२०८३ भाद्र ४
२०८३ भाद्र ४

म्याग्दी, २७ असोज :

मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुुन् । मुुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका–५ ठिनीस्थित थकाली सामुुदायिक होमस्टे (घरबास) का सञ्चालक जुुमा थकालीले बताउनुुभयो । “पृथक भूूगोल, मुक्तिनाथ, दामोदरकुुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहाँसिक दरबार मात्र नभएर बस्तीअनुुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ”, उहाँले भन्नुुभयो, “भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुुङ, तिजी र फागुुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले पर्यटक आकर्षित गर्न तथा बसाई लम्बाउन सहयोग मिलेको छ ।” ठिनी नजिकै रहेको घरपझोङ गाउँपालिका–५ हुुसरकाङ डाँडास्थित कुुछप तेरङ्गा गुम्बामा शुुक्रबार सकिएको लामा नाच (धेक्याप) अवलोकन गर्न स्थानीयवासीका साथै स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थिति थियो । कुुछप तेरङ्गा गुुम्बा संरक्षण समितिका अध्यक्ष कुुलबहादुुर थकालीले लामा नाच अवलोकन गर्न स्थानीयवासीकै हाराहारीमा स्वदेशी, विदेशी पर्यटक र तीर्थयात्री आएका बताउनुुभयो । “पहिले पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुुन्थे”, उहाँले भन्नुुभयो, “केही वर्षयता परम्परागत नाच प्रदर्शनी अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।” सडक यातायातको सुविधा, प्रचारप्रसार आदी कारण परम्परागत सांस्कृतिक मेला पर्वमा पर्यटकको सहभागिता बढेको थकालीको भनाइ छ । मुुस्ताङको प्रमुख गुम्बामा वर्षमा एक पटक लामा नाच हुुने गर्छ । कुछप तेरङ्गा गुुम्बामा लामा नाच प्रदर्शनीका लागि यही असोज २३ गतेदेखि पूजाआजा सुुरु भएको थियो । लामाहरुले उवाको पिठो, घ्यूलगायत सामग्रीको प्रयोग गरेर बनाएको पूजा सामग्रीलाई धार्मिक विधिअनुुसार गुम्बामा भित्र्याएर सुुरु भएको उक्त नाचको विधि ती सामग्री सेलाएपछि सकिएको गुुम्बाका लामा सुुवास थकालीले बताउनुुभयो । “पद्यसम्भको पाला आठौँ शताब्दीदेखि लामा नाच देखाउने चलन छ । देवताका विभिन्नरुपलाई लामा नाचमा प्रस्तुुत गरिन्छ”, उहाँले भन्नुुभया,े “लामा नाच अवलोकन गरेमा पुुण्य प्राप्त हुुनुका साथै ग्रह दशा हट्ने र जीवनमा सफलता मिल्छ । तेह्र सय वर्षदेखिको लामा नाचलाई बचाएर राखेका छौँ ।” सो अवसरमा बौद्ध धर्मगुुरु पद्यसम्भको जीवनसँग सम्बन्धित सन्देशमूलक १३ प्रकारका नाच प्रदर्शन गरिएको थियो । हसन, टोपी बज्राचार्य, हयग्रीब, गुुरु पद्यम सम्भव, क्रोधी गुुरु र सिंहमुुखी, पञ्चदेवी, महाकाल, क्षेत्रपाल, महाराजा, जरायो, च्याहान दाता, दुुष्ट राजा र एक डाकुु शिर्षकको नाच प्रदर्शन गरिएको हो । लामा नाच अवलोकन गर्न आएका भारतको तामिलनाडुका रञ्जित झाले मुुस्ताङ भ्रमणका क्रममा प्रकृति र धार्मिकसँगै फरक संस्कृतिको बारेमा जानकारी लिन पाएकामा खुुसी व्यक्त गर्नुुभयो । अमेरिकी पर्यटक रेमिनले धेरै वर्ष पुुरानो संस्कृति अझै जीवित देख्दा दङ्ग परेको बताउनुुभयो । यसपालिको लामा नाच सञ्चालन गर्न बेलायतमा रहेका ठिनीवासीले आर्थिक सहयोग गरेका थिए । प्रवासीको सहयोगमा ठिनीदेखि गुुम्बासम्म निःशुल्क बस, भक्तजनलाई भोजन र खाजाको व्यवस्थापन गरिएको थियो । बौद्ध धर्ममा माइला छोरा लामा बस्ने चलन छ । ठिनीमा हाल २२ जनाभन्दा बढी लामा छन् । ठिनीका लामाका साथै छिमेकी गाउँका पनि लामा नृत्यका लागि गुुम्बामा आएका छन् । कुुछप तेरङ्गा गुुम्बाको धार्मिक र पर्यटकीय सम्भावना छ । पर्यटकीय गन्तव्यको रुपमा विकास भएको ढुुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट जोमसोम, ठिनी, मार्फा, स्याङलगायतका भूूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । रासस

पटना, २५ असोज ।

बिहारको बक्सर नजिक नर्थ ईस्ट एक्सप्रेस पटरीबाट खसेको छ ।

 

टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् ।

 

दुर्घटनास्थलमा विहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन् ।

तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्।

 

यो ट्रेन दिल्लीबाट कामाख्या जाँदै थियो।

 

काठमाडौं, २५ असोज ।

इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् ।

 

प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन ।

 

इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।

तेल अहिब, २५ असोज ।

इजरायलले हमासको आक्रमणको जवाफमा जमिन आक्रमण गर्ने वाचा गरेको छ । तर, देशको सेना पनि दुई अन्य मोर्चा लेबनान र सिरियाबाट हुन सक्ने आक्रमणबाट पनि उत्तिकै भयभित रहेको छ । आउनुहोस, इजरायलले हाल कस्ता खतराहरू सामना गरिरहेको छ ? जानौं ।

 

गत हप्ता एक्कासी र अप्रत्याशित रुपमा भएको आतंकवादी हमलापछि झण्डै १२०० इजरायली मारिएका छन् । यसको जवाफमा इजरायलले गाजामा भारी गोलाबारी गरेको थियो। इजरायलमा आक्रमणहरू २००७ देखि गाजा पट्टीमा शासन गर्दै आएको हमासद्वारा गरिएको थियो।

 

हमासले इजरायल राज्यलाई मान्यता दिन अस्वीकार गरेको छ र यससँग धेरै चरणको द्वन्द्वमा संलग्न छ। यी द्वन्द्वहरूमा हमासले गाजाबाट इजरायलमा रकेट आक्रमण गरेको थियो भने त्यसपछि इजरायलल जवाफमा हवाई आक्रमण र गाजामा बमबारी गरेको थियो ।

 

हिजबुल्लाह

हिजबुल्लाह र इजरायल बीच २००६ द्वन्द्व पछि लेबनानी– इजरायली सीमामा हिंसा सबैभन्दा गम्भीर वृद्धि हो।

इरानको रिभोलुसनरी गार्ड्सद्वारा इरानको इस्लामिक क्रान्ति गर्न र लेबनानमा आक्रमण गर्ने इजरायली सेनासँग लड्न हिजबुल्लाहको स्थापना सन् १९८२ मा भएको थियो।

यो समूहले दावी गरेको छ कि ‘इजरायलले हाम्रो हतियार भण्डारको आकारको कल्पना पनि गर्न सक्दैन् ।’

सिरिया

इजरायली सेना सिरियाबाट तोपखाना आक्रमणको जवाफ दिन व्यस्त छ, जसले युद्धमा अर्को मोर्चा खोल्ने सम्भावना बढेको छ।

इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘सिरियातर्फ सेनाले तोप र मोर्टार गोली प्रहार गरी जवाफ दिइरहेको छ।’ सेनाले यो पनि भनेको छ कि, ‘सिरियाबाट इजरायली क्षेत्रमा धेरै प्रक्षेपण गरिएको थियो।’

