काठमाडौँ । फ्लोरिडाको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजातहरू राखेको आरोपमा मुद्दा खारेज गरेको छ ।
न्यायाधीश इलिन क्याननले ट्रम्पको पक्षमा फैसला सुनाउदै यो मुद्दा ल्याउने अधिकार नभएको बताएका छन् । क्याननलाई ट्रम्पले नै नियुक्त गरेका न्यायाधीश हुन् । न्यायाधीशले क्याननले ९३ पृष्ठ लामो फैसला सुनाएका छन् ।
फैसला पछि ट्रम्पले यो मुद्दा खारेज गर्नु पहिलो कदम भएको बताउदै आफूमाथिका चारवटै फौजदारी मुद्दा खारेज गर्नुपर्नेमा जोड दिए । उनले भनेका छन्- ‘यस फैसलाले सबै राजनीतिक आक्रमणहरू समाधान गरेको छ जुन मेरा राजनीतिक विरोधीहरूको म विरुद्ध चुनावी षड्यन्त्र थियो ।’
ट्रम्पमाथि अमेरिकी राष्ट्रपति पद छाडेपछि ह्वाइट हाउसबाट गोप्य कागजात गलत ढंगले आफ्नो निजी निवासमा लगेको आरोप लागेको थियो । यसबाहेक ट्रम्पमाथि ती कागजातहरू फिर्ता गर्न एफबीआईको प्रयासमा अवरोध गरेको आरोप पनि लगाइएको छ ।
यसबाहेक ट्रम्पमाथि आठ विभिन्न आरोप लगाइएको थियो । यी अभियोगहरूमा न्यायमा बाधा पुर्याउने षड्यन्त्र, कागजपत्र वा अभिलेख राख्ने र झुटा बयान दिने समावेश छन् । तर, ट्रम्पले आफूलाई सबै आरोपबाट निर्दोष घोषणा गरेका छन् ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ मा प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।
ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लागेका हुन् ।
अब साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।न्युज कारखाना
राैतहट,३१ गते असार ।
रौतहट,३१ गते असार ।
रौतहटको धनसर–जंगलसैया-कटहरिया सडक कालोपत्रे भएको छ । रौतहट ३ का सांसद प्रभु साहले ‘सडक बढाओ–सडक बचाओ’ अभियान अन्तरगत सो सडक मुआब्जा र बजेट विना नै बर्षौ पहिले ट्याक खोलिएको थियो ।
धनसर–जंगलसैया सडक १४ किलोमिटरको रहेको छ । यसमा १२ किलोमिटर जंगल रहेको छ । १२ मिटर चौडाईको यो सडकको ट्याक २०७५ सालमा खोलिएको थियो । वन कार्यालयको अनुमति विना नै १२ किलोमिटर सडक सर्वसधारणको सहयोगमा ट्याक खोल्ने काम भएको थियो । ट्याक खोलेर ग्राभेल गरिएको सो सडक पाँच बर्ष पछि संसदीय रणनीतिक सडक योजना अन्तरगत दुई करोड लागतमा कालोपत्रे गरिएको छ । धनसर–जंगलसैया सडक हुदै रौतहटको दक्षिणी क्षेत्रमा रहेको कटहरिया, गरुडा, मौलापुर, गौरका साथै बिभिन्न ठाउँमा आउँजाउँ गर्न सजिलो हुने भएको छ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका पूर्वमन्त्री साहको पहलमा धनसर–जंगलसैया सडक लगतात रौतहटमा ३ सय किलोमिटर भन्दा बढी सडक मुआब्जा र बजेट बिना नै निर्माण भएको छ । रौतहटमा विकास निर्माणको कार्यलाई लिएर प्रभु साहको देशैभरी मोडेलको रुपमा चित्रण गर्ने गरिएको छ ।
रौतहटका गौरिशंकर साहले जिल्लामा भएको बिकासलाई सबैले बिना पूर्वाग्रह नमुनाको रूपमा प्रस्तुत गर्नसक्नुपर्ने बताउँछन् । ‘असम्भवलाई सम्भव तुल्याउने प्रभु साहको विशेषता हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ । रौतहट क्षेत्र नम्बर–३ मा मात्रै बिना बजेट बिना मुआब्जा झण्डै ३ सय किलोमिटर सडक निर्माण यसको उदाहरण हुन । यसको लागि माननिय प्रभु साहजीलाई जति सराहना गरे कम हुन्छ’ उनले भने । काठमाडौं–तराई मधेस फास्ट ट्याकको निर्माण बर्षौदेखी भईरहेको छ ।
अर्बौ बजेट सकिसक्यो । कहिले वनको कारण त कहिले अदालतको मुद्धा त कहिले बजेटको अभाव लगायत बिभिन्न कारणले फास्ट ट्याकको काम अझै सम्पन्न भएको छैन् । तर धनसर जंगलसैया सडक बनाउँन बिना बजेट र बिना मुआब्जा सडक निर्माण हुनुले इच्छा शक्ति भए बिकास असम्भव नभएको साहले बताए । देशमा अर्बौको बजेट भएर पनि बर्षौसम्म सड़क निर्माण हुन सकिरहेको छैन् ।
तर बिना बजेट रौतहटमा सयौ किलोमिटर सड़क निर्माण सहित कालोपत्रे भएको खबर देशबासीका लागि खुशीको खबर भएको उनले बताए । ‘जनप्रिय नेता प्रभु साहद्वारा संचालित सड़क बढ़ाओ–सड़क बचाओ अभियान अन्तर्गत आज भन्दा पाँच वर्ष अगाड़ी बिना बजेट आम जनताको सहयोगमा निर्माण भएको धन्सर–जंगलसैया सड़कको आज कालोपत्रे सम्पन्न भएकोछ ।
पत्याउनै गार्हो हुने विधि र प्रक्रियामार्फत छोटो समयमा निर्माण भएको सड़क यति छोटो समयमा ट्रयाक देखि कालोपत्रेसम्म पुर्याउनु आफैमा आश्चर्यको कुरा हो । यहाँ कतिपय सडकमा राज्यको अर्बौ खर्च भईसक्दा समेत बन्न नसकेको अवस्थामा रौतहटबासीका लागि खुशीको बिषय भएको छ’ साहले भने ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना
आजमिति २०८१ साल श्रावण १ गते मंगलबार तदअनुसार जुलाई १६ तारिख, नेपाल संवत ११४४, दक्षिणायन , वर्षा ऋतु , शुक्ल दशमी तिथी, विशाखा नक्षत्र, । साध्य योग । चन्द्र राशि तुला । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३७ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१८
• सुर्यास्त: बेलुका ०७: ०२ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः रातो
शुभ अंक ः ४
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः सेतो
शुभ अंक ः ८
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः २
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ७
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ९
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । उनी वैदिक ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन् । न्युज कारखाना
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।
बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।
निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।
न्यूज काखाना
रौतहट ।
रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट स्थित बागमती नदिमा नुहाउने क्रममा डुबेको ३ जना बालक मध्ये २ जनाको उद्वार भएको छ भने बेपत्ता एकजना बालकको खोजीकार्य जारी रहेको छ।
बिहानै देखि लागेको चर्को घामले अत्यधिक गर्मिलागेर सोमवार दिउसो स्थानिय हस्बुदिन कवाडीको छोरा बर्ष १० को सफर कवाडी र केशर कवाडीको छोरा बर्ष १२ को सयदुल्ला कवाडी बर्ष ८ को सफर कवाडी गाउँ छेउको बागमती नदीमा नुहाउन गएका थिए।
नदीमा पौडी खेल्ने क्रममा तीनैजना बालकहरू पानीमा डुबेपछी स्थानीयले सयदुल्ला कवाडी र हसर कवाडी लाई पानीबाट निकालेर तत्काल उपचारको लागी गरुडा तर्फ पठाईएको थियो।
हस्बुदिन कवाडीको छोरा बर्ष १० को सफर कवाडी नदीमा बेपता भएको छ।
घटनाको खबर लगत्तै सशस्त्र प्रहरी सुरक्षा बेश समनपुरका सई सत्य नारायण माझीको कमाण्डमा ७ जनाको टोली, प्रहरी चौकी बरियारपुरबाट असई बिन्देश्वर यादबको कमाण्डमा ३ जना र स्थानियद्धारा खोजि कार्य हुँदा पनि तीनबजे सम्म बेपता बालक फेला परेको छैन।
पछिल्लो सूचनाको आधारमा सशस्त्र प्रहरी ११ गणबाट इन्स्पेक्टर भुवन घिमिरेको कमाण्डमा १० जना बोड सहित, सुरक्षा बेस सन्तपुरबाट असई कृष्णनन्दन रायको कमाण्डमा ७ जना, सुरक्षा बेस दुधियाभारबाट २ जना र सुरक्षा बेस भलोहियाबाट ४ जना लगायत ३० जनाको टोलि परिचालन गरेर बेपत्ता बालकको खोजी कार्य भई रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन । उद्धार भएका दुईजना बालकको अवस्था खतरामुक्त रहेको एसपी हुमागाईंले जानकारी दिएका छन्।न्युज कारखाना
रौतहट ।
रौतहटमा अरूको खेत हुँदै लागिएको विद्युतीय तार काल साबित भएको छ, आफ्नै खेतमा काम गरिरहेको क्रममा करेन्ट लागेर सोमवार दिउसो एकजना युवकको मृत्यु भएको छ ।
स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाहीटोलका कु्ती हजराको छोरा बर्ष ४५ को चुनिलाल पासवानको आफनै खेतमा काम गरि रहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको हो ।
उनको खेतहुँदै छिमेकी रामदरेश राय यादवले जडानगरि लगेको मोटरको तारबाट करेन्ट लागि दिउँसो १ बजेर २० मिनेटमा घाईतेभएका थिए । लगत्तै सुरक्षा बेश देवाहीबाट इन्स्पेक्टर उत्तम कुमार श्रेष्ठको कमाण्डमा ४ जना , ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर कुशराम कार्कीको कमाण्डमा ४ जनाको टोली खटिएर घाईते पासवानलाई तत्काल उपचारको लागि शिवनगर स्थित ग्राण्डी अस्पतालमा लगेकोमा आधा घण्टा पश्चात दिउँसो १ बजेर ५० मिनेटमा उपचारको क्रममा मुत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातिले पासवानको खेतहुँदै मीटरको तार लागेका रामदरेश राय यादव हाल फरार रहेकाले उनको खोजी भईरहेको,शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।न्युज कारखाना
तनहुँ ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्र बहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती बालिकालाई असार १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवघाट गाउँपालिका-३ गोन्द्राङ बस्ने ६५ वर्षीय झाम्टे थापालाई गएराति प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई सोही ठाउँस्थित मकै बारीमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना