२०८३ बैशाख २५
२०८३ बैशाख २५

राैतहट,२९ गते असार । मधेश प्रदेशमा पनि आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती मनाइएको छ । मधेश प्रदेश आर्थिक नगरी रुपमा प्रख्यात् विरगंज स्थित होटेल मकालुमा आज नारायणी वाङ्गमय कृति पुुरस्कार वितरण तथा कविता वाचन कार्यत्रलम आयोजन गरिएको थियो । Open photoनेपाली साहित्यका आदिकवि आचार्यको जन्मजयन्तीमा नारायणी वाङ्गमय प्रतिष्ठानको आयोजनाम सो कार्यक्रमको आयोजन गरिएको थियो । Open photoप्रतिष्ठानका अध्यक्ष डा.विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रध्यापक केशव सुुवेदी रहनुभएको थियो ।Open photo गिता भण्डारीले सञ्चालन गरेको कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अस्कले लेख्नुु भएको कालो गुुलाफ कृति लाइ उत्कृष्ट छनौट गरि पुुरस्कृत पनि गरिएको छ । Open photoअस्कलाइ नगद २५ हजार रुपैयाँ नगद राशी सहित सम्मानपत्रका साथ दोसल्ला ओढाइ सम्मान गरिएको थियो । Open photoकार्यक्रममा आदिकवी भानुभक्तको तस्बिरमा माल्यापर्ण तथा दिप प्रज्जवलन गरि कार्यक्रम उद्धघाटन गरिएको थियो । कार्यक्रममा कविता खडकाले स्वागत मन्तव्य राखेकी थिइन् ।

काठमाडौँ । आजराति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२; ४५ बजेदेखि शुरु हुने छ ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । २०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।

स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।
न्युज कारखाना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान भन्दा माथि तथा पश्चिम तर्फ सरदर स्थानको आसपासको रहेको छ ।

हाल देशभर आन्शिक देखि साधारणतया बदली रहेको छ । साथै कोशी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षा   भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।कोशी, मधेश, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरूमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिका, महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट शुक्रबार खारेज भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, डा. नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले रिट खारेजी गर्दै महानगरपालिकाका नाममा परमादेश दिएको छ । परमादेशमा महानगरपालिकाको बाल उद्धार कार्यदलले गएको जेष्ठ १४ गते बालुवाटारको एक घरबाट उद्धार गरिएकी कक्षा ७ मा अध्ययनरत १४ वर्षिया बालिकालाई बालिग नभएसम्म शिक्षा दीक्षा, स्वास्थ्य सेवासहितको संरक्षण प्रदान गर्नु पर्ने उल्लेख भएको बाल कल्याण अधिकारी, शान्ता पहाडीले जानकारी दिइन् ।

‘अदालतको आदेशले बालिकाको इच्छाको कदर भएको छ । उनी पहिले बसेको घर फर्कन चाहँदैनथिन् तर काठमाडौँमै बसेर पढ्न चाहन्थिन् ।’ पहाडीले भनिन्, ‘उमेरले नभ्याउने जोखिम उठाएर बसिरहेका बालबालिकाहरुको संरक्षण र अधिकारका लागि काम गर्न महानगरपालिकाको बाटो अझ फराकिलो र स्पष्ट भएको छ ।’

‘जसका कोही छैनन् । जसको केही छैन । त्यस्ताको संरक्षक स्थानीय सरकार हो । बालबालिका यही वर्गमा पर्छन् । उनीहरु आफ्ना पीडाहरु व्यक्त गर्न सक्दैनन् । उनीहरु आवाजविहिन हुन् ।’ घटनाका बारेमा प्रमुखको सचिवालय सदस्य धिरज जोशी भन्छन्, ‘यसकारण हामीले जोखिममा रहेका बालबालिकाको अवस्थामा निगरानी बढाएका हौँ । अनुसन्धानमूलक कार्यपद्धतिबाट उनीहरुको अवस्थामा जानकारी लिएपछि प्राप्त जानकारी र विवरण पुष्टि गराउने आधार र प्रमाण संकलन हुनछ । यसका आधारमा जोखिममा रहेका बालबालिकाको उद्धार र संरक्षण गर्ने गरिएको छ ।’

के थियो घटना?

परिवारबाहेकका व्यक्ति वा परिवारसँग बस्ने बालबालिकाको विवरण संकलन गर्न खटिएका महानगरपालिकाका इन्टर्न विद्यार्थीहरु प्रविणा अध्ययन गर्ने विद्यालयमा पुगे । पहिले विद्यालय प्रशासन र शिक्षकहरुसँग छलफल गरे । त्यस छलफलका आधारमा शिफारिस भएका ५ जना बालबालिकालाई प्रश्नावलीको फाराम भराए । प्रश्नावलीमा दिइएको जवाफमा उनले, आफूलाई पाइप र लठ्ठीले पिटेर सजाय दिने गरिएको, धम्की दिने गरिएको बताउँदै खाना पकाउने, घरमा पोछा लगाउने, विरुवामा पानी हाल्ने काम गर्ने गरेको विवरण लेखिन् । विवरणमा उनले, आफूलाई परिवारसँग भेट गर्न नदिएको समेत उल्लेख गरेकी थिइन् ।

इन्टर्न विद्यार्थीले अन्य यातायात, रेष्टुरेन्टसहित विभिन्न क्षेत्रका बालबालिकाको अवस्था अध्ययन गरिरहेका थिए । यसबाट २९ जना बालबालिका जोखिमपूर्ण अवस्थामा देखिए । उनीहरुलाई रातो वर्ग (रेड जोन) मा राखियो । यसपछि जेठ १४ गते नेपाल प्रहरी, बालबालिका खोज तलास सेवा (१०४), वडाका जनप्रतिनिधि र बाल उद्धार कार्यदलको टोलीले उनीहरुलाई उद्धार गरेर संरक्षण दिएको हो । कार्यदलका सदस्य प्रवीण सिलवालकाअनुसार अस्थायी संरक्षण गृहमा मनोविमर्शकर्ताले गरेको मनोपरामर्शमा बालिकाले आफू घरेलु बाल श्रमिकको व्यवहारमा रहेको बताएकी थिइन् ।

बालिकाको इच्छा

पिताले दर्ता गरेको बन्दीप्रत्यक्षीकरण मुद्दाका क्रममा बालिकाले सर्वोच्च अदालतको इजलाससम्म पुग्नु परेको थियो । इजलासमा उनले, काठमाडौँ महानगरपालिकाको संरक्षणमा बसेर पढ्ने, धेरै पढेर जागिर खाने त्यसपछि मात्र परिवारमा फर्कने इच्छा व्यक्त गरेकी थिइन् । सर्वोत्तम हितमा निर्णय गर्दै उनले हाललाई जैविक माता पिताभन्दा महानगरपालिकाको अभिभावकत्व स्वीकार गरेर आफू सक्षम भएपछि परिवारमा पुनःस्थापना हुने इच्छा देखाएकी हुन् ।

घटनामा अदालत

बालिकाको पिताको घर दाङ् जिल्ला हो । उनले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा पहिलो पटक न्यायाधीशद्वय डा. कुमार चुडाल र सुनिलकुमार पोखरेलको इजलासमा महानगरपालिकाकातर्फबाट कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र पुनदेवी महर्जनले वहस गरेका थिए ।  इजलासमा न्यायाधीश पोखरेलले, न्यायाधीश चुडालकोभन्दा फरक राय दिएपछि यो विषय पूर्ण इजलासमा पुगेको थियो ।

पूर्ण इजलासबाट महानगरपालिकाले वन्दी बनाएको नदेखिएको तर सन्तान संरक्षणको पहिलो दायित्व जैविक अभिभावकमा रहने भएकोले निवेदक पितालाई जिम्मा दिनु पर्ने फैसला गर्यो । यसबमोजिम रजिष्ट्रारको कार्यालयमा महानगरपालिकाको बाल उद्धार समितिका सदस्यहरु र कानुनी वारेसको रोहवरमा बालिकालाई पिताको जिम्मा लगाइएको बाल संरक्षण समितिका सदस्य सोनी भट्टराईले जानकारी दिइन् । त्यसपछि आफू कोसँग बस्ने विषयमा बालिकाले आफैँ निर्णय गर्न पाउने अदालतको फैसलाबमोजिम बालिकाले जैविक पिताभन्दा महानगरपालिकाको संरक्षणमा बस्ने निर्णय गरेकी हुन् ।

सिलवालका अनुसार महानगरपालिकाको बाल उद्धार टोलीले २३ जना बालिका र २० जना बालक गरी ४३ जना बालबालिकालाई जोखिमबाट उद्धार गरेर विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ । यसरी उद्धार गरिएका बालबालिकाहरु घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेका÷संरक्षणको आवश्यकता भएका) का बालबालिका हुन् ।

बाल संरक्षणका लागि महानगरपालिकाले अदालतमा ४ वटा मुद्दा दायर गरेको छ । यसमध्ये ३ वटा बालिकामाथि भएका यौन हिंसा सम्बन्धित छन् । एउटा दास बनाउन नहुने र बालबालिका विरुद्धको कसुरसँग सम्बन्धित छ ।

जोखिममा रहेका बालबालिकाहरुलाई वर्गमा विभाजन

१२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिँसा तथा दुव्र्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो वर्गमा राखिन्छ । दैनिक २ देखि ५ घण्टासम्म काम गर्नुपर्ने, कुटपिट र गाली गलौज गर्ने गरिएको, पेटभरि खान नदिएको, निन्द्रा पुग्ने गरी सुत्न नदिएका बालबालिकालाई पहेँलो वर्गमा राखिन्छ । मायालु व्यवहार र बोलीबचन पाएका, पर्याप्त मात्रामा शैक्षिक सामग्री उपलब्ध गराइएका, घरपरिवारसँग नियमित सम्पर्क गर्न पाएका, समान खाना पाएका र सुत्नका लागि खाट र कोठा पाएका बालबालिकालाई हरियो वर्गमा राखिएको छ ।

यीमध्ये अहिले रातो वर्गमा रहेका बालबालिकालाई उद्धार तथा जोखिम व्यवस्थापन गर्ने गरिएको छ ।

बालबालिकाको अवस्था कसरी पत्ता लगाइन्छ?

बालबालिकाहरुको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्था पत्ता लगाएका हुन् । यस कार्यका लागि ३१ जना इन्टर्नहरु खटिएका छन् ।

यसरी प्राप्त विवरण र बालबालिकाबाट प्राप्त जोखिममा परेको सूचनाका आधारमा खोजतलास सेवा (१०४), नेपाल प्रहरी, महानगर प्रहरीसहित सरोकारवालासहितको बाल उद्धार कार्यदलमार्फत शोषण, दुव्र्यवहार र जोखिममा परेका बालबालिकाको उद्धार हुन्छ । उद्धार गरेर ल्याइएका बालबालिकालाई अस्थायी संरक्षण गृहमा संरक्षण दिइन्छ । संरक्षण गृहमा बालबालिकाले भोग्नुपरेका समस्याहरू सुन्ने, मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता प्रदान गरिन्छ ।

यसपछि बालबालिकाका अभिभावक खोजी हुन्छ । परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनस्र्थापना गराउन सकिने अवस्था छ कि छैन लेखाजोखा गरिन्छ । परिवार पत्ता नलागेमा र बालबालिकालाई परिवारमा फर्काउँदा बालबालिकाको सर्वाेत्तम हित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राखी १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था छ । हिँसा पीडित, जोखिममा परेका बालबालिका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हकहित र अधिकारको सम्मान, संरक्षण, प्रवर्धन, बाल शोषण जस्ता आपराधिक कार्य गर्ने अपराधीलाई न्यायिक प्रक्रियाबाट उचित दण्ड जरिवाना, शोषणमा परेका बालबालिकालाई न्याय तथा क्षतिपूर्तिको व्यवस्था गर्ने कार्यहरू संरक्षण बाल संरक्षणका दायित्व हुन् ।

नातागोता बाहेकका बालबालिकाको विवरण बुझाउन अनुरोध

महानगरपालिकाले नातागोताबाहेक बालबालिका भएमा यस सम्बन्धी विवरण वडा कार्यालयमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । महानगरपालिकाको बालसंरक्षण तथा बालबालिका सम्बन्धी कार्यविधि २०८० को दफा १६ को उपदफा ५ मा महानगर क्षेत्रभित्र कुनै पनि घर परिवारमा आफ्ना तथा आफ्ना नातागोतावाहेकका बालबालिका रहे बसेका भए तोकिएको फाराम भरी सम्बन्धित वडा कार्यालयमा विवरण पेश गर्नु पर्ने व्यवस्था छ । यही व्यवस्थाका आधारमा सार्वजनिक सूचना जारी गरिएको हो । न्युज कारखाना

