेले अडान लिदै आएको छ । न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने अपाङ्गता भएका २५ जना व्यक्तिलाई ह्वील चेयर, ११ जनालाई सामाजिक विकास विभागले कमोट चेयरसहित सहायता सामग्री, खेल, खेलौनाजस्ता सहायक सामग्री निःशुल्क उपलब्ध गराइएको छ ।
वडाबाट शिफारिस भएका सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुका लागि विभागले सामग्री उपलब्ध गराएको हो । यसरी प्रदान गरिएका सहायक सामग्रीमा वकर, सेतो छडी, कमरपेटी, छन् भने खेल सामग्रीमा फुटबल, क्यारिम वोर्ड, व्याटमिन्टन, बास्केट बल, स्टीलको लठ्ठी, सानो, मध्यम र ठूला साइजका डाइपर, इलेक्ट्रिक हट व्याग, पुतलीहरु, रेजिस्ट्याण्ड व्याण्ड, ह्याण्ड बल, क्रिकेट बल र व्याट, खेल खेल्ने रिङ्, टेडी वियर, रबरको घोडा छन् । यसरी प्रदान गरिएका सामग्री अपाङ्गता भएका व्यक्तिहरुलाई खेल्न तथा थेरापीका लागि हुन् ।
सामग्री वितरण हुनुअघि उनीहरुलाई सामग्री प्रयोग गरेर जीवनलाई सरल बनाउने विधि सिकाइएको थियो ।
कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य महेश नेपालीले भने, ‘अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, सुरक्षा, सम्मान र सहज जीवन यापनका लागि महानगरपालिकाले कार्यक्रम वढाउँदै लैजानेछ । सम्भव भएसम्म सामान्य जीवन बनाउन सहयोग गर्नेछ ।’
सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुका लागि यसरी सामग्री बाँडिएको यो पहिलो पटक हो । कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख बिमला कोइरालाले भने, ‘फिजियोथेरापीसहितको सहयोग कार्यक्रम सञ्चालन गर्ने अबको योजना हो । जसले जस्तो खालको सहयोग माग गर्नुहुन्छ । उहाँहरुलाई वडाको शिफारिसमा त्यस्तै सहयोग उपलब्ध गराउने छौँ ।’ विभागले आउँदो बर्ष राष्ट्रिय अपाङ्ग कोषसँगको सहकार्यमा सामग्री वितरण गर्दै जाने योजना बनाएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई लागत सहभागिता गराउँदा उनीहरु सामग्री लिन अस्वीकार गर्नुहुन्छ । कोषका अध्यक्ष डेकराज भट्टराईले भने, महानगरपालिकाको सहयोगबाट आउँदो बर्ष कोषले यस्ता सामग्री उत्पादन र वितरण गर्नेछ ।
यस्ता सामग्री विग्रिए भने मर्मत गर्नका लागि बालाजु स्कूल अफ इञ्जिनियरिङ् एण्ड टेक्नोलोजीका मेकानिकल शाखा प्रमुख कुलप्रसाद तिमिल्सिनाले महानगरपालिकासँगको सहकार्यका बारेमा उल्लेख गरे ।न्युज कारखाना
काठमाडौँ । बलिवुडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना भएका छन् । छोरी सोनाक्षी सिन्हाको विवाहको केहि दिन पछि बुवा शत्रुघन सिन्हा अस्पताल भर्ना हुनुपरेको छ ।
बिहेपछि शत्रुघ्न सिन्हा आफ्नो घरको डाइनिङ रुममा लडेको बताइएको छ । चोट लागेपछि उनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ ।
टाइम्स नाउको रिपोर्ट अनुसार शत्रुघनको करङमा गहिरो चोट लागेपछि अस्पताल भर्ना गरिएको छ । सुरुमा उनलाई सामान्य उपचार गरिएको भएपनि उनको पीडा बढेपछि अस्पताल भर्ना गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
७७ बर्षिय सिन्हा हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा त्रिणमूल कांग्रेसबाट चुनाव जितेर सांसद समेत बनेका छन् ।न्युज कारखाना
काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा आइतबार एउटा निजी जेट बिजुलीको तारसँग ठोक्किएको छ । त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो । ब्रिटिश मिडिया हाउस मेट्रोका अनुसार घटना स्थानीय समय अनुसार अपराह्न ४ बजे भएको हो । मृत्यु हुनेमा एक महिला पनि छन् ।
प्रहरीका अनुसार यो घटना राष्ट्रिय राजमार्ग ए ४ मा भएको थियो र विमान दुर्घटना हुनुभन्दा आधा घण्टा अगाडि उडेको थियो । विमानको मोडल सेस्ना १७२ हो । जेटको माथिल्लो भाग पावर केबलमा ठोक्कियो, जुन उच्च भोल्टेजको विद्युतीय केबल थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।
राजमार्ग दुवैतर्फबाट बन्द भएको र उद्धार टोलीले घटनास्थलमा उद्धार कार्य गरेको प्रहरीले जनाएको छ । विमान उडाउने पाइलटले गत वर्ष मात्रै लाइसेन्स पाएका थिए । पाइलटसँग सय घण्टा जेट उडानको अनुभव थियो ।
अधिकारीहरूले राष्ट्रिय राजमार्गमा जेट उडेको बारेमा प्रश्न उठाएका थिए। उड्डयन मन्त्रालयले यस विषयमा अनुसन्धान थालेको छ । ए ४ राष्ट्रिय राजमार्गमा यो वर्ष अहिलेसम्म दुईवटा निजी विमान दुर्घटनामा परेको स्थानीयले बताएका छन् । यसअघि पनि स्थानीय अधिकारीले यहाँबाट विमान उड्ने विषयमा प्रश्न उठाएका थिए ।
बिदाको दिन भएकाले राजमार्गमा सवारीसाधनको चाप बढी रहेको स्थानीयले बताएका छन् ।न्युज कारखाना
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ ।
यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना