२०८३ बैशाख २४
२०८३ बैशाख २४

राैतहट,०६ गते साउन । गत असार २८ गते शुक्रबार चितवनको सिमलताल खसेको गणपति डिलक्समा यात्रारत सरोज कुमार साहले चार जनाको पुतला बनाई संस्कृतिअनुसार अन्तिम संस्कार गरेका छन् । त्रिशुली नदीमा बस खसेपछि साह पौडेर बाहिर निस्कन सफल भएका थिए । साहसँगै काठमाडौँबाट घरका लागि सोही बसमा थिए बुवा परशुराम साह, आमा मीनादेवी, भिनाजु नरेश साह र बहिनी रिंकु साह ।

असारको अन्तिम शुक्रबार त्रिशुलीमा खसेको बसमा सँगै यात्रा गरिरहेका धेरै जनाको शव बरामद भए पनि साहका चारै जनामध्ये कसैको पनि शव बरामद भएको छैन । आज शनिवार भारतीय एनडिआरएफको टोलीले सिमलताल क्षेत्रमा उद्धारको काममा लागेको सुनेपछि साह भक्कानिएका छन् । उनी भन्छन् – संस्कृतिअनुसार पुतला बनाएर दाह संस्कार गरिसकेको भए पनि कतै भेटिइहाल्छन् कि भन्ने लागिरहन्छ ।

एकसाथ पाँच जना हिँडेकामा चार आफन्त गुमाई आफू मात्र बाँच्न सफल साह भन्छन् – म आफैँ बाँचेको छु कि मरेको छु भन्ने छुट्याउन पनि कहिलेकाहीँ गाहारो लाग्दछ । भारतीय उद्धारकर्ताको टिमले बसको अवशेषसँगै हराइरहेका आफन्तको सास कि लास फेला पर्ने विश्वास आफूलाई रहेको साह बताउँछन् ।

पुतला बनाई दाह संस्कार गरिसकिएको छ तर श्राद्धकर्मसहित अन्य कर्महरु बाँकी नै छन् । त्रिशुलीमा हराइरहेका यात्रीका आफन्तहरुमा सास वा लास भेटिने आशा छँदैछ । एडिआरएफको टोलीले कुनै निष्कर्षमा पुर्याउने विश्वास रहेको चार जना आफन्त गुमाएर आफू मात्र बाँच्न सफल साहको भनाइ छ ।

रौतहट, ७ साउन । अक्सफार्म नेपालको आर्थिक सहयोग र ग्रामीण विकास केन्द्र नेपालको आयोजनामा सञ्चालित नेपालमा जलवायु परिवर्तन अनुकूलता तथा पैरवी परियोजना अन्तर्गत आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।No description available. चालू आर्थिक वर्षमा पहिलो पटक राना खोल्सी र शिजाली खोल्सिमा जैविक टटबन्धन गरिएका क्षेत्रमा चन्द्रपुर १ डाडारोलमा मिक मार्किको रखालको घरदेखि संगिता सिजालीको घरसम्म र चुरे डाडाको छेउछाउमा विभिन्न प्रजातिका ४१० वटा बिरुवा रोपिएका छन्। ती बिरुवाहरुमा कटहर, निम, तेजपात, सैजन, बकाइनो, बेल, अम्बा, तित्री, महग्नी, लिची, कागती आदि समावेश छन् । No description available.वृक्षारोपण कार्यक्रममा प्रगतिशिल प्राबिका अध्यक्ष नेत्र बहादुर सिजाली, प्रगतिशिल सामुदायिक वनका पदाधिकारीहरु, प्रगतिशिल कृषककी अध्यक्ष संगिता सिजाली लगायत ४० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमबारे जानकारी दिँदै आरडिसी नेपालकी ज्योति फुयालले यो प्रयास स्थानीय पर्यावरणीय सन्तुलन कायम राख्न र जलवायु परिवर्तन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । यस प्रकारका परियोजनाहरुले जलवायु परिवर्तनको असरबाट बच्न र अनुकूलन गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ। साथै, यसले स्थानीय बासिन्दाहरुलाई वृक्षारोपणमा सक्रिय सहभागिता गराउन प्रेरित गर्ने र वातावरण संरक्षण र भुक्ष्य र कटानलाई न्यूनीकरण गर्न योगदान पुर्याउने उद्देश्य लिएको छ।

काठमाडौँ । राष्ट्रपति जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले उनी सक्षम उम्मेदवार नभएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा ट्रम्पले बाइडेन राष्ट्रपतिको उम्मेद्वार हुनका लागि कहिल्यै योग्य नै थिएनन् भन्दै कडा प्रतिक्रिया दिएका छन् ।