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री चयनको मापदण्ड तय गरेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि मापदण्ड तय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।

कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनौट गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए ।

साथै बैठकले नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परी दुई बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जन यात्रुको अवस्था अज्ञात रहेको घटनामा हराएकाको खोजी र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायलाई आग्रह गरेको महतले जानकारी दिए ।न्युज कारखाना

रौतहट,२९ असार । राष्ट्रिय वन क्षेत्रमै धमाधम पक्की संरचनाभन्दा समेत डिभिजन वन कार्यालय रौतहटको ध्यानाकर्षण हुनसकेको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गको बागमती, पौराही स्थित ब्रह्मस्थान जाने बाटो र चन्द्रनिगाहपुरबाट जुडिबेला जाने बाटोको राष्ट्रिय वन क्षेत्रमा शौचालयको नाममा धमाधम पक्की संरचना भन्दा समेत डिभिजन वन कार्यालयले कुनै चासो नलिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

जङ्गल क्षेत्रमा पक्की शौचालय बनाउनका लागि कहाँबाट बजेट आयो भन्ने कुरा समेत सर्वसाधारणले थाहा पाउन सकेका छैनन् ।

राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनेको विषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले आफूले सो विषयमा बुझ्ने बताएका छन् ।

स्थानीयका अनुसार डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन कार्यालयका प्रमुख अनिल महतोकै मिलो मलेमतो राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

राष्ट्रिय वन क्षेत्रमै पक्की संरचना बनाउँदा समेत डिभिजन वन कार्यालयले त्यसलाई रोक्ने तर्फ ध्यान नदिएका कारण शौचालय बनाउने उपभोक्ता समितिले शौचालयको आधा काम पनि नगरी भुक्तानी लिइसकेको स्थानीयको दाबी छ ।

चन्द्रनिगाहपुर , पौराही र बागमतीमा बनेको शौचालयको उपभोक्ता समिति एउटै रहेको छ ।

शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश पण्डितले सो शौचालय निर्माणको बजेट प्रदेश सरकारको भएपनि कुन मन्त्रालय मार्फतको बजेट हो भन्ने कुरा आफूलाई थाहा नभएको बताएका छन् । स्थानीयले भने चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले बजेट ल्याएर उपभोक्ता समिति बनाएर काम गरिरहेको बताएका छन् । सो विषयमा बुझ्नका लागि वडा अध्यक्ष राउतलाई पटकपटक सम्पर्क गर्दा उनको फोन उठेन । सर्वसाधारणले छिसरिक्क काँचो दाउरा ल्याउँदा मुद्दा चलाउने डिभिजन वन कार्यालयले आफ्नै कार्यालय अगाडि राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनाउँदा समेत कानमा तेल हालेर बस्नु गम्भीर विषय भएको स्थानीय बासिन्दाको बुझाइ रहेको छ । पौराइमा रहेको सबडिभिजन वन कार्यालयको छेउमा र चुडीबेला स्थित सबडिभिजन कार्यालयकै अगाडि राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनाइरहँदा समेत सहायक वन अधिकृत अनिल महत्वले देखेको नदेखे झैँ गर्नुले समेत वन कर्मचारीकै मिलोमतोमा राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनेको सर्वसाधारणको बुझाइ रहेको छ ।

सो विषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले समाचार नलेखिदिन र आफूले काम रोक्नका लागि पत्र काटेको भए पनि उपभोक्ता समिति र जनप्रतिनिधिले अटेर गरेको जानकारी दिए ।

रौतहटको राष्ट्रिय वन क्षेत्रमा विभिन्न बहानामा पक्की संरचना बनाउँदै जाने र वन मासेर खेतीयोग्य जमिन बनाउने क्रम बढ्दै गएको भएपनि डिभिजन वन कार्यालय रौतहटले त्यसतर्फ खासै चासो नदिँदा रौतहटको राष्ट्रिय वन दिन प्रतिदिन मासिँदै जान थालेको छ ।

