काठमाडौँ । जारी कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो । क्वाटरफाइनलमा पुग्ने देशमा अर्जेन्टिना, ब्राजिल, इक्वेडर, भेनेजुएला, क्यानडा, कोलम्बिया, पानामा र उरुग्वे रहेका छन् ।
त्यस्तै चिली, पेरु, मेक्सिको, जमैका, अमेरिका, बोलिभिया, कोस्टा रिका र पराग्वे भने समुह चरणबाटै बाहिरिएका छन् ।
अब क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्ने छ भने भेनेजुएलाले क्यानडाको सामना गर्ने भएको छ । त्यस्तै कोलोम्बियाले पानामाको सामना गर्ने छ भने उरुग्वेले ब्राजिलको सामना गर्ने भएको छ ।
क्वाटरफाइनलका खेलहरु जुलाई ५ देखि शुरु हुने छन् । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।
आज बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन् ।
आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेण्डा रहेको छ ।न्युज कारखाना
काठमाडौँ । पछिल्लो पटक च्याम्पियन मार्केटा भोन्ड्रोसोभा विम्बल्डन महिला एकलको पहिलो चरणमा पराजित भएकी छन् ।
विम्बल्डन महिला एकलमा डिफेन्डिङ च्याम्पियन मार्केटा भोन्ड्रोसोभा सेन्टर कोर्टमा पहिलो राउण्डमै बाहिरिएकी हुन् ।
योसँगै उनी विम्बल्डनको पहिलो चरणमा हार्ने ३० वर्षमा पहिलो महिला डिफेन्डिङ च्याम्पियन बनेकी छिन् ।
तीस वर्ष पहिले, १९९४ मा, पहिलो पटक, स्टेफी ग्राफलाई विम्बल्डनको उद्घाटन राउन्डमा लोरी म्याकनिलले पराजित गरेकी थिइन् ।
चेक गणतन्त्रकी २५ वर्षीया मार्केटा भोन्ड्रोसोभा विश्वको ८३औं वरियतामा स्पेनकी २१ वर्षीया जेसिका बोउजास माइनिरोसँग सोझो सेटमा पराजित भएकी छन् । मार्केटा भोन्ड्रोसोभा ६७ मिनेटसम्म भएको खेलमा माइनिरोसँग ६-४, ६-२ ले पराजित भइन्।न्युज कारखाना
काठमाडौँ । कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् ।
बुधबार बिहान सम्पन्न समुह चरणको अन्तिम खेलमा कोलम्बिया र ब्राजिल १-१ गोलको बराबरीमा रोकिएसँगै समुह डी बाट दुवै क्वाटरफाइनलमा पुगेका हुन् ।
यस खेलमा ब्राजिलले खेलको १२औं मिनेटमा राफिन्हाको गोलमा शुरुवाती अग्रता लिएपनि खेलको ४५औ मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोको गोलमा कोलम्बियाले बराबरी गरेको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।
यो बराबरीपछि समुह डी मा कोलम्बिया २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै ब्राजिलको ३ खेलमा एक जित र २ बराबरीसहित ५ अंक रहेको छ र दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ ।
समुह डी मा रहेका कोस्टा रिका र पराग्वे भने समुह चरणबाटै बाहिरिएका छन् ।
अब क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने भएको छ ।
न्युज कारखाना
काठमाडौँ । जारी युरोकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । राउण्ड १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो ।
क्वाटरफाइनलमा पुग्ने ८ देशमा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेदरल्याण्डस, टर्की, इङल्याण्ड र स्वीजरल्याण्ड रहेका छन् ।
राउण्ड १६ मा स्पेनले जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो भने जर्मनीले डेनमार्कलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो भने फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेदरल्याण्डसले रोमानियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै इङल्याण्डले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने स्वीजरल्याण्डले इटालीलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको थियो ।
अब क्वाटरफाइनलमा स्पेनले जर्मनीको सामना गर्ने छ भने पोर्चुगलले फ्रान्सको सामना गर्ने छ । त्यस्तै नेदरल्याण्डसले टर्कीको सामना गर्ने छ भने इङल्याण्डले स्वीजरल्याण्डको समान गर्ने छ ।
