२०८३ बैशाख २५
२०८३ बैशाख २५

आरके श्रीवास्तव, राैतहट,२८ गते असार । केही दिनदेखि हरेक दिन पानी परिरहेको छ । वर्षाको प्रवृत्ति कस्तो रहेको छ भने चार पाँच घन्टा पानी पर्छ र रोकिन्छ । चार पाँच घन्टा पानी पर्दा पनि केही बेर मात्र हो भारी वर्षा हुने, हैन भने सामान्य वर्षा हुने र सिमसिम पानी परिरहने देखिएको छ । यसले गर्दा रौतहटका खोलाहरु मुख्य रुपमा बागमती, बकैया तथा लमाहामा बाढी त आएको छ तर खोलाको पानीले खोलाको किनारलाई नाघेको छैन ।Open photo मुख्य गरी पहाड र उत्तरी क्षेत्रको जंगलमा परेको पानीले खोलाको सतह बढाएको हो । वर्षाको पानी यति धेरै भइसकेको छ कि खेतमा रोपाईँ गर्न सजिलो होओस् । गैरी खेतहरुमा पानी भरिएको छ तर सबै ठाउँमा रोपाइँको लागि उपयुक्त पानी परिसकेको छैन । खोलामा बाढी आइसकेकोले खोलाको किनारमा रहेका गाउँमा बासिन्दाहरुलाई भने निकै डर लाग्न थालेको छ ।Open photo खोलाको बाढीले किनारको कटान सुरु गरिसकेकोले किनारका बासिन्दाहरुलाई डर लाग्न थालेको हो । बकैया नदीको तटबन्धमा बाढीको पानीको धक्का दिन थालेको छ । बाढीले नदीको किनारलाई काट्दै जाँदा तटबन्ध चर्किन थालेको छ । Open photoतटबन्धलाई बाढीले काटेर लगेपछि गाउँमा बाढीको पानी पस्ने र त्यसले ठूलो क्षति पु¥याउने त्रास मौलापुर र बौद्धिमाई नगरपालिकामा व्याप्त रहेको छ । निरन्तर परिरहेको पानीले खोलामा जसरी बाढीको संकेत गर्दछ, स्थानीयबासीलाई बाढीजन्य क्षतिको त्रासले सताउन सुरु गर्दछ ।Open photo मध्यरौतहटको पश्चिमी रौतहटसित लाइफलाइन बनिसकेको मौलापुरस्थित बकैया नदीको पुल पनि चर्केको देखेर स्थानीय त्रसित बनेका छन् । बिचैमा चर्केको पुलको माथिल्लो भाग चर्केको हो कि तलसम्म चर्केको हो ? प्राविधिक जाँच हुनु जरुरी भएको स्थानीयको भनाइ छ । पुलको अर्धपश्चिमी भागमा चिरा परेको देखिएको छ । तटबन्ध र पुल दुवैमा चिरा परेको देखिएपछि स्थानीयमा गत वर्षहरुको भन्दा बढी त्रास देखिएको छ । पहिलोपटक पुलमा पनि चिरा देखिएको हो । Open photoवर्षाको सुरुमै समस्या देखा परेपछि सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीयवासीको माग रहेको छ । पुल र बाँधको निर्माण तथा मरम्मत र यिनीहरुको प्राविधिक पक्षसित सरोकार राख्ने निकायले उचित समयमा ध्यान दिएर मरम्मतको तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको आग्रह रहेको छ । बकैया नदीको तटबन्धमा चिरा परेपछि रौतहटको सुरक्षा निकायको पनि ध्यान तानिएको छ । मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहसहितको टोलीले स्थलगत निरीक्षण गरिसकेको छ । स्थलगत निरीक्षण गर्दा समस्या तत्काल समाधान गर्नुपर्ने देखिएको नगर प्रमुख साहको भनाइ छ । Open photoनदीमा बाढी बढिरहेको र तटबन्धलाई नोक्सानी पु¥याइरहेकोले सम्भव भएसम्म छिटो मरम्मत गर्नुपर्ने साहको माग पनि रहेको छ । तटबन्धको मरम्मत नगरपालिकाको क्षमता र क्षेत्र दुवै भन्दा माथि रहेकोले यथाशीघ्र बलियो मरम्मतको काम गर्नुपर्ने स्थानीयको माग छ । साथै तटबन्धतिर खोला फर्किरहेकोले खोलाको तीव्र बहाव भएको ठाउँमा बलियो संरचना निर्माण गर्नुपर्ने माग पनि स्थानीयबासीको रहेको छ । विगतका वर्षहरुको भन्दा केही पहिले वर्षा भइरहेको तथा गत वर्षहरुभन्दा बढी वर्षा हुने चेतावनी आइरहेकोले स्थानीयहरुमा अझ बढी त्रास देखिएको हो । तटबन्धको कटान हुँदा दर्जनौँ गाउँमा समस्या पर्ने भएकोले स्थानीयमा त्रास देखिएको हो ।