न्युज कारखाना

सिरहा, २९ असार। सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी वस्ने ३० वर्षिय रोशिना खातुनको मृत्यु भएको हो।

चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याएपनि उपचार सम्भव नभएको स्थानीय शिव यादवले जानकारी दिए।

खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई केहीवेरपछि असहज महसुस भएपछि चुल्होमा हेर्दा गोमन सर्प भेटिएको थियो।

जानकारी पाएलगदै जोवहा सैनिक गण परिसरमा रहेको जयकाली शर्पदंश उपचार केन्द्रमा पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएको बताए।  लगतै कर्जन्हा पुर्याएपनि उनको उपचार हुन सकेन।

खातुनको तीन छोरा र एक पाँच महिनाको छोरी छ। उनी चोहर्वामा बसेर विडी बनाउने काम गर्दै आएका थिए।न्युज कारखाना

रौतहट- प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रौतहटबाट विभिन्न सञ्चारमाध्यममा कार्यरत् वरिष्ठ पत्रकार सञ्जय मिश्रा नगदसहित सम्मानित भएका छन्।

रौतहटको कटहरियास्थित पियारिया देवी फाउन्डेसनले शनिबार एक कार्यक्रमको आयोजना गरी पत्रकार मिश्रालाई सम्मानित गरेको हो।

कटहरिया नगरपालिका-३ बिर्ती प्रष्टोकाका सत्यनारायण साहकी श्रीमती स्व. पियारिया देवीको पहिलो पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा उनका ज्येष्ठ सुपुत्र तथा फाउन्डेसनका सचिव देवेन्द्र साह रौनियारले खाँदा ओढाएर नगद ११ हजारसहित वरिष्ठ पत्रकार मिश्रालाई सम्मान गरेका हुन्।

पत्रकारिताको माध्यमबाट सामाजिक न्यायका लागि समाजमा  पुर्‍याएको योगदानको कदरस्वरूप पत्रकार मिश्रालाई सम्मान गरिएको सचिव रौनियारले बताएका छन्।

हाल सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सिंहदरबार काठमाडौंमा खरिदार पदमा कार्यरत रौनियारकी आमा पियारिया देवीको २०८० साउन १ गते निधन भएको थियो।

स्व. पियारिया देवीको पुण्यतिथिमा समाजमा योगदान पुर्‍याउने पत्रकार, कलाकार, सामाजिक अभियन्तालाई प्रत्येक वर्ष सम्मानित गर्ने उद्देश्यले आमाको नाममा अक्षयकोष स्थापनाको प्रक्रियामा रहेको रौनियारले जानकारी दिएका छन्।

पछिल्लो दुई दशकभन्दा लामो समयदेखि क्रियाशील पत्रकार  मिश्रा हाल  रातोपाटी, न्युज कारखाना, मधेश दृष्टि दैनिकमा आवद्ध रहेका छन। उनी कटहरिया एफएमका प्रमुख रहेका छन्।न्युज कारखाना

काठमाडौं । चितवनमा भएको बस दुर्घटनको खोजी कार्यका क्रममा एक व्यक्तिको शव फेला परेको छ ।

दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक जनाको शव फेला परेको छ । तर, ती व्यक्ति यात्रु हुन् वा होईनन् भन्ने खुल्न बाँकी रहेको छ । ती व्यक्तिको साथमा एटीएम कार्ड र भारतीय आधार कार्ड फेला परेको बताइएको छ ।

उनको साथबाट फेला परेको कार्डबाट ऋषिपाल साह भन्ने पहिचान खुलेका छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए ।

दु्र्घटनालगत्तै शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खोजी कार्यमा खटिएका थिए । आज पनि खोजीकार्य जारी राखिएको छ र अहिलेसम्म बस भेटिएको छैन । न्युज कारखाना

काठमाडौँ । नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यसमा उपस्थित १०० जना पुरिएका छन् । स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ।

नाइजेरियाली अखबार ‘पञ्च’ ले मृत्यु हुनेको संख्या १७ रहेको बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ। शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन भत्किँदा सो विद्यालयमा उपस्थित सय जना फसेका थिए ।

नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी वा नेमाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘मृत्युको सही संख्या पुष्टि भइरहेको छ। हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।