अब क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुदै छन् ।न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्दै छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि कांग्रेसले सो सहमतिको अनुमोदनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ ।न्युज कारखाना
काठमाडौँ । टर्की जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
टर्कीको जितमा मेरिह डेमिरलले दुवै गोल गरेका थिए । पहिलो मिनेटमै गोल गरेर शुरुवाती अग्रता दिलाएका डेमिरलले खेलको ५९औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै अस्ट्रियाका लागि माइकल ग्रेगोरिचले एक गोल फर्काएका थिए ।
यो जितपछि टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्डसको सामना गर्ने भएको छ भने अस्ट्रियाको युरोकप यात्रा समाप्त भएको छ । न्युज कारखाना
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनको २६ रुपैयाँ पर्ने भएको छ ।
त्यस्तै न्यू शक्ति नुनको मुल्य प्रतिकिलो २० रुपैयाँ पर्ने भएको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो ।
यस्तै भानु नुनको मूल्य भने यथावत् राखेको साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङले भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।
साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ ।न्युज कारखाना
काठमाडौँ । नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
नेदरल्याण्डसको जितमा डोनयल मालेनले २ गोल गरेका थिए भने कोडी गाक्पोले एक गोल गरेका थिए ।
योसँगै नेदरल्याण्डस क्वाटरफाइनलमा टर्कीसँग खेल्ने भएको छ र यो खेल जुलाई ६ मा हुने छ । त्यसैगरी यो हारसँगै रोमानियाको युरोकप यात्रा सकिएको छ ।न्युज कारखाना
राैतहट,१८ गते असार । बाँदर नियन्त्रण गर्न रौतहटका किसानले प्रदर्शन गरेका छन् । बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणका लागि रौतहटको गरुडामा किसानहरुले प्रदर्शन गरेका हुन् ।
गरुडा नगरपालिकाको विभिन्न गाउँमा बाँदरले धानबाली, मकै, गहुँ तथा आँप र अन्य फलफूल खाइदिने गरेको छ । सयौँको संख्यामा रहेको बाँदरले बालीनाली नोक्सान गर्ने गरेको छ ।
बालीनाली नोक्सान गर्ने गरेको क्षेत्रमा मानिसहरु खेतमा जान पनि डराउन थालेका छन् । तरकारी तथा फलफूल जस्ता महँगो बालीको रक्षा समूहमा पनि किसानहरुले गर्न सकेका छैन । दिउँसो मात्र होइन राति पनि बाँदरको समूह तरकारी बाली नोक्सान गर्ने गरेको किसानहरुको भनाइ छ ।
बाँदरले नोक्सान गर्ने समस्या वर्षौँदेखि रहेको तथा नगरपालिका र बन कार्यालयको टोलीले निरीक्षण गरिसकेको अवस्थामा पनि नियन्त्रणको कुनै पहल हुन नसकेकोले किसानहरुले आक्रोशित भएर प्रदर्शन गरेका हुन् । स्थानीय नेता दीपक राय यादवको नेतृत्वमा रहेका किसानहरुको समूहले बन कार्यालय र नगरपालिकाविरुद्ध नाराबाजी गरेका छन् । बाँदरको नियन्त्रण गर्न नसकेको नगरपालिकाले किसानसित मिलेर नियन्त्रणको पहल गर्नुपर्ने भनाइ यादवको रहेको छ ।
नगरपालिकाले भने बाँदरको नियन्त्रणको लागि बन कार्यालयमा पत्राचार गरिसकेको र बन कार्यालयलाई बारम्बार ताकेता गरेको बताइएको छ । बन कार्यालयले भने बाँदरको समस्यालाई गम्भीरतापूर्वक नलिएको स्रोतको भनाइ छ । बन कार्यालयले गरुडा क्षेत्रमा रहेको बाँदरको नियन्त्रणका लागि बजेटको अभाव रहेको जनाउने गरेको स्रोतको दाबी रहेको छ ।
बन कार्यालयसित गरुडा नगरपालिकाले समन्वय गरेर बाँदर नियन्त्रणको लागि लाग्ने खर्च नगरपालिकाले बेहोर्न सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने माग पनि किसानहरुको रहेको छ । नेता यादवले नगरपालिकाले कुनै पनि प्रतिबद्धता नजनाएको आरोप लगाएका छन् । बाँदरको समस्याको विषयमा नगरपालिका गम्भीर रहेको र छिटै समस्याको समाधानको ठोस उपाय गरिने स्रोतको भनाइ छ ।