२०८३ बैशाख २६
२०८३ बैशाख २६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

मंगलबार बिहान बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमति बारे जानकारी दिदै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

उनले कांग्रेससहितका दलको समर्थन आफु प्रधानमन्त्री बन्ने भन्दै प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गरेका छन् ।

गएराती कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको गठबन्धन भत्किएको छ । आफ्नो गठबन्धन भत्किएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने या विश्वासको मत लिने भन्ने बारे छलफल गरिरहेको बताइएको छ ।न्युज कारखाना

काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ ।

यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

काठमाडौँ ।

जारी युरोकप अन्तर्गत आज रोमानियाले नेदरल्याण्डसको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।

रोमानिया समुह ई मा ३ खेलमा एक जित एक बराबरी र एक हारसहित चार अंक बटुलेर शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको हो । रोमानियाले पहिलो खेलमा युक्रेनलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बेल्जियमसँग २-० ले हरेको रोमानियाले तेस्रो खेलमा स्लोभाकियासँग १-१ गोलको बराबरी खेलेको थियो ।

त्यस्तै नेदरल्याण्डस भने समुह डी मा तेस्रो हुदै नक आउट चरणमा पुगेको छ । नेदरल्याण्डसले ३ खेलमा एक जित, एक बराबरी र एक हार बेहोरेको थियो । नेदरल्याण्डसले पहिलो खेलमा पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेको नेदरल्याण्डसले तेस्रो खेलमा अस्ट्रियासँग ३-२ ले पराजित भएको थियो ।

अहिलेसम्म नेदरल्याण्डस र रोमानियाबीच कुल १३ खेल भएका छन् । जसमा नेदरल्याण्डसले ९ खेल जितेको छ भने रोमानियाले एक खेल जितेको छ । त्यस्तै ३ खेल बराबरी भएका छन् ।

रोमानिया छैटौं पटक युरोकप खेल्दै छ । रोमानियाको युरोकपमा उत्कृष्ट प्रदर्शन २००० मा क्वाटरफाइनलसम्म पुगेको थियो । त्यस्तै नेदरल्याण्डसले यो सहित ११औ पटक युरोकप खेल्दै छ भने अहिलेसम्मको नेदरल्याण्डसको उत्कृष्ट प्रदर्शन १९८८ मा युरोकपको उपाधि जितेको थियो ।

हेटौंडा |

मकवानपुरको मनहरी गाउँपालिकामा एक जना शिक्षकलाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। महेन्द्र ज्योति माध्यमिक विद्यालयका शिक्षक दिनेश उप्रेतीले आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार, पक्राउ परेका शिक्षक उप्रेतीलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गर्ने तयारी भइरहेको छ।

यो घटनाले शैक्षिक क्षेत्रमा व्याप्त यौन दुर्व्यवहारको समस्यालाई पुनः एकपटक उजागर गरेको छ। विद्यार्थीहरूको सुरक्षा र शिक्षकहरूको आचरणबारे गम्भीर प्रश्न उठेको छ।

स्थानीय समुदाय र अभिभावकहरू यस घटनाप्रति आक्रोशित भएका छन्। उनीहरूले दोषी शिक्षकलाई कडा कारबाही र पीडित बालिकालाई न्याय दिलाउन माग गरेका छन्।

यस घटनाले विद्यालयहरूमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न र शिक्षकहरूको नियुक्ति तथा आचरण नियमनमा कडाइ गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

काठमाडौँ ।

लक्ष्मण सुवेदीको निर्देशनमा बनेको तेस्रो फिल्म ‘सतीदेवी’ पूर्वघोषित मिति साउन ४ गतेबाट झन्डै एक महिना पछाडि सरेको छ ।

भदौ ७ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण कम्पनी दिलासा क्रियशनले एक विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको जनाएको छ ।

मलिका महत, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, भोलाराज सापकोटा, सन्देश लिम्बू, हर्षिका वली, मन्जिला बाँनियाँ लगायतको अभिनय रहेको फिल्मको निर्मातामा विशाल सुवेदी र श्रीदेवी सुवेदी छन् ।  फिल्मले वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ । फिल्मको टिजरदेखि गीतसम्म रिलिज भइसकेको छ ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको ‘सतीदेवी’मा निर्देशक सुवेदी स्वयंको स्क्रिप्ट लेखन तथा निर्माण छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछ ।

काठमाडौं ।

आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारका ठग बचाउन गृहमन्त्रीले शान्तिपुर्ण जुलुसमा रोक लगाएको आरोप लगाएको छ । वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन आईटी आर्मीले काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग जाने बाटोमा नारा जुलुस गर्न खोजदा प्रहरीले रोकेको आरोप छ ।No description available. आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले शान्तिपुर्ण विरोध जुलुस गर्ने संवैधानिक अधिकार हो तर गृहमन्त्रीले पवारको दुरुपयोग गरी बिना कारण शान्तिपुर्ण जुलुसमा रोक लगाउनुभएको छ । यसले आम पीड़ितलाई चोट पूगेकोछ । आईटी आर्मीले जारी राखेको आन्दोलनमा चासो नदिएको र पीडितलाई न्याय नदिएको भन्दै आईटी आर्मीले डोलप्रसाद (डिपि) अर्यालयको पुतला दहन गरेको थियो । वैदेशिक रोजगार विभागकै अगाडी श्रममन्त्रीको पुतला दहन गर्दै आईटी आर्मीले आन्दोलनलाई आक्रमक तरिकाले अगाडी बढाएको छ ।No description available. आन्दोलनमा सहभागी आजपाको महिला नेतृ रन्जु कुमारी साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । ‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ ।No description available. विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ साहले भने । आन्दोलनमा सहभागी आजपाको अर्का महिला नेतृ सिमा जयसवालले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका अन्य समस्याहरु समाधान गर्नुपर्ने माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको उनले बताए । अर्का महिला नेतृ चन्दा साहले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटी आर्मीको माग छ । ‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ आर्याले भने ।No description available. आजपा नेतृ एवं आन्दोलनकारी कनक सिंहले असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । आजपा नेतृ मिनादेवी साहले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउँन विभाग घेराउ गरेको उनले बताउ । नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको साहको भनाई रहेको छ । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए ।

आरके श्रीवास्तव,राैतहट,१७ गते असार ।

रौतहटको मौलापुर र बौधिमाई नगरपालिकाको प्रहरी युनिटमा कार्यरत प्रहरी कर्मचारी अचानक हेड क्वार्टर तानिएपछि अन्य प्रहरी कर्मचारीमा पनि त्रास देखिएको छ । तस्करी र पैसा असुल गरेको आरोप लागेका दुई प्रहरी कर्मचारी अचानक हेड क्वार्टर तानिएपछि सीमा क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीमा त्रास देखिएको हो । मौलापुर नगरपालिकाको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी जवान दीपेन्द्र सिंह र बौधिमाई नगरपालिकाको इलाका प्रहरी कार्यालय कोपवामा कार्यरत प्रहरी नायब निरीक्षक मनोज कुमार पाण्डे विभिन्न आरोपमा प्रहरी हेड क्वार्टर तानिएका हुन् । प्रनि पाण्डेमाथि तस्करसित पैसा उठाई नेपाल भारत सीमा क्षेत्रमा तस्करी गर्नको लागि तस्करहरुलाई छुट दिएको आरोप रहेको छ भने प्रहरी जवान सिंहमाथि व्यापारीसित अबैध रुपमा रकम असुल गरेको आरोप रहेको छ । दुवै जनाविरुद्ध प्रहरी केन्द्रीय कार्यालयमा लिखित उजुरी परेपछि अनुसन्धानको लागि तानिएको स्रोतको दाबी रहेको छ । प्रहरी प्रधान कार्यालयमा दुवै जनाविरुद्ध उजुरी परेपछि छानबिनका लागि केन्द्रीय अनुसन्धान टोली गोप्य रुपमा रौतहट आएको बताइएको छ । सिभिल भेषमा अनुसन्धान गर्न आएको टोलीले नै मौलापुर र बंकुल क्षेत्रमा अनुसन्धान गरी पाण्डे र सिंहलाई थप अनुसन्धानको लागि हेर्ड क्वार्टर तानेको बुझिएको छ । दुई साताअघि प्रहरी चौकी बंकुलका प्रहरी निरीक्षक अवधेश यादवलाई पनि अमर्यादित कार्य गरेको सूचना प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले तानेको थियो । प्रहरी निरीक्षक यादवलाई कारवाही प्रक्रियामा राखिएको प्रहरी स्रोतको दाबी रहेको छ । दक्षिण पश्चिमी रौतहटमा निर्बाध तस्करी हुने गरेको आरोप रहेको छ । प्रहरी कर्मचारीहरुकै मिलोमतोमा नेपालबाट भारततिर र भारतबाट नेपालतिर विभिन्न सामानको तस्करी हुने गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गर्ने गरेको छ । हालै नेपाल प्रहरीले गत दुई हप्तामा करिब पच्चीस लाखको सामान बरामद गरेको छ । सीमा क्षेत्रबाट तस्करी हुने गरेको प्रहरीहरुले नै समात्ने गरेको सामानबाट पुष्टि हुन्छ । मौलापुर नगरपालिकाको एक प्रहरी युनिटमा कार्यरत प्रहरी कर्मचारी भन्छन् – लगातार प्रहरी कर्मचारीहरु सोझै हेड क्वार्टर तानिन थालेपछि सर्वसाधारणसित कुनै व्यवहार गर्न पनि डर लाग्न थालेको छ । व्यापारीहरुसित उठबस भएका तथा सीमा क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरु बढी त्रसित देखिएका छन् ।

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।न्युज कारखाना

राैतहट,१७ गते असार । राैतहटकाे कटहरिया नगरपालिका ४ मा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।Open photo साे वडामा दाेस्राे चाेटी निर्वाचित भएका वडा अध्यक्ष चन्दन कुशवाहाले आफनाे कार्यकाल भएकाे काम र जनताकाे गुणासाहरू सुनवाइ गर्नका लागि सार्वजनिक सुनवाइ कार्यक्रम आयाेजन गरेका थिए । वडामा बिगत ७ वर्षदेखि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेकाे हो ।Open photo कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले हरेक निकाय पारदर्शी हुनुपर्ने भन्दै आफूले आयाेजना गरेको सार्वजनिक सुनुवाइ गर्नु महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा सहभागिको प्रश्नको जबाफ दिँदै वडाअध्यक्ष कुशवाहाले नागरिकबाट आएका सुझाव र गुनासोलाई सम्बोधन गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । Open photoनयाँ उमंग र उत्साहका साथ गरेको सार्वजनिक सुनवाइ कार्यक्रम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे ।Open photo आफूलाई वाडवासिले दिएको मत सेवाको अवसरलाई कुनै पनि हाल्तमा गुमाउन नचाहेको स्पष्ट पारे । त्यसकारण आफूल सुन्न्नु पर्ने हरेक गुनासो सुनेर सहि मार्ग दिशा निर्धारण गर्ने प्रतिबद्धता जनाए । Open photoउनले भने यदि याे कार्यक्रम नगरको हरेक वडामा भए झन राम्रो हुन्थ्यो । यस कार्यक्रम बाट आएका सल्लाह,सुझाव लाई आत्मसात गर्दै नयाँ साेचका साथ अगाडि बढ्ने बताए ।Open photoसाे अवसरमा स्थानीय भद्रभलादमी, वडावासी, सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, वडाका कर्मचारी लगायतका व्यक्तिहरूकाे सहभागीता रहेको वडा सचिव छाेटेलाल मिश्रले जानकारी गराएका हुन् ।

काठमाडौँ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ ।

सो सहमतिमा गएराती कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर भएको हो ।

सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई बर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

त्यस्तै देउवा र ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन संयुक्त रुपमा आह्वान गर्ने सहमति भएको छ भने निर्वाचन प्रणाली परिवर्तनसहित संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी काम गर्न कांग्रेस र एमालेले सहमति गरेका छन् ।

१. ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।

२ .प्रदेश सरकारहरुमा एमालेले कोशी, लुम्बिनी र कर्णाली तथा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने । त्यस्तै मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दललाई नै नेतृत्व दिने ।

३. संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।

४. प्रतिनिधि सभा र राष्ट्यि सभा दुवैको सिटसंख्या बारे पुनर्विचार गर्ने ।

५. पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने।

६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।

७. प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।