ट्रम्पले भनेका छन्, ‘उनी झूट र झुटो समाचारका आधारमा राष्ट्रपति पदमा पुगेका थिए, आफ्नो बेसमेन्टबाट पनि बाहिर निस्केनन् । डाक्टर र मिडिया सहित उनको वरिपरि सबैलाई थाहा थियो, उनी राष्ट्रपति हुन सक्षम छैनन्, र थिएनन् । अब हेर्नुहोस्, उनले हाम्रो देशलाई के गरे, दशौं लाख मानिसहरू हाम्रो सीमा पार गर्दैछन्, जसको न त अनुसन्धान भइरहेको छ, न परीक्षण नै छ ।’

ट्रम्पले अगाडी भनेका छन्- ‘आतंकवादीहरू रेकर्ड संख्यामा आउँदैछन्। उनको राष्ट्रपतिको कारणले हामीलाई धेरै पीडा हुनेछ, तर हामी छिट्टै उनीहरूले गरेको क्षतिलाई ठिक गर्नेछौं ।’

८१ बाइडेनले चौतर्फी दबाब र आफ्नो प्रतिकुल स्वास्थ्यका कारण राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिदै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवारका लागि समर्थन गरेका छन् ।न्युज कारखाना

काठमाडौँ । बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार आइतबार मात्र ४२० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । जसमा ३०५ जना काकरभिट्टा बोर्डरबाट नेपाल भित्रिएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली दुताबास विद्यार्थीहरु, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ ।

बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुबिधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ ।   न्युज कारखाना

काठमाडौँ । इङल्याण्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट खेल २४१ रनले जितेको छ ।

इङल्याण्डले दिएको ३८५ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले खेलको चौथो दिन १४३ रन मात्र बनाएपछि इङल्याण्ड २४१ रनले विजयी भएको हो ।

यसअघि इङल्याण्डले आफ्नो पहिलो इनिंगमा ४१६ रन बनाएको थियो भने जवाफमा वेस्ट इन्डिजले ४५७ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले दोस्रो इनिंगमा ४२५ रन बनाएको जवाफमा वेस्ट इन्डिज १४३ रनमा अल आउट भएको थियो ।

यस खेलमा इङल्याण्डको पहिलो इनिंगमा १२१ र दोस्रो इनिंगमा ५१ रन बनाएका ओली पोप प्लेयर अफ द म्याच बनेका छन् ।

यस अघि खेलेको पहिलो टेस्ट इङल्याण्डले एक इनिंग र ११४ रनले जितेको थियो ।

यो जितपछि इङल्याण्ड तीन खेलको सिरिजमा २-० ले अगाडी भएको छ । अब सिरिजको तेस्रो खेल जुलाई २६ मा हुने छ ।न्युज कारखाना

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ३० जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३० जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ९ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय २९ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ८९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ९ सय ९८ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।न्युज कारखाना

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा भाग लिन आज चीनको कुनमिङ्ग जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लम्सालले उक्त फोरममा आफ्नो मन्तव्य दिने छिन्। उनले फोरमको साइडलाइनमा उच्चस्तीय भेटवार्ता समेत गर्ने मन्त्रालयले जनाएको छ। सचिव लम्साल साउन १२ गते स्वदेश फर्किने छिन्।न्युज कारखाना

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडक खण्ड पहिरो खसेर अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो ।

यस अघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस बर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घन्टौंसम्म सवारी साधन रोकिएको स्थानीयले गुनासो गरेका छन्। अहिले डोजरले पहिरो पन्छाउने काम सुरु गरेको र केहि बेरमा सडक खुल्ने प्रहरीले बताएको छ ।न्युज कारखाना

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभाको बैठक अपराहन्न १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ ।

त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको बिधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

