२०८३ जेष्ठ ३१
२०८३ जेष्ठ ३१

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १६ गते । 

रौतहट जिल्लाको बौधिमाई नगरपालिका–४ ईनरवारीमा सोमबार बिहान सिचाईंको क्रममा करेन्ट लाग्दा एक स्थानीय कृषकको मृत्यु भएको छ । मृतक ४५ वर्षीय अजय नारायण मिश्रलाई खेतमा पानी सिंचाइ गर्न प्रयोग गरिएको कृषि मोटरबाट करेन्ट लागेको हो ।

घटनापछि उनलाई तत्काल उपचारको लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो,उपचारकै क्रममा उनकाे मृत्यु भएको हाे । स्थानीय प्रशासनका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत प्रवाह भइ रहेको मोटर बाट करेन्ट लागेको पुष्टि भएको छ ।

 

घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । अत्यधिक दुःखद घटना मधेश प्रदेशका किसानहरू वर्षा नहुँदा र भरपर्दो सिचाईं प्रणालीको अभावमा आफ्नै जीवन जोखिममा राखेर खेती गर्न बाध्य छन् ।

 

यस्तो अवस्थाले गर्दा हरेक वर्ष केही किसानले ज्यान गुमाउनु परिरहेको छ । मृतक मिश्र पनि आफ्नै खेतमा पानी लगाउने प्रयासमा थिए । स्थानीय किसान र समाजिक अगुवाहरुले राज्यबाट तत्काल सिचाईं व्यवस्थामा सुधार गर्न माग गरेका छन् ।

 

श्रद्धाञ्जली जसपा नेपालका जिल्ला अध्यक्ष राजिव रंजन यादवले मृत आत्माको चिरशान्तिको कामना गर्दै स्थानीय बासिन्दाहरूले परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।

काठमाडौं, १६ गते भाद्र ।

सबैभन्दा पहिलो कुरा त सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरुको तथ्यांकबारे चर्चा गर्न जरुरी छ । कोषमा यतिबेलासम्म २१ हजार दुईसय बढी रोजगारदाता आबद्ध भइसकेका छन् भने औपचारिक क्षेत्रमा ६ लाख ९ हजार आबद्ध छन् । यसरी हेर्दा हालसम्म २४ लाख ३० हजार कोषमा आबद्ध भएको देखिन्छ । कोषमा ८८ अर्ब रकम जम्मा भइसकेको छ भने विभिन्न सुविधामार्फत १६ अर्ब भुक्तानी भइसकेको छ । आबद्धता पनि दिनप्रतिदिन बढ्दै छ ।

रकमहरु पनि जम्मा भइरहेको छ र कोषले सञ्चालन गरेका सामाजिक सुरक्षा योजनाहरुमार्फत सुविधाहरु योगदानकर्ता मार्फत भुक्तानी पनि भइरहेको छ । सामाजिक सुरक्षाको प्रत्याभूति पनि भइरहेको स्थिति छ ।

सेवा सुविधाको कुरामा पछिल्लो पटक औपचारिक क्षेत्रको कार्यविधि संशोधन गरेर यसपाली स्वास्थ्य सेवा परिवारमा पनि विस्तार भएको छ । सुरुमा योगदानकर्ताबाट मात्रै सुरु भएको थियो । पछि योगदानकर्ताको श्रीमान र श्रीमतीले पाउने व्यवस्था भयो । पछिल्लो पटक योगदानकर्ताको श्रीमान–श्रीमतीको अलावा १८ वर्ष नकटेका छोराछोरीले पनि सेवा सुविधा विस्तार भएको छ । यि यस्ता सेवा सुविधा नै सुरक्षा कोष हो । यसले कुनैपनि व्यक्तिको सुरक्षा प्रदान गर्छ ।

एउटा श्रमिकले जतिखेर उसले कमाएर खान सक्दैन त्यतिखेर उसलाई दुई तीनवटा कुराहरुको आवश्यकता पर्छ । एउटा औषधि उपचारको र लामो समय काम नगरी बस्दा आयको आवश्यक्ता पर्छ । त्यस्तोबेला सुरक्षा कोषको आवश्यक्ता पर्छ ।

सुरक्षा कोषका बारेमा बुझाइमा पनि समस्या छ, हामीले सुरक्षा कोषबाट औषधि उपचार मात्रै दिँदैनौँ । लामो समय बिरामी भयो भने त्यतिखेर तलब पनि दिन्छौँ । कुनै महिला सुत्केरी हुँदा औषधि उपचार मात्रै पाउँदिनन् उनले शिशु स्याहार खर्च पनि पाउछिन् । केही समयका लागि उनले सुत्केरी बिदाबापत रकम तलब स्वरुपमा पनि पाउँछिन् । त्यस्तै दुर्घटना हुँदा अंगभंग भयो भने औषधिउपचार मात्रै होइन कि उसले जिन्दगीभर काम गर्न सक्दैन, त्यस्ताले आजीवन पेन्सन नै पाउँछन् । अर्को कुरा भनेको जसले कमाउँछ उसैको मृत्यु भयो भने उसले जम्मा भएको पैसा फिर्ता मात्रै पाउँदैन कि उसको परिवारले श्रीमान र श्रीमतीले आजीवन पेन्सन नै पाउँछ  । उसको १८ वर्ष नकटेका छोराछोरी छन् भने २१ वर्ष नपुग्न्जेलसम्म पढ्ने खर्च पनि पाउँछन् ।

सामाजिक सुरक्षा प्रणाली भनेको सरकारी अफिसमा काम गर्नेले मात्रै नभइ कुनैपनि नीजि कम्पनीहरुले सदुपयोग गर्न सक्छन् । चाहे रेस्टुरेन्टको वेटर होस् या हस्पिटलमा काम गर्ने नर्स वा, सवारी चालक वा सहचालक होस् अथवा कुनै बैंक वा इन्स्योरेन्सको कर्मचारी नै किन नहोस सबैले अवसर पाउँछन् ।

सामाजिक सुरक्षा कोषले विशेषगरी दुइटा क्षेत्रमा काम गर्छ । एउटा ‘युनिभर्सल हेल्थ कभरेज’ अथवा सबैलाई सधैँको लागि सहज स्वास्थ्यको पहुँच पाउन सक्छन् । सस्तोमा सहज स्वास्थ्यको पहुँच र पेन्सनको सुविधा पनि पाउँछन् । बुढेसकाल वा अशक्त हुँदाखेरि पेन्सनदेखि एउटा घरमा जो काम गर्न सक्दैन उसको मृत्यु भयो भने उबाट आश्रितलाई  पेन्सन दिने पाउने भएकाले यसको पृथक महत्व छ । युनिभर्सल हेल्थ कभरेज र पेन्सनएबल समाजमार्फत सामाजिक सुरक्षा योजनाहरु सञ्चालन भइरहेको पनि छ ।

हामीले यतिबेला छोटो समयमै १०७ वटा अस्पतालबाट अनलाइन सिस्टममार्फत सेवा सुविधा पनि दिइरहेका छौँ । ११५ वटाभन्दा बढी पालिकाहरुले सम्झौता नै गरिसकेका छन् । सुरक्षा कोषले औपचारिक मात्र नभएर विदेश जानेहरुका लागि वा अनौपचारिक तथा स्वरोजगारलाई पनि जोड्ने काम गर्छ । बेरोजगार भत्ता बाहेक सुरक्षा कोषमा सबै स्कीमहरु छन् ।

कोषमा जुन रकम जम्मा भएको छ, जसरी आबद्ध भइरहेका छन् र जसरी सुविधा प्रदान भइरहेको छ, त्यो पक्कै पनि सबैले गर्व गर्न लायक नै छ ।  औपचारिक क्षेत्रका लागि त यो अनिवार्य नै छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐनले पनि धेरै कुरा स्पष्ट पारेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको पछिल्लो संशोधनमार्फत केही नेपाल ऐनमार्फत थप स्पष्ट भएको छ ।

त्यसैले पनि औपचारिक क्षेत्रमा काम गर्ने रोजगारदाताहरु कोषमा अनिवार्य आबद्ध गराउनैपर्छ । श्रमिकका लागि श्रमिककै पक्षमा र रोजगारदाता एवम देशकै पक्षमा कोष छ ।

सरकारले ल्याएको स्वास्थ्य बीमा खाली स्वास्थ्यको लागि मात्रै हो । त्यसमा रोजगारदाताको सम्बन्ध हुँदैन् । त्यो जसले पनि गर्ने भयो । तर सामाजिक सुरक्षा रोजगार वा आयआर्जनमा संलग्न व्यक्तिहरूको लागि हो । सुत्केरीदेखि दुर्घटना र बुढेसकालको पेन्सनलगायत धेरै विषयवस्तुहरू यसमा समेटिएका छन् ।

रोजगारदाता र श्रमिकको सवाल

सुरक्षा कोषमा रोजगारदाता र श्रमिक पक्ष छन् । रोजगारदाताले यसमा २० प्रतिशत योगदान गर्नुपर्छ, जुन श्रम ऐनले भनेको न्यूनतम लागू गरिएको हुनुपर्छ । रोजगारदातालाई कतिपय कुराहरुमा भ्रम छ । मंैले थप पैसा तिर्नुपर्छ कि भन्ने भ्रममा छन् । त्यो थप पैसा होइन । रोजगारदाताले दिने २० प्रतिशतमा १० प्रतिशतसञ्चयकोषको,८.३३ प्रतिशत उपदान गरेर १८.३३ प्रतिशत हुन आउँछ । अनि अर्को भनेको १.६७ प्रतिशत हो । जुन एक लाख रुपैंयाँको औषधि उपचार, सात लाखको दुर्घटना बीमालगायत व्यवसायजन्य रोगलगायतका कुराहरू समेटिएको छ ।  श्रमिकको ११ प्रतिशत भनेको पनि सञ्चयकोषको १० प्रतिशत र एक प्रतिशत सामाजिक सुरक्षा कर हो । थप दायित्व छैन । यसमा रोजगारदातालाई थप दायित्व छ कि भन्ने भ्रम छ । त्यो न्यूनतम सामाजिक सुरक्षाको २० प्रतिशत भनेको श्रमिकको न्यूनतम पालना मात्रै हो । श्रमिकको त श्रमिककै फाइदाका लागि हो ।

जनचेतना जरुरी

सामाजिक सुरक्षा कोषले विभिन्न रोजगारदाताको संघ संगठनहरुसँग वा  श्रमिकका संघ संगठनहरुलाई बोलाएर विभिन्न कार्यक्रम गरिरहेको छ । आबद्धता दिनप्रतिदिन बढ्दै छ । तर त्यो  अझै अपुग हो । अलिकति चेतना बढाउने वा जनचेतना सम्बन्धी काम अर्थात कोषको फाइदाबारे बताउन सकेका छैनौं । त्यसैले अझै चेतना बढाउन जरुरी छ ।

सामाजिक सुरक्षा प्रणालीमा जति धेरै सहभागी हुन्छन् त्यति धेरै यसको फाइदा दिन सकिन्छ । त्यति नै धेरै यसको दिगोपना हुन्छ । त्यसकारणले सामाजिक सुरक्षा कोषमा सबैको आबद्धता जरुरी छ । केन्द्रदेखि प्रदेश, स्थानीय तहसम्मका रोजगारदाताहरू वा संघ संगठन, श्रमिक र सरकारको भूमिका उत्तिकै छ । हाम्रो सञ्चालक समिति पनि त्रिपक्षीय छ । सरकार, रोजगारदाता र श्रमिकका प्रतिनिधिहरू छन् । समन्वयकारी रुपमा नै काम होस् भन्ने हामी चाहन्छौँ ।

हाम्रो नीति तथा कार्यक्रममा स्पष्ट छ । नेपाल सरकारमा अस्थायी वा करारमा काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने भनेर लेखेकै छ । यस वर्षको सुरुमै यसको होमवर्क भएको छ । यस वर्ष चाँडै उनीहरु आबद्ध हुन्छन् ।

