काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले बर्षा जारी रहुन्जेल रात्री बस संचालन बन्द गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले मौसममा सुधार नभएसम्म कम्तिमा भाद्र १५ सम्म रात्री बस संचालनमा रोक लगाउन माग गरेका हुन् ।
उनले नारायणगढ -मुग्लिन सडकखण्डमा गएराती पहिरोमा परेर दुई यात्रीबस त्रिशुली नदीमा खसेको विषयमा तत्काल बसको खोजी र उद्धार गर्न माग गरेका थिए ।
सरकारले विपद्बात जोगाउन सरकारले पूर्वतयारी नगरेको बताउदै तत्काल राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।न्युज कारखाना
रौतहट । रौतहट जिल्लाको पूर्विभेग गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ति बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुई जना जन्तीको मृत्यु भएको छ भने अन्य कैयौं जन्ती घाईते भएका छन ।
मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन ।
घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका अनुसार गढीमाई ६ सिङगारमनस्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ती बोकी जादै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो ।
उक्त गाडीमा जम्मा १२ जना सवार सवार मध्ये ५ जना सकुशल रहेको, ३ जना नाम थर वतन नखुलेको स्थानिय अस्पताल तर्फ उपचार गर्न पठाईएको प्रहरीले जनाएको छ । चालक भने फरार भएका छन। दुर्घटनामा
काठमाण्डौ घर भएका बर्ष ५५ को कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पण्डितलाई गम्भिर अवस्थामा उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाईएकोमा उनीहरुलाई डाक्टरले मृत घोषणा गरेको डिएसपी त्वातीले जानकारी दिएका छन ।
चक्रघटाकै बर्ष २५ को अमलेश ठाकुर दाहिने खुट्टा, छाती,घाँटीमा चोट अवस्था प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको छ । गाडी चालकको नाम ठेगाना नखुलेका तथा उनी सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिएको छ ।
सर्वोच्चले दिल्लीमा कथित अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा प्रवर्तन निदेशालयले गरेको गिरफ्तारीप्रति अन्तरिम जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
मुख्यमन्त्रीलाई ईडीले मार्च २१ मा मनी लान्ड्रिङ मुद्दामा पक्राउ गरेको थियो। उनलाई तल्लो अदालतले जुन २० मा एक लाख रुपैयाँको व्यक्तिगत धरौटीमा जमानत दिएको थियो । त्यसको भोलिपल्ट ईडीले दिल्ली हाई कोर्टमा जमानत दिने तल्लो अदालतको आदेश एकतर्फी र गलत भएको तर्क गरेको थियो । त्यसपछि केजरीवाललाई पनि सीबीआईले जुन २६ मा कथित अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पक्राउ गरेको थियो ।
यद्यपि केजरीवाल अहिले जमानतमा जेलबाट बाहिर आउन सक्ने छैनन् किनभने सर्वोच्च अदालतले उनलाई ईडीले पक्राउ गरेको मुद्दामा मात्र अन्तरिम जमानत दिएको छ ।
केजरीवाललाई सीबीआईले गरेको गिरफ्तारीलाई दिल्ली उच्च अदालतमा चुनौती दिएका छन् । यस मुद्दाको सुनुवाई जुलाई १७ मा हुने भएको छ ।
न्युज कारखाना
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।
शुक्रबार सुनको मुल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्बाधिक मुल्य भएको हो । आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो ।
यस अघि विहिबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर तोलाको १९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । कोपा अमेरिकाको सेमिफाइनलबाट बाहिरिएको उरुग्वेका ११ खेलाडी अनुसन्धानको दायरामा आएका छन् ।
सेमिफाइनल खेलमा हार बेहोरेपछि कोलम्बियाका फ्यानहरुसँग झगडा गरेको आरोपमा दक्षिण अमेरिकी फुटबल फेडेरेसनले उरुग्वेका ११ खेलाडीमाथि छानबिन गर्ने भएको हो ।
खेल सकिएपछि उरुग्वेका डार्विन नुनेज कोलम्बियाका फ्यानहरु रहेको ठाउमा पुगेर हातपात शुरु गरेका थिए । नुनेजले हानेपछि कोलम्बियाका फ्यान घाइते भएको बताइएको छ ।
त्यसपछि उरुग्वेका अन्य खेलाडी पनि संलग्न रहेको मिडिया रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार नुनेजलाई लामो प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।
दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कसैलाई पनि खेलमा हिंसा गर्ने अधिकार नभएको भन्दै नुनेजसहित ११ खेलाडीमाथि छानबिन अगाडी बढेको बताएको छ ।उरुग्वेले आइतबार बिहान क्यानडासँग तेस्रो स्थानको खेल खेल्नु अघि नै कारवाही हुन सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
न्युज कारखाना
रौतहट । काठमाडौं बाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपता भएको गणपती डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट प्राप्त भएको छ।
काठमाडौं बाट गौर आईरहेको बागमती प्रदेश ०३ -० ०१ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही नगरपालिका १ करुनियाका अधिकारी दासको छोरा नन्दन दाससहित २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीनजना केविन बाट हामफालेर ज्यान जोगाएका थिए । हामफालेर ज्यान जोगाउन सफल भएका मध्ये एकजना नन्दन दास रहेको देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेलले बताएका छन ।
बसमा यात्राको क्रममा ३१ जना यात्रु मध्ये १४ जनाको नामले टिकट काटिएको देखिएको छ। काठमाडौंबाट गौर तर्फ आउने यात्रुहरुमा शैलेन्द्र, राजकिशोर, ओमजी, वकील खान, सिकेन्द्र, प्रिन्स जैसवाल, राज पटेल, नन्दन दास, शम्भु, नवीन, हरिश्चन्द्र, अमिता, नन्दुजी को नामले टिकट काटिएको छ।
आज बिहान साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ -० ०१ख २४९५ नम्बरको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।न्युज कारखाना
पोखरा । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ।
बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृतक एकै परिवारका रहेको प्रहरीले जनाएको छ । पहिरोमा मृत्यु हुनेमा ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियार रहेका छन् ।न्युज कारखाना
काठमाडौं । पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य जारी रहेको छ ।
प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए । त्रिशुलीमा खसेका बसमा बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।
बिरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाटबाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २० जना परिचालन भएका छन् । अहिले यात्रुको अवस्था अज्ञात रहेको र त्रिशुली नदीमा बसको खोजि कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । न्युज कारखाना
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएका छन् । प्रहरीले दुवै बसमा ५० भन्दा बढी यात्रु रहेको अनुमान गरेको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको बताएको छ ।
यसै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिरोले दुई वटा बस बगाएको घटनाप्रति दुख व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धार गर्न गृहप्रशासनलाई निर्देशन दिएको बताएका छन् ।
उनले भनेका छन्- रायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु ।’न्युज कारखाना
काठमाडौँ । गत साता बेलायत, फ्रान्स, इरान जस्ता ठूला देशमा चुनाव भएको थियो । यी देशका चुनावी परिणामले तत्कालिन सत्तारुढ नेताहरुलाई बाहिर धकेलेको छ । खासगरी बेलायत र फ्रान्समा सत्तारुढ दलले चुनाव हारेका छन् ।
बेलायतमा ऋषि सुनकको कन्जरभेटिभ पार्टी १४ वर्षपछि सत्ताबाट बाहिरिएको छ । त्यस्तै फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टी रेनेसान्स वामपन्थी गठबन्धनबाट पराजित भएको छ । इरानमा सुधारवादी नेता मसूद पेजेस्कियानले कट्टरपन्थी सइद जलिलीलाई पराजित गर्दै राष्ट्रपति चुनाव जितेका छन् ।
यी तीनवटा मात्र चुनाव होइनन् जसमा सत्तामा रहेकाहरूलाई धक्का लागेको छ । यस वर्ष धेरै देशमा भएको आम निर्वाचनको नतिजाले विश्वलाई चकित बनाएको छ ।
