काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।
सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् ।
साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए । मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा लगाउन मानेनन् ।
काठमाडौँ- ५ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट विजयी पौडेल पहिलो पटक मन्त्री बनेका हुन् ।न्युज कारखाना
काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १७औं पटक मन्त्री बनेका छन् ।
भण्डारीलाई लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो । भण्डारी श्रममन्त्रीको शपथ लिएका छन् ।
२०४२ सालमा सहायक मन्त्रीबाट भण्डारीको मन्त्री बन्ने सिलसिला शुरु भएकोमा अहिले फेरी श्रममन्त्री सम्म आइपुगेको छ । उनले अहिलेसम्म स्थानीय विकासदेखि बिना विभागीय, खेलकुद मन्त्रालय, स्वास्थ्य, पर्यटन, रक्षा, उर्जा जलस्रोत हुदै श्रममन्त्रालयसम्मको जिम्मेवारी सम्हालेका छन् ।
भण्डारी एक मात्र यस्ता नेता हुन् जो कुनै व्यवस्था वा सरकार परिवर्तन हुदा अवसरबाट बन्चित भएका हुन् । पंचायत बदलिएर प्रजातन्त्र आउदा होस् वा गणतन्त्र आउदा होस्, उनी मन्त्री बन्ने क्रम अहिले पनि जारी रहेको छ । उनको नाममा सबै व्यवस्थामा मन्त्री बनेको नयाँ किर्तिमान छ ।न्युज कारखाना
काठमाडौँ ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर पाएको बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत प्रचण्डले आफ्नो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने मन्त्रीज्यूहरू, सङ्घीय संसदका सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गरेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु हाल संसदको कृषि समितिको सभापति रहेकी थिइन् ।
यस अघि पटक पटक सांसद बनेपनि उनी मन्त्री बनेको भने पहिलो पटक हो ।न्युज कारखाना
काठमाडौँ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका छन् । पौडेलले आज उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिएका छन् ।
यस अघि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका पौडेलले राम्रो अर्थमन्त्रीको छबि बनाएका छन् ।
उनी यस अघि २०७२ सालमा अर्थमन्त्री बनेका थिए भने त्यसपछि २०७७ मा पुन: अर्थमन्त्री बनेका थिए ।
पौडेल २०५३ सालमा नै पहिलो पटक मन्त्री बनेका थिए । उनी पहिलो पटक २०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका थिए ।न्युज कारखाना
३१ असार, महोत्तरी
रौतहट चन्द्रपुरका लक्षमण अधिकारी पहिलेदेखि नै होटल सम्बन्धि सिप सिकेर आत्मनिर्भर वन्न चाहन्थे । युवाअवस्थामा कुक सिकेर नेपाल कै कुनै ठुलो होटलमा काम गर्ने रहर वनाएतापनी अधिकारीको सपना पारिवारिक जिम्मेवारीका कारण पुरा हुन सकेको थिएँन ।
तर न्याथम कलेजको सम्पर्कमा आएपछि उमेरले ४० काटेपनि अधिकारीका रहर र सपनाहरु पुन: जीवित वनेका छन । कलेजले प्रदान गरेको ३ महिने तालिमपछि उन्ले कुक सम्बन्धी सैद्वान्तिक ज्ञान मात्र सिकेनन यथेष्ठ प्रयोगात्मक प्रयोगको कारण पूर्ण कुक वनेका छन ।
अधिकारीलाई अहिले आफ्नै होटल खोलेर आत्मनिर्भर वन्ने मात्र हैन नेपालका कुनैपनि होटलमा अवसर प्राप्त भए प्राप्त सिप र दक्षतालाई उत्कृष्ट पर्दशन गर्ने आत्मविश्वास समेत वढेको छ । ‘न्याथम कलेजको प्रयोगशालासँगै दिईने तालिमले जोकोहीलाई आत्मविश्वास मात्र हैन केही गर्ने हुटहुटी जगाउछ ।’ अधिकारीले भने ।’न्याथम कलेज होटल समबन्धि सिप सिक्नेहरुको लागि देश कै उत्कृष्ट सिक्षालय रहेछ ।’
४० बर्ष उमेर पुगेपछि पुराना रहर र सपनाहरुलाई पुन:जिवित वनाएका अधिकारीको कथा मात्र हैन कलेजले ३ महिना अगाडी सुरु गरेको ६ वटा तालिम लिएपछि यस्मा सहभागी १३१ जनामा उस्तै आत्मविश्वास भरिएको छ ।
रहर भएतापनि विविध वाध्यताका कारण पुरा गर्न नसकेका, भबिष्यको अन्यौलताका कारण दुविधाले उदेश्य निर्धारण नभएका, सिप सिकेर प्रदेश जान चाहने र स्वदेशमा नै वसेर आत्मनिर्भर वन्न चाहनेहरुको लागि यो अवधी सवैको लागि सर्वाधिक उर्वर वनेको छ ।