हमास समूह क्षेत्रीय गठबन्धनको हिस्सा हो जसमा इरान, सिरिया र लेबनानमा शिया इस्लामवादी समूह हिजबुल्लाह समावेश छ, जसले मध्य पूर्व र इजरायलमा अमेरिकी नीतिको व्यापक रूपमा विरोध गर्दछ।

लेबनान

हमासले इजरायलमा आक्रमण गरेको केही दिनपछि, लेबनानको हिजबुल्लाहले प्यालेस्टिनी जनतासँग ‘एकता’ व्यक्त गर्न इजरायली ट्याङ्कमा मिसाइल प्रहार गरेको थियो। इजरायलले इरान– समर्थित समूहसँग सम्बन्धित एक पर्यवेक्षण पोस्टमा आक्रमण गरेर जवाफ दियो।

कास्की, २५ असाेज ।

पोखरा महानगरपालिका-१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको नगद ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित सोही महानगरपालिका-१९ गैराबारी बस्ने पर्वत जलजला गाउँपालिका-६ सालिजा घर भएका ३२ वर्षीय धन बहादुर पुर्जा मगरलाई बिहीबार बिहान सीआरभी लामाचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, २५ असोज ।

देशका विभिन्न स्थानबाट आठजना लागुऔषधसहित पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित सोही महानगरपालिका-५ बस्ने ३२ वर्षीय सुरज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

झापाकाे मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय  मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका ३९ वर्षीय विशाल पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प २७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक पाण्डेलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

दाङकाे घोराही उपमहानगरपालिका-११ नयाँ बस्तीस्थित कात्तिके सामुदायिक जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ शिवपुर बस्ने २६ वर्षीय भिमसेन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले विक्री वितरण गर्ने उद्देश्यले उक्त जंगलमा लागूऔषध राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेलझुण्डी र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

मकवानपुरकाे मनहरी गाउँपालिका-७ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित सोही ठाउँ बस्ने ३० वर्षीय रामशरण चेपाङ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा लुकाई छिपाई बोरामा लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

 

महोत्तरीकाे जलेश्वर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५ केजीसहित मकवानपुर थाहा नगरपालिका-२ बस्ने २२ वर्षीय विशाल थिङ्गलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना.६ ख ७३७४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा २७ वटा पोकामा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकका सह-चालक विशाललाई पक्राउ गरेको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाराकाे महागढीमाई नगरपालिका-६ बबुआईनबाट अवैध लागूऔषध गाँजा करिब २९ केजी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गंजभवानीपुर र प्रहरी चौकी बरियारपुरबाट खटिएको संयुक्त टोलीलाई देख्नासाथ प्र.२-०३-०२२ प ४५३५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । साथै प्रहरीले खोजी गर्ने क्रममा महागढीमाई नगरपालिका-११ मधुरी टोलस्थित बाँसघारीमा लुकाइ राखेको अवस्थामा उक्त मोटरसाइकल फेला परेको छ भने फरार व्यक्तिको खोजी भइरहेको छ ।

 

ललितपुर, २५ असाेज ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामालाई प्रहरीले पक्राउ गरेको छ ।

 

लामाले ती बालिकालाई असोज २० गतेदेखि २३ गतेसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

मोरक्को, २५ असोज ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेका छन ।

 

कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाईरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका हुन ।

‘नेपाल लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतिय कम्पनी आइटीसी ईण्डिया मात्रै होइन् मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाईरहेका छन्,’ मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भने, ‘हामीहरुले चालू आर्थिक वर्षको बजेट मार्फत् निजी क्षेत्रको लगानीलाई थप सहजिकरण गर्ने प्रयास गरेका छौं । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौं ।’

 

नेपाल सरकारले इज अफ डुइङ विजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले बताए ।  ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट विजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भने,  ‘जलविद्युत उत्पादन, प्रशारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’

नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धीमा पनि सहयोग गर्न आग्रह गरेका हुन ।

 

‘अहिले तपाईंहरु संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनु हुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भईरहेको छ,’ मन्त्री महतले भने,  ‘निजी क्षेत्रले दीर्घकालनमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।’

