२०८३ बैशाख २४
२०८३ बैशाख २४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले नेपाली कांग्रेसका दुई जना र नाउपाबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ भने नाउपाले अरुण चौधरीलाई राज्यमन्त्री बनाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुतिर्ण भएका छन् ।

आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्बजनिक गर्ने निर्णय गरेको हो । नतिजा सार्बजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केहि समय लाग्ने बोर्डले जनाएको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ । न्युज कारखाना

 रौतहट । रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले अबैध सालको काठ सहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा डिएसपी राजकुमार राईको कमाण्डमा गएको टोलीले बिहीवार राती अढाई बजे चन्द्रपुर ६ बेलडि स्थितमा एच आर १४ सी ८६९७ नम्बरको  स्कोरपियो गाडी माथी शंका लागी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको सालको ५ थान गोलिया बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

बरामद गरिएको साढे २३ क्युफिट सालको काठ सहित गाडीको  कुल १५ लाख, ५१हजार,७०० रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहिको लागि शुक्रवार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।न्युज कारखाना

 रौतहट । नेकपा एमालेको केन्द्रीय सदस्यमा कुन्दन कुशवाहा पुनः मनोनीत हुँदा रौतहट जिल्लाको ईञ्चार्जमा पार्टी केन्द्रीय सदस्य अजय कुमार गुप्ता मनोनीत भएका छन ।

बिहीवार बसेको एमालेको सचिवालय बैठकले पार्टी जिल्ला इन्चार्जमा गुप्ता र पार्टीको केन्द्रीय सदस्यमा कुष्वाहालाई मनोनयन गरेको हो। ईन्चार्ज गुप्ता गत निर्वाचनमा रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेको टिकटमा प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेका थिए ।

उनी थोरै मतले पछि पर्दा उक्त क्षेत्र बाट नेकपा समाजबादीका अध्यक्ष माधव कुमार नेपाल निर्वाचीत भएका थिए। त्यसैगरी कुन्दन कुशवाहा गत निर्वचनमा क्षेत्र नम्बर ३ ख बाट प्रभु साहको साथमा प्रदेश सांसद पदका लागि स्वतन्त्र रूपमा चुनाव लडेका थिए। तत्कालीन नेकपा एमालेका पोलिब्युरो सदस्य प्रभु साहले एमालेको टिकट पाखा लगाउँदै स्वतन्त्र चुनाव लड्दा उनकै सल्लाह अनुसार तत्कालीन एमालेका केन्द्रिय सदस्य कुशवाहाले पनि पार्टीको टिकट पाखा लगाएर स्वतन्त्र उमेदवारी घोषणा गरेका थिए।

क्षेत्र ३ ख मा कांग्रेस उमेदवार सुनिल कुमार यादव ( जितेन्द्र) प्रदेश सांसदमा निर्वाचीत हुँदा कुशवाहा दोस्रो स्थानमा रहेर पराजित भएका थिए।

लगत्तै नेकपा एमाले पार्टीले प्रभु साह र उनको टिममा रहेका कुन्दन कुशवाहा लगायत लाई पार्टीको साधारण सदस्य समेत बाट निष्कासन गरेका थिए।

प्रभु साहले नेतृत्व गरेको आमजनता पार्टीको महासचिवको जिम्मेदारी पाएका कुन्दन कुशवाहा ६ महिना अघि गत निर्वाचनमा आफू संग धोखा गरिएको भन्दै प्रभु साहको साथ छोडेर पुनः नेकपा एमालेमा प्रवेश गरेका थिए।

कुष्वाहालाई पार्टी अध्यक्ष बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए। पूर्व मन्त्री तथा आजपा अध्यक्ष प्रभु साहको साथमा हुँदा निकै क्रियाशील रहनुका साथै कटहरिया ४ स्थित तराई मधेश सहिद स्मृति प्रतिष्ठानको भवन निर्माणका लागी लाखौँ मूल्य पर्ने २ कठा जग्गा निःशुल्क प्रदान गरेका थिए।

कटहरियाका पूर्व गाविस अध्यक्ष जादोलाल महत्तोका जेठा छोरा कुन्दन कुशवाहा प्रदेश सांसदको राजनिती गर्दा कान्छा चन्दन कुशवाहा वडा ४ मा दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका छन्। युवाहरु बीच निकै लोकप्रिय चन्दन २०८४ को स्थानीय निर्वाचनमा मेयर पदमा चुनाव लड्ने हाल ब्यापक चर्चा चलेको छ। सरल स्वाभावका चन्दन विकास निर्माणमा बिशेष चासो राख्नुका साथै नगरबासी माझ त्यतिकै लोकप्रिय रहेको स्थानीयहरुले बताएका छन ।न्युज कारखाना

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलाको ५ सयले बढेर एक लाख ४९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ४ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला ५ रुपियाँले घटेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । आगामी भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक ट्रेलरले अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई देखाएको छ ।

यो फिल्ममा प्रमुख भूमिकामा रहेकी अभिनेत्री मलिका महतलाई नै ट्रेलरमा केन्द्र राखिएका छ ।

निर्देशक लक्ष्मण सुवेदीकै लेखन रहेको फिल्ममा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको पनि अभिनय छ । न्युज कारखाना

फिल्मको ट्रेलर: https://www.youtube.com/watch?v=CCa-VZobOWU

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । १० बजे बस्ने बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ ।

बोर्डले प्राविधिक त्रुटी वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विश्वका सबैभन्दा धनि तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्क आमने सामने भएका छन् ।

मादुरो तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि मस्कले लगातार उनको आलोचना गर्दै तानाशाहको संज्ञा दिइरहेका छन् । भेनेजुएलामा चुनावी धाँधली भएको आरोप लगाएर मस्कले केही दिनदेखि सामाजिक सञ्जालमा निकोलस मादुरोको आलोचना गर्दै आएका छन् । मस्कले मादुरोलाई संसारको सबैभन्दा खतरनाक जेलमा पठाउने चेतावनी समेत दिएका छन् ।

मस्कलाई राष्ट्रिय टेलिभिजनमा देखा पर्न र अगाडिबाट लड्न चुनौती दिएका थिए, जसलाई मस्कले स्वीकार गरेका छन्। मदुरोले यो लडाइमा हारे भने उनले राजीनामा दिनु पर्ने र जित्नुभयो भने म उसलाई मंगल ग्रहको सित्तैमा यात्रा दिने मस्कले बताए ।

मादुरोले मस्क आफ्नो हतियार र सेनाका साथ भेनेजुएलामा आक्रमण गर्न चाहेको बताउदै उनले आफ्नो पैसा र उपग्रहले अर्जेन्टिना कब्जा गरेका छन् र अब संसारलाई नियन्त्रण गर्न चाहेको आरोप लगाउदै मस्कलाई सामुन्ने आएर लड्न चुनौती दिएका थिए । मादुरोले आफू चाभेजको सन्तान भएको बताए । उनी कसैसँग नडराउने बताएका थिए ।

मादुरोको यो चुनौतीपछि मस्कले मादुरोको चुनौतीलाई स्वीकार गर्दै आफुले जित्ने दाबि गरे । साथै मस्कले लडाईमा हारेमा पदबाट राजीनामा दिनुपर्ने शर्त राखेका छन् साथै आफुले हारेमा मादुरोलाई नि: शुल्क मंगलग्रह गुमाउने प्रस्ताव राखेका छन् ।

मस्कले यसअघि पनि धेरै पटक जुकरबर्गलाई लड्न चुनौती दिएपनि आमने सामने भने भएनन् । दुवैले लडाईको तयारी गर्दै गरेको भन्दै बक्सिङ सिकेको तस्वीर समेत सार्बजनिक गरेका थिए ।

भेनेजुएलामा चुनावी नतिजा आएपछि मस्कले प्रश्न उठाएका थिए । उनले मादुरोलाई तानाशाह भनेका थिए । यसपछि मदुरोले मस्कलाई भेनेजुएलाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जित हुने भविष्यवाणी गरेका थिए। तर, चुनावको नतिजा उल्टो आयो र मादुरोले तेस्रो पटक चुनाव जिते । मादुरोको जितको घोषणा पछि भेनेजुएलामा विरोध प्रदर्शन चर्किएको छ र अहिलेसम्म ११ जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ ।न्युज कारखाना

 

१७ साउन, महोत्तरी 

मसलाको रुखले भुमिगत पानीमा असर पारेको निष्कर्ष सहित महोत्तरीका पालिकाहरुले धमाधम निरुत्साहित गर्ने नीति वनाएका छन ।

उत्तरी क्षेत्रमा वृक्षारोपण गर्दा मसलाको विरुवालाई पुर्णरुपमा निषेध गरिएको छ भने भएका रुखहरुलाई हटाउने अभियान नै चलाईएको छ ।

बर्दिवास मेडिकल कलेज निर्माणार्थ १९ हजार ६ सय ७० बिरुवा रोप्दा पनि मसलाको विरुवालाई सर्वसाधारणको अनुरोधमा निषेध  गरिएको मेडिकल कलेज पुर्वाधार विकास आयोजना प्रमुख देवि सुवेदिले वताए ।

निर्माणस्थलमा काटिने १९६७ रुखको सट्टामा १० गुणा बिरुवा रोप्ने सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने क्रममा मसलाको विरुवाहरुलाई निषेध गरिएको प्रमुख सुवेदीको भनाई छ ।