न्युज कारखाना

मिर्चैया (सिरहा), ६ साउन– दलित समुदायका अगुवाहरूले दलित समुदायले भोग्नुपरेका समस्या समाधानका लागि एकजुट भएर अघि बढ्ने सङ्कल्प गरेका छन् । दलित कार्यपालिका सदस्य, दलित नागरिक समाजका संस्था, राजनीतिक दलहरूका दलित भातृ सङ्गठनका पदाधिकारी तथा दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले यस्तो अठोट व्यक्त गरेका हुन् । दलित सरोकार मञ्च नेपालको आयोजनामा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटीअन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजनाअन्तर्गत आयोजित भेलाका क्रममा उनीहरूले यस्तो धारणा राखेका हुन् । दलित सरोकार मञ्चद्वारा सिरहाको मिर्चैयामा आयोजित २ दिने कार्यक्रमका क्रममा दलित कार्यपालिका सदस्यहरूले कार्यपालिकामा आफूहरूको सङ्ख्या न्यून भएकाले आवाज नसुनिएको धारणा राखेका थिए । साथै उनीहरूले यति छुट्याउनैपर्ने बाध्यकारी प्रावधान नहुँदा दलित समुदायका लागि बजेट नै नछुट्याइने, छुट्याइए पनि एकदम कम छुट्याइने, छुट्याइएको बजेटसमेत कार्यान्वयन गर्न नदिने, दिए पनि लक्षित समुदायलाई नदिएर असम्बन्धित पक्षलाई दिने गरिएको उल्लेख गरेका थिए । राजनीतिक दलहरूकै कारण दलित जनप्रतिनिधिबीच मनमुटाव हुने वातावरण सिर्जना गरिएका कारण पनि दलित समुदाय एकताबद्ध हुन नसकेका, कार्यपालिका बैठकका निर्णयमा दलित सदस्यले आँखा चिम्लेर हस्ताक्षर गरिदिँदा पनि समस्या निम्तिरहेको, आफ्ना माग सङ्गठितरूपमा राख्न नसक्नु जस्ता कारणले कार्यपालिकामा दलित सदस्यको भूमिका प्रभावकारी हुन नसकेको पनि उनीहरूले बताए । छलफलका क्रममा राजनीतिक दलका दलित भातृ सङ्गठनका पदाधिकारीहरूले आफू जुन दलभित्र सुरक्षित भइन्छ भनेर लागियो, त्यही दलका नेताले नै विभेद गर्ने गरेका, दलित समुदायका सवाललाई नेताहरूले खासै प्राथमिकता नदिने गरेका, उनीहरूले दलितलाई मत लिनेबेला मात्र प्रयोग गर्ने गरेका, दलित समुदायलाई आवश्यक जानकारी र प्रशिक्षण नदिने तथा आफ्नो अनुमतिबेगर केही बोलेमा वा गतिविधि गरेमा प्रतिशोध लिने गरेका दुःखेसो पोखेका थिए । उनीहरूले सबैजसो दलका नेताले दलितलाई भजाएर खाने गरेकाले पनि जुनसुकै दलमा लागे पनि दलितका सवालमा एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताएका थिए । त्यसैगरी दलित नागरिक समाजका प्रतिनिधिहरूले आफूहरूलाई दातृ निकायले समेत विभेद गर्ने गरेका, जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी निकायले पनि सहयोग नगर्ने तथा पालिकाहरूले दलित समुदायका संस्थासँग समन्वय गर्न नचाहेको जानकारी दिएका थिए । पालिकाहरूले बरु व्यावसायिक संस्थाहरूलाई ठेक्काका काम दिने, दलित समुदायमा गरिने कामको जिम्मासमेत उनीहरूलाई नै दिने तर दलितका संस्थालाई भने स्वीकार नै गर्न गाह«ो मान्ने गरेका प्रमाणहरू नै पेस गरेका थिए । यसरी नै दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले अरू त अरू पदमा पुगेका दलित समुदायका व्यक्तिले समेत दलित पत्रकार र उनीहरूका संस्थालाई सहयोग गर्न नचाहेको गुनासो गरेका थिए । आफूहरूलाई क्षमता विकासका अवसर अभाव भएको, आर्थिक अवस्था कमजोर भएकाले मोबाइल, ल्यापटप, क्यामेरा जस्ता पत्रकारिताका लागि आवश्यक पर्ने सामान्य विषयसमेत नभएकाले पनि दलित समुदायका सवाल प्रभावकारी ढङ्गले उजागर गर्न नसकेको उल्लेख गरेका थिए । कार्यक्रम आयोजक संस्था दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले दलित समुदायले अहिले पनि जातीय भेदभावलगायतका चौतर्फी पीडा भोग्नुपरेकाले त्यस्ता समस्या सङ्गठितरूपमा सामना गर्ने उद्देश्यले यस्तो भेला आयोजना गरिएको जानकारी दिए । १/२ जना व्यक्ति वा केही समुदाय÷समूहले मात्र दलितमाथिको उत्पीडन र अन्यायका समस्या अन्त्य गर्न नसक्ने भएकाले एकजुट भई व्यवस्थिततवरको वातावरण सिर्जना गर्नु नै यो कार्यक्रमको उद्देश्य भएको उनको भनाइ छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।