राैतहट,२८ गते असार । शुक्रबार बिहान चितवन जिल्लाको भरतपुर नगरपालिका २९ सिमतालमा पहिरोले दुई बसलाई त्रिशुलीमा बगाएको खबरले पूरा मधेशमा शोकमा डुबेको छ । वीरगंजबाट काठमाडौँतर्फ गइरहेको एन्जल डिलक्स बसमा रहेका दुई दर्जनभन्दा बढी यात्रुले अनेक सपना बुनेका थिए । देशको राजधानी पुगेर अनेक काम गर्नुपर्ने तथा पेसा र रोजगारमा लागेर आफ्नो र सन्तानको भविष्य सपार्ने सपना देखेका थिए । आधा दर्जनभन्दा भारतीय नागरिकहरु पनि विभिन्न सपना बुन्दै काठमाडौँको यात्रा गरिरहेका थिए । काठमाडौँबाट अनेक काम सिध्याएर गणपति डिलक्समा फर्किरहेका थिए करिब अढाई दर्जन नागरिक । विभिन्न काम सकेर घरतिर फर्किरहँदा मनमा हुने उत्साहको ठेगान हुँदैन । काठमाडौँबाट मधेशतिर फर्किने बसका यात्रुको एउटै सोचाइ हुन्छ – मुग्लिन कटेपछि अब कुनै ठुलो दुर्घटना हुँदैन । ढुक्कसित निदाएर यात्रा गर्न सकिने अवस्था भने मुग्लिन कटेपछि नै हुने गरेको यात्रुहरुको अनुभव छ । मुग्लिन कटेपछि अबको केही घन्टामा घर पुगिन्छ भन्ने मिठो आशामा यात्रीहरु निदाइरहेका थिए । काठमाडौतिर गइरहेको वीरगंजको एन्जल डिलक्स र काठमाडौँबाट फर्किरहेको गणपति डिलक्स भरतपुर नगरपालिका २९ स्थित सिमतालमा एकले अर्कोलाई क्रस गर्दै थिए । सोही अवस्थामा माथिबाट आएको पहिरोले दुवैलाई त्रिशुलीमा खसाल्यो । त्रिशुलीमा खसेका दुवै बस शुक्रबार साँझसम्म फेला परेका छैनन् । दुवै बसमा रहेका चारदेखि पाँच दर्जन यात्रुको पनि अत्तोपत्तो लागेको छैन । काठमाडौँबाट रौतहटतिर आइरहेको गणपति डिलक्स बसबाट हाम फालेर तिन यात्रुले ज्यान जोगाएका छन् । तिनका आफन्तहरु बसमै थिए । असार २८ को बिहान मधेश प्रदेशमा कालो उज्यालो लिएर आयो । त्रिशुली नदीमा रौतहट र पर्सा जिल्लाको बस खसेर बेपत्ता भएको खबर सञ्चार माध्यममा सार्वजनिक भएसँगै रौतहट र पर्सासँगै मधेश प्रदेशमा नै शोकको लहर व्याप्त भएको छ । करिब तिन वर्ष पहिले रौतहटबाट पोखराको लागि छुटेको बस त्रिशुलीमा खसेको थियो । उक्त बसमा पनि रौतहटका दर्जनौँ मानिस थिए । केही परीक्षार्थी थिए शिक्षकका । निम्न माध्यमिक तहको शिक्षक परीक्षा दिन पोखरा जाँदै थिए । त्रिशुलीमा बस खसेको दुई वर्षभन्दा बढी बितिसकेको भए पनि त्यसमा हराएकाहरुको अहिलेसम्म पत्तो लागेको छैन । शुक्रबार बिहान साढे तिन बजेदेखि त्रिशुलीमा हराइरहेका दुई ओटा बसको अवस्था अज्ञात रहँदा सिंगो मधेश चिन्तामा डुबेको छ । नियमित काठमाडौँ यात्रा गर्नेहरु अहिले निकै त्रासमा देखिएका छन् । काठमाडौँ जानको लागि कुन बाटो उपयुक्त होला ? वर्षा याममा सबै बाटोमा पहिरो जाने भएकोले सर्वसाधारणले यथाशीघ्र द्रूतमार्गको निर्माण हुनुपर्ने अपेक्षा गर्न थालेका छन् । द्रुतमार्गको निर्माण हुन थालेको लामो समय बितिसकेको भए पनि अहिलेसम्म संचालनमा आउने छाँटकाँट नहुँदा सर्वसाधारणमा यसप्रति झन् चासो बढेको हो । द्रुतमार्ग पहिरोरहित हुने र बढी सुरक्षित हुनुका साथै एक डेढ घन्टामै यात्रा गर्न सकिने भएकोले धेरै सुरक्षित र विश्वसनीय हुने सर्वसाधारणको विश्वास रहेको छ । हरेक दिन हजारौँ यात्री काठमाडौँ आवागमन गर्ने गर्दछन् । मधेश प्रदेशको हरेक जिल्लाको सदरमुकामदेखि काठमाडौँसम्म दर्जनभन्दा बढी रात्री बस चल्ने गरेका छन् । सडकको सुविधा विस्तार भएसँगै मधेश प्रदेशको हरेक जसो बजारबाट काठमाडौँको लागि रात्री बस चल्न थालेको छ । हजारौँ यात्री काठमाडौँको आवतजावत गर्ने मधेश प्रदेशमा अहिले शोकसँगै त्रास व्याप्त भएको छ । रौतहटको बौधिमाई नगरपालिकाको इनर्वा र गरुडा नगरपालिकाको सिसवा गाउँमा भने कसैको घरमा चुलो बलेको छैन । गणपति डिलक्स बसमा यिनै दुई गाउँका यात्री रहेका थिए । एकै गाउँका नौ जना गणपति बससँगै बेपत्ता भएका छन् । वेपत्ता भएका मानिसको घरपरिवार, आफन्त तथा टोल छिमेकमा निकै त्रास देखिएको छ ।

