२०८३ बैशाख १२
२०८३ बैशाख १२

काठमाडौँ, १२ असार :

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभएको छ ।

आज राष्ट्रियसभामा सांसद् जगप्रसाद शर्माले प्रस्तुत गर्नुभएको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संविधानले प्रत्याभूत गरी मौलिक अधिकारको रूपमा राखेको खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभयो हो ।

सबै नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ उपलब्ध गराउन व्यवधानका रूपमा रहेका कानुनी व्यवस्थालाई मन्त्रालयले समयानुकूल पुनरावलोकन गरिरहेको समेत मन्त्री यादवले सदनलाई जानकारी गराउनुभएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सार्वजनिक निजी साझेदारीको अवधारणमा स्थापित कम्पनी भएकाले यसमा खानेपानी मन्त्रालय, स्थानीय तहहरु तथा निजी क्षेत्र समेतको शेयर लगानी रहेको उल्लेख गर्दै कम्पनी मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा नरहेको उहाँको भनाइ थियो ।

उहाँले खानेपानीमा राजस्व, आयकर÷भ्याटलगायत सम्पूर्ण कर छुट हुनुपर्ने र यस विषयमा खानेपानी मन्त्रालय सकरात्मक रहेको बताउनुभयो । यस विषयमा मन्त्रालयको धारणासहित गत पुस १२ गतेको अर्थ मन्त्रालयमा पत्राचार गरिएको उहाँको भनाइ थियो । “यस विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइ सकिएको छ, मन्त्रालय तहबाट गरिनुपर्ने कार्यहरू सम्पन्न गरी अर्थ मन्त्रालयलाई यस सम्बन्धमा ताकेता भइरहेको छ”, उहाँले भन्नुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु नाफारहित सामुदायिक संस्था रहेको उल्लेख गर्दै उहाँले सबै किसिमको पम्पिङ प्रणालीका खानेपानी तथा सरसफाई आयोजनाहरू संचालन गर्दा खपत हुने विद्युत् महसुलको दर सिँचाइको विद्युत् महसुलको दर सरह कायम गर्नका लागि पनि प्रक्रिया अगाडि बढेको उल्लेख गर्नुभयो ।

आगामी आर्थिक वर्षमा पनि विद्युत् महसुलमा अनुदान उपलब्ध गराउने विषय बजेट वक्तव्यमा उल्लेख रहेकाले यससम्बन्धी आवश्यक निर्देशिका तयार गरी कार्यान्वयन गर्न मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विद्युत नियमन आयोगको प्रतिनिधिको समेत उपस्थितिमा छलफल गरी उक्त आयोगको नियमावलीमा खानेपानी आयोजनाहरुमा प्रयोग हुने विद्युत् महसुल नुदानको विषयलाई सम्बोधन गर्न गत जेठ २५ मा विद्युत् नियमन आयोगमा पनि पत्राचार गरिएको जानकारी गराउन चाहन्छु ।”

यसैगरी नगर विकास कोष खानेपानी मन्त्रालय मातहत नभए पनि यस विषय सम्बन्धमा गत माघ १२ गते सचिवस्तरीय निर्णयबाट सहरी विकास मन्त्रालयलाई सहमतिको लागि पत्राचार गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “विभिन्न खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समितिहरूले नगर विकास कोषको विद्यमान पाँच प्रतिशत ब्याजदरलाई तीन प्रतिशतमा घटाउन मन्त्रालयलाई अनुरोध गरिरहेको र सोही अनुरूप मन्त्रालयले आवश्यक पहल गरिरहेको छ ।”

सहलगानी भएका आयोजनाको कूल लागतको कम्तीमा १५ प्रतिशत उपभोक्ता संस्था व स्थानीय तहले बेहोर्ने गरी सहलगानी खानेपानी तथा सरसफाई आयोजना कार्यन्वयन निर्देशिका, २०८१ गत माघ २१ गते परिमार्जन भइ लागू भउको मन्त्री यादवले बताउनुभयो । अन्य खानेपानी तथा सरसफाई आयोजनाहरुको हकमा पनि एकीकृत निर्देशिका मस्यौदाको तयारीको क्रममा रहेको र छलफल भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

पानी शुद्धीकरणका लागि अत्यावश्यक रसायनका रूपमा रहेको ब्लिचिङ पाउडर नेपालमै सर्वसुलभ रूपमा उपलब्ध हुनुपर्ने मन्त्रालयको धारणा रहेको उहाँको भनाइ थियो । उहाँले उद्योग स्थापनासम्बन्धी कार्य उद्योग मन्त्रालयको कार्यक्षेत्रमा रहे पनि मोडेलमा निजी क्षेत्रलाई प्रोत्साहन र आकर्षित गरी उद्योग सञ्चालन गर्न सकिने मन्त्री यादवले बताउनुभयो ।

वीरगंज ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक अरु केही नभएको टिप्पणी गरेका छन् । युद्धरत मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन नसक्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरु लावालस्कर सहित विदेश जानुको कुनै अर्थ नभएको उनले बताए ।