वैदेशिक रोजगारमा जाने श्रमिकहरू सामाजिक सुरक्षामा आबद्ध छन् । ०७९ साल चैत ८ गतेदेखि ठूलो संख्यामा आबद्ध भइसकेका छन् । उनीहरुको पहिला निरन्तरताको समस्या थियो तर यो निरन्तरताको समस्यामा सामाजिक सुरक्षा कोषले विदेशबाट पनि आफ्नो योगदान रकम नियमित गर्नको लागि व्यवस्था गरेको हुँदा यसमा नियमितता बढ्दो छ ।

सुरक्षा कोषका बारेमा बुझौं

सामाजिक सुरक्षाका कार्यक्रमहरू पनि दुई थरी छन् । एउटा योगदानमा आधारित, अर्को कर्ममा आधारित छ । कर्ममा आधारितमा उसले योगदान गर्नुपर्दैन । उदाहरणको लागि, ६८ वर्ष पुगेपछि वृद्धभत्ता पाउनको लागि योगदान गर्नुपर्दैन । तर सामाजिक सुरक्षा कोषबाट लिनको लागि आफूले केही रकम जम्मा गर्नुपर्छ । रोजगारदाताले केही जम्मा गर्छन् र जम्मा गरेका आधारमा सुविधाहरू पाउने हो । त्यसैले यसका स्किमहरू बुझ्न जरुरी छ । कुनै–कुनै स्किमहरू आज जम्मा हुनेबित्तिकै त्यो पाइहालिन्छ । कुनैमा तीन महिना लाग्छ, कुनैको लागि दुई वर्ष लाग्छ, कुनै पाँच वर्ष लाग्छ ।

जस्तो कि दुई वर्षपछि घातक रोगको लागि वा क्यान्सर लगायतका घातक रोगहरूमा १० लाखको औषधि उपचार पाइन्छ । यस्ता धेरै स्किमहरु छन् । यस्ता स्किमहरुमा सहभागि हुन योगदानको नियमितता र योगदान गर्ने अवधिमा भर पर्छ । मुख्य कुरा योगदान हुनुपर्छ । र समयावधी पुग्नुपर्छ ।

सामाजिक सुरक्षा कोषले चलाएको स्वास्थ्य उपचार सुविधा पनि दुई थरीका छन् । एउटा औषधि उपचार भन्ने अर्को दुर्घटना वापतको भन्ने छ । औषधि उपचारको आफ्नो विधि छ, दररेट छ । अपरेसनको कुरा गर्दा समस्या छैन भन्न सकिदैन । अपरेसनमा समस्या हुनसक्छ । व्यवस्था अनुसार २० प्रतिशत डाउन पेमेन्ट गर्नैपर्ने हुन्छ । सेवा प्रवाह गर्दा सेवा प्रवाहसँगसँगै गुनासोहरू आउँछन्, गुनासो आउनु ठूलो कुरा होइन । गुनासोलाई दुई पक्ष बसेर समाधान गर्न सकिन्छ । अस्पताल र विरामीहरुले पनि हाम्रो व्यवस्था नबुझेको भए बुझ्ने प्रयास गर्नुपर्छ । विशेषगरी अस्पतालहरुले विरामीको मर्का बुझ्नुपर्छ ।  योगदानकर्ता, हस्पिटल र सामाजिक सुरक्षा कोष बसेर त्यस्ता समस्याहरू छन् भने हल गर्दै जान सकिन्छ । सुरक्षा कोष र अस्पतालले दिनुपर्ने छुटका कुराहरु बुझ्न जरुरी छ ।

कम्पनी छाडे फरक पर्दैन्

सामाजिक सुरक्षा कोषमा एकचोटी दर्ता भइसकेपछि, उसको युनिक नम्बर हुन्छ । त्यो नम्बर जतिवटा कम्पनी छाडेपनि त्यही कायम रहन्छ । कम्पनी छाड्दा फरक पर्दैन । यो प्रणाली भनेको पेन्सन दिने प्रणाली हो । बैंकिङ प्रणाली होइन । यसमा दुइथरी पैसा हुन्छन । एउटा रकम अवकाश हुँदा निकाल्न पाइन्छ । अर्को पेन्सन योजनामा जम्मा भएको पैसा जति जम्मा गरेको त्यहीको बेसिसमा पेन्सन पाउने हो । त्यसैले पेन्सनमा सुरक्षित नै रहन्छ । त्यसमा कोषले ब्याज दिन्छ, नाफा गरेभने नाफा पनि हुन्छ । विशेषगरी मानिसहरुले नागरिक लगानी कोष, कर्मचारी संचय कोषलगायतका निकायका बारेमा बुझनु पर्छ । सामाजिक सुरक्षा कोष जन्मिँदै सामाजिक सुरक्षा प्रणालीको लागि आएको हो ।

सुविधा विविध छन्

सामाजिक सुरक्षा कोषमा सुविधा विविध छन् । स्किम विविध छन् ।  कोषमा लोनहरूको सुविधा छ । घर कर्जा, शैक्षिक कर्जा, विशेष सापटी लगायतको सुविधाहरू छन् । त्यसको लागि ३६ महिना अवधि पुगेको हुनुपर्छ । योगदान गरेको ३६ महिना अवधि भएपछि लोन पाइन्छ । यसका आफ्नै सीमाहरु छन् । यि विविध सेवा सुविधाबारे बुझन् अनुरोध छ । बाहिर आएका हल्ला र चर्चा भन्दापनि वास्तविकता बुझ्न जरुरी छ ।

सुरक्षा कोषमा आबद्धता बढ्दो छ । नीतिगत सुधार भएको छ । छरिएर रहेका अवकाश कोषहरूको खारेजी भएको छ । नीति कार्यक्रममा अस्थायी करारलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने भनिएको छ । सरकारी लगानी भएका प्रतिष्ठानहरूमा पनि कोषमा आउने कुरा छ । बैशाख १ गतेको राजपत्र अनुसार विभिन्न खालका अस्थायी वा करारलाई एक खालको नीतिमार्फत सम्बोधन गरेको छ । यसपालीको बजेटले सुरक्षा कोषलाई राष्ट्रको प्राथमिकतामा राखेको छ । यसमा सबैको साथ, सहयोग छ । विशेषत अब धेरै कुरामा परिवर्तन हुँदैछ । वृद्धभत्ताका सवालमा परिवर्तन आउँछ । काम गर्न सक्नेले राज्यको भर पर्ने नभइ आफैं योगदान गरेर, आफैं फाइदा लिनुपर्ने हुन्छ । रोजगारमा हुँदा मात्र नभइ योगदानमा आधारित कोष भएकाले आय आर्जनमा संलग्न सबै यसमा आबद्ध हुन जरुरी छ । (सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीसँग गरिएको कुराकानीमा आधारित)

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १६ गते । 

विश्व बज्जिकाकाे पहिलो दैनिक पत्रिका बज्जिकाञ्चल दैनिकले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा आज एक विशेष समारोहका बीच पृष्ठ संयोजक सञ्जय राज महतोलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मानित गरेको छ ।

गत भदौ ०१ गते पत्रिकाले आफ्नो वार्षिकोत्सब मनाए पनि कार्यक्रममा उपस्थित हुन नसकेका महताेलाई आज पत्रिकाकाे कार्यालयमा प्रशंसापत्र प्रदान गरिएको छ ।  सम्पादक दिनेश कुमार श्रीवास्तव र कार्यकारी सम्पादक तथा सञ्चालक आरके श्रीवास्तवको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा महतोको यस पत्रिकाको निरन्तर प्रकाशनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई प्रशंसा पत्रद्वारा सम्मानित गरिएको हो ।

