२०८३ बैशाख २३
२०८३ बैशाख २३

रौतहट । गढीमाई नगरपालिका-१ समनपुर बस्ने ५२ वर्षीय बिरेन्द्र राउतलाई १ थान कटुवा पेस्तोल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राउतको घरमा पेस्तोल रहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले उनको घरको आँगनमा झारपातले छोपी लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्युज कारखाना

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार निरकुंश बन्न खोजेको आशंका व्यक्त गरेको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणका  संचालक समितिका दुई सदस्यलाई हटाएको प्रति असन्तुष्टि व्यक्त गर्दै सरकार निरंकुश बन्न खोजेको आशंका व्यक्त गरेका छन् ।

सांसद सापकोटाले विद्युत प्राधिकरणको महसुल विवादमा यस अघि सरकारले नै गरेका अध्ययन र  रिपोर्टको कार्यान्यवन गर्नुपर्नेमा जोड दिदै अहिलेका सार्बजनिक लेखा समितिका सभापतिले विवादित व्यक्तिहरुलाई भेटिरहेको उल्लेख गरेका छन् ।

उनले लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने माग गर्दै अहिलेको लेखा समितिको सभापतिले होटलमा विवादित व्यक्तिलाई भेट गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।न्युज कारखाना

 सिरहा, २१ साउन। सिरहाको गोलबजारमा भारतीय युवकको शव आज विहान फेला परेको छ। गोलबजार नगरपालिका १ वहिरीवाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षिय बवुल कुमार खानको शव फेला परेको हो।

उनी भारत विहार जिल्ला समस्तिपुर रहमदपुर पञ्चायत ९ चकनौरका पवन राय यादवका छोरा ३५ वर्षिय विजय यादवसँगै उनी धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। पाहुना आएका उनीहरु मदिरा पीयर बेलुका झगडा भएको स्थानीयको भनाई रहेको छ।

झगडाकै क्रममा खानलाई गम्भिर चोट लागेका थिए। चोट लागेर वेहोस खानलाई उपचारको लागि लगेको स्थानीयको भनाई छ। चोटकै कारण उनको मृत्यु भएको हुन सक्ने स्थानीयको भनाई छ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमकोलागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रदेशीक अस्पताल पठाएको जानकारी दिए।

उनले घटनाको अनुसन्धान भईरहेकोले तत्काल केही बताउन नसकिने बताउँदै पोष्टमार्टम पछि मात्र केही भन्न सकिने बताए। घटनामा संलग्न रहेको प्रहरीले विजय यादवलाई नियन्त्रणमा लिएको छ। तर, प्रहरीले यस विषयमा केही बताउन चाहेनन्। न्युज कारखाना

 

बारा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका-६ मदरसाटोल बस्ने २७ वर्षीय ईम्तियाज अंसारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाराबाट उक्त मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अस्थायी  प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बारामा पेश गरिएको छ । न्युज कारखाना

काठमाडौँ । गत साता विश्वभरका शेयर परिसूचकमा आएको गिरावटपछि सोमबार एसियाली बजारमा पनि गिरावट आएको छ ।

भारतीय बजारमा पनि गिरावट देखिएको छ । निफ्टी हाल करिब ७०० कले घटेको छ भने सेन्सेक्सले लगभग २२०० अंकको गिरावट देखेको छ ।

त्यस्तै जापानको निक्की २२५ अंकले घटेको छ भने टपिक्स ८ प्रतिशतले गतेको छ । त्यसैगरी ताइवानको मुख्य स्टक सूचकांक ७.७ प्रतिशतले घटेको छ ।

दक्षिण कोरियाको कोस्पी सूचकांक ६.६ प्रतिशतले घटेको छ । सामसुङलगायत चिप बनाउने कम्पनीको कारोबारमा कमी आएको छ ।

तर, हङकङको ह्याङ सेङमा ०.२ प्रतिशत मात्रै गिरावट आएको छ । यसैबीच, सांघाई स्टक एक्सचेन्ज अलिकति बढेको छ ।

त्यस्तै क्रिप्टोकरेन्सीमा पनि गिरावट आएको छ । बिटक्वाइनको मूल्य करिब ५३ हजार डलर रहेको छ । जुन फेब्रुअरी पछिको सबैभन्दा कम हो ।

शुक्रबार अमेरिकामा रोजगारीसम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि न्यूयोर्कमा स्टकमा तीव्र गिरावट आएको छ ।

इरान र इजरायलबीच युद्धको आशंकापछि अमेरिका र एशियाको शेयर बजारमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।न्युज कारखाना

काठमाडौँ । बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ ।

प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा ५०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ । आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको छ ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् ।

बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ । कर्फ्यु अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहनेछ ।

बंगलादेशका विभिन्न भागहरूमा हजारौं मानिसहरू भेला भएर शेख हसिनाको राजीनामाको माग गरिरहेका छन् । प्रदर्शनकारीहरूले बंगलादेशको राजधानी ढाकाका मुख्य सडकहरू घेराबन्दी गरेका थिए ।

बंगलादेशमा हालै प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ । आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न खोजिरहेका छन् । यसअन्तर्गत सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित गरिएको थियो ।न्युज कारखाना

काठमाडौँ । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो ।

प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको र सबै उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

माइक्रो बसमाथि रुख खसेपछि अवरुद्ध भएको सडक भने खुलिसकेको छ ।न्युज कारखाना

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ ।

सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज माल्दिभ्ससँग खेल्दै छ छ ।

यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज साँझ ५: १५ बजेदेखि शुरु हुने छ ।

नेपालले जारी प्रतियोगितामा यस अघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको छ ।

त्यस्तै माल्दिभ्सले भने यस अघि खेलेका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

त्यस्तै आज यो खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुदै छ । प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्ने छ ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनःनिर्माण सम्पन्न भएको छ ।

सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको समुद्घाटन गरेका छन् । फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८औँ शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराएको उल्लेख छ ।

जीर्ण भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेपछि फल्चाको पुनःनिर्माण गराइएको हो । वडाध्यक्ष संगतले भने, ‘पशुपति क्षेत्र विकास कोषले फल्चालाई हटाउन निकै प्रयास गरेको थियो । हामीले यसो हुन दिएनौँ । कोषकै कारण फल्चा निर्माण सम्पन्न गराउन निकै दुःख व्यहोर्नु परेको थियो ।’

फल्चाले दाफा भजनको संस्कृतिलाई निरन्तरता दिन सहज हुने भएको छ । उद्घाटनपछि बोल्दै भकुंत्वा उपभोक्ता समितिका अध्यक्ष भाइराजा डंगोलले भने, ‘मौलिक शैलीमा निर्माण भएको फल्चाले हाम्रो पहिचान कायम गराएको छ ।’

वडाले प्राचीन पहिचान भएका सम्पदाको खोजी, अभिलेखन, पुनःनिर्माण र पुनःस्थापनाका कामलाई प्राथमिकता दिएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।