५ बर्ष अगाडी कोरियावाट फर्किएपछी मिथिला धनुषाका चन्देश्वर क्यापछाकीलाई पनि स्वदेशमा के गर्ने होला भन्ने उत्तिकै दुविधा थियो । केहि पैसा कमाएर ल्याएतापनि स्वदेशमा कुनै सम्भावना नदेखेपछि पुन: प्रदेश नै फर्कने योजना वनाईरहेका क्यापछाकीको योजनामा अहिले पूर्णविराम लागेको छ । ‘धेरै शिप सिकियो तर यत्तिको प्रोगात्मक शिप लिएर पहिलो पटक तालिम लिईसक्दा नै दक्ष भएको महसुस गरेको छु ।’ उन्ले भने । ‘याँहा कुक सिक्दासिक्दै आफै केही गरौ भन्ने हुटहुटी जागेको छ ।’
१ दशकसम्म कतार र मलेशियामा रोजगारी गर्दै आएका वारा कलैया उपमाहानगरपालिकाका फैज आलम अन्सारीलाई पनि ३ महिने तालिम लिएपछि पूर्ण स्वरोजगार वनेको महसुस भएको छ । शिप समबन्धि तालिमको नाममा स्थानीय सरकारले करौडौ खर्च भएको वताउदै न्याथमले दिने तालिमवाट केही सिक्न उन्ले सुझाव दिए ।
‘अव विदेश जानै पर्दैन मलाई । याँहा सिकेपछि सिक्दा-सिक्दै अफरहरु आउदो रहेछ । यो संस्थामा जोडिएर सिक्न पाउदा गर्व महसुस गरेको छु ।’ उन्ले भने । ‘अव मधेशका केही ठुला होटलवाट अफर आएको छ काम गर्छु ।’
राज्यले करौडौ खर्च गरेर शिप सिकाउने तर उक्त शिपको प्रयोग नहुने संस्कार वनिरहेको वेला नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले दिने हरेक शिपहरु त्यस्को विपरित रहेको होटल व्यवसायी गुन्ज वहादुर कार्की वताउछन ।
आईतवार ३ महिने तालिमपछि समापन कार्यक्रममा बोल्दै अथितिहरुले होटल तथा पर्यटन क्षेत्रमा न्याथम नेपाल कै अग्रणी सिक्षालय भएको वताए । होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले न्याथम कलेजको महत्व थाहा नपाउदा अझै ओझेलमा परेको गुनासो गरे ।
याँहा पढेका विध्यार्थीहरु अहिले पनि मध्यपूर्वी देश र युरोपियन देशहरुमा प्रयोगात्मक सिकाईका लागि जाने गर्छन । ‘पढ्दै कमाउदै भन्ने उदेश्यलाई न्याथमले जहिल्यै आत्मासाथ गरेको वताउदै न्याथम कलेज बर्दिवासका प्रमुख सिवेन्द्र मल्लिकले याँहा पढेका विद्यार्थीहरु कोहीपनि वेरोजगार नहुने दावी गरे ।
होटल म्यानेजमेन्टको लागि देश कै उत्कृष्ट मानिएको यो कलेज संस्कृति, पर्यटन तथा उडयन मन्त्रालय अन्तर्गत संचालित छ । मधेश प्रदेशमा नै पहिलोपटक ५ वर्ष अगाडी मात्र संचालनमा आएको यो कलेजले होटल तथा पर्यटनका क्षेत्रमा विभिन्न शिपमुलक तालिमका साथै शैक्षिक पाठयक्रम तयार गरेर ब्याचलर अफ होटल म्यानेजमेन्ट समेत पठनपाठन गराउदै आएको छ ।
श्रम तथा यातायात मन्त्रालय, मधेश प्रदेश सरकारसँगको सहकार्यमा संचालित शिपमुलक तालिममा आधारभूत खाना तयारी(कुक), वेटर, बारिश्टा, बेकरी, हाउस किपिंङ्ग, स्थानीय पर्यटक पथपर्दशक गरी ६ वटा तालिम संचालम भएको थियो ।न्युज कारखाना
काठमाडौँ ।
पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् ।
यस अघि गण्डकी प्रदेशका मुख्यमन्त्री बनिसकेका नेकपा एमालेका उपमहासचिव गुरुङ नयाँ सरकारमा सञ्चारमन्त्री बनेका हुन् ।न्युज कारखाना
काठमाडौं ।
पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।
सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा नेपाल अनुपस्थित रहेका थिए ।
ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई पुगेका थिए ।
एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनाएदेखिनै नेपालको ओलीसँगको सम्बन्ध राम्रो रहेको छैन ।न्युज कारखाना
काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत मोदीले ओलीलाई शुभकामना दिदै दुई देशको सम्बन्ध र मित्रतालाई अझ बलियो बनाउन र दुई पक्षीय हितको विषयमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् ।
सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् ।
सिंहले उपप्रधान सहित सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् भने पौडेलले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।न्युज कारखाना