प्रशंसा पत्रमा लेखिएको छ, “बज्जिकाञ्चल दैनिक पत्रिकाको निरन्तर प्रकाशनमा तपाई द्वारा गरिएको कामको उच्च सम्मान गर्दै, यस दैनिक पत्रिकाको पाँचाै वार्षिकोत्सवको अवसरमा प्रशंसापत्रद्वारा तपाईंलाई सम्मानित गर्दै हामी गौरवको महसुस गरिरहेका छौं।” पत्रिकाले महतोको योगदानलाई प्रेरणादायक भन्दै आगामी दिनहरूमा अझ सकारात्मक सहयोगको अपेक्षा समेत व्यक्त गरेको छ । समारोहमा विभिन्न साहित्यकार, पत्रकार, तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले बज्जिकाञ्चल दैनिकको निरन्तर प्रकाशन र बज्जिका भाषाको प्रवर्द्धनमा यस पत्रिकाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । कार्यक्रमको अन्त्यमा सम्पादक द्वयले महतोको सुस्वास्थ्य र सुदीर्घ जीवनको शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा अझ योगदानको अपेक्षा रहेको जनाए ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १६ । 

समाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिति रौतहटले एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनका नेता तथा नागरिक दैनिकका रौतहट संवाददाता मदन ठाकुरमाथि सामाजिक सञ्जालमार्फत गरिएको चरित्र हत्या र सामाजिक बेइज्जतीप्रति गम्भीर आपत्ति जनाएको छ ।

संगठनका अनुसार केही व्यक्तिहरूले फेसबुक जस्ता सामाजिक सञ्जालमा भिडियो बनाएर पत्रकार ठाकुरलाई तथानाम बदनाम गर्ने नियतले प्रचारप्रसार गरेको र यसबाट उनको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने प्रयास भएको आरोप लगाइएको छ ।

संगठनका अध्यक्ष दिनेश यादव ‘संगम’ द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पत्रकारमाथि गरिएको यस्तो किसिमको बदनामपूर्ण गतिविधि प्रेस स्वतन्त्रता र व्यावसायिक मर्यादाविरुद्धको कार्य हो ।

यस घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरिनुपर्छ भन्ने हाम्रो जोडदार माग छ।” संगठनले सम्बन्धित सरकारी निकायसँग तत्काल छानबिन गरेर दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको छ ।

समाजवादी प्रेस संगठनले पत्रकारको सम्मान र संरक्षणका पक्षमा आफू सधैं दृढतापूर्वक उभिएको भन्दै यस्ता घटनाले लोकतान्त्रिक मुल्य–मान्यता र प्रेस स्वतन्त्रतामा आघात पुर्याउने चेतावनी दिएको छ ।

बज्जिकाञ्चल संवाददाता,काठमांडौ १६ गते भदौ ।

राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणको आयोजना, यूएन वुमनको सहयोग तथा गृह,सञ्चार तथा कानुन मन्त्रालयको समन्वयमा “बिपद जोखिम न्युनिकरणमा लैंगिक समानता तथा सामाजिक समावेशिकरण रणनितिक कार्ययोजना २०८१” समबन्धी अन्तरक्रिया सम्बन्धी कार्यक्रममा मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले उक्त कुरा बताउनु भएको हो।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गृह मन्त्री लेखीले सम्बोधन गर्दै” बिपदका घटना बिश्वब्यापी रुपमा बर्सेनि हुने गर्दछन यस्ता घटनाले मानबिय सहित भौतिक क्षतीहरु हुने गरेका छन तसर्थ बिपद बाट हुने जोखिमलाई न्युनिकरण गर्न हामी सरोकारवालाहरु,नागरीकहरुमा गम्भिरता पुर्वक जिम्मेवारी बोध नहुने हो भने,हामी गम्भीर रुपमा जोखिम न्युनिकरणको लागि अगाडि नबढ्ने हो भने जोखिम न्युनिकरण गर्न सक्दैनौ।

बिपद जोखिम न्युनिकरणको लागि लैङ्गिक समानता र सामाजिक समावेशिकरण महत्वपुर्ण रहेको हुदा उक्त बिषयलाई प्राथमिकतामा राखी कार्यक्रम आयोजना गरेकोमा आयोजक लाई धन्यवाद ब्यक्त समेत गर्दछु।”भनेर बताउनु भएको छ ।

बज्जिकाञ्चल संवाददाता,रौतहट, भदौ १५ । 

नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति रौतहटको आयोजनामा शिक्षा विकास समन्वय इकाई, गौरमा आयोजित धर्ना कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रामकृपाल प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारीको हित सुनिश्चित गर्न नेपाल सरकारसँग भएका विगतका सहमतिहरू तत्काल कार्यान्वयन गर्न जोडदार माग गरिएको छ । धर्ना पश्चात शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख उपेन्द्र सिंहलाई महासङ्घले “ध्यानाकर्षण पत्र” बुझाएको छ । उक्त पत्रमा २०७५, २०७८ र २०८० सालमा भएको ३०, ५१ र ६ बुँदे सहमतिहरूको कार्यान्वयनको माग गर्दै हाल संसदमा प्रस्तुत विद्यालय शिक्षा विधेयकमा ती सहमति समावेश नभएको प्रति असन्तुष्टि व्यक्त गरिएको छ । ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार, ८९ दिन लामो आन्दोलनपछि २०८२ वैशाख १७ गते नेपाल सरकार र महासङ्घबीच भएको ९ बुँदे सहमति र प्रतिनिधिसभाबाट २०८२ असार १५ भित्र विधेयक पारित गर्ने लिखित प्रतिबद्धता अहिलेसम्म पूरा हुन नसक्नु दुःखद भएको जनाइएको छ । महासङ्घका अनुसार विधेयकमा अस्थायी शिक्षकको स्थायीत्व, दरबन्दी व्यवस्थापन, शिक्षण अनुमतिपत्र नवीकरण, प्रधानाध्यापकको ट्रेड युनियन अधिकार, विद्यालय कर्मचारीको सेवा सुविधा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षाजस्ता विषयहरू अझै सम्बोधन हुन सकेका छैनन् । शिक्षक महासङ्घले ध्यानाकर्षण गराउँदै भनेको छ– “प्रतिनिधिसभा तथा राष्ट्रिय सभाबाट संशोधनमार्फत विधेयकलाई शिक्षक, विद्यार्थी र कर्मचारी मैत्री बनाउन सकिने अवस्था अझै बाँकी छ। यसमा सरकारले गम्भीर ध्यान दिनु आवश्यक छ।” अध्यक्ष यादवले भने, “अहिले हामी प्रचारात्मक आन्दोलनको चरणमा छौं। तर सरकारले चासो नदेखाए महासङ्घ दोस्रो चरणमा प्रवेश गर्नेछ, जसको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्नेछ।” महासङ्घले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार, चरणबद्ध रूपमा आन्दोलनलाई तीव्र बनाइने तयारी रहेको जनाएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १५ गते । 

रौतहट जिल्लाको गुजरा नगरपालिका–९ सिमराभवानीपुरबाट हराएका ३ वर्षीय बालक आर्यन राम मृत अवस्थामा भेटिएका छन् । उनी शनिबार दिउँसो घरबाट निस्किएपछि बेपत्ता भएका थिए । स्थानीय विजय रामका छोरा रहेका आर्यनको खोजीका लागि आमाले प्रहरीमा निवेदन दिएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली तथा स्थानीयवासीको सहयोगमा खोजी कार्य तीव्र पारिएको थियो । खोजतलासको क्रममा आइतबार बिहान गुजरा–८ मा रहेको आर्यनको घरदेखि करिब ७ सय मिटर पश्चिमतर्फको इनारमा उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपा लाबुङ्गले जानकारी दिइन् । खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक रुपेश कुमार झाको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो । हाल घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको र बालकको शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १५ गते । 

रौतहट जिल्लाको कटहरिया नगरपालिका–४ मा कुटपिटको घटनामा एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका अनुसार, साउन १ गते मोबाइल चोरीको आशंकामा स्थानीय केही व्यक्तिहरूद्वारा कुटपिटमा परेका ३० वर्षीय नसिब बैँठाको भदौ ११ गते उपचारका क्रममा ज्यान गएको हो । गम्भीर घाइते भएका बैँठालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो भने पछि थप उपचारका लागि उनलाई बिरगन्जस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा भर्ना गरिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतककी आमा सुनैना देवी बैँठाले दिएको जाहेरीका आधारमा घटनामा संलग्नमध्ये एक जना, गर्भुदयाल सरभङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी राजन कार्कीले जानकारी दिए । डिएसपी कार्कीका अनुसार घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको आशंका छ र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

भदौ १२, काठमाडौं ।

एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार नक्सालस्थित आयोजित एक समारोहमा एनआईबीएल इक्विटी पार्टनर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्‍याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम र सबल बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हिमालयन जाभालाई अन्तर्राष्ट्रिय विश्व बजारमा स्थापित गर्न चाहेका छौं र यो हाम्रो दीर्घकालीन प्रतिबद्धता समेत हो ।” उक्त अवसरमा हिमालयन जाभाका संस्थापक गगन प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले वैश्विक बजारमा पुग्न थप आत्मबल प्राप्त भएको धारणा राख्नुभयो । “यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो, स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिम मार्फत् दिगो वृद्धितर्फ हामी प्रतिबद्ध छौं”, उहाँले भन्नुभयो ।

यो साझेदारी तथा लगानीको मुख्य उद्देश्य नै हिमालयन जाभालाई विश्व बजारमा विस्तार गर्ने रहेको छ । जसको थालनी एशिया र अष्ट्रेलियाबाट हुनेछ । यसका साथै नेपालभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउन सहयोगसमेत पुग्नेछ । नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीति अन्तर्गत एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गरेको जनाएको छ ।

सन् १९९९ मा स्थापना भएको कफी ब्रान्डले नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुईवटा उच्च श्रेणीको Gallery by Himalayan Java आउटलेटहरु सञ्चालन गर्दै आइरहेको छ ।

यस लगानीले हिमालयन जाभाको बिक्री वृद्धि हुने, विश्व बजारमा निर्यात गर्ने अवसरको सम्भावना बढाउने विश्वास लिइएको छ । यसका साथै किसान, रोस्टर, बारिस्टा र फ्रेन्चाइज चेनभित्र समावेश हुने सबैलाई महत्वपूर्ण अवसर सिर्जना हुने एनआईबीएल इक्विटी पार्टनर्सले अपेक्षा गरेको छ ।

काठमाडौं, ७ भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परित्याग गर्दै सुभाष साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपा केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमका बीचमा साहले आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबिर, माला लगाएर साहलाई पार्टीमा स्वागत गरेका छन् । विद्यार्थीकालदेखी नै कम्युनिष्ट आन्दोलनमा लागेका साह अखिल, युवा संघ, प्रेस चौतरी, समाजवादी प्रेस संगठन सहितका संगठनमा बिभिन्न जिम्मेवारीमा रही काम गरेका छन् ।

एमाले विभाजन भई एकीकृत समाजवादी गठन भएपछि एकीकृत समाजवादीमा लागेका साह प्रेस संगठन नेपालको केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशको जिम्मेवारीबाट यस अघि नै राजीनामा दिएका थिए । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य साह महासंघको पछिल्लो निर्वाचनमा केन्द्रीय उपाध्यक्षका प्रत्यासी थिए ।

दुई दशकभन्दा बढी समयदेखी सक्रिय पत्रकारितामा लागेका साह आम सञ्चार तथा पत्रकारिता बिषयमा स्नातकोत्तर गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विधि, बिधान, नीति र जुन उदेश्यका लागि एमाले विभाजन गरेका थिए उनले सोही अनुसार काम नगरेको आरोप साहले लगाए । संगठनमा छलफल गर्ने, निर्णय गर्ने र निर्णय भएका एजेण्डालाई कार्यान्वयन गर्नुको साटो त्यसलाई लत्याउने काम गरिएपछि सो पार्टी उनले परित्याग गरेको जनाएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।