काठमाडौँ । निर्वतमान स्वास्थ्यमन्त्री प्रदीप यादवले आफ्नो छोटो कार्यकालमा सरकारी ठुला अस्पतालमा शल्यक्रिया गर्न पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न बिशेष कार्यायोजना बनाइएको दावी गरेका छन् । काठमाण्डौ उपत्यकासहित देशका सवै सरकारी ठुला अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको रोगको अवस्था हेरेर एक हप्तामै शल्यक्रिया गर्ने गरि बिशेष कार्यायोजना बनाएको यादवको दावी छ ।
पुर्वमन्त्री यादवले अल्पकालिन र दिर्घकालिन कार्यायोजना बनाएर देशभरकै ठुला सरकारी अस्पतालमा लागू गर्न चाहेको भन्दै मन्त्रालयले त्यसको कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् ।
यादवले बिहिवार सामाजिक सञ्जाल फेसवुक मार्फत सवै नागरिकको स्वास्थ्य सेवा पाउने हकको कार्यान्वनयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी ठूला अस्पतालमा रहेको शल्यक्रियाको लाइन घटाउन तीन चरणमा काम गर्ने गरी कार्ययोजना बनाइएको भन्दै यथाशिघ्र त्यसको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने, मुलुकका ठुला निजी अस्पतालमा हुने सवै प्रकारका उपचार र शल्यक्रिया देशभरका सवै ठुला सरकारी अस्पतालमा पनि हुने गरेका छन्, त्यस कारण सर्वसाधरण नागरिकले आर्थिक अभावमा कुनैपनि प्रकारको उपचारबाट बञ्चित हुन नपरोस भनेर मैले स्वास्थ्यमन्त्री जिम्मेवारी लिए लगत्तै उक्त कार्ययोजना बनाउन निर्देशन दिएको हु, आशा छ अब नयाँ सरकारले त्यसको प्रभावकारी कार्यान्वयन गर्नेछ ।
पूर्वस्वास्थ्यमन्त्री यादवले ुसरकारी अस्पतालमा शल्यक्रिया गर्न बर्षदिनसम्म कुर्नूपर्ने बाध्यताको अन्त्य गर्नेवारे आवश्यक अध्यन गरि आवश्यक रणनीति बनाउन मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंह संयोजक, डा मदन उपाध्यक्ष सदस्य र डा गुणनिधि शर्मा सदस्यसचिव रहेको समिति गठन गरेका थिए ।
मन्त्रीको निर्देशनपछि उक्त समितिले सरकारी ठुला अस्पतालहरुमा गर्न सकिने अल्पकालिन र दिर्घकालिन कार्यहरु बर्गीकरण गरी कार्यान्यनमा लैजानुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको थियो । उक्त समितिले दिएको सुझावमा शल्यक्रियाका लामो समय कुर्न नपर्नुका साथै अस्पतालको शुल्कमा एकरुपता, औषधिको गुणस्तर, मूल्य र उपलब्धताका विषय समेत समेटिएको छ ।
मन्त्री यादवले सरकारी अस्पतालको सेवामा सुधार पछि दोस्रो चरणमा मुलुकका निजी अस्पतालमा शल्यक्रिया गर्दा लिने शुल्कमा एकरुपता ल्याउन आवश्यक रहेको बताए । उनले भने, आवश्यक समन्वय गरि सरकारी अस्पतालमा आउने आकस्मिक शल्यक्रियाका बिरामीको जोखिमतालाई हेरर तत्काल निजी अस्पतालमा सरकारी शुल्कमै उपचार गराउन सकिन्छ, त्यसका लागि सरकारको इच्छाशक्तिमा भर पर्ने कुरा हो । न्युज कारखाना
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । विहिबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको छ ।
यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिरोका कारण अवरुद्ध सडक अहिले एकतर्फी संचालनमा रहेको र पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले दुइतर्फी सडक खुलाउन हुन केही समय लाग्ने बताइएको छ । न्युज कारखाना
काठमाडौँ । बंगलादेश र चीनले आफ्नो रणनीतिक सहकारी सम्बन्धलाई थप अगाडि बढाउन २१ वटा सम्झौता, एमओयू र सातवटा परियोजना घोषणा गरेका छन् ।
चीन भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसीना र चिनीयाँ राष्ट्रपति सी जिनपिङबीच रणनीतिक साझेदारीलाई बृहत् रणनीतिक सहकारी साझेदारीमा परिणत गर्न सहमत भएका हुन् ।
बंगलादेशका प्रधानमन्त्री हसिनासँगको द्विपक्षीय भेटमा चिनियाँ राष्ट्रपति सी जिनपीङले बंगलादेशलाई अनुदान, व्याजमुक्त ऋण, सहुलियतपूर्ण ऋण र व्यावसायिक ऋणलगायत चार किसिमले आर्थिक सहायता उपलब्ध गराउने बताए । बंगलादेशका राज्यमन्त्री जुनैद अहमद पलकले सामाजिक सञ्जालमा दुई नेताबीचको भेटवार्ताको तस्बिर पोस्ट गर्दै भनेका छन्, ‘चीनका माननीय राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङको ग्रेट हल अफ द पिपुलमा माननीय प्रधानमन्त्री शेख हसिनासँग भेट गर्नुभयो र द्विपक्षीय भेटवार्ता गर्नुभयो ।’
बंगलादेशका विदेशमन्त्री डा हसन महमूदले दुई नेताबीच भएको भेटवार्ताको नतिजाबारे सञ्चारकर्मीलाई जानकारी दिँदै दुई नेताबीच अत्यन्तै सौहार्दपूर्ण वातावरणमा निकै सफल छलफल भएको बताए । बैठकको विवरण दिँदै बंगलादेशको सरकारी समाचार एजेन्सी बीएसएसले दुई देशबीचको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि प्रधानमन्त्री शेख हसिना र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको जनाएको छ ।
यसअघि चीनमा बंगलादेशी प्रधानमन्त्रीलाई भव्य स्वागत गरिएको थियो भने द्विपक्षीय भेटवार्ताका लागि नेपाल आइपुगेपछि प्रधानमन्त्री ली खछ्याङले स्वागत गरेका थिए । द्विपक्षीय वार्तामा रोहिंग्या समस्या, व्यापार, वाणिज्य तथा वाणिज्य, लगानी र द्विपक्षीय सम्बन्धका साथै धेरै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल भएको थियो ।
बीएसएस प्रतिवेदनले आर्थिक र बैंकिङ क्षेत्र, व्यापार र लगानी, डिजिटल अर्थतन्त्र, पूर्वाधार विकास, विपद् व्यवस्थापनमा सहयोग, छैटौं र नवौं बंगलादेश–चीन मैत्री पुलको निर्माण, बंगलादेशबाट कृषि उत्पादनको निर्यात र जनताबीचको सहकार्यमा उल्लेख छ ।न्युज कारखाना
काठमाडौँ । रियल म्याड्रिडले किलीयन एम्बाप्पेलाई आगामी जुलाई १६ मा प्रस्तुत गर्ने भएको छ ।
रियल म्याड्रिडमा सम्झौता गरिसकेका एम्बाप्पे फ्रान्सको टिम युरोकपबाट बाहिरिएसँगै रियल म्याड्रिडले आफ्ना फ्यानहरुका बीच जुलाई १६ मा प्रस्तुत गर्ने भएको हो ।
एम्बाप्पेले पिएसजी छोडेर फ्री-ट्रान्सफरमा रियल म्याड्रिड गएका थिए । एम्बाप्पेले रियल म्याड्रिडसँग पाँच बर्षको सम्झौता गरेका छन् ।
उनले रियल म्याड्रिडमा बार्षिक १६.२ मिलियन डलर पारिश्रमिक पाउने गरी सहमति गरेका छन् । साथै उनले रियल म्याड्रिडबाट १५० मिलियन युरो साइनिङ शुल्क लिएको बताइएको छ ।न्युज कारखाना
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् ।
ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश लेखक सहभागी रहेका थिए ।
बैठकमा सरकार गठन र सहकार्यलाई अगाडी बढाउने विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।
यस अघि कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति बताइए पनि बुधबारको छलफलमा सरकारमा अन्य दललाई सहभागी बनाउन लचिलो भएर जाने सहमति भएको छ । अहिले जसपा नेपाल, जसपा, नाउपा, लोसपा लगायतका दलले कांग्रेस-एमाले गठबन्धनमा सहभागी हुने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने हुनाले कांग्रेस एमालेमा मन्त्रीका लागि दौडधुप समेत चलेको छ ।
यसैक्रममा एमालेले मन्त्री छनौटका लागि मापदण्ड बनाउन प्रारम्भिक छलफल शुरु गरको छ । बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष ओली बाहेकका नेतालाई दोहोरो जिम्मेवारी नदिने गरी छलफल अगाडी बढाएको छ । एमालेले अनुभवीलाई भन्दा नयाँ र काम गर्न सक्ने नेताहरुलाई सरकारमा सहभागी गराउने तयारी गरेको चर्चा छ । एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा छ भने पदम गिरी, महेश बर्तौला, सुनिता बराल, बिद्या भट्टराई, सुहाङ नेम्वाङलगायतको नाम मन्त्री बन्नेमा चर्चा छ ।
त्यस्तै कांग्रेसमा भने कांग्रेस-एमाले गठबन्धन बनाउन खोजेका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बन्ने चर्चा रहेको छ भने सभापति देउवा पत्नी आरजु राणा परराष्ट्रमन्त्री बन्ने चर्चा रहेको छ । त्यस्तै महामन्त्री गगन थापा, सांसद प्रदीप पौडेल लगायतको नाम मन्त्री बन्नेमा चर्चामा छ । कांग्रेसमा रहेको चर्को गुटबन्दीका कारण सबै गुटको प्रतिनिधित्व मिलाएर मन्त्री छान्न भने सकस रहेको छ । यद्यपी अहिलेसम्म कांग्रेसमा मन्त्री छान्ने विषयमा केन्द्रित भएर छलफल नभएको कांग्रेस नेताहरुले बताएका छन् ।न्युज कारखाना
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई गल्फ खेल्न चुनौती दिएका छन् । ट्रम्पले बाइडेनसँग हारे भने उनले राष्ट्रपतिको रोजाइको परोपकारी संस्थालाई १० लाख डलर दान गर्ने घोषणा गरेका छन् ।
डोनाल्ड ट्रम्पले दक्षिण फ्लोरिडाको एक र्यालीमा बाइडेनलाई चुनौती दिँदै भने, ‘म आधिकारिक रूपमा राष्ट्रपति जो बाइडेनलाई यहाँ डोरालको ब्लू मोन्स्टरमा १८-होल गल्फ म्याचमा चुनौती दिन्छु, जसलाई विश्वको सर्वश्रेष्ठ गोल्फ कोर्स मध्ये एक मानिन्छ ।’
पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले भने, यदि यो प्रतियोगिता भयो भने यो इतिहासमा सबैभन्दा धेरै हेरिएको प्रतियोगिता हुनेछ । सायद यो राइडर कप वा मास्टर्स भन्दा ठूलो घटना हुनेछ । यद्यपि, ट्रम्पले भने, बाइडेनले यो प्रस्तावलाई कहिल्यै स्वीकार गर्दैनन् ।
गल्फ खेल्ने ट्रम्पको प्रस्तावमा, बाइडेन टोलीले राष्ट्रपतिसँग त्यस्ता कामका लागि समय नभएको जवाफ दिएका छन् ।
बाइडेन टोलीले ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेको छ । न्युयोर्क पोस्टका अनुसार राष्ट्रपतिका प्रवक्ता जेम्स सिंगरले एक विज्ञप्तिमा भनेका छन्, ‘१२ दिनदेखि सार्वजनिक रूपमा नदेखिएका डोनाल्ड ट्रम्प अब फर्केर संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई गल्फको खेलमा चुनौती दिइरहेका छन् ।’
बाइडेनका प्रवक्ताले थप भने, ‘हामी ट्रम्पलाई रोजगारी सिर्जना गर्न चुनौती दिन्छौं, यद्यपि उनी सत्तामा हुँदा देशमा करिब ३० लाख मानिसले रोजगारी गुमाएका थिए । हामी ट्रम्पलाई पुटिनको सामना गर्न चुनौती दिन्छौं, तर उनी उनको अगाडि झुक्छन् । हामीले ट्रम्पलाई कानूनको पालना गर्न आग्रह गर्छौं तर उनले उल्टो गर्छन् ।’
प्रवक्ता जेम्स सिंगरले थप भने- राष्ट्रपतिसँग डोनाल्ड ट्रम्पको अनौठो गतिविधिका लागि समय छैन । उनी अमेरिकाको नेतृत्वमा व्यस्त छन् । ट्रम्प एक झूटा, अपराधी र धोखाधडी व्यक्ति हुन्, जसले आफ्नो लागि मात्र काम गर्दछन् ।
गत महिना, जुन २७ मा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच पहिलो चुनावी बहस भएको थियो। यसै क्रममा सीएनएन एन्करले ट्रम्पलाई उमेरको बारेमा प्रश्न सोधेका थिए । जवाफमा ट्रम्पले आफ्नो स्वास्थ्य बाइडेनको भन्दा धेरै राम्रो रहेको बताए । ट्रम्पले भर्खरै दुईवटा क्लब-स्तरीय गल्फ प्रतियोगिता जितेको बताएका थिए । न्युज कारखाना
रौतहट- रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ। आँप टिपेको विषयमा विवाद हुँदा दुई-चार थप्पड हानेको बदलामा योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ।
जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ।
घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा बौधीमाई नगरपालिका-१ बौधापतौरा गाउँ घर भई हाल इशनाथ-३ स्थित आफ्नै मामाघर बस्दै आएका १८ वर्षीय दशई साह र उनका साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ।
मंगलबार राति पक्राउ परेका चार जनामध्ये अनुसन्धानपछि बुधबार दुई जनालाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो। आरोपी दुवै जना मिलेर इशनाथ–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।
डिएसपी गिरीका अनुसार मंगलबार राति सौच गर्न गएको मौका छोपी आलमलाई नजिकैको आँपको बगैंचामा दशईले पछाडिबाट अनुहार-टाउकोमा रड प्रहार गरेको र उनी भुइँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाको एक दिनअघि मृतकका आफ्नै भाइ १० वर्षीय साबिर मियाँ आलमसँग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशई साहलाई दुई-चार थप्पड हानेका थिए।
सोही घटनाको बदला लिन दशईले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए।
आरोपी दुवै जनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।न्युज कारखाना
काठमाडौँ । युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड खेल्ने भएका छन् । फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुने छ ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।
तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ ।
२०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।
स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।न्युज कारखाना
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८३ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । १ सय ४२ वटा घर, ५५ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ४ सय ११ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ९ सय ५४ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जनाएको छ । न्युज कारखाना