 

मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । भेटमा कोरियन अर्थमन्त्री चु क्यूङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुरयाउने अवस्थामा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धी सम्भव हुने बताए । उनले केही कोरियन लगानीमा दोहोरो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरेका थिए ।

 

जवाफमा मन्त्री महतले दोहोरो कर सम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री महतले कोरियाका उपप्रधानमन्त्री महतलाई नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभयो । उपप्रधानमन्त्री चु क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथासक्य छिटो एजेण्डा तय गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानून राम्रो भएको भन्दै प्रशसा गर्नुभयो । भेटमा कोरियाका अर्थमन्त्रीले नेपालका जनताको जिवनस्थर सुधार गर्न आफूहरु सबै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
नेपालले जलविद्युत परियोजना निर्माणमा राम्रो प्रगती गरे पनि कमजोर प्रशारण लाइनले जलविद्युत क्षेत्रबाट प्रयाप्त लाभ लिन नसकेकाले नेपालको प्रशारण लाइन निर्माणमा लगानी गर्न आग्रह गरेका थिए ।

उता, सो छलफलको क्रममा कोरियन अर्थमन्त्रीले सन् २०३० मा कोरियाको बुसनले वल्र्ड एक्सपो आयोजना गर्न खाजेको भन्दै नेपाललाई सहयोग गर्न आरेका छन ।
इटलीको रोम, साउदी अरेबियाको रियाद र कोरियाले सन् २०३० को एक्सपो आयोजना गर्न प्रतिस्पर्धा गरिरहेका छन् । जवाफमा मन्त्री महतले एक्सपो आयोजना गर्न कोरिया सक्षम भएको भन्दै कोरियनको आवेदनलाई समर्थन गर्ने विषयमा सकारात्मक छलफल गर्ने बताए ।
कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई अर्थमन्त्री महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन मागसमेत गरेका छन । कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायु सेवा निगमलाई पनि सिधा उडान गर्न दिनु पर्ने मन्त्री महतको जोड थियो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको संयुक्त बैठकमा भाग लिन मोरक्कोको मराकेस पुगेका अर्थ मन्त्री महतले कोरियाली अर्थ मन्त्रीसँग साइड लाइनमा वार्ता गरेका हुन ।  ‘कोरियाबाट एउटा मात्रै वायूसेवा कम्पनीले उडान गर्दा कोरिया र नेपालको हवाई भाडा महँगो छ । एउटै कम्पनीले एकाधिकारले हवाई भाडा महँगो हुँदा कोरिया रहेका नेपालीहरुले अन्य देश भएर आउनु परेको छ,’ मन्त्री महतले भने, ‘नेपाल वायुसेवा निगमले नयाँ विमान खरिद गरेको छ । नेपाली कम्पनीलाई पनि सिधा उडान गर्न दियो भने प्रतिस्पर्धाले हवाई भाडा घट्ने थियो । त्यसले नेपाली नागरिकका साथैं नेपाल घुम्न आउने कोरियन नागरिकलाई समेत सहज हुने थियो ।’

 

नेपाल वायु सेवा निगमलाई कोरियामा उडान अनुमति दिन अर्थमन्त्री महतको आग्रह पछि कोरियाका उपप्रधान तथा अर्थ मन्त्रीले कोरियाली उड्डन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान गर्न दिनु पर्ने विषयमा सहयोग गर्ने बचन दिएका छन ।  ‘तपाईंले भनेको विषयमा म सकारात्मक छु,’ अर्थमन्त्री चु क्यूङले भन्नुभयो, ‘कोरियाली सम्बन्धी निकायमा म यो विषय पुर्याउने छु,’ उनले भने ।

काठमाडौ, २५ असोज ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५१ विन्दुले बढेको छ । यससँगै सूचक १८९५.२७ अंकमा आएको छ । ६ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको २१ सय ८१ कित्ता सेयर कारोबार भएको हो ।

 

यो सेसनमा कुल १ सय ४ पटक सेयर कारोबार भएको हो । ९ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।