२०८३ बैशाख २५
२०८३ बैशाख २५

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले ​शिष्टाचार भेटेका छन् ।

बुधवार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको राजदुत चेनले बताएका छन् ।

राजदुत चेनले भनेका छन्- ‘भेटमा हामीले हाम्रो बहुपक्षीय सम्बन्ध र सहकार्यलाई सुदृढ पार्ने सहमति गरेका छौं । हामीले चीन र नेपालको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने तयारी गरेका छौं  ।

यसअघि मंगलबार परराष्ट्रमन्त्री राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए ।न्युज कारखाना

काठमाडौं । बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सतर्क गराएको छ ।

बुधवार सूचना जारी गर्दै दुताबासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरको हो ।

राजदूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

अहिलेसम्म भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ, जसमा ३ जना विद्यार्थीहरू रहेका छन् । सरकारी जागिरमा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई दिइएको आरक्षणको विरोधमा आन्दोलन चर्किएको हो ।

आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिग बिच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भइरहेका छन् ।न्युज कारखाना

 

वीरगन्ज- वीरगन्जमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारको टोलीको सक्रियतामा एकै दिनमा झण्डै १५ लाख रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ।

प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख डिएसपी सुरज रिजालको कमाण्डमा गएको गस्ती टोलीले भन्सार क्षेत्रबाट भारतीय नम्बरको स्कुटीमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख ४३ हजार बराबरको अबैध सामान मंगलबार बरामद गरेको छ।

त्यस्तै, बिशेष सूचनाको आधारमा डिएसपी रिजाल, वीरगन्ज भन्सार कार्यालयका नायब सुब्बा विष्णुप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर विजय चौहानलगायत सशस्त्र प्रहरीको विभिन्न युनिटबाट गएको टोलीले वीरगन्ज-१६ स्थित रिमा अग्रवालको घरको दोस्रो तलामा भगवान यादवको  गोदाममा छापा मारेको थियो।

गोदाममा अवैध रुपमा भण्डारण गरिएको तीन लाख, १८ हजार ८०० बराबरको मल, सिलाउने मेसिन २ थान बरामद गरेको छ।

संयुक्त टोलीले मंगलबार साँझ वीरगन्ज-२ छपकैयामा भण्डारण गरिराखेको १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरीका डिएसपी सुरज रिजालले जानकारी दिएका छन्।

झण्डै १५ लाख बराबरको बरामद अबैध सामानहरू मंगलबार अबेर साँझ वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रस्तावित गुल्मले जनाएको छ।न्युज कारखाना

काठमाडौँ । एक तेल ट्याङ्कर जहाज ओमान नजिकैको समुन्द्रमा पल्टिदा १६ सदस्यीय चालक दलका सदस्य बेपत्ता रहेका छन् । जहाजमा अफ्रिकी देश कोमोरोसको झण्डा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिएको छ ।

सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो । जहाज पल्टिएपछि जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता छन् । जहाजमा रहेका १६ सदस्यीय चालक दलमध्ये १३ भारतीय नागरिक र तीन जना श्रीलंकाका नागरिक रहेको बताइएको छ  ।न्युज कारखाना

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।

यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ बढेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो ।

यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ । यस फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई फिल्मको वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो ।

केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको फिल्म यसै साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने यस फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै फिल्ममार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन् ।

सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।

यस्तै, फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ । यस फिल्मलाई यम शेर्पाले निर्देशनमा गर्दै छन् । उनको यो डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । शेर्पाले यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।

यस फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह-निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।

मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत निर्देशक रहने फिल्मको मुख्य सह-निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह-निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।

फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।न्युज कारखाना

चितवन । सिमलतालमा गएको पहिरोले बगाएको दुई बस घटनाको छानबिन गर्न गठित गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थलमा पुगेको छ ।

अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गर्ने तथा जारी बसको खोजी प्रकृयाबारे जानकारी लिने बताइएको छ ।

नयाँ गृहमन्त्री रमेश लेखकले आफुले पदभार सम्हालेको पहिलो दिनै गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय अध्ययन कार्यदल बनाएका थिए ।

कार्यदलमा नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरीका एसएसपी, विपद व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार मन्त्रालय र यातायात व्यवसायी महासंघबाट समितिका सदस्य रहेका छन् ।न्युज कारखाना

काठमाडौँ । अदालतको आदेशपछि काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिएको छ । महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम बुधबार बिहानदेखि शुरु गरको हो ।

यस अघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको थियो ।

सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो ।  डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

अदालतले राज्य शक्तिको बाँडफाँडको सम्बन्धमा नेपालको संविधानको धारा ५७ ले व्यवस्था गरी उपधारा (१) ले संघको र उपधारा (४) ले स्थानीय तहको एकल अधिकारको सूचीको बारेमा गरेको प्रवन्ध अनुसार स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाई समेतका अधिकार स्थानीय तहमा रहने भनी व्यवस्था गरेको भन्दै महानगरको पक्षमा आदेश दिएको थियो । न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ बर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदुत थम्पसनले जानकारी दिएका छन् ।

उनले अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उनले बताएका छन् ।न्युज कारखाना

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन् ।

सामाजिक सञ्जालमा बालेनले कविता लेख्दै पछिल्लो समय आफूले गर्दै आएका काम र निर्णयमा अदालतले आफ्नो पक्षमा फैसला दिएकोप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।

बागमती नदी किनारमा रहेका बस्ती खाली गराउन सर्वौच्च अदालतले बाटो खोलाइदिएपछि उनका लागि सहज भएको छ भने पाटन उच्च अदालतले न्यूरोडको फुटपाथ बढाउने कामलाई नरोक्न आदेश दिएपछि फुटपाथ विस्तारको काम पुन: शुरु भएको छ । बालेनको कविता यिनै घटनाप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।

बालेनको कविता :

सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझै शीतल, फूलझैं कोमल,
सून न पित्तल, किसानझै फोहर,
आकाशझै विशाल ,
स्पर्शझै सुक्ष्म,
सगरमाथाझै हिमाल,
थोपाझै पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन। नाम हुँदैन ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।