वीरंजमा आज (बिहीबार) आजपाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्रीदेखी र मन्त्रीहरुको विदेश भ्रमणको कुनै उपलब्धि नभएकाले लावालस्कर लागेर यसरी हिँड्नु जनताको करको चरम दुरूपयोग भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण असार १६ देखि १९ सम्म हुँदैछ भने अन्य बिभिन्न मन्त्रीहरुको समेत बिभिन्न देशको भ्रमण मन्त्रीपरिषद बैठकले स्वीकृत गरिसकेको छ । प्रधानमन्त्रीदेखी विभिन्न मन्त्रालयका मन्त्रीहरु विदेश भ्रमण गर्दा मुलुकको फजुल खर्चबाहेक अरु केही पनि नभएको उनले बताए ।

‘प्रधानमन्त्रीको स्पेन भ्रमण फजुल खर्चबाहेक केही उपलब्धि हुँदैन । गत वर्ष पनि बाढी÷पहिरो आउने बेलामा उहाँ विदेशमा सयर गर्दै हुनुहुन्थ्यो, अहिले फेरि विदेश सयरमा निस्किँदै हुनुहुन्छ । प्रधानमन्त्री र मन्त्रीहरुको विदेश भ्रमणको कुनै उपलब्धि हुँदैन, लावालस्कर लागेर यसरी हिँड्नु जनताको करको चरम दुरूपयोग हो,’ आजपा अध्यक्ष साहले भने, ‘युद्धरत देशमा फसेका आफ्ना नागरिक उद्धार गर्न भारत गुहार्नुपरेको छ, अनि हाम्रा यी चोर नेतालाई किन विदेश जान दिने ?’

गत बर्ष बाढीपहिरो हँुदा प्रधानमन्त्री ओली बिदेश सयरमा रहेको र अहिले बाढिपहिरो सुरुहुँदै गर्दा नेपाली जनता पीडामा रहेको बेला पनि प्रधानमन्त्री बिदेश गायब हुने कार्यक्रम भएको टिप्पणी उनले गरे । प्रधानमन्त्री ओलीलाई बालुवाटार, बालकोट र सिंहदरबारबाहेक केही थाहा नभएको बताउदै उनले बाढीपहिरोका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा, नेपाली जनता घण्टौँ सडकमा सास्ती खेपिरहेको बेला सरकारले त्यसलाई सहज गर्ने काम गर्नुपर्ने उनले बताए ।

बजेटको चरम दुरूपयोग गरिएको र जनताको करलाई नेताको भुँडी भराउने काम गरिएको समेत उनले वताए । सरकारपिच्छेको मनोमानी कर आतंकले नेपाली जनता, उधोगी, व्यापारीको व्यापार व्यवसाय धरासायी बन्दै गईरहेको आजपा अध्यक्ष साहले बताए ।

कांग्रेस र एमालेको अहिलेको वर्तमान गठबन्धन अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रि भएको बताउदै उनले कोर्स करेक्सन गर्नुपर्ने बताए । ‘केपी ओलीजस्तो नाटककारलाई कांग्रेसले बोकिरहँदा देशले दुःख पायो । शेरबहादुर देउवाले तत्काल कोर्स करेक्सन गर्नुपर्छ । नेचुरल गठबन्धनमा जाँदा नै देशको हित हुन्छ । केपी ओली अहिलेपनि विरोधीलाई तर्साउने खेलमा छन् । सकेसम्म सानालाई निल्ने उनको प्लान हो,’ आजपा अध्यक्ष साहले भने ।

ओली नेतृत्वको सरकार नेपाली जनताका लागि बोझ भएको टिप्पणी उनले गरे । अहिले आएर कांग्रेस र एमालेकै नेताकार्यकर्ताका लागि सरकार बोझ भईसकेको टिप्पणी उनले गरे । स्वार्थको गठजोडले गर्दा अहिलेसम्म टिकेको गठबन्धन अब बिस्फोटन हुने बेला भईसकेको उनले बताए ।

‘यो सरकार नेपाली जनताको लागि बोझ भएको थियो । अहिले त कांग्रेस र एमालेकै कार्यकर्ताहरुको लागि पनि ठूलो बोझ भएको छ । स्वार्थहरुको गठजोडले गर्दा अहिलेसम्म टिकेको हो, अब विस्फोटन हुने बेला भैसकेको छ । यो सरकार कुनैपनि मोर्चामा सफल छैन । न राष्ट्रिय राजनीति संग्लो छ । न विदेश सम्बन्ध सन्तुलित छ । यो सरकारले जताततै भाँडभैलो र उपद्रो मच्चाएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले अर्थतन्त्र धाराशयी बनायो । देशभरि सडकहरुको कन्तबिजोग छ । तर, प्रधानमन्त्री वर्षौदेखि थालिएको कामको ग्वार्को ओभरपासलाई ‘फ्लाईओभर’ भनेर रिबन काट्न जानुहुन्छ । यो नाटक बन्द गर्नुहोस । राजमार्गमा दिउँसै बसहरु अलपत्र छन् । त्रिशुलीमा खसेका बस अहिलेसम्म अत्तोपत्तो छैन । दैनिक लाखौं जनता ओहोरदोहोर गर्ने राजमार्गहरुको हालत कस्तो छ ?’

यस्तै, आजपा अध्यक्ष साहले वीरगंजबाट तीन जना नेता संघीय सरकारमा भए पनि वजेटमा वीरगंजले न्याय नपाएको बताए । वीरगंजको नारायणी अस्पताललाई मेडिकल कजेल, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय, नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको स्मार्ट र स्तरीय रंगशाला र वीरगंजलाई आर्थिक राजधानीको रुपमा सरकारले घोषणा गर्दै सोही अनुसार बजेट दिने विश्वास भए पनि त्यसो नभएकोमा उनले दुख व्यक्त गरे ।

‘वीरगंजबाट तीनतीन जना संघीय सरकारमा मन्त्री हुनुहुन्छ । मलाई विश्वास थियो बजेटले वीरगंजलाई न्याय गर्छ । तर त्यसो भएन् । वीरगंजको नारायणी अस्पताललाई मेडिकल कजेल, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय, नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको स्मार्ट र स्तरीय रंगशाला र वीरगंजलाई आर्थिक राजधानीको रुपमा सरकारले घोषणा गर्दै सोही अनुसार बजेट दिने विश्वास मलाई थियो । किनभने, यहाँबाट (वीरगंज) तीन जनता संघीय सरकारमा मन्त्री हुनुहुन्छ,’ आजपा अध्यक्ष साहले भने, ‘तर कांग्रेसकै खेलकुद मन्त्री छ र कांग्रेसले यहाँ हस्ताक्षर अभियानको नाटक गरिरहेको छ । एकजना मन्त्रीले वीरगंजमा आउँदा अर्बौको बजेट ल्याएको भन्नुहुन्छ । तर जब काठमाडौं पुग्नुहुन्छ अनिभन्नु हुन्छ वीरगंजले बजेट नै पाएन् । यो नाटक बन्द गर्नुस् तपाईहरु ।’

यस्तै उनले मधेसमा विद्यार्थी अनुपातमा बिषयगत र तहगत शिक्षकको व्यवस्था हुनुपर्ने भए पनि सरकार मधेसका विद्यार्थीप्रति संवेदनशील नभएको बताए । विद्यार्थीको अनुपातमा शिक्षक नभएको बताउदै उनले सरकारले मधेसको शिक्षा प्रणाली नै ध्वस्त बनाउन खोजेको आरोप लगाए ।

चन्दन यादव,रौतहट १२ गते आसार ।

रौतहट जिल्लामा रहेको गुजरा नगरपालिकाको १ नम्बर वडा रङगपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा बाली,वस्तु उत्पादन बजारीकरण समन्वय कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ ।

बाली तथा वस्तु उत्पादन बजारीकरण समन्वय कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ । कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरका प्रमुख डा। विशेश्वर यादव प्रमुख आतिथि तथा प्रशिक्षकका रूपमा सहभागी हुनु भएको थियो ।

बैठकमा सहभागी भएका स्थानीय किसानहरूले मल अभाव, सिँचाइको कमी, बजार मूल्यमा अस्थिरता, बाली भण्डारणको सुविधा अभाव र बजारीकरणमा समन्वयको कमी जस्ता समस्याहरू प्रस्तुत गरेका थियो ।

डा. यादवले थपे, “कृषि अनुसन्धानसँगै किसानका व्यावहारिक समस्यामा ध्यान दिनु जरुरी छ । हामी समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी अगाडि बढ्नेछौं ।”

बैठकले स्थानीय तह, प्राविधिक निकाय र किसानबीच सहकार्य बढाउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा कृषि अधिकृत, कृषि सहकारी संस्था र कृषक समूहको समेत उपस्थिति रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड समितिको अध्यक्ष धर्मेन्द्र धामीले जानकारी गराएका थिए ।

डा. यादवले सबै समस्या गम्भीरतापूर्वक सुनी समाधानका लागि मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गर्ने आश्वासन दिनुभयो। उहाँले भन्नुभयो, “कृषि विकासका लागि अनुसन्धान मात्र होइन, किसानको आवाज बुझ्नु अझ जरुरी छ। हामी प्रदेशस्तरबाट समस्या समाधान गर्न प्रयास गरिरहेकै छौं ।”

कार्यक्रमले किसान–कृषि अधिकृतसंग बीचको संवादमा नयाँ ऊर्जा दिएको स्थानीयको प्रतिक्रिया रहेको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा भएको कार्यक्रममा स्थानिय किसानहरु, साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक तथा कर्मचारीहरु लगायत संचारकर्मीको सहभागिता  रहेको थियो ।

चन्दन यादव, रौतहट, १९ गते पुस ।

फतुवा बिजयपुरको मा वि टेंग्राहामा विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ४ टेंग्राहा स्थित माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका बिच विद्यालय भवनको शिलान्यास गरिएको हो ।

प्र.अ. अनिल कुमार यादवको विशेष पहलमा यो पनि चार कोठ्ठे भवनको आज शिलान्यास सम्पन्न भएको हो । फतुवा विजयपुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख अम्बेया खातूनको प्रमुख आतिथ्यतामा नगर प्रमुख खातून र वडा अध्यक्ष यादवको संयुक्तामा उक्त विद्यालय भवनको शिलान्यास गरेका हुन ।

राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत स्थानीय सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त चार कोठ्ठे विद्यालय भवन कुल ५५ लाखको लगानिमा निर्माण हुने विद्यालयका प्र. अ. अनिल कुमार यादवले बताएका छन ।

प्र.अ. भए देखी नै स्कुलको शैक्षिक अवस्थामा सुधार, चार कोठ्ठे भवन निर्माण र व्यवस्थित शौचालयको पनि निर्माण गराएका हुन् । ग्रामीण भेगमा भए पनि पढाईको गुणस्तर पनि पहिलाको तुलनामा अहिले राम्रो भएको त्यहाँको स्थानियहरुले बताउँ छन् ।

शिलान्यास कार्यक्रममा उक्त पालिकाको वडा नं ४ का स्थानियहरुको धेरै संख्यामा उपस्थिती रहेका थिए । साथै उक्त विधालयका शिक्षकहरुको, सुरक्षाकर्मी, भद्रभलादमी र पत्रकारहरुको विशेषउपस्थितिमा उक्त विधालयमा नयाँ चार कोठ्ठे भवनको शिलान्यास भएको थियो ।

काठमाडौं, ८ असार ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राज्यका हरेक निकायमा बेथिति, अनियमितता र भ्रष्टाचार बढिरहेको टिप्पणी गरेका छन् । उनले जहाँ सरकार छ त्यहाँ भ्रष्टाचार रहेको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘भ्रष्टाचार र राज्य पर्यावाची नाम बनेको छ । प्रधानमन्त्री भन्नुहुन्छ भ्रष्टाचार गदिँनँ, गर्न पनि दिन्नँ । तर, उहाँकै मातहतमा रहेको राजश्व अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभागलगायतका विभागहरुले अवैध सम्पत्ति आर्जन गर्ने व्यक्तिहरुलाई तर्साउने, धम्काउने र असुली गर्ने काममा लागेको हामी हेर्छौं ।

प्रधानमन्त्रीले भन्नुहुन्छ प्रधानमन्त्री कार्यालय एक्सिलेन्स सेन्टर हो, तर मुख्यसचिवकै नेतृत्वमा सचिवहरु आफ्नो स्वार्थअनुसारको कानून बनाउनको लागि नेताहरुकोमा धाईरहेको हामी हेर्छौं । प्रधानमन्त्रीले भन्नुहुन्छ नेपाललाई समृद्ध बनाउँछु, तर नेपाल ग्रे–लिष्टमा पर्छ । नेपालको पुँजी विदेश लैजाने खेलमा लाग्नुहुन्छ ।

सरकार नै लागेको हामी हेर्छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन ल्याउँछु भनेर बोलेपनि अहिले कांग्रेस र एमालेको दुई दलीय संयन्त्रको अभ्यास गरिएको भन्दै आलोचना गरे । उनले प्रधानमन्त्री ओलीले आफू जनताप्रति उत्तरदायी छु भनेर भनेको भएपनि आजको संसद्मा प्रधानमन्त्रीको कार्यालयमाथि छलफल हुँदा उपस्थिति नभएको भन्दै विरोध जनाए ।

प्रधानमन्त्रीले संसद्लाई कुन हैसियत र महत्व दिएको भन्ने कुरा आजको बैठकमा नआएको र त्योपनि नेपालमै र काठमाडौंमा नै हुँदा नआएकोमा साहले आक्रोश पोखे । उनले भने,‘आज उहाँको नेतृत्वमा रहेको कार्यालयमाथि छलफल चलिरहेको छ, तर उहाँ काठमाडौंमा हुँदापनि बैठकमा आउनुभएन । उहाँले बजेटलाई कति महत्व दिनुभएको छ भन्ने कुरा यसले देखाउँछ । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था यो संसद्लाई कसरी बुझ्नुभयो ?