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको छ ।

हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया देखि पूर्णतया बदली  रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती  र  गण्डकी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी,  लुम्बिनी र  सुदूरपश्चिम  प्रदेशका  थोरै स्थानहरूमा साथै कर्णाली र प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश  र  गण्डकी  प्रदेशका  एक-दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ । न्युज कारखाना

आजमिति २०८१ साल असार २९ गते शनिवार तदअनुसार जुलाई १३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल सत्तमी तिथी, हस्त नक्षत्र, । परिध योग   ।  चन्द्र राशि कन्या । यो शत्रु विरुद्ध कार्यको लागि  शुभ योग हो ।

अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३७ सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१६

• सुर्यास्त: बेलुका ०७: ०३ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः सेतो

शुभ अंक ः ७

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ७

 

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ६

 

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः २

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ५

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः २

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः हरियो

शुभ अंक ः १

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

 

आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

 

शुभ रगं ः रातो

शुभ अंक ः ९

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं ः हरियो

शुभ अंक ः ४

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः वैजनी

शुभ अंक ः ६

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ८

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ४

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना

 

काठमाडौँ । ईङल्याण्डले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा विजयी शुरुवात गरेको छ । वेस्ट इन्डिज विरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा ईङल्याण्डले एक इनिंग र ११४ रनले जित हासिल गरेको छ ।

यस टेस्टमा वेस्ट इन्डिजले पहिला ब्याटिंग गर्दै १२१ रन बनाएको थियो भने ईङल्याण्डले आफ्नो पहिलो इनिंगमा ३७१ रन बनाएको थियो । टेस्टको तेस्रो दिन आज वेस्ट इन्डिज आफ्नो दोस्रो इनिंगमा १३६ रन मात्र बनाएर अल आउट भएपछि ईङल्याण्ड एक इनिंग र ११४ रनले विजयी भएको हो ।

यो खेलमा खेलेसँगै ईङल्याण्डका तिब्र गतिका बलर जेम्स एन्डरसनले क्रिकेटलाई अल बिदा गरेका छन् ।

४१ बर्षिय एण्डरसनले यस टेस्टको पहिलो इनिंगमा एक र दोस्रो इनिंगमा ३ विकेट लिएका थिए । उनले ईङल्याण्डक लागि कुल १८७ टेस्ट खेल्दै ७०४ विकेट लिएका छन् । उनी टेस्ट क्रिकेटको इतिहासमा सर्बाधिक विकेट लिने तिब्र गतिका बलर हुन् ।

यस टेस्टमा डेभ्यु गरेका ईङल्याण्डका बलर गस एटकिन्सनले पहिलो इनिंगमा ७ र दोस्रो इनिंगमा ५ गरि कुल १२ विकेट र खेलको प्लेयर अफ द म्याच बनेका छन् । न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका हुन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए ।

आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका छन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए ।

आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए ।

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।न्युज कारखाना

सिन्धुली । सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर हाईस गाडीको गति अनियन्त्रित भइ सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार ११ जना घाईते भएका छन् ।

विपद् व्यवस्थापन सुरक्षा बेश खुर्कोटबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको तत्कालै उद्धार गरी उपचारको लागि शुभ जीवन अस्पताल खुर्कोटतर्फ पठाएको छ ।न्युज कारखाना

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगार्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले प्रचण्डलाई सभापति देउवासँग सम्बन्धन नबिगार्न र चार महिनापछि फेरी प्रचण्डकै पक्षमा आउने बताए । उनले यो गठबन्धन चार महिनामै परिवर्तन हुने दाबी गर्दै कांग्रेस सभापति देउवालाई संसद विघटनको साक्षी नबस्न आग्रह गरेका थिए ।

चौधरीले प्रधानमन्त्री प्रचण्डलाई आफुहरु सधै साथमा रहेपनि आफुहरुलाई भने बेला बेलामा छोड्ने गरेको गुनासो गरेका थिए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।