२०८३ बैशाख २५
२०८३ बैशाख २५

जनता समाजवादी पार्टी, नेपालले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतीप्रति दुख व्यक्त गरेको छ । आइतबार  विज्ञप्ति जारी गरी प्राकृतिक विपद्मा परी घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था गर्न जसपा, नेपालले सरकारसँग आग्रह गरेको छ ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टी सदस्यहरु तथा भ्रातृ संगठनहरुलाई अपिल गरिएको छ ।

पार्टीले बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्मा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै समस्त शोकाकूल परिवाजनमा समवेदना प्रकट गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलीले पहिलो प्रतिक्रिया दिदै सबैमा सम्मान र सबैलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ओलीले भनेका छन्- ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले प्रधानमन्त्री पदको शपथ सोमबार बिहान ११ बजे लिने भएका छन् ।न्युज कारखाना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका हुन् ।

ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए ।

तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अब शपथ भने सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपतिको कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ गर्ने गरी तयारी गरेको छ ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहाननै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् । न्युज कारखाना

काठमाडौँ । काठमाडौँको ठमेलबाट करिब ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौँको ठमेलस्थित होटलमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध कोकिन जस्तो देखिने ५ केजी ८२० ग्रामसहित मलेसियाकी महिलालाई पक्राउ गरेको हो ।

सो लागूऔषध करिब २० करोड ३७ लाख बराबरको रहेको प्रहरीले बताएको छ ।न्युज कारखाना

काठमाडौँ ।

गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरज्यू लगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीज्यूहरू, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिवज्यू तथा वरिष्ठ प्रहरी अधिकृतज्यूहरूको उपस्थित रहेका थिए

शुक्रबार बिहान गएको पहिरोले दुई यात्रूबाहक बस बगाएर बेपत्ता बनाएपछि अहिलेसम्म बस फेला पर्न सकेका छैनन् ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले त्रिशुली नदीमा खोजी कार्य जारी रहेको छ । दुवै बसमा रहेका ६५ यात्रु मध्ये तीन जना सकुशल रहेपनि ६२ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । अहिलेसम्म ६ जनाको शव भेटिएको छ । न्युज कारखाना

चितवन ।

भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटिय क्षेत्रमा जनस्तरबाट निग्रानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ ।

आईतबार सिमालताल पहिरो र बस दुर्घटना स्थलको स्थलगत निरीक्षणपछि प्रमुख दाहालले भरतपुरका वडा नम्बर २९, १, ३, १६,१७, १८, २६, २७ र २८ का स्थनीयलाई आग्रह पनि गर्नुभएको छ ।

‘तटिय क्षेत्रमा ६ वटा शवहरु भेटिएका छन्, उहाँले भन्नुभयो,‘सुरक्षाकर्मीसँगै तटिय क्षेत्रमा बसोबास गर्ने जनताले निग्रानी बढाउदाँ थप शवहरु फेला पर्दछन् । यसका लागि स्थानीय संयन्त्र पूर्ण रुपमा परिचालन भइरहेको छ ।’

भरतपुर महानगरपालिकाले दुर्घटनामा वेपत्ताहरु खोज कार्यका लागि घटना घटेको दिनदेखि आवश्यक यन्त्र, उपकरणको व्यवस्था गरिरहेको प्रमुख दाहालले स्पष्ट पारेकी छन् । वेपत्ताको खोजी कार्यका लागि गोताखोर परिचालन भइरहेको स्थानमा निरीक्षणका साथै उद्दारमा खटिएका सुरक्षाकर्मीसँग ताजा अवस्थाबारे जानकारी लिएकी छन्  ।

होटल व्यवसायी महासंघले पीडित परिवारलाई खाना, बस्नका लागि प्रबन्ध मिलाइरहेको र पीडितलाई थप सहजीकरणको लागि भरतपुर महानगरपालिका तयार रहेको उनको भनाइ थियो ।

भरतपुर महानगरका प्रमुख दाहालसहित उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल तथा जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी घटनास्थल पुगेका थिए ।

भरतपुर २९ को सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको वेपत्ता छन् ।

वेपत्तामध्ये अहिलेसम्म ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् ।

त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको छ ।

पानीको सतह केही घटेपनि बाहब भने उच्च रहेकाले खोजी कार्यमा भने असहज भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् ।न्युज कारखाना

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन् ।

आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रजिष्टार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्रीले धन्यवाद दिएका हुन् ।

भेटमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम कार्यकारी परिषदबाट पारित गरेकोमा समेत प्रधानमन्त्रीले धन्यवाद दिए ।

प्रधानमन्त्रीले भने, “विश्वविद्यालयमा गुणात्मक सुधार ल्याएर मात्रै देशको मुहार फेर्न सकिन्छ। त्यसका लागि मैले लगातार मेहेनत गर्दै आएको छु। खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति, शैक्षिक क्यालेण्डर लगायतका क्षेत्रमा महत्वपूर्ण सुधार आएको छ। यसले राम्रो सन्देश दिएको छ।भविष्यमा समेत यी प्रयासहरू लागू हुनेछन् भन्ने विश्वास व्यक्त गर्दछु।”

भेटमा पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा शिक्षा क्षेत्र र विश्वविद्यालय सुधारमा ऐतिहासिक कामहरू भएको भन्दै त्रिवि सुधारमा आफूहरू पूर्ण समर्पणभावका साथ खटिने बताए ।न्युज कारखाना

काठमाडौं ।

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले मन्त्री चयनको विषयमा छलफल गरेको छ । एमालेसँग सत्ता सहकार्य हुने भएपछि कांग्रेस भित्र मन्त्री चयनको विषय पेचिलो बन्दै गएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफु पक्षका धेरै नेतालाई मन्त्री चयन गर्ने संकेत गरेपछि नेता शेखर कोइराला पक्ष बैठक बसेर छलफल गरेको छ ।

कोइरालाको निजी सचिवालयमा बसेको बैठकमा आफ्नो समुहबाट कम्तिमा चार मन्त्रालय पाउनुपर्ने अडान राख्ने निष्कर्ष निकालेको छ । एमालेसँग कांग्रेसले १० मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।

स्रोतका अनुसार १० मध्ये सभापति देउवाले कोइराला समुहलाई ३ मन्त्रालय दिने तयारी गरेका छन् ।

कोइराला पक्षको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी लगायतका नेताहरु सहभागी थिए ।

अहिलेसम्म कोइराला पक्षबाट जीवन परियार, चन्द्र भण्डारी, प्रतिमा गौतमको नाम मन्त्री बन्नेमा चर्चामा रहेको छ ।

कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा छ भने आरजु देउवा र रमेश लेखक मन्त्री बन्ने निश्चित भएको बताइएको छ ।न्युज कारखाना

काठमाडौँ ।

प्रतिनिधि सभाको बैठक फेरी सारिएको छ ।

अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो ।

काठमाडौँ ।

हराएका तथा चोरी भएका २१ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्‍वराज खड्काले १३ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कपन, रामहिटी गौशाला,नयाँबसपार्क, बालाजु, टोखा, मालिगाँउ, रानिवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालिमाटी, मैतिदेवी र चुनदेवी लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २१ ओटा सहित ४१७ ओटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १७ ओटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षको हाल सम्म चोरीका ३२ ओटा २ पाङ्ग्रे सवारी साधन सहित संलग्न ४१ जना व्यक्तिलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।