टाइम्स म्यागजिनको रिपोर्टका अनुसार यस वर्ष इतिहासमा पहिलेभन्दा धेरै मतदाताहरूले विश्वव्यापी रूपमा चुनावमा भाग लिदै छन् । विश्वका कम्तिमा ६४ देशहरूमा मात्र राष्ट्रिय चुनावहरू छन्, जसले विश्वको कुल जनसंख्याको लगभग ४९ प्रतिशत प्रतिनिधित्व गर्दछ । विश्वका १० धेरै जनसङ्ख्या भएका देशमध्ये ८ वटामा सन् २०२४ मा चुनाव हुने तय गरिएको थियो । यी देशहरू हुन्- बंगलादेश, ब्राजिल, भारत, इन्डोनेसिया, मेक्सिको, पाकिस्तान, रुस र अमेरिका । तर, अधिकांश देशमा निर्वाचन सम्पन्न भइसकेको छ । यसबाहेक फ्रान्स, बेलायत, इरान र युरोपेली संघमा पनि यसै वर्ष चुनाव भइसकेको छ ।
फ्रान्स: फ्रान्सेली मतदाताहरूले ३० जुन र ७ जुलाईमा दुई चरणमा राष्ट्रिय सभाका सांसदहरू चयन गर्न मतदान गरेका थिए । यहाँ संसदको तल्लो सदन राष्ट्रिय सभाका कुल ५७७ सिटका लागि निर्वाचन भएको थियो, जसमध्ये बहुमतका लागि २८९ सिट आवश्यक छ।
फ्रान्सको यस निर्वाचनमा सबै ठूला दलहरू गठबन्धनमा उत्रिएका थिए । फ्रान्सको संसदमा आइतबार भएको दोस्रो चरणको मतदानपछि वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टले सबैभन्दा बढी सिट जितेको छ । यसले दक्षिणपन्थी गठबन्धनलाई पराजित गर्यो । वामपन्थी न्यू पपुलर फ्रन्टले १८२ सिट जितेको छ भने राष्ट्रपति इमानुएल म्याक्रोनको केन्द्रवादी एन्सेम्बल गठबन्धनले १६३ सिट जितेको छ । यी नतिजाहरू पछि, फ्रान्स राजनीतिक अनिश्चिततामा फसेको छ, किनकि कुनै पनि गठबन्धन पूर्ण बहुमत हासिल गर्ने नजिक पुगेको छैन ।
इरान: गत हप्ता इरानका जनताले पनि आफ्नो जनादेश दिए । २८ जुन र ५ जुलाईमा देशमा राष्ट्रपतिको निर्वाचनका लागि मतदान भएको थियो, जसमा सुधारवादी नेता मसूद पेजेस्कियान विजयी भएका थिए । मे १९ मा तत्कालीन राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि इरानमा प्रारम्भिक निर्वाचन भएको थियो । चार उम्मेद्वारहरूले चुनावको पहिलो चरणमा प्रतिस्पर्धा गरे, सुधारवादी मसूद पेजेस्कियानले चुनाव जितेका थिए, ६ जुलाईको नतिजामा कट्टरपन्थी नेता सइद जलिलीलाई पराजित गरे । यो जितसँगै पेजेस्कियानले इरानको नयाँ राष्ट्रपति बनेका छन् ।
बेलायत: बेलायतमा ४ जुलाईमा ६५० संसदीय सिटका लागि मतदान भयो । यी चुनावहरू बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत युनाइटेड किंगडमका सबै भागहरूमा भएका थिए। बेलायतको चुनावको अन्तिम नतिजा जुलाई ६ मा घोषणा भएको थियो। यी निर्वाचनमा कुल ३९२ दल दर्ता भए पनि मुख्य प्रतिस्पर्धा ऋषि सुनकको कन्जरभेटिभ र प्रमुख विपक्षी नेता केयर स्टारमरको लेबर पार्टीबीच थियो । विपक्षी लेबर पार्टीले ६५० सिटमध्ये ४१२ सिट जितेको छ । जबकि वर्तमान सत्तारुढ दल कन्जरभेटिभले मात्र १२१ सिट जित्न सकेको छ । अन्य साना दलको कुरा गर्ने हो भने लिबरल डेमोक्र्याटले ७१, स्कटिस नेशनल पार्टी (एसएनपी)ले नौ, सिन फेइनले सात, डेमोक्रेटिक युनियनिस्ट पार्टी (डीयूपी) पाँच र रिफर्म पार्टीले चार सिट जितेका छन् ।
सन् २००५ पछिको बेलायती चुनावमा प्रमुख विपक्षी दल लेबरले ठूलो जित दर्ता गरेको थियो । लेबर पार्टीलाई ठूलो जित दिएपछि केइर स्टारमर देशको नयाँ प्रधानमन्त्री बनेका छन् ।
युरोपेली संघ: कुल २७ देशहरू मिलेर युरोपियन युनियनका मानिसहरूले जुन ६-९ मा मतदान गरे । ४४ करोडभन्दा बढी जनसंख्या भएको युरोपेली संघमा कुल ७२० सदस्य युरोपेली संसद (एमईपी) निर्वाचित छन् । ९ जुन २०२४ मा, उर्सुला भोन डर लेनको नेतृत्वमा रहेको युरोपेली पीपुल्स पार्टीले युरोपेली संसदमा सबैभन्दा बढी सिट जित्यो । यी चुनावमा केन्द्रवादी, उदारवादी र वातावरणवादी पार्टीहरूले हार बेहोरेका छन् भने दक्षिणपन्थी दलहरूले फाइदा उठाएका छन् । दक्षिणपन्थी युरोपेली कन्जरभेटिभ र सुधारवादी समूहले केन्द्रवादी नवीकरण युरोप समूहलाई पराजित गरेको छ ।
पाकिस्तान: छिमेकी देश पाकिस्तानमा राष्ट्रिय सभाका लागि फेब्रुअरी ८ मा मतदान भयो । २४ करोड जनसंख्या भएको पाकिस्तानमा चुनावअघि कामचलाउ सरकार चलिरहेको थियो । पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का प्रधानमन्त्री इमरान खानलाई अविश्वास प्रस्तावमार्फत पदबाट हटाइएपछि दुई वर्षपछि यी निर्वाचनहरू भएका हुन् । त्यसपछि इमरान खानलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरियो र पाँच वर्षको लागि राजनीतिमा प्रतिबन्ध लगाइएको थियो । चुनावअघि सर्वोच्च अदालतको फैसलाले पीटीआईको चुनाव चिन्ह पनि खोस्यो ।
यी सबै घटनाक्रमका बाबजुद चुनावी नतिजा आउँदा वर्तमान सरकारविरुद्ध लडिरहेका पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी ९३ सिट जितेका छन् । यसपछि पाकिस्तान मुस्लिम लिग (एन) (पीएमएल-एन) ले ७५ सिट र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ५४ सिट प्राप्त गरेको छ । नेशनल एसेम्बलीमा कुनै पनि दलले बहुमत नपाएपछि शहबाज सरिफ पीपीपी, पीएमएल-एन र अन्य साना दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका छन् ।
बंगलादेश: यस वर्षको सुरुमा जनवरी ७ मा देशमा आम चुनाव भयो। १७ करोडभन्दा बढी जनसंख्या भएको बंगलादेशका जनताले राष्ट्रिय संसदको पक्षमा मतदान गरेका छन् । यस निर्वाचनमा प्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले लगातार चौथो पटक चुनाव जितेको छ । हसिनाको अवामी लिगलाई केन्द्र र वामपन्थी दल मानिन्छ । देशको प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीले राजनीतिक असहमतिमाथिको क्र्याकडाउनको विरोधमा चुनाव बहिष्कार गरेको छ। वर्तमान सरकारको कार्यकालमा निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न नसक्ने केन्द्र दक्षिणपन्थी दलको विश्वास छ ।
भारत: त्यस्तै विश्वको धेरै जनसंख्या भएको देश भारतमा पनि सात चरणको मतदानपछि जुन ४ मा आएको परिणाममा सत्तारुढ दल भारतीय जनता पार्टीलाई ठुलो धक्का लाग्यो । दुई कार्यक्रल एकल बहुमत हासिल गरेको बिजेपी एक्लैले बहुमत ल्याउन सकेन र एनडीए गठबन्धनको सरकार बनाएको छ । यस निर्वाचनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सत्ताबाट हटाउन नसकेपनि भारतमा प्रतिपक्षी दललाई बलियो बनाएको छ ।
त्यसोभए संसारभरि भएका यी निर्वाचनमा कुनै विशेष विचारधाराले जितेको छ त । यस विषयमा विभिन्न विज्ञहरुले आफ्नो राय व्यक्त गरिरहेका छन् । चुनावको नतिजा विश्लेषण गर्दा यसलाई सरकारहरुप्रति जनताको आक्रोशको रुपमा हेरिनुपर्ने बताइएको छ । जनताले स्पष्ट विचारधारालाई साथ नदिएको र जनसरोकारका काम नगरेका कारण सत्तामा रहकेहरुलाई मत नदिएको रुपमा विश्लेषण गरिएको छ ।
जस्तो की बेलायतमा लेबर पार्टीले जितेको छ, जसलाई वामपन्थी भन्न मिल्दैन । जेरेमी कोर्बिन त्यहाँ भएको भए उनलाई वामपन्थी भनिने थियो । फ्रान्समा पनि चरम वामपन्थी पार्टीले बहुमत पाउन सकेका छैनन् । यदि सरकार बनाउनु छ भने अन्य विचारधाराका मानिससँग गठबन्धन गर्नुपर्छ । यस्तो अवस्थामा उनीहरुले आफ्नो नीति पनि परिवर्तन गर्नुपर्ने हुन्छ । यसबाहेक इरानमा सुधारवादी नेता मसूद पेजेस्कियानले जित हासिल गरेका छन्, तर उनले इरानमा सत्ताबाट अलग भएर सुधार गर्ने काम गर्नेछन् भन्ने लाग्दैन । किनभने यहाँ इरानका सर्वोच्च नेतालाई प्रभाव पार्ने गार्जियन काउन्सिलको अनुमतिबिना कुनै पनि कानून बनाइँदैन । एक हिसाबले यी केन्द्रवादी सरकार हुनेछन् ।
विश्वभरि कुनै पनि विचारधाराको जित वा हार भन्दा पनि भर्खरैको चुनावले विश्वभर कुनै खास विचारधाराका मानिसहरू हारेको प्रवृत्ति देखाउँदैन । यसलाई सरकारविरुद्धको आक्रोशका रूपमा लिनुपर्छ । १० वर्ष शासन गर्दा जनताको अपेक्षा पूरा गर्न नसकेपछि जनताले परिवर्तनको पक्षमा मतदान गरे । भारत र दक्षिण अफ्रिकामा सरकारहरू फर्किएका छन् तर बहुमतको अभावमा परेका छन्। उनीहरुले आफ्नो नीतिलाई प्रभाव पार्ने अन्य दलको सहयोग लिनु परेको छ ।न्युज कारखाना