सवैभन्दा बढी रुख भएको क्षेत्र पनि जिल्लाको उत्तरी क्षेत्र गौशाला र  बर्दिवास नगरपालिकामा नै  हो । सागरनाथ वन परियोजना अन्तर्गतका वन, सामुदायिक वन  र साझेदारी वनहरुमा २० औ हजार मसलाका रुखहरु अहिले पनि छन ।

छिटो हुर्कने र आयआर्जनका हिसावले किसानहरुको निजि जमिनमा समेत लगाईएको यो रुखले भुमिगत पानी सखाप वनाएको भन्दै किसानहरु स्वयमले नगरको न्यायिक समितिमा निवेदन दिने गरेको पालिकाहरुले जनाएका छन ।

यसै अनुरुप बर्दिवास नगरपालिकाले यसअघिको नगरसभावाट मसलाको रुखलाई पुर्णरुपमा निरुत्साहित गर्ने नीति नै वनाएको छ । मेडिकल कलेज निर्माणार्थ बिरुवा रोप्दादेखी नै उक्त नितिलाई कार्यान्वयन गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री वताउछन ।

किसानहरुको अनुभवसहित आएका निवेदनहरुलाई आधार वनाएर जिल्लाको दक्षिणी क्षेत्रका पालिकाहरुले समेत विस्थापन गर्ने अभियान चलाएका छन ।

यस्को सुरुवात मनरासिस्वा नगरपालिकाले गरेको छ । पालिकाले किसानहरुलाई ३ महिनाको समायावधी समेत दिएको छ । निजि जमिनमा रहेका मसला(सपेता) को रुखलाई हटाएर अन्य प्रजातिका बिरुवा रोप्न सुचना जारी गरेको छ ।

मधेश प्रदेश लगायत पालिकामा भुमिगत पानीमा समस्या र जमिन बन्झर्ट बनाउन यहीँ रुखले सहयोग पुर्‍याएको निष्कर्ष सहित तुरुन्त विस्थापन गर्न सुचनामा निर्देशन दिएको छ ।

पालिकाको १२ औ नगरसभाले समेत मसलाको रुख पुर्णरुपमा निषेध गर्ने नीति वनाएको थियो ।

यो रुखको विषयमा भुमिगत पानीको सतह सखाप वनाउने मुख्य कारक भएको दावी गरिएतापनी केही विज्ञहरुले भने यस्मा फरक मत राख्दै आएका छन । न्युज कारखाना

काठमाडौँ । अमेरिकासहितका पश्चिमी देश र रुसबीच कैदी आदानप्रदान भएको छ । मिडिया रिपोर्टका अनुसार यो सम्झौतापछि रुसमा थुनामा रहेका तीन अमेरिकी नागरिकसहित विभिन्न ७ देशबाट २६ कैदी रिहा भएका छन् ।

अमेरिकासहित पश्चिमी देश र रुसबीच कैदी आदान प्रदानको सहमति टर्कीको मध्यस्थतामा भएको हो । बिभिन्न देशबाट २ नाबालिकसहित १० कैदीलाई रुस पुर्याइएको छ भने १३ कैदीलाई जर्मनी र ३ कैदी अमेरीका पुरियाईएको छ ।

रुसले रिहा गरेका अमेरिकी नागरिकमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविच, मरिन पल ह्वेलन र रुसी-अमेरिकी रेडियो पत्रकार आल्सु कुर्मशेवा रहेका छन् । भेलान र गेर्शकोविच दुवै जासुसीको आरोपमा रुसमा जेल परेका थिए । अमेरिकाले पनि यी गिरफ्तारीको विरोध गर्दै आएको थियो । कुर्मशेवा एक अमेरिकी र रुसी नागरिक हुन् जसलाई रुसी सेनाको बारेमा गलत सूचना फैलाएको आरोपमा जुन २०२३ मा रुसमा हिरासतमा राखिएको थियो ।

संयुक्त राज्य अमेरिका, रुस, जर्मनी र अन्य तीन युरोपेली देशहरूबीच भएको यो सम्झौताअनुसार कुल २६ जनालाई रिहा हुनेक्रममा टर्कीको अन्करा पुर्याइएको थियो ।

त्यस्तै जर्मनीको हिरासतमा २०१९ देखि रहेका रुसी इन्टेलिजेन्सका कर्नेल भाडिम क्रासीकोभलाई पनि रिहा गरिएको छ  ।

यस अघि अमेरिका र रुसबीच कैदीको सबैभन्दा ठूलो आदानप्रदान सन् २०१० मा भएको थियो, जब रुसका लागि जासुसी गरेको आरोपमा अमेरिकामा १० जना पक्राउ परेका थिए । त्यसपछि यी १० कैदीलाई भियना विमानस्थलमा अन्य चार बन्दीसँग साटासाट गरिएको थियो ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।