संसदलाई जवाफ नदिने जनउत्तरदायी ? उहाँले भन्नुहुन्छ म जनताको झोले हो, तर क्याप्चरको कुरा गर्नुहुन्छ । एकातिर भन्नुहुन्छ म लोकतन्त्रको लागि लडेको छु, तर जनादेशविपरित सरकार बनाउनुहुन्छ । एकातिर भन्नुहुन्छ म राष्ट्रवादी हुँ, तर विदेशीलाई नागरिकता दिने प्रावधान ल्याउनुहुन्छ । यो जो तमाशा भैरहेको छ, भन्ने एउटा अनि गर्ने अर्को । बोली एउटा अनि व्यवहार अर्को यो छद्यमभेषी माहोलले देशलाई कहाँ लैजान्छ भन्ने प्रश्न आउँछ ।’

उनले अहिले देशमा उद्योगहरु बन्द भैरहेको, व्यापार तथा व्यवसाय चौपट भएको पनि उल्लेख गरे । हिजो ५० हजारसम्म बिक्रि हुने पसलमा आज विक्रि वितरण घटिरहेको र सटरहरु बन्द हुन थालेको पनि साहले दृष्टान्त सुनाए । यी सबै हुनुमा कर आतंक मुख्य दोषी रहेको उनको दाबी छ । उनले भने,‘अहिले सरकारपिच्छे सरकारको करमाथि करको आतंक छ । जसको कारण उत्पादन महँगो भयो । हाम्रो अर्थतन्त्र ड्यामेज भयो ।

नेपालको पुँजी जगेर्णा गर्नुपर्दथ्यो । नेपालका उद्यमीहरुलाई बचाउनुपर्दथ्यो । नेपालको पुँजी पलायन गराउने बजेट ल्याएका छौं । यसो गरेपछि हाम्रो अर्थतन्त्र कहाँ पुग्छ भन्ने प्रश्न गर्न चाहन्छु । हामी ग्रे–लिष्टमा परेका छौं । अर्थमन्त्रीलाई भन्न चाहन्छु–तपाईंले टार्गेट गरेको राजश्व उठेको छैन । यही असारको पहिलो सातासम्मको रेकर्ड लिनुहुन्छ भने ७२ प्रतिशत राजश्व उठेको छ । पुँजीगत खर्च जम्मा ४२ प्रतिशत भएको छ । कुनैबेला ७.७ प्रतिशतसम्म कायम रहेको आर्थिक वृद्धिदर अहिले ४.६ प्रतिशतमा झरेको छ ।

तपाईंले टार्गेट गरेको ऋण अनुदान आधा पनि आएको छैन् । अनि यो अवस्थाबाट तपाईंले देशलाई कसरी आश्वस्त गर्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ भएका योजनाहरु पूरा नहुँदै काटिएकोमा पनि साहले आक्रोश पोखे । भएका योजना काटेर नभएका नभएका योजना खडा गरेर यो सरकारले समृद्धिको आधार कसरी खडा गर्छ भनेर साहले प्रश्न सोधे । उनले सरकारले अहिलेको अवस्थालाई इमानदारितापूर्वक स्विकार गर्न नसकेकोमा पनि आलोचना गरे । उनले भने,‘उहाँहरु (सरकार) ले गरेको कमिटप्रति इमानदार हुनुहुन्न । उहाँहरुले अहिले जे योजना ल्याईरहनुभएको छ, त्यसले नेपालको भविष्य निर्धारण गर्न सक्दैन ।

त्यसअर्थमा पनि यसमा गम्भीर हुन आग्रह गर्दछु ।’ उनले सहकारी विकास मन्त्रालयको नाम र गरिमा ठूलो भएपनि काम भने केही नगरेकोमा बजेटप्रति असन्तुष्टि पोखे । उनले भने,‘जहाँसम्म सहकारी विकास मन्त्रालयको कुरा छ, भोजपुरीमा एउटा कहावत छ–नाम उँच, काम बुँच । एउटा सम्मानित व्यक्तित्व गणेशमानजीको हामी सम्मान गर्छौं । उहाँको सुपुत्र प्रकाशमानजी, जो आँफैमा एउटा व्यक्तित्व हुनुहुन्छ । गठबन्धन सरकारको प्रमुख व्यक्ति हुनुहुन्छ । यसो के न केही ल्याउनुहोला भनेको हात्ति आयो हात्ति, फुस्स भयो । अरु दल त छोडिदिनुहोस, अरु ठाउँ त छोडिदिनुहोस उहाँको आफ्नै पार्टी पनि सन्तुष्ट हुन सकेन ।

उहाँले आफ्नै स्वर्गीय पिताजीको सम्मान गर्नुको साटो अपमान गरिरहनुभएको छ । म भएको भए त यहाँ सदनमा आउँदा मुख छोपेर आउँथे । जुन ढंगको उहाँले काम गर्नुभयो । म पनि सहरी विकासमन्त्री भएँ । जुनबेला ३९ अर्बको बजेट थियो, र ७४ अर्बको ठेक्का गरेको थिएँ । १० अर्बको संघीय सघन सहरी पूर्वाधार थियो त्यसको ५४ अर्ब २ अर्बभन्दा नघटाईकन ठेक्का गर्न भनेका थियौं । खुद्रा योजना ५० लाखभन्दा तल एउटा पनि नलिने भनेका थियौं । तर, आज एक लाखको योजना र दुई लाखको योजना राखिराख्दा, असमान ढंगले राख्दा सहरी विकास हुन्छ यसरी ? खुद्रे योजनाले सहकारी विकास हुन्छ ?’ उनले प्रकाशमान सिंहले आफ्नो व्यक्तित्वअनुसार सहरी विकासको मोडेल देखाउनेगरि काम गर्नुपर्नेमा आज गरेको कामले जनता निराश रहेको आरोप लगाए । उनले भने,‘तपाईंजस्तो व्यक्तित्वको बारेमा केही बोलौं भन्ने मनमा थिएन, तर विवश छु ।

तर, नबोली हुँदैन भन्ने लागेर बोल्ने कोशिस गरें ।’ उनले युवाहरुजति सबै विदेश पठाएर युवा मन्त्रालय चलाउनुभन्दा मन्त्रालयको नाम नै परिवर्तन गरी बुढाबुढीहरुको मन्त्रालय राख्न सुझाव दिए । उनले भने,‘यहाँका राष्ट्रिय खेलाडीहरु त यहाँ भविष्य नदेखेर विदेश पलायन भएका छन् । खेलकुद प्रतियोगिता नै हुँदैन अनि यो मन्त्रालयको नाम खेलकुद मन्त्रालय राखेर हुन्छ त? क्रिकेटमा अलिकति प्रगति गरिरहेको छ, तर देशमा एउटापनि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम छैन । भएको पनि एउटै प्रदेशमा बजेट खन्याउनुहुन्छ । मधेश प्रदेशले क्रिकेटमा प्रगति गरिरहेको छ, तर मधेशमा क्रिकेट स्टेडियम नै छैन ।

मधेशकै मन्त्री खेलकुद मन्त्री भएर पनि केही गर्न सक्नुभएन ।’ उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि केही काम गर्न नसकेको भन्दै खारेजीको माग गरे । उनले संविधानले नै ३३ प्रतिशत महिला अधिकारको सुनिश्चित्ता गरेको भएपनि दुई तिहाईको सरकारमा जम्मा दुई जना मन्त्री (एक मन्त्री र एक राज्यमन्त्री) बनाएको भन्दै आलोचना गरे । दुई तिहाईको बलियो सरकारले आफनै मूल्यांकनमा फेल हुन्छ । काम गर्न नसकेको र जे काम गरेको हो त्योमात्रै बोल्न पनि उनले सरकारलाई सुझाव दिए ।

आरके श्रीवास्तव,राैतहट,०८ गते असार । 

लोकतान्त्रिक पत्रकार संघले बारा जिल्लाका लागि नयाँ संयोजकको मनोनयन गरेको छ । संघको संशोधित विधानअनुसार शाहबाज मनसूरलाई मधेश प्रदेश अन्तर्गत बारा जिल्ला संयोजकमा नियुक्त गरिएको छ । संघका अध्यक्ष कामरेन्द्र वर्माले एक विज्ञप्ति जारी गर्दै मनसूरलाई संयोजकमा मनोनयन गरिएको जानकारी गराएका छन् ।

विज्ञप्तिमा अध्यक्ष वर्माले मनसूरको कार्यकाल देश, मधेश, पत्रकारिता क्षेत्र तथा संघकै हितमा उल्लेखनीय रहने विश्वास व्यक्त गर्दै शुभकामना समेत दिएका छन् ।

यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा रहेका विनोद कुमार प्रजापतीले संस्था सञ्चालनमा अपेक्षित सक्रियता र समन्वय देखाउन नसकेको भन्दै उनलाई पदमुक्त गरिएको स्रोतले जनाएको छ । प्रजापतीलाई हटाएर मनसूरलाई संयोजक बनाउने निर्णय संघको आन्तरिक छलफल र समन्वयपछि गरिएको हो ।

नव नियुक्त संयोजक शाहबाज मनसूरले जिम्मेवारी पाएकोमा आभार व्यक्त गर्दै पत्रकारिता पेशाको मर्यादा र लोकतान्त्रिक मूल्यको रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । संघको यो निर्णयसँगै बारामा पत्रकारहरूको नेतृत्वमा नयाँ ऊर्जा र सक्रियता देखिने अपेक्षा गरिएको छ ।

असार ६, केके मानन्धर ।
करुणामय मानव विकास संघले विभिन्न ठाउँका ८७ जना गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । काभ्रेको बनेपास्थित जनज्योति मावि जनागालमा सम्पन्न भएको कार्यक्रममा सामुदायिक विद्यालय, उच्च मावि तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, ड्रेस, जुत्तालगायतका सामग्री वितरण गरेको हो । समाजिक सद्भाव कायम राख्दै करुणा र नैतिकता जागृत गर्न संघले करिव दुई दसकदेखि सामाजिक काम गर्दैै आएको छ ।

संघले सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, रामेछाप जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका रूपमा आवश्यक सामग्री वितरण गर्दै आएको छ । मानव धर्म निर्वाह गर्नुपर्ने चेतना भएका दाता पहिचान गरी उनीहरूकै सहयोगमा संघले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको संघका उत्तम मानन्धरले बताउनुभयो । ‘सुरुमा कक्षा एकदेखि १० सम्म अध्ययन गर्ने विद्यार्थी छनोट गरी उनीहरूका लागि छात्रवृति दिंदै आएका थियौं ।

पछिल्लो केही वर्षदेखि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत संघले सहयोग गरेको छ ।’ मानन्धरको भनाई छ । कतिपय अवस्थामा संघको सहयोग र समन्वयमा अध्ययन पूरा गरेका विद्यार्थीेहरुलाई आत्मनिर्भर बनाउको लागि जागिर लगाइदिने समेत गरेको उहाँले दाबी गर्नुभयो ।
संघका अध्यक्ष सिद्धिगोपाल मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा ईमेज च्यानल टेलिभिजनका महाप्रबन्धक महाप्रबन्धक रघुवरभक्त मानन्धर, साहित्यकार मोहन दुवाल, बनेपा नगरपालिका वडा नं. ८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, मानव अधिकारकर्मी राजु सरकार, गंगादेवी मानन्धर, जीवन भण्डारीलगायतको सहभागिता थियो । आदरणीय भिक्षु पन्नालोक महास्थवीरले २०६२ सालमा स्थापना गर्नुभएको संघले निरन्तर रुपमा मावनसेवा, शिक्षा तथा आत्मनिर्भरताको क्षेत्रमा काम गर्दैआएको छ ।

शिशिर सिंखडा, टोरण्टो ।

’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा २१ जुन अर्थात आज शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा हुने नेपाली सुगम संगीतका सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिकको सम्पुर्ण तयारी पुरा भएको छ ।

नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ जुन २१ तारेख, आज शनिबार (असार ७ गते) हुन लागेको हो। बेलुकी ७ बजे देखि १० बजे सम्म हुने “रामकृष्ण ढकाल साँझ” मा आधुनिक गीत संगीतका पारखीहरुले भरपुर आनन्द र मनोरञ्जन लिने आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताउनु भयो ।

भुखाराग्रील रेस्टुरेन्टको हलमा हुने सो विशेष कार्यक्रम नितान्त पारिवारिक रुपमा आयोजना गरिएको छ । पारिवारिक समूह “प्रगतिशील समुह” को आयोजनामा हुने कार्यक्रममा करिब १ सय जनाको सहभागी रहने र कार्यक्रमको टिकट पनि बिक्री भैसकेको कार्यक्रम संयोजक कमल ज्ञवालीले जानकारी दिनुभयो ।

गायक ढकाललाई तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिनेछन् ।
सो कार्यक्रमको मुख्य प्रायोजक पोख्रेल ल फर्म (अधिवक्ता राजेन्द्र पोख्रेल) रहेका छन भने प्रायोजकमा एक्सपेरियर फाईनान्सिएल ग्रुप, एभरेष्ट रियालिटीका जगन सापकोटा र गणेश ज्ञवाली, एडमार्कका रुद्र कार्की र तावाघर रेस्टुरेन्ट कि संचालक सीता राना रहेका छन । मिडिया पार्टनरमा क्यानडा नेपाल न्युज डट्कम रहेको छ ।

कार्यक्रममा गायक ढकालका चरीले त छाडेर गैगयो…, मन पराउने हजार भेटीन्छ्न…, माया गर्नेको…, ओराली लागेको…, बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस…, लगायतका तथा नारायण गोपालका केहि गीत पनि सुनेर दर्शकहरुले भरपुर मनोरञ्जन लिनेछन ।
२०४५ सालमा १३ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन । २० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौ गीतहरु चर्चित छन । उनले ५ हजार भन्दा बढी गीत गाएका छन ।

प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत सङ्गीतप्रति माया गर्नेहरुलाई यो एक उत्कृष्ट कार्यक्रम रहने भन्दै आयोजकले कार्यक्रममा सहभागी हुनका लागी आग्रह समेत गरेका छन् ।

काठमाडौं ।
दशौं संस्करणको कर्मालय प्रोजेक्ट प्रतिष्पर्धाको उपाधि नेपाल इन्जिनियरिङ कलेजको अर्बन फाइण्डरले प्राप्त गरेको छ । ‘विचारदेखि प्रभावसम्म’ भन्ने मुख्य विषयवस्तुका साथ ‘परिवर्तनका लागि नवप्रवर्तन’ भन्ने नारासहित आयोजित प्रतिष्पर्धामा आयुष श्रेष्ठ र अभिषेक श्रेष्ठले तयार पारेको अर्बन फाइण्डर प्रोजेक्टले प्रथम स्थान हासिल गरेको हो । उनीहरुले कोठा खोज्ने अवधारणा तयार गरेका थिए ।
यस्तै प्रतियोगितामा सुलभ तिमल्सिना र आदित्य मल्लको बायोचारले दोश्रो स्थान हासिल गर्यो । उनीहरुले कोइलाको ब्रिकेट बनाउने प्रोजेक्ट तयार पारेका थिए । प्रतियोगिताको बेस्ट आइडिया सुवास चौधरी, नरेन्द कुमार चौधरी र शान्तिराज लामाको प्याड भेन्डिङ मेसिन भयो । उत्कृष्ट पीच गेस्टर स्पीकले प्राप्त गर्यो ।
विजेता अर्बन फाइन्डरले नगद १० हजार, ट्रफी र प्रमाणपत्र पाउँदा बायोचारले नगद ५ हजारसहित उपविजेताको ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । एक महिना लामो कार्यक्रम अवधिभर सहभागीहरूलाई सार्वजनिक वक्तृत्वकला, प्रस्तुति सीप, व्यवसाय मोडेल विकास, विश्लेषणात्मक तालिम, वित्तीय योजनाका पक्षहरूमा तालिम दिइएको थियो । कार्यक्रमले सिर्जनात्मक सोचलाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक स्रोत, सहयोग र तालिम प्रदान गरेको सहभागीहरुले बताएका छन् ।
कार्यक्रमको उद्घाटन बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले गर्नु भएको थियो । सो अवसरमा बोल्दै मन्त्री थापा मगरले विकासको अग्रपथमा लम्किइरहेको नेपाललाई अगाडी बढाउन प्राविधिक युवा जनशक्तिको महत्वपूर्ण योगदान रहने बताउनु भयो । युवा जनशक्तिमा रहेको ज्ञान, सीप र क्षमतालाई सदुपयोग गर्दै नेपालको विकास गरिनुपर्ने भन्दै मन्त्री थापा मगरले भन्नुभयो,‘लोकतन्त्र स्थापना पछि हाम्रो देश विकासको पथमा लम्किइरहेको छ । अब देश बनाउनको लागि तपाईहरु जस्तो युवा जनशक्ति अगाडी आउनुपर्छ ।’ गणतन्त्र आइसकेपछि र देश संघीयतामा गइसकेपछि विकास निर्माणका क्रमहरु अगाडी बढेको दावी गर्दै मन्त्री थापा मगरले संविधानमा उल्लेख भएका तीनै तहका सरकारले मुलुकको विकासमा काम गरिरहेको जिकीर गर्नुभयो ।
संघीयता अनुसार मुलुकमा भेटिने, देखिने र लेखिने सरकारहरु भएकाले मुलुकको विकासमा तीनै तहको सरकारले प्रभावकारी काम गरिरहेको दावी मन्त्री थापा मगरको छ । ‘भेटिने सरकार भनेको स्थानीय तह हो जसले स्थानीय जनताको पीर मर्कालाई संवोधन गर्छ, देखिने सरकार भनेको प्रदेश सरकार हो, यसले विकासका पूर्वाधार निर्माण गर्छ, अर्को लेखिने सरकार संघ सरकारले ऐन, कानुन निर्माण गर्दछ । यी तीनै सरकार मिलेर देशमा विकास भइरहेको छ ।’ यद्यपि, मुलुकमा जति विकास हुनुपर्ने त्यो नभइरहेको स्वीकार गर्दै मन्त्री थापा मगरले युवाहरु सामाजिक सञ्जालमा नकारात्मक सन्देश प्रवाह गर्नुको सट्टा भएका सकारात्मक कुराहरु फैलाउन लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले युवाहरुले देश विकास सँगै सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणको भूमिकामा उभिनु पर्ने बताउनु भयो । देशमा केही भएन भन्दै निराश हुनुभन्दा पनि राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणमा मुलुकमै बसेर योगदान पुर्याउनु पर्ने मेयर खत्रीले जिकीर गर्नुभयो ।
नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समिति अध्यक्ष समेत रहनु भएका मेयर खत्रीले नेपालको इन्जिनियरिङ शिक्षाको योगदानमा कलेजले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै दक्ष जनशक्ति उत्पादन गर्न र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज तत्पर रहेको बताउनु भयो । नेकबाट उत्पादित दक्ष जनशक्तिले नेपालको विकास र समृद्धिको यात्रासँगै विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने दावी गर्दै विश्वमा भएका विकासका पूर्वाधार आफ्नै देशमा बनाउन सक्षम रहेको बताउनु भयो । ‘हामीले हाम्रै देशमा ती अवसर बनाउन सक्छौ । हाम्रो देश बनाउनका लागि तपाई हामी सामूहिक तथा निस्वार्थ रुपले अगाडी आउनु पर्दछ । राजनीतिबाट टाढा रहेर देश बन्दैन । देश तपाई हामीले नै बनाउनुपर्छ ।’ मेयर खत्रीले भन्नुभयो ।
कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीमा रहेका अन्तरनिहित प्रतिभाहरुलाई बाहिर ल्याउन कलेजले सदैव साथ दिने बताउनु भयो । कार्यक्रमले विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई अगाडी बढाउन टेवा पुगेको उहाँको भनाई थियो । इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुका लागि नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट कलेज रहेको प्राचार्य भण्डारीले जिकीर गर्नुभयो ।
सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्टको अध्यक्ष गगन सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का सदस्य पोषण थापाको समेत